Bandipur Hospital

Bandipur Hospital Located at 'Heaven on Earth' Bandipur Rural Municipality Ward no.-4,
Tanahun, Nepal

बन्दीपुर अस्पतालमा तारजाली कम्पाउन्ड गेट ट्रष्ट एब्म शौचालय निर्माण सम्बन्धी शिल्बन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सुचन...
30/04/2026

बन्दीपुर अस्पतालमा तारजाली कम्पाउन्ड गेट ट्रष्ट एब्म शौचालय निर्माण सम्बन्धी शिल्बन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सुचना।।
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

बन्दीपुर अस्पतालको एम.सि.एच. भवन रङ्गरोगन, फल्ससिलिङ एब्म मर्मतसम्भारका लागि शिल्बन्दी पेश गर्ने सम्बन्धी सुचना।।बन्दीपु...
30/04/2026

बन्दीपुर अस्पतालको एम.सि.एच. भवन रङ्गरोगन, फल्ससिलिङ एब्म मर्मतसम्भारका लागि शिल्बन्दी पेश गर्ने सम्बन्धी सुचना।।
बन्दीपुर अस्पताल।।

सेवा स्थगित बारे सूचना।।🙏🙏🙏
26/04/2026

सेवा स्थगित बारे सूचना।।
🙏🙏🙏

यहि मिति २०८३-०१-०७ गते सोमबारका दिन अल्ट्रासाउन्ड (भिडियो-एक्सरे) सेवा स्थगित हुने सम्बन्धित सबैको जान्कारिको लागि क्षम...
18/04/2026

यहि मिति २०८३-०१-०७ गते सोमबारका दिन अल्ट्रासाउन्ड (भिडियो-एक्सरे) सेवा स्थगित हुने सम्बन्धित सबैको जान्कारिको लागि क्षमाप्रार्थी सहित सुचना जारी गरिएको छ।।
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

२०८३-०१-०१शन्ध्या डिउटिमा रहनुहुने कर्मचारीहरुको सामुहिक तस्बिर।।बन्दीपुर अस्पताल।।🙏🙏🙏
15/04/2026

२०८३-०१-०१
शन्ध्या डिउटिमा रहनुहुने कर्मचारीहरुको सामुहिक तस्बिर।।
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

बिषय: २०८२ बैशाख ०१ देखि २०८२ चैत्र मसान्त सम्मको वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।प्रस्तुत सम्बन्धमा बन्द...
14/04/2026

बिषय: २०८२ बैशाख ०१ देखि २०८२ चैत्र मसान्त सम्मको
वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा तपशिल बमोजिमको सेवाग्राहीहरुको तथ्याकं अभिलेखीकरण अनुसार देखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) २०८२ वार्षिक बैशाख देखि चैत्र सम्म: जम्मा OPD सेवाग्राहीहरु: २४,३०४ जना, नियमित OPD सेवाग्राहीहरु: १२,८७८ जना (५२.९९%) र अतिरिक्त OPD सेवाग्राहीहरु: ११,४२६ जना (४७.०१%) ।
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७:०० बजेदेखि बिहानको १०:०० बजेसम्म, दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म र सार्बजनिक बिदाको दिनको बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ गते सम्म बेलुकी ७:०० बजेसम्म) टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
३) जम्मा ओ.पि.डी. सेवाग्राही संख्या भन्नाले बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. टिकट काटी सेवा लिनुहुने ओ.पि.डी. सेवाग्राहीको कुल संख्या रहेको छ । ईमर्जेन्सी विभागका सेवाग्राहीहरु यस विवरणमा समाबेश गरिएका छैनन् ।
बन्दीपुर अस्पताल ।।

बिषय: २०८२ चैत्र महिनाको नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्दीप...
14/04/2026

बिषय: २०८२ चैत्र महिनाको नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा तपशिल बमोजिमको सेवाग्राहीहरुको तथ्याकं अभिलेखीकरण अनुसार देखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) २०८२ चैत्र महिना: जम्मा OPD सेवाग्राहीहरु: १८८८ जना, नियमित OPD सेवाग्राहीहरु: ९५१ जना (५०.३७%) र अतिरिक्त OPD सेवाग्राहीहरु: ९३७ जना (४९.६३%) ।
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७:०० बजेदेखि बिहानको १०:०० बजेसम्म, दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म र सार्बजनिक बिदाको दिनको बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
३) जम्मा ओ.पि.डी. सेवाग्राही संख्या भन्नाले बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. टिकट काटी सेवा लिनुहुने ओ.पि.डी. सेवाग्राहीको कुल संख्या रहेको छ । ईमर्जेन्सी विभागका सेवाग्राहीहरु यस विवरणमा समाबेश गरिएका छैनन् ।
बन्दीपुर अस्पताल

बिषय: २०८२ फाल्गुण महिनाको नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्द...
29/03/2026

बिषय: २०८२ फाल्गुण महिनाको नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा तपशिल बमोजिमको सेवाग्राहीहरुको तथ्याकं अभिलेखीकरण अनुसार देखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) २०८२ फाल्गुण महिना: जम्मा OPD सेवाग्राहीहरु: १८१८ जना, नियमित OPD सेवाग्राहीहरु: ७०५ जना (३८.७८%) र अतिरिक्त OPD सेवाग्राहीहरु: १११३ जना (६१.२२%) ।
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७:०० बजेदेखि बिहानको १०:०० बजेसम्म, दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म र सार्बजनिक बिदाको दिनको बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ गते सम्म बेलुकी ७:०० बजेसम्म) टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ ।
३) जम्मा ओ.पि.डी. सेवाग्राही संख्या भन्नाले बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. टिकट काटी सेवा लिनुहुने ओ.पि.डी. सेवाग्राहीको कुल संख्या रहेको छ । ईमर्जेन्सी विभागका सेवाग्राहीहरु यस विवरणमा समाबेश गरिएका छैनन् ।
४) फाल्गुण महिनामा १४ दिन सार्बजनिक बिदा रहेको हुँदा अतिरिक्त ओ.पि.डी. सेवा समयमा सेवा लिनुहुनेको संख्या/प्रतिशत ६१.२२% रहेको देखिन्छ ।
बन्दीपुर अस्पताल

आज मिति २०८२-१२-१२ गते बिहीवारका दिन बन्दीपुर अस्पतालमा "निशुल्क मोतियाबिन्दुको अपरेशन शिबिर" सन्चालन हुन गैइरहेको र सोह...
25/03/2026

आज मिति २०८२-१२-१२ गते बिहीवारका दिन बन्दीपुर अस्पतालमा "निशुल्क मोतियाबिन्दुको अपरेशन शिबिर" सन्चालन हुन गैइरहेको र सोही कार्यक्रममा सहभागी हुन सेवाग्राहीहरुलाई थप सहजताका लागि "निशुल्क बस सेवा" सन्चालन गर्न गैइरहेको हुन्दा सोही बमोजिम सम्बन्धित सबैलाई जान्कारिका लागि अनुरोध छ।।
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

बन्दीपुर गाउँपालिकाद्वारा बन्दीपुर अस्पतालमा यहि चैत्र ८ गतेदेखि ११ गतेसम्म आखाको मोतियाबिन्दुको निशुल्क परिक्षण/स्कृनिङ...
19/03/2026

बन्दीपुर गाउँपालिकाद्वारा बन्दीपुर अस्पतालमा यहि चैत्र ८ गतेदेखि ११ गतेसम्म आखाको मोतियाबिन्दुको निशुल्क परिक्षण/स्कृनिङ कार्यक्र्म र चैत्र १२ गते निशुल्क शल्यक्रिया हुने ब्यहोरा सम्बन्धित सबैलाई जान्कारी गरिन्छ।।
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

२०८२ चैत्र महिनामा बन्दीपुर गाउँपालिका भित्रका अन्य सरकारी स्वास्थ्य संस्थामा चिकित्सकीय स्वास्थ्य सेवा परिक्षण एवम् परा...
17/03/2026

२०८२ चैत्र महिनामा बन्दीपुर गाउँपालिका भित्रका अन्य सरकारी स्वास्थ्य संस्थामा चिकित्सकीय स्वास्थ्य सेवा परिक्षण एवम् परामर्श सेवा सहित सो सरकारी स्वास्थ्य संस्थादेखि बन्दीपुर अस्पतालसम्म दुईतर्फी यातायात सेवा व्यवस्थापन तालिका
बन्दीपुर अस्पताल।।
🙏🙏🙏

Address

Bandipur
Bandipur
33900

Website

Alerts

Be the first to know and let us send you an email when Bandipur Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category