17/02/2022
कोभीड खोप सम्बन्धि कफलसेरी स्वास्थ्य चौकीको अत्यन्त जरुरी सूचना !!!
प्रस्तुत बिषय सम्बन्धमा पौष महिनाको 8,9 र 10 गते (१२-१७ ) बर्ष उमेर समुहका बिद्यार्थी भाइबहिनीहरुले मोडर्ना( Moderna ) खोपको पहिलो मात्रा लगाएर दोश्रो मात्रा लगाउन बाकी रहेका सम्पुर्ण तथा सो उमेर समुहका तर पहिलो मात्रा लगाउन छुटेका हरुको हकमा पहिलो मात्रा खोप तपशिलको मिति, समय र खोप केन्द्रमा आएर खोप लगाउन हुन जानकारी सहित अनुरोध गरिन्छ :
तपशिल :
मिति -:2078/फागुन 6 र 7 गते
समय -: 10 बजे देखि 3 बजे सम्म
स्थान - वार्ड न 7को हकमा -श्री महादेब मा.बि अठपाली
वार्ड न 8को हकमा - श्री सत्य मा.वि तोलिचौर
नोट - पहिलो मात्रा खोप लगाइसकेका हरुले खोप कार्ड र पहिलो मात्रा लगाउने हरुको हकमा उमेर खुल्ने प्रमाणपत्र साथमा ल्याउनु हुन अनुरोध गरिन्छ :
साथै ------------
यहि फागुन महिनाको 6 र 7 गतेका दिन उमेर 18 बर्ष पुरा भएका कोभीड खोपको कुनै पनि मात्रा नपाएका आम नागरिकहरुलाइ खोप लगाइने हुदा उमेर खुल्ने प्रमाणपत्र सहित कफलसेरि स्वास्थ चौकी शंकरखोलामा खोप सेवा लिन आउनु हुन जानकारी सहित अनुरोध गरिन्छ
धन्यवाद