Siddhartha pathology

Siddhartha pathology we have been here at your service since 1982.we are located infront of bhim hospital, bank road.we a

28/10/2025

बिस्तार बिस्तारै बुबा बुढो हुँदै जानुभाकोछ र उहाँलाई हिड्नको लागि पनि समस्या भइरहेको थियोे। उमेर बढेसँगै घरको भित्तालाई सहारा बनाएर बिस्तार-बिस्तारै हिड्नुहुन्थ्यो, त्यसो गर्दा औंलाको निसान पनि भित्तामा हुने गर्थ्यो। बुबाको बुढ्यौलि अवस्था र कमजोर हातले भित्तामा बनाएका छापले गर्दा आज एउटा कहानी तयार भयो र यसलाई मैले यसरी सुनाउने प्रयास गरे।

बुबाले भित्तामा हातको औंलाको छाप छोड्दै हिनेको मेरो श्रीमती दुर्गालाई एकदमै मन पर्दैन थियोे। त्यही कुरालाई लिएर उनले प्राय मलाई गुनासो गरि-रहन्थिन।
एकदिन बुबाको टाउको दुखेको थियोे उहाँले टाउकोमा तेल लगाउनु भयो र लघुसंखको लागि भित्तामा हातको सहाराले वासरुम जानुभयो, हातमा तेल लागेको र भित्ताको सहारा लिएर वासरुम जाँदा भित्तामा तेलको दाग बस्यो।

भित्तामा लागेको तेल सहितको हातको छाप देखेपछि श्रीमती मसँग रिसाउन थालीन। मैले पनि रिसको आवेगमा अबदेखि यो भित्ताको सहारा लिएर नहिड्नु भनेर ठूलो स्वरमा बुबालाई कराइदिए। बुबाले मलाई केही जबाफ नदि चुप लागेर बस्नुभयो, उहाँको आँखाभरी आँसु आको प्रष्टै देख्न सकिन्थ्यो। उहाँको आँखामा पीडा थियोे, मैले बुबालाई कराकोमा म पनि लज्जित थिए, बुबालाई केही भन्न सकिन।

त्यसदिन देखी बुबाले भित्तालाई सहारा बनाएर हिड्न छोड्नुभयो। एकदिन सन्तुलन बिगृएर बुबा भुइँमा लड्नुभयो, मैले हतार-हतार बोक्से हस्पिटल लगेर एक्सरे गराए घुँडाको हड्डी चर्किएको रहेछ। उपचार गराए औषधि ख्वाए तर केही दिनपछि उहाँले हामीलाई छोडेर जानुभयो...

मेरो मनमा धेरै पछुतो भयो। मैले श्रीमतीको कुरा सुनेर बुबालाई ठुलो स्वरले कराउँदा बुबाको आँखाको डिल वरिपरि आँसु आको कहिल्यै बिर्सन सकेको छैन, न नै आफुले आफैलाई माफ गर्न सकेको छु...

केही समयपछि गाउँका दुई चेलीबेटीलाई ज्याला दिएर रातो माटोले घर पोत्न लगाए, रातो माटो यसैले पनि कि हामी मुडुला कार्की हरुले घर पोत्दा रातोमाटो नै प्रयोग गर्छौ। गाउँ तिर हिड्दा जसको घर रातो माटोले लिपेको छ ९५% मुडुला कार्कीकै हुन्छन्,, हुन त आजभोलि क्षत्री बाहेक अन्य थरका पढेलेखेका छोरी बुहारी ल्याएपछि घरमा आधा कमेरो र आधा रातो माटोले पनि लिपेको २% जति देख्न सकिन्छ।

लिप्न लगाउदै गर्दा मेरो कान्छो छोरा रुपेशले ति चेलीहरुलाई आफ्नो हजुरबुबाको हात र औंलाको छाप भएको ठाउँमा पोत्न दिन मानेन..
ति चेली हरुले पनि छोरालाई त्यो औंलाको निसान भएको ठाउँमा पोत्दैनौं बरु त्यस ठाउँमा चारैतिर बाट पोतेर अझै राम्रो देखिने डिजाइन बनाइदिन्छौं ,भनेर आश्वासन दिए।

र त्यस्तै नै भयो। बिस्तार बिस्तारै त्यो छाप हाम्रो घरको चिनारी बन्यो। जो पनि पाहुनाहरु घरमा आउथे, त्यस भित्ताको प्रशंसा नगरी बस्नै सदैनन थिए। यसको पछाडी के कहानी लुकेको छ भनेर थाहा नपाई पनि प्रशंसा गर्ने गर्थे।

आज भन्यो भोलि भन्यो समय बित्दै गयो। अब म पनि बूढो हुँदै गएको थिए। एकदिन हिड्दा हिड्दै मैले पनि भित्ताको सहारा लिनुपर्यो। त्यसबेला मैले बुबालाई के भनेको थिए भनेर मलाई याद आयो, र मैले आफुलाई सहारा बिना नै हिड्ने प्रयास गरे।

मेरो छोराले कुर्सीमा बसेर यो सबै हेरिरहेको थियोे। उ तुरुन्तै मेरो नजिक आयो र "तपाईं लड्न लाग्नुभयो, तपाईंले भित्ताको सहारा लिनु बुबा" भनेर भन्यो। र त्यसपछि मेरो नातिनी दौडिएर आइ र "हजुरबा, तपाईंले मेरो कुममा हात राखेर हिड्नु" भनी।

मेरो आँखा बाट आँसु बग्न थाल्यौं..

काश, मैले पनि आफ्नो बृद्ध बुबाको लागि यही गरेको थिए भने.. सायद मेरो बुबा अझै केही समय हामीसँग रहनुहुन्थ्यो, अझै केही समय बाँच्नुहुन्थ्यो।

नातिनीले मलाई सोफामा बसाइ। त्यसपछि मेरो नातिनीले आफ्नो होमवर्क गर्ने कापी ल्याइ र आफुले पेंटिङ गरेको कुरा मलाई देखाइ- उनको शिक्षकले उनले बनाको पेन्टिङको धेरै प्रशंसा गरेका थिए।

त्यस तस्बिरमा त्यही भित्ता थियोे, जसमा हजुरबुबाको औंलाको निसान थियोे।

तल शिक्षकले लेखेका थिए:
"हामी हरेक बच्चाहरुले आफ्ना ठुला-बढालाई यसैगरी माया गरुन् भन्ने चाहन्छौं।"

म आफ्नो कोठामा गए, बुबाको फोटो हातमा लिए र बुबासँग माफी माग्दै.. धेरै बेरसम्म रोए।

एकदिन हामी सबैजना बुढो हुन्छौं। यदि अहिले तपाईंको घरमा बृद्धअबश्थाका बुबाआमा, हजुरबुबा हजुरआमा हुनुहुन्छ भने उहाँ हरुलाई हेरचाह गर्नुहोस्। उहाँहरुलाई माया गर्नुहोस्, सम्मान गर्नुहोस्। र आफ्नो सन्तानलाई पनि त्यही शिक्षा आफुले गर्ने व्यबहार बाट सिकाउनुहोस।।

- सन्तोष कार्की मौसुफ

20/01/2025
30/11/2024
19/11/2024
07/07/2024
25/02/2024
30/12/2023
Lions clubs Centinnial
03/09/2023

Lions clubs Centinnial

Address

Bank Road
Bhairahawa
071524900

Telephone

+9779857020990

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha pathology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Siddhartha pathology:

Share

Category