Diabetic Retinopathy Awareness Mission - DREAM

  • Home
  • Diabetic Retinopathy Awareness Mission - DREAM

Diabetic Retinopathy Awareness Mission - DREAM Dear friends we all know Diabetic Retinopathy is the Leading cause of blindness not only in Nepal but in entire world.One of the cause is lack of awarenes

08/10/2025

यहाहरु सबैलाइ विश्व दृस्टी दिवस 2025 को शुभकामना
From Nepal Netrajyoti Sangh ,Lumbini Eye Institute...

DR camp Palpa ( Tansen ) Concluded:जय श्री कृष्ण !!!मधुमेह बाट हुने अन्धोपन न्यूनीकरणमा हाम्रो प्रयास निरन्तर जारी छ।पाल...
25/05/2024

DR camp Palpa ( Tansen ) Concluded:
जय श्री कृष्ण !!!
मधुमेह बाट हुने अन्धोपन न्यूनीकरणमा हाम्रो प्रयास निरन्तर जारी छ।
पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा ( PLLEH)आज लगभग ११९ जना मधुमेहका बिरामिहरुको रेटिना जाँच र परामर्श सम्पन्न गरियो।सोहि अवसरमा PLLEH का कर्मचारी र volunteer गर्न आउनु भएका staff nurses हरुलाइ पनि आँखाका रोगहरु बारे orientation गर्ने काम गरियो।
कतिपय मधुमेह का बिरामी लाई आखामा पनि असर हुन्छ भन्ने कुराको जानकारी नरहेको पाइयो। सो को जानकारी पाउँदा उहाहरु पनि खुशी हुनुभयो र अब regular eye check up गर्ने प्रतिबद्धता गर्नुभएको छ।

तेस्तै 8-10 जनामा जलबिन्दु को प्रबल सम्भावना भएको भेटियो ।उहाँ हरुलाई जलबिन्दु बारे केही पनि थाह रहेनछ। कुनै लक्षण नभएको ले आँखा जाँच गर्न नआउनु भएको रहेछ।आफुलाइ मधुमेह भएकोले ,आज मधुमेह को आँखा जाँच गर्ने सुनेर आउनुभएको रहेछ। आखामा मधुमेहको असर नभएको तर जलबिन्दु को सम्भावना भएको भेटियो।उहाहरुले हामिलाइ यस्को लागि धन्यवाद पनि दिनु भयो पत्ता लगाइदिएको भनेर। केहिलाइ थप जाँच ( CCT, OCT,Visual Field आदि) को लागि LEIRC ,भैरहवा मा पठाएको छु ।
तेसैले ४० बर्ष पछि अनिवार्य रुपले आँखा जाँच गरौ।आखाका कतिपय दृस्टीबिहिन बनाउने रोग मा कुनै लक्षण नहुन पनि सक्छ।पत्ता लगाउने एक मात्र उपाए भनेकै नियमित चेकजाँच हो।

अझ गर्नु धेरै छ । प्रयास निरन्तर जारी रहनेछ।आशा छ सबैको सहयोग जारी रहनेछ। मेरो LEIRC को Team लगायत सबैलाई धन्यवाद ।विशेष धन्यवाद AP1 News television लाई पनि ,हाम्रो यो camp को Exclusive news coverage को लागि।

कृष्ण भगवानले सधै यसरी सेवा गर्ने प्रेरणा दियिरहुन।।।।सम्पुर्ण कर्म उनैमा समर्पित ।।।

अबको भोलि को यात्रा पाल्पा रामपुर तिरको।तेतै भेटौला है

31/12/2023

जय श्री कृष्ण !!!!

डाइबेटिक रेटिनोप्याथी मा आखाभित्र लगाइने सुइ बारे आज केही जान्ने प्रयास गरौ ल!!

प्रश्न १) कति प्रकारको सुइ लगाइन्छ ?
उत्तर ... मुख्यत २ प्रकारको हुन्छ
क) Anti VEGF ( महङ्गो खालको avastin,lucentis)
ख) steroids (Tricort , सस्तो खालको )
steroid मा महङ्गो Ozurdex भन्ने पनि हुन्छ ।त्यसको बारे पछि चर्चा गर्नेछु

प्रश्न २) सुइ कतिबेला लगाइन्छ ?
उत्तर ...मुख्यत पर्दा को बिचको भाग को सुजन अर्थात् मेकुलर इडेमा ( Macular Edema) हुदा सुइ लगाइन्छ।त्यस बाहेक रगतको नया नशा पलाएको अवस्थामा ( New Vessels) र अप्रेसन गर्नुपर्ने भएमा अप्रेसन गर्दा धेरै रगत नाअओस भनेर पनि अप्रेसन अघि सुइ लगाइन्छ।

प्रश्न ३) सुइ लगाउनुको पछी कस्तो कारण छ?
उत्तर ... diabetes भएको बिमारी को आखामा VEGFनामको chemical को मात्रा बढ्न जान्छ जस्ले रेटिनामा नया नया रगतको नशा जन्माउने गर्छ र त्यो नया नशा कमजोर र leaky हुनाले आखाभित्र रगत आउने र पर्दा सुनिने हुन्छ ।तेसैले महङ्गो सुइले त्यो VEGF को विरुद्ध काम गर्छ ।
त्यस्तै Diabetic retinopathy मा आँखा भित्र inflammation पनि हुने हुदा सस्तो खालको सुइको पनि प्रयोग गरिन्छ ।

प्रश्न ४) कुन सुइ कति बेला लाउने त?
उत्तर .. साधारणतया सुइ लाउनै पर्ने अवस्थामा पहिला महङ्गो वाला सुइ बाट शुरु गरिन्छ ।यदि धेरै सुइ (3-4 पटक )लाउदा पनि response भएन भने वा निकट भविस्यमा मोतिबिन्दु अप्रेसन गर्ने योजना छ भने सस्तोवाला सुइ ( steroid) पनि लगाउन सकिन्छ।

प्रश्न ५) सुइ कति पटक लाउनु पर्छ?
उत्तर ...महँगो वाला सुइ (anti VEGF) प्रत्येक महिना वा डेढ महिनामा लगाइन्छ। सङ्सगै आखाको CT Scan ( OCT) पनि गर्दै हेरिन्छ र आखाको पर्दाको सुजन अर्थात मेकुलर इडेमा नघटेसम्म लगाइन्छ भने सस्तो सुइ 3 महिनामा फेरि repeat गर्न सकिन्छ।

प्रश्न ६) सुइ लगाएपछि आँखा देखिन्छ त?
उत्तर ...सुइ लगाउनु को मुख्य उद्देश्य दृस्टी लाई स्थिर र बचाउ गर्ने हो ।कसै कसैमा केही हदसम्म सुधार पनि हुन्छ भने कहिलेकाही सुइ लगाउदा लगाउदै पनि दृस्टी घटेर जान्छ।तेसैले सुइ लाउदैमा दृस्टी बढ्ने कुनै ग्यारेन्टी हुदैन।।

प्रश्न ७) सुइको खराबी ( adverse effect) हरु के के छ्न?
उत्तर ...महँगो सुइको तेस्तो केही छैन तर सस्तो सुइको २ प्रमुख खराबी मोतिबिन्दु र जलबिन्दु हुन सक्छ ।
मैले सकेसम्म सबैले बुझ्ने गरि जानकारी दिने प्रयास गरेको छु कृपया अरु केही जिज्ञासा भए अवस्य लेख्नु होला।

28/12/2023

जनचेतना को लागि

13/08/2022
08/08/2022

Don't Forget to Book your appointment in any nearby Eye Hospital wherever you are , for your Regular Diabetic Retinopathy screening .

मौकाको फाइदा उठाऔ।।।
01/11/2021

मौकाको फाइदा उठाऔ।।।

10/04/2021
आजको दिन  हामी पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा छौ
10/04/2021

आजको दिन हामी पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा छौ

मौकाको फाइदा उठाउनुहोला
07/04/2021

मौकाको फाइदा उठाउनुहोला

हरेक बर्ष अक्टोबर महिनाको दोश्रो बिहिबार लाई " विश्व दृस्टी दिवस" को रुपमा सन्सार भर विभिन्न कार्यक्रम गरि मनाइन्छ। यो ब...
06/10/2020

हरेक बर्ष अक्टोबर महिनाको दोश्रो बिहिबार लाई " विश्व दृस्टी दिवस" को रुपमा सन्सार भर विभिन्न कार्यक्रम गरि मनाइन्छ। यो बर्ष यहि असोज २२ गते अर्थात अक्टोबर ८ मा विश्व दृस्टी दिवस परेको छ।सन 2000 मा लायन्स क्लब इन्टरनेसनल को sight first अन्तरगत शुरु गरिएको यो कार्यक्रमको मुख्य उद्देश्य विभिन्न जनचेतनामूलक कार्यक्रम गरि दृस्टिबिहिनता न्यूनीकरण गर्नु हो। हरेक बर्ष विभिन्न नारा दिई मनाइने यो दिवस यो बर्ष Hope in Sight ( दृस्टी प्रतिको आश )को नारा दिई मनाइदै छ।WHO को world report in vision 2019 को तथ्यांक अनुसार सन्सारभर लगभग २०० करोड मानिस विभिन्न प्रकारको दृस्टिबिहिनता बाट पिडित छ्न भने ती मध्धे आधा अर्थात १०० करोड निको पार्न सकिने खालको ( Avoidable blindness ) को छ।
नेपालको सन्दर्भ हेर्ने हो भने सन 1981 मा पहिलो पटक national blindness survey गरिएको थियो ,जस अनुसार prevalence of blindness 0.84% थियो भने सन 2010 को RAAB Survey अनुसार 0.35% थियो। सन 2019 -20 मा पनि RAAB survey भएको छ ,जस्को overall report छिट्टै release हुँदै छ। हरेक पटक दृस्टी बिहिनताको प्रमुख कारण मोतिबिन्दु नै देखिएको छ। यी बाहेक अरु प्रमुख कारणहरु मा दृष्टि दोष , जलबिन्दु, मधुमेहले गर्दा हुने दृस्टिबिहिनता आदि प्रमुख छ्न।
आउनुहोस तपाईं हामी सबै मिलेर दृस्टीबिहिनता न्यूनीकरणमा योगदान गरौ।

Address


0097771

Alerts

Be the first to know and let us send you an email when Diabetic Retinopathy Awareness Mission - DREAM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Diabetic Retinopathy Awareness Mission - DREAM:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram