Dilsad husen

Dilsad husen Healthy

09/08/2024

08/08/2024
06/08/2024

26/07/2024

Dr Zakir Naik

26/07/2024

Dilsad Khan

CTEVT ले यसवर्ष बढाउने भनेको H.A, Diploma Pharmacy, PCl Nursing मा बढाएको शुल्क फिर्ता लगेको छ । हाललाई पुरानै शुल्क काय...
20/07/2023

CTEVT ले यसवर्ष बढाउने भनेको H.A, Diploma Pharmacy, PCl Nursing मा बढाएको शुल्क फिर्ता लगेको छ ।
हाललाई पुरानै शुल्क कायम हुने भएको छ ।

महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपायघरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।  १. धेरै पानी प...
02/03/2023

महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय
घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।

१. धेरै पानी पिउने
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ।

२. हर्बल चिया खाने
हर्बल चियामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ। महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक तरिका हो। साथै हर्बल चियाहरूले तनाव राहत र निदाउन समेत सहज बनाउछन्।

३. एन्टी-इन्फ्लेमेटरी खानाहरू खाने
एन्टी-इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ। जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस्। हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ।

४. धेरै गुलियो र नुनिलो खाने कुरा नखाने
धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ।

५. हट ब्यागको प्रयोग गर्ने
तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ। हट ब्यागले सेकाउनुको साथै तातो पानीमा नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन्छ।

६.व्यायाम
व्यायामले मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ। महिनावारीको समयमा पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ।

७.तनाव कम गर्ने
तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ। आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ।

८.धुम्रपान र मद्यपान नगर्ने
धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ। साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ।

९.रातो मासु नखाने
महिनावारीको समयमा शरीरले प्रोस्टाग्ल्यान्डिन उत्पादन गर्छ। प्रोस्टाग्ल्यान्डिनले पाठेघरलाई संकुचित गर्न र दुखाइ बढाउन मदत गर्छ। रातो मासुमा आइरनको मात्रा धेरै हुन्छ, यसमा प्रोस्टाग्ल्यान्डिन पनि उच्च हुन्छ त्यसैले रातो मासु खानु हुन्न।।

Address

Marchwari
Bhairahawa

Telephone

+9779816482200

Website

Alerts

Be the first to know and let us send you an email when Dilsad husen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dilsad husen:

Share