Dr Raj kumar BK, Pediatrician बालरोग विशेषज्ञ

  • Home
  • Nepal
  • Bardiya
  • Dr Raj kumar BK, Pediatrician बालरोग विशेषज्ञ

Dr Raj kumar BK, Pediatrician बालरोग विशेषज्ञ अरुको बच्चालाई पनि आफ्नो बच्चा सम्झी उपचार गर्दा मन अति नै आनन्दित हुन्छ।

संसार बदल्नु छ शुरु आँफै गर्नु छ भन्ने एउटा महान बिचार बाट प्रेरित भएको ब्यक्ति हुँ म । हरेक ब्यक्तिको जन्मको केही न केही अर्थ हुने गर्दछ । आमाको कोखमा नौ महिना हुर्केर जन्म लिएको म आफुलाई आफ्नो आमाबुवा र देशप्रती सदैब सेवा गर्ने अवसर मिलिरहोस् । आजका बालबालिका भोली राष्ट्रका कर्णधार हुन । उनीहरु हरेक लाई स्वस्थ र तन्दरुस्त राख्ने,सकरात्मक सोचको बानी बसाल्ने देशको बिकासमा टेवा पुरयाउन सहयोग गर्न

लाई पनि म एक बाल चिकित्सक को महत्वपूर्ण भूमिका रहन्छ । बालबच्चा को उपचार का साथै बिभिन्न बालरोग को बारेमा जानकारी एवम सुझाब दिनु मेरो पनि रास्ट्र प्रती दायित्व हुने गर्दछ । त्यसैको फलस्वरुप यो पेज खोलिएको हो।

श्री सरस्वती माध्यमिक विधालय ,रिनी जुम्लाका प्रधानाध्यापक मेरा आदरणीय गुरु,अङकल  नेपाल बिज्ञान तथा प्रविधि  प्रज्ञा- प्र...
06/12/2023

श्री सरस्वती माध्यमिक विधालय ,रिनी जुम्लाका प्रधानाध्यापक मेरा आदरणीय गुरु,अङकल नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा- प्रतिस्ठान (NAST) काठमाडौबाट बिस २०७९ साल कर्णाली प्रदेश बिज्ञान बिषय उत्कृष्ट शिक्षक भई आज मिती २०८० साल मङ्सिर २० गते NAST दिवसको उपलक्ष्य मा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दहाल ''प्रचण्ड''ज्यु को हात बाट पुरस्कृत हुनुभएको मा भुगोल बधाइ दिन चाहन्छु ।
हजुरले म लगाएत पश्चिम भेगका थुप्रै बिध्यार्थीलाई आफ्नो पढाउने कलाले संसार चिनाउन र सफल बनाउन सघाउदै आउनुभएको छ । साथै यो कुराले निरन्तरता पाइराख्नेमा विश्वस्त छौ। उच्च सम्मान छ गुरु ।
Huge congratulations uncle for making us proud.

Back to Kathmandu....
02/10/2023

Back to Kathmandu....

अस्पताल फाेहर भयाे,गाली  डाक्टरलाई ।लेखेको  औषधि पाईएन,गाली   डाक्टरलाई ।एम्बुलेन्स  समयमा आएन,गाली  डाक्टरलाई ।ल्याबकाे...
29/09/2023

अस्पताल फाेहर भयाे,
गाली डाक्टरलाई ।

लेखेको औषधि पाईएन,
गाली डाक्टरलाई ।

एम्बुलेन्स समयमा आएन,
गाली डाक्टरलाई ।

ल्याबकाे रिपोर्ट समयमा दिन सकेनन,
गाली डाक्टरलाई ।

अस्पतालमा बस्ने ठाउँ भएन,
गाली डाक्टरलाई ।

शौचालय फोहोर भयो,
गाली डाक्टरलाई ।

ईमर्जेन्सीमा भिड भयो,
गाली डाक्टरलाई ।

एउटै बेडमा ३-४ जना राख्यो,
गाली डाक्टरलाई ।

अस्पतालमा सुविधा भएन,
गाली डाक्टरलाई ।

अस्पतालका सेवा महङ्गो भयाे,
गालि डाक्टरलाई ।

बिमामा परिक्षण गर्न पाईएन,
गाली डाक्टरलाई ।।

ए बाबा सबै मिलाउने काम डाक्टरकाे हाेईन क्या ।

अस्पतालमा शैया थप्ने,
सेवा सुविधा विस्तार गर्ने,
समयमा अस्पताल पुग्न बाटाे र एम्बुलेन्स थप्ने,
बिमारीकाे चाप अनुसार डाक्टर र अन्य स्वास्थ्यकर्मी थप्ने,
बिमा व्यवस्थापन जस्ता काम
तपाईंले भाेट दिएर जिताउनु भएकाे जनप्रतिनिधि, संसद, मन्त्री र सरकारकाे हाे ।।

खोइ त यो सब बुझेको???

धेरैजनाको गुनासो- स्वास्थ्यकर्मी रुखो बोले,बोल्ने शैलि पुगेन रे ।
बिरामीको चाप यति धेरै हुन्छ कि सबिस्तार सम्झाएर पठाउन्छौ भन्दा पनि थाकेको शरिर दिन बित्दै गए पछि झिझिन सक्छन।
आराम नगरि धेरै बेर सम्म मेशिन(कम्प्युटर) चलाए त ह्याङ्ग भएर चल्न छोड्छ। मान्छेको त कुरै नगर्नु। निम्न आयदरमा न्युन जनशक्तिमा अत्याधिक चापलाई थेग्नु छ। त्यसै माथी सुरक्षा को केही ग्यारेन्टी छैन ।
सक्छौ भने डा बिरामीको अनुपात मिलाएर दैनिक बिरामी को निश्चित संख्या तोकिदिनु न त।

#सकारात्मक_र_जिम्मेवार_बनाैं

28/09/2023

चिकित्सक माथी आक्रमण निन्दनीय छ।
सरोकारबाला को बेलैमा ध्यान जानू जरुरी छ।
साथै बुद्धिजीवी समाजले पनि गलतकार्य विरुद्ध चुप लाग्नु भनेको अपराधिलाई मौन समर्थन गर्नु जस्तै हो। जुन देशमा स्वास्थ्यकर्मि र शिक्षकले सडकमा आन्दोलन गर्न उत्रिनु पर्छ त्यहाँको सरकार र भोट दिएर जिताउने जनता दुबै गलत हुने गर्दछन। राजनैतिक स्वार्थ भन्दा माथि उठेर झोलेतन्त्र र भेडापनलाई त्यागेर नयाँ नेपाल बनाउन धेरै नै ढिलो भइसक्यो। त्यसैले यी आन्दोलन भनेको परिवर्तनको शुरुवात हो। ब्यक्तिगत बिचारमा भन्नू पर्दा पत्रकार ज्युको देश परिवर्तन गर्न ठूलो भुमिका हुन्छ त्यसैले स्वास्थ जस्तो संबेदनसिल बिषयमा कलम चलाउनु अघि धेरै सोचेर सल्लाह लिएर लेख्नुहोला। संसार मै कम IQ भएका देशका जनतालाई TRP को लागि गलत समाचार लाई सन्सनिपुर्ण बनाएर उचाल्ने काम कृपया नगरिदिनुहोला। दिनहुँ युबाहरु विभिन्न कारणले देश छोडेर बिदेश पलाएन हुँदै छन । उनिहरुको देशमै केही गर्ने ईच्छालाई दबाएर बिदेशिन बाध्य पार्ने देशद्रोहिको विरुद्ध कलम चलाउनु न। हामी सबैको साथ छ । नराम्रो सोच र Tested भएकालाई बि.स. २०८४ मा फाल्नै पर्ने छ। त्यसैले इमान्दार भएर ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सहि लाई साथ र गलतको खुलेर बिरोध गर्नुहुन सम्पुर्ण देशप्रेमी महानुभावमा हार्दिक अनुरोध गर्दछु।

P.S. चिकित्सकहरुले चाल्नु भएको यो आन्दोलनलाई मेरो पुर्ण समर्थन छ।

आफ्नो TRP बढाउन बिना ठोस प्रमाण पत्रिकामा आएका समाचार माथि एक पक्षिय धारणा नराख्न अनुरोध गर्दछु। जय देश
17/09/2023

आफ्नो TRP बढाउन बिना ठोस प्रमाण पत्रिकामा आएका समाचार माथि एक पक्षिय धारणा नराख्न अनुरोध गर्दछु।
जय देश

ध्यानाकर्षण सम्बन्धमा ।

यस अस्पतालमा मिति २०८० भाद्र १८ गते सोमवारका दिन भएको घटनाका विषयमा, विभिन्न पत्रपत्रिका लगायतका सञ्चार माध्यममा विभिन्न किसिमका समाचारहरु प्रकाशन भएको सन्दर्भमा, यस अस्पतालको गंभीर ध्यानाकर्षण भएको छ ।

हाल उक्त घटनाको प्रारम्भिक प्रतिवेदन अनुसन्धानको क्रममा रहेको हुँदा अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनैपनि किसिमको समाचार तथा टिकाटिप्पणी प्रकाशन नगर्नु, नगराउनु हुन अनुरोध छ ।

16/09/2023

बच्चालाई केरा खुवाउनुको फाईदाहरु

02/09/2023

ढिलो बच्चा जन्माउदा हुन सक्ने असर मध्यको एक अवस्था डाउन सिन्ड्रोम (Down syndrome)

बालस्वास्थ सम्बन्धी जानकारी पाउन मेरो टिकटक एकाउन्ट र युटुब च्यानल Subscribe गर्न नभुल्नु होला। लिन्क तल छ।
Tiktok link:
https://www.tiktok.com/.rajkumarbk95?_t=8fLB0TVH7qB&_r=1

youtube link:
https://youtube.com/?si=Yu5UCQRcTkhR4F0m

बेला बेलामा भैसिको दूध काचै खाने गरेका यी ११ बर्सिय बाग्लुङ बाट आएका बाबुलाई ११ दिनको ज्वरोले थला पारेको रहेछ । एक त  बा...
01/09/2023

बेला बेलामा भैसिको दूध काचै खाने गरेका यी ११ बर्सिय बाग्लुङ बाट आएका बाबुलाई ११ दिनको ज्वरोले थला पारेको रहेछ । एक त बाग्लुङ भने पछि मेरो पुरानो घनिष्ठ सम्बन्ध भएको जिल्लाबासी पर्नु भएछ । टाउको,शरिरका जोर्नी,ढाड दुख्ने,बान्ता,पखाला हुने र केही तौल पनि घट्ने समस्या लिएर आएका यी ज्ञानि बाबुलाई ब्रुसेलोसिस भन्ने रोग भएको रहेछ।जसमा केही फरक किसिमको औषधि अवस्था हेरेर ६ हप्ता देखि ६ महिना सम्म चलाउनु पर्ने हुन्छ। अब देखि नपकाएको दूध नखाने सर्तमा र फोटो खिच्ने अनुमती लगेर ठिक बनाई घर पठाइयो।
P.S. बिरामी र बिरामी अभिभावक हाम्रो बिश्वास गरेर जब हामी कहाँ आउनु हुन्छ त्यो समय देखि नै वहाँहरु हाम्रो परिवार जस्तै नजिकका भईसक्छन र वहाँहरुलाई निको बनाएर अनुहारमा मुस्कान ल्याउनु जस्तो आनन्द यो डाक्टरी पेशामा अरु केही छैन होला।

Tiktok link: https://www.tiktok.com/.rajkumarbk95?_t=8fJQEUmmPlC&_r=1

Youtube link: https://youtube.com/?si=TQLupQGyNKJfKyGxq

30/08/2023

बच्चाहरुमा नाक बन्द भएको बेला सफा गर्ने तरिका।
यस्तै नियमित रुपमा बालस्वास्थ्य सम्बन्धि जानकारी लिन तल दिएको लिन्कमा गएर जोडिन सक्नु हुनेछ।

tiktok link : https://www.tiktok.com/.rajkumarbk95?_t=8fG2iN4LjqE&_r=1

youtube link: https://youtube.com/?si=tKx2s2GvQOLxI51W

19/08/2023

Address

Bardiya

Telephone

+97714952248

Website

Alerts

Be the first to know and let us send you an email when Dr Raj kumar BK, Pediatrician बालरोग विशेषज्ञ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Raj kumar BK, Pediatrician बालरोग विशेषज्ञ:

Share

Category