12/12/2025
शुक्र अस्त (अन्ध)को समयमा शास्त्रीय कार्य गर्न हुने र नहुने जानकारी ।
क्यानडा टोरन्टोको समय अनुसार December 13, 2025 (शनिबार) देखि January 29, 2026 (बिहीबार) सम्म शुक्र ग्रह पूर्वमा अस्त रहनेछन्।
शास्त्र अनुसार शुक्र ग्रह अस्त भएको समयमा नित्य कर्म र नैमित्तिक कर्म बाहेक जुराएर गरिने कुनै पनि काम्य कर्म गर्नु निषेध मानिन्छ।
🚫 शुक्र अस्तमा वर्जित कार्यहरू
• विवाह, व्रतबन्ध, गृहप्रवेश
• नयाँ व्रत प्रारम्भ वा व्रत समापन
• भाकल बुझाउने, दीक्षा ग्रहण
• नयाँ सवारी साधन, घर–जग्गा खरिद
• घरको जग हाल्ने
• देवदेवताका मूर्ति प्राणप्रतिष्ठा
• केशान्त संस्कार, न्वागी
• पहिलोपटक तीर्थयात्रा वा लामो दूरीको यात्रा
• पहिलोपटक एकादशी, स्वस्थानी आदि व्रत प्रारम्भ
• यज्ञ, अनुष्ठान तथा अन्य काम्य कर्महरू
✅ के गर्न मिल्छ?
• नित्य कर्म
• नैमित्तिक कर्म
• पहिले देखि गर्दै आएका नियमित व्रतहरू