28/01/2026
रुपन्देही क्षेत्र नं. ४ : किन आशुतोष मिश्रलाई जिताउने ?
लामो समयदेखि रुपन्देही–४ का मतदाताले उही अनुहार र उही शैलीका नेताहरूलाई पटक–पटक अवसर दिँदै आएका छन्। उहाँ हरुको दल परिवर्तन भए, नाम र चिन्ह फेरिए, तर जनताले अपेक्षा गरेको ठोस परिवर्तन अनुभूति गर्न सकेनन्। यही पृष्ठभूमिमा यस क्षेत्रका नागरिकहरू अब नयाँ सोच, नयाँ संस्कार र जिम्मेवार नेतृत्वको खोजीमा छन्।
आशुतोष मिश्र प्रतिस्पर्धीलाई आरोप–प्रत्यारोप गर्ने राजनीतिभन्दा एजेन्डामा आधारित बहसमा विश्वास राख्ने उम्मेदवार हुन्। निर्वाचित भएपछि सिंहदरबारमा मात्र सीमित नहुने, किसानदेखि श्रमिकसम्म जनताको सुख–दुःखमा सधैँ साथ रहने र विचार वा दल नमिले पनि सबैलाई सम्मान गर्ने समावेशी सोच उहाँको विशेषता हो।
“पुराना दलले युवालाई अवसर दिँदैनन्” भन्ने आम धारणा तोड्दै, आशुतोष मिश्रले बी.पी. को लोकतान्त्रिक मूल्य र गगन थापाको आधुनिक सोचलाई युवा जोस र अग्रजको अनुभवसँग जोड्ने भूमिका निर्वाह गरेका छन्। उहाँको उम्मेदवारी कुनै एक व्यक्तिको मात्र नभई सुसंस्कृत, जिम्मेवार र मर्यादित राजनीतिक अभ्यासको प्रतिनिधित्व हो।
राजनीतिक दल परिवर्तन ले मात्ररूप यस रुपन्देही -४ को बिकास सम्भव हुँदैन। परिवर्तनका लागि आवश्यक हुन्छ—स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र काम गरेर देखाउने क्षमता। यी सबै आधार आशुतोष मिश्रसँग छन्। नेपाली कांग्रेसको बलियो संगठन, वैज्ञानिक सोच र जनताको विश्वासका साथ उहाँ रुपन्देही–४ का लागि केवल एक विकल्प मात्र होइन, यस क्षेत्रको दिगो विकासका लागि एक अपरिहार्य आवश्यकता हुनुहुन्छ।
त्यसलै रूख चिन्हमा मतदान गरी आशुतोष मिश्रा लाई जिताऔँ