15/11/2025
मधुमेह सम्बन्धी जानकारी
१) “Diabetes is not the end, it’s just a beginning of new chapter in life.”
मधुमेह अन्त्य होइन, नयाँ जीवन–अध्यायको सुरुवात मात्र हो।
कृपया दुःखी नहुनुहोस्। सही जानकारी, सही बानी र सही उपचारले तपाईंको जीवन पहिले जस्तै सुन्दर र सक्रिय बन्न सक्छ।
२) जीवनशैली परिमार्जन नै मधुमेह व्यवस्थापनको मूल कुञ्जी
मधुमेह नियन्त्रणका लागि तलका कुराहरू अत्यन्तै आवश्यक छन्—
• नियमित व्यायाम
• स्वस्थ आहार
• निर्धारित औषधि समयमै सेवन
• परिवारको सहयोग
• नियमित डाक्टरको भेट
• राम्रो निद्रा
• आफैँले रोगबारे बुझ्ने ज्ञान (self-management)
• स्थिर मानसिक स्वास्थ्य
यी सबै कुराले तपाईंको मधुमेह राम्रोसँग नियन्त्रणमा राख्न मद्दत गर्छन्।
३) रक्तचिनी परीक्षणका सही अर्थ
•Fasting Blood Sugar (FBS): ८–१० घण्टा उपवास (पानी मात्र खान मिल्छ)।
•Post Prandial (PP): खाना खान थालेको पहिलो कौराले २ घण्टा पुगेपछि चिनी जाँच।
•HbA1c: जुनसुकै समयमा जाँच गर्न सकिन्छ, ३ महिनाको औसत चिनी देखाउँछ।
४) शारीरिक गतिविधि र हाइपोग्लाइसेमियाको चेतावनी
•शारीरिक गतिविधि: दिनको ४५–६० मिनेट व्यायाम अनिवार्य।
•स्वस्थ आहार: चिल्लो, मिठाई, प्रशोधित (processed) खाना घटाउने।
• Low Sugar (Hypoglycemia) को लक्षण:
• अत्याधिक पसिना
• बोलाइ अस्पष्ट हुनु
• टाउको दुख्नु
• हिडडुलमा समस्या
• आँखामा धमिलो देखिनु
यस्ता लक्षण देखिएमा तुरुन्तै मिठाई पानी, ग्लुकोज वा मीठो जुस सेवन गर्नुहोस्।
५) घरमै ग्लुकोमिटरले चिनी जाँच गर्ने बानी बसालौँ
नियमित रूपमा ग्लुकोमिटर प्रयोग गरेर चिनी जाँच गर्दा—
• आफ्नो स्वास्थ्यबारे तुरुन्तै जानकारी पाइन्छ।
• औषधि र खाना मिलाउन सजिलो हुन्छ।
• अनुशासन बस्छ।
• दिनचर्या व्यवस्थित हुन्छ।
६) घर र कार्यस्थल दुवै मधुमेह–मैत्री बनाऔँ
तपाईंको घरपरिवार र काम गर्ने वातावरणले तपाईंको स्वास्थ्यमा ठूलो प्रभाव पार्छ।
• कार्यस्थान तनावरहित, सहयोगी र स्वस्थ हुनुपर्छ।
• परिवारसँग समय बिताउने बानी बसाल्नुहोस्।
• मनका कुरा खुला रूपमा साझा गर्नुहोस्।
• मधुमेहको बारेमा परिवारका सदस्यलाई पनि जानकारी गराउनुहोस्।
७) नियमित जाँच (screening) अत्यन्तै महत्वपूर्ण
निम्न जाँचहरू समयमै र नियमित रूपमा गराउनु आवश्यक छ—
• Retinopathy screening (आँखा जाँच)
• Nephrology follow-up (मिर्गौलाको जाँच)
• Foot care (खुट्टा जाँच)
• Cardiac checkup (मुटु सम्बन्धी जाँच)
• Neurology visit (नस सम्बन्धी जाँच)
यी महत्वपुर्ण पक्षहरू पनि सँगै व्यवस्थापन गर्नु अत्यन्तै जरुरी छ—
• Blood Pressure (रक्तचाप)
• Cholesterol / Lipid Level (कोलेस्ट्रोल/लिपिड प्रोफाइल)
• Uric Acid (युरिक एसिड)
• Thyroid Function (थाइराइड कार्य)
यी सबै कुरा Blood Sugar सँगै राम्रोसँग नियन्त्रणमा रहनुपर्छ।
एक पक्ष बिग्रँदा अर्को पक्षमा असर पर्छ, त्यसैले सम्पूर्ण स्वास्थ्यलाई एकैसाथ व्यवस्थापन गर्नु नै उत्तम मधुमेह उपचारको आधार हो।
यी जाँचहरूले दीर्घकालीन जटिलता कम गर्छन्।
८) गर्भावस्थामा सुगर नियन्त्रणको सही मार्गदर्शन
गर्भअवस्था अघि, गर्भअवस्थामा र बच्चा जन्मिएको पछि—
सुगर नियमित जाँच र सही परामर्श अत्यन्तै आवश्यक छ।
यसले आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षित राख्छ।
९) “Your kitchen is your best medicine, and your family is your best support.”
तपाईंको भान्सा नै सबैभन्दा ठूलो औषधि हो र तपाईंको परिवार नै सबैभन्दा बलियो साथ।
स्वस्थ खाना पकाउने बानी र सकारात्मक वातावरणले मधुमेह नियन्त्रणमा ठूलो भूमिका खेल्छ।
१०) हरेक जानकारीमा सावधानी—मिथ्यामा नपर्नुहोस्
स्वास्थ्यकर्मीले दिएको सल्लाह नै सही हुन्छ।
विभिन्न मिथ्या विश्वास, हल्ला, र अप्रमाणित उपचारहरूबाट टाढा रहनुहोस्।
गलत जानकारीले तपाईंको स्वास्थ्यलाई गम्भीर हानि पुर्याउन सक्छ।
Basuki swasthya clinic