Rohini Eye Care Center

Rohini Eye Care Center Established=2076/03/24 B.S
09-07-2019. A.D Hospital closed on every government holiday

आज मिति २०८२/०९/०४ गते  एक दिने निशुल्क आँखा जाँच शिविर  सम्पन्न गरियो। उक्त शिविर खैर वेलफेयर ट्रस्ट द्वारा आयोजित संयु...
19/12/2025

आज मिति २०८२/०९/०४ गते एक दिने निशुल्क आँखा जाँच शिविर सम्पन्न गरियो। उक्त शिविर खैर वेलफेयर ट्रस्ट द्वारा आयोजित संयुक्तमा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल द्वारा सम्पन्न गरियो। साथै उक्त शिविरमा सहयोग पुर्‍याउन हुने रोहिणी गाउँपालिका र रोहिणी गाउँपालिका वार्ड नं ०१ लाई धेरै धेरै धन्यवाद। आयोजित शिविरमा कुल बिरामी २०५ जना जाँच गरियो, जसमध्ये मोतिबिन्दु भएका ६६ जना शल्यक्रियाको लाई लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर म रिफर गरियो। २०५ बिरामीमध्ये ०९ जना रक्तचाप बढेर र ६ जना मा मधुमेह धेरै देखिएको कारणले मोतिबिन्दुको शल्यक्रिया स्थगित गरियो र फिजिसियनलाई रिफर गरियो। आवश्यकता अनुसार बिरामीहरूलाई औषधि तथा चस्मा पनि वितरण गरियो।

विजय कुमार पाठक
क्लिनिक इन्चार्ज
रोहिणी आँखा उपचार केन्द्र
रोहिणी गाउँपालिका-०३
९८२५५९६९२६

23/11/2025
23/11/2025

Successful cataract surgery of Aman Yadav under SEVA foundation

आज मिति २०८२/०७/२८ गते विश्व मधुमेह दिवसको अवसरमा एक दिने निशुल्क डायबिटिक आँखा जाँच शिविर  सम्पन्न गरियो। उक्त शिविर ला...
14/11/2025

आज मिति २०८२/०७/२८ गते विश्व मधुमेह दिवसको अवसरमा एक दिने निशुल्क डायबिटिक आँखा जाँच शिविर सम्पन्न गरियो। उक्त शिविर लायन्स क्लब अफ भैरहवा बेस्ट द्वारा आयोजित संयुक्तमा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल द्वारा सम्पन्न गरियो। साथै उक्त शिविरमा सहयोग पुर्‍याउन हुने रोहिणी गाउँपालिका र रोहिणी गाउँपालिका वार्ड नं ३ लाई धेरै धेरै धन्यवाद। आयोजित शिविरमा कुल बिरामी १२५ जना जाँच गरियो, जसमध्ये डायबिटिज भएका ५१ जना र डायबेटिज नभएका ७५ जना भेटिए। ५१ जनामध्ये ६ जनालाई सुगरले आँखामा असर गरेको भेटियो र ती ६ जनालाई लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा रिफर गरियो थप उपचारको लागि। १२५ जना बिरामीमध्ये १८ जनालाई मोतीबिन्दुको समस्या पनि देखियो। जसलाई हामीले अपरेसनको लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर म रिफर गरियो। आवश्यकता अनुसार बिरामीहरूलाई औषधि तथा चस्मा पनि वितरण गरियो।

"मधुमेहले गर्दा आँखामा हुन सक्ने समस्यालाई आजबाटै रोकौँ "

आवश्यक जानकारी:
मधुमेह भएका बिरामीले आँखामा केही नभएपनि ६ महिनामा कम्तीमा एकपटक आफ्नो आँखा अवश्य जाँच गरौं।🙏
विजय कुमार पाठक
क्लिनिक इन्चार्ज
रोहिणी आँखा उपचार केन्द्र
रोहिणी गाउँपालिका-०३
९८२५५९६९२६

13/11/2025

School Screening program at Merit public school and Shree chipagadh secondary school,Rohini gaupalika.

13/11/2025

School Screening program


BJ Rudra Pathak

हिन्दुहरूको महान पर्व शुभ विजया दशमीको पावन अवसरमा यही मिति २०८२/०६/१३ गतेदेखि १७ गतेसम्म (29 september to 3rd October) ...
23/09/2025

हिन्दुहरूको महान पर्व शुभ विजया दशमीको पावन अवसरमा यही मिति २०८२/०६/१३ गतेदेखि १७ गतेसम्म (29 september to 3rd October) रोहिणी आँखा उपचार केन्द्र बन्द रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
पुनशच: उक्त अवधिभर हाम्रो केन्द्रीय अस्पताल नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाहका अस्पतालमा आपतकालीन सेवा २४ घण्टा खुल्ला रहने जानकारी गराइन्छ।

सबैलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। 🙏🚩🔱
#जयमातादी 🙏🚩🔱

Rohini Eye Care Center
09/09/2025

Rohini Eye Care Center

आज एक दिने आँखा शिविर रोहिणी गाउँपालिका वार्ड नं ४ को छिपागढ माध्यमिक विद्यालयमा सम्पन्न भयो। आँखा शिविरमा प्राविधिक सहय...
22/08/2025

आज एक दिने आँखा शिविर रोहिणी गाउँपालिका वार्ड नं ४ को छिपागढ माध्यमिक विद्यालयमा सम्पन्न भयो। आँखा शिविरमा प्राविधिक सहयोग हाम्रो नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा तथा रोहिणी आँखा उपचार केन्द्र, धकधई रोहिणी गाउँपालिका वार्ड नं ३ र आयोजक तथा सहयोगी सिद्धार्थ सामुदायिक सिकाई केन्द्र , रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढ को रह्यो। उक्त आँखा शिविरमा २१४ जनाको निःशुल्क आँखा जाँच भएको र ३९ जना को निःशुल्क शल्यक्रिया का लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा रिफर गरियो। १८ जन विराममीको सुगर र रक्तचाप बढी भएका कारणले शल्यक्रिया रद्द गरियो र सुझावको लागि नजिकको अस्पताल पठाइयो। आवश्यकता अनुसार औषधि र चस्मा स:शुल्क वितरण गरियो।

विशेष धन्यवाद हाम्रो आयोजक सञ्जय गुप्ता सर(सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको अध्यक्ष) र उहाँको सम्पूर्ण टिमलाई सम्पूर्ण राम्रो व्यवस्था मिलाइदिएको म।🙏🙏

🙏   खुसीको खबर! 🙏❤️ 🙏 खुसीको खबर! 🙏हाम्रो रोहिणी गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक सिकाई केन्द्र(रोहिणी गाउँपालिका ...
20/08/2025

🙏 खुसीको खबर! 🙏❤️ 🙏 खुसीको खबर! 🙏
हाम्रो रोहिणी गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक सिकाई केन्द्र(रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढ) को अयोजितमा एक दिनको आँखा शिविर सञ्चालन गर्न लागिएको छ।कृपाय मौकाको फाईदा उठाउदै सबैले आ-आफ्नो आँखा शिविरमा गाइ जाँच गराउन अनुरोध गर्दछु।

सुबिधा:
- नि: शुल्क आँखा जाँच
- चस्मा जाँच
- शिविरमा छनोट भएका मोतिबिन्दु बिरामीलाई निःशुल्क शल्यक्रिया गरिन्छ।
- आवशयकता अनुसार बिरामीलाई चश्मा र औषधि दिने छ जसको मूल्य लग्ने छ।
- आँखा रोग बारे परामर्श।

शिविर सञ्चालन हुने स्थान:
श्री छिपागढ माध्यमिक विद्यालय, रोहिणी गाउँपालिका वार्ड नं ४
मिति:२०८२/०५/०६
दिन: शुक्रबार
समय: बिहान ९ बाजे देखि दिउँसो ३ बाजे सम्म।

प्राविधिक सहयोग:
नेपाल नेत्र ज्योति संघ
क्षी लुम्बिनी नेत्र विज्ञान अध्धयन संस्थान तथा रिसर्च सेन्टर
क्षी रण अम्बिका आंखा अस्पताल(भैरहवा)
साथै
रोहिणी आँखा उपचार केन्द्र(रोहिणी गाउँपालिका वार्ड नं ३,धकधई)

स्थानीय सहयोग:
सिद्धार्थ सामुदायिक सिकाई केन्द्र -४ रोहिणी गाउँपालिका , रुपन्देही।

शिविरमा छनोट भएका मोतिबिन्दु बिरामीको लागि शल्यक्रिया निःशुल्क हुने हाम्रो कर्मचारीले दिएको समयमा उपस्थित हुनुपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा ।

सम्पर्क नम्बर: ९८२५५९६९२६ विजय कुमार पाठक (रोहिणी आँखा उपचार केन्द्र, धकधई।
आयोजक सम्पर्क नम्बर:९८५७०२४८२४ सञ्जय गुप्ता।



🙏🙏 धन्यवाद 🙏🙏
Rohini Eye Care Center

16/08/2025

BJ Rudra Pathak

Please scan it (more details about Rohini ECC and LEIRC)Also for leave days of 2082 BS.
04/08/2025

Please scan it (more details about Rohini ECC and LEIRC)
Also for leave days of 2082 BS.

Address

Hulaki Road
Bhairahawa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779825596926

Alerts

Be the first to know and let us send you an email when Rohini Eye Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rohini Eye Care Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram