Pasa Recovery Nepal

Pasa Recovery Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pasa Recovery Nepal, Addiction Treatment Center, Bhaktapur, Bhaktapur.

  16    #आजको  #निम्ति  #मात्र   Our Higher Power's will (उच्च शक्ति को ईच्छा) "हाम्रो लागि ईश्वर को इच्छा नै पछी हामी स...
15/05/2026

16 #आजको #निम्ति #मात्र
Our Higher Power's will (उच्च शक्ति को ईच्छा)
"हाम्रो लागि ईश्वर को इच्छा नै पछी हामी सबैको लागी हाम्रो साँचो इच्छा बनेर जाने गर्दछ।"
Basic Text, p. 48
~~~~~~~~~~~~~~~~
बाह्र पाइला हरु आध्यात्मिक जागरण को मार्ग हो। यो जागरण प्रेमपूर्ण उच्च शक्ति सँग विकासत्मक् सम्बन्ध कायम गर्न सिद्ध रहने गर्दछ। सफलता को तर्फ बढ्ने हरेक कदम ले यो सम्बन्ध लाई अझै मजबुत बनाउदै लैजाने गर्दछ। जसरी हामी पाइलाहरुमा मा काम गर्दै निरन्तर अघी बढ्दै जाने गर्दछौ त्यसरी नै यो सम्बन्ध पनि मजबुत हुँदै जाने गर्दछ। पछी यो सम्बन्ध हाम्रो लागी महर्वपूर्ण बन्ने गर्द्छ।
पाइला मा काम गर्दा हामी व्यक्तिगत निर्णय बनाउदछौ कि हाम्रो प्रेम पूर्ण ईश्वर ले नै हाम्रो मार्ग निर्देशन् गर्नेछ र यो दिशा निर्देशन् हामीलाई सधैं उपलब्ध हुनेछ। त्यसको प्राप्ती को लागि केवल धैर्य धारण गर्न आवश्यक हुनेछ। यो मार्ग निर्देशन् केवल हाम्रो भित्री अन्तर ज्ञान बाट प्रकट हुने गर्दछ। जसलाई हामी बिचार भन्ने गर्दछौ।
जब हामी उच्च शक्ति लाई मार्ग निर्देशन ग्रहण गर्न को लागि आफ्नो हृदय पूर्ण रुपले खुला राख्दछौ तब हामीलाई निश्चल शान्तभाव महशुस गर्ने गर्दछौ। यो मन शान्ती नै त्यो प्रकाश स्तम्भ हो जस्ले हाम्रो बिचलित अनुभुती को दौरान मा हामीलाई दिशा निर्देशन् दिने गर्दछ त्यो समय मा खुला र स्पष्ट बाटो देखाइ दिन्छ जब हामी हृदय देखी नै आफ्नो जीवन मा हताश र उदास हुनेछौ र हामी आँफै केही पनि गर्न नसक्ने अवस्था मा हुनेछौ। जब हामी हाम्रो जीवन लाई प्रभु को इच्छा अनुसार चलाउन थाल्दछौ तब हामी एक यस्तो आत्म सन्तुष्टि र आनन्द प्राप्त गर्नेछौ जुन त्यो समय सम्म हामी संग लुकामारी खेलेर बसेको हुने गर्दछ जब सम्म हामी आफ्नो ईच्छा मा चल्ने गरी रहेका हुन्छौ। जब हामी उच्च शक्ति को इच्छा अनुसार चल्न खोज्दछौ तब एक पटक हामी डर र संकोच बाट घेरिन सक्छौ तर किन भने तब सम्म हामी त्यो स्पष्टता को क्षण लाई भरोशा गर्न सिकी सकेका हून्छौ र हामी यो अनुभूति ले भरिने गर्दछौ कि हाम्रो सबै भन्दा ठुलो खुशी ने हाम्रो प्रेमपूर्ण ईश्वर को इच्छा लाई अनुसरण गर्नु मा नै निहित छ।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र :- म उच्च शक्ति सँग आफ्नो सम्बन्ध मजबुत बनाउने सबै प्रयास हरु गर्ने छु। मैले मेरो अनुभव ले यो कुरा बुझेको छु कि मेरो उच्च शक्ति को इच्छा को ज्ञान ले नै म भित्र स्वच्छता, दिशा बोध र आत्म शांती को सम्बेदना जागरण गर्दछ।

15/05/2026

we do recover

  15    #आजको  #निम्ति  #मात्र   Fear of the Fourth Step (चौथो पाइला को डर ) “जब हामी चौथो पाइला तर्फ बढ्छौ, हामी मध्ये ...
14/05/2026

15 #आजको #निम्ति #मात्र
Fear of the Fourth Step (चौथो पाइला को डर )
“जब हामी चौथो पाइला तर्फ बढ्छौ, हामी मध्ये धेरैलाई यो डर ले सताउछ कि हामी भित्र को राक्षस बहिर आएर हामीलाई बिध्वंश पार्ने छ।”
Basic Text p 27
~~~~~~~~~~~~~~~~
हामी मध्ये धेरैले आफु लाई हेर्न र आफ्नो अन्तरात्मा लाई जांच गर्न डराउने गर्दछौ। यदी हामी आफ्नो आचरण, कर्म र आफ्नो नियतको परिक्षा लिन्छौ तब हामी आफुमा स्वार्थ र घृणा ले भरिएको एक गहिरो र अँधेरो कुवाँ मा पाउने गर्दछौ। तर जब हामी चौथो पाइला मा बढ्ने छौ तब हामी पाउछौ कि यो सबै डर हरु अनुचित छ भनेर। अन्य व्यक्ति जस्तै हामी मानिस् हौ - न उनिहरु भन्दा कम न बढी।
हामी सबै अा आफ्नो व्यक्तिव मा केही विषेशता राख्ने गर्दछौ, जसमा हामी खासै गर्व गर्दैनौ। कुनै पनि खराब दिनमा हामी सोच्दछौ कि अरुको तुलना मा हाम्रो गल्ति धेरै नै खराब छ। हामी आत्म संशय को पल हरुमा गुज्रन थालदछौ। हामी आफ्नो नियत मा पनि प्रश्न गर्न थाल्छौ। यहाँ सम्म कि आफ्नो अस्तित्व लाई पनि कोसने गर्दछौ। तर यदी हामी आफ्नो साथी हरुको अनुहार पढ्छौ तब पाउदछौ कि उनिहरु कस्तो प्रकारको आत्म संघर्ष सँग जुझी रहेका छन। हामी अरु भन्दा न कम छौ न बढी छौ।
हामी केवल जे जती सम्झन्छौ जे जती बुज्छौ त्यसलाई त्यती नै बदल्न सक्छौ। जुन कुरा हामी भित्र दबेर बसेको छ त्यस्बाट बारम्बार डराउनु भन्दा त्यसलाई बाहिर खुलेर ल्याउदा डर को जालो हटदै जानेछ र फेरी हामी आत्म सन्तुष्टी को साथ सुधार को दिशा मा अघी बढ्न सक्छौ।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र:-म त्यो सँग डराउछु जो मलाई थाहा छैन। म आफ्नो डर लाई प्रकट गरेर त्यसलाई समाप्त पार्ने छु।

  14    #आजको  #निम्ति  #मात्र   Opps! (उफ्फ!)"बहुलौठ्ठीपना, एउटै गल्ती बारम्बार दोहोराइ रहने तर फरक नतिजा को आशा गर्नु।...
13/05/2026

14 #आजको #निम्ति #मात्र
Opps! (उफ्फ!)
"बहुलौठ्ठीपना, एउटै गल्ती बारम्बार दोहोराइ रहने तर फरक नतिजा को आशा गर्नु।"
Basic Text, p. 23
~~~~~~~~~~~~~~~~
गल्ती! हामी सबैलाई थाहा छ गल्ती गर्दा कस्तो महसुस् हुन्छ भनेर। हामी धेरैले यस्तो पनि सोच्दछौ कि हाम्रो जीवन नै एक गल्ती हो भनेर। हामी मध्ये धेरै आफुले गरेको गल्ती को कारण शिर थाडो पार्न सक्तैनौ र अपराध बोध ले ग्रस्त हून्छौ, एक प्रकार को निराशा र अधैर्यता हाम्रो मन मस्तिस्क मा छाई रहन्छ। हामी हाम्रो गल्ती लाई एक बिमार, पागल र मुर्ख्याइ को प्रमाण को रुपमा अथवा यती धेरै बिग्रिएको को सुधार मा आउन नसकिने।
यथार्थ मा गल्ती मानव मा हुनु पर्ने एक आवश्यक र महर्वपूर्ण पक्ष हो। खास गरी एक जिद्दी व्यक्ति (जस्तो कि दुर्व्यसनी) को लागि उनिहरु ले गर्ने गरेको आफ्नो गल्ती हरु नै उनीहरुको लागी (उत्तम) श्रेष्ठ शिक्षक हुने गर्छ। गल्ती हुँदैमा धेरै नै लजाउनु पर्दैन। वास्तवमा नयाँ गल्ती गर्नाले प्राय हामीमा जोखिम उठाउन र विकसित हुनको लागि इच्छुकता जगाउने गर्दछ।
हाम्रो लागी यो सहयोगि हुने गर्दछ कि हामी हाम्रो गल्ती बाट सिकौ। तर एउटै गल्ती बारम्बार दोहोराइरह्यौ भने हामी एउटै ठाउमा अडकन्छौ। र त्यही पुरनो गल्ती हरु बाट फरक फरक नतिजा र प्रतिफल को आशा भने त्यस्लाई हामी बहुलौठ्ठीपना भनेर भन्ने गर्दछौ र यस्ले केही काम गर्दैन।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र:- गल्ती हरु दु:खद अन्त्य होइन तर हे ऊच्च शक्ति मलाई त्यस बाट पाठ् सिक्न मद्दत गर्नुहोस्।

  13    #आजको  #निम्ति  #मात्र   Onward on journey (यात्रा को दिशा मा अघी बढ्नु ) "सुधार मा हुने प्रगती एक निरन्तर अगाडी...
13/05/2026

13 #आजको #निम्ति #मात्र
Onward on journey (यात्रा को दिशा मा अघी बढ्नु )
"सुधार मा हुने प्रगती एक निरन्तर अगाडी उकाली लाइरहने यात्रा हो।"
Basic Text, p.83
~~~~~~~~~~~~~~~~
हामी जती लामो स्वच्छ रहने गर्छौ हाम्रो बाटोमा उतिनै कस्टकर, दुख्दाय र नकरात्मक भावना आउने गर्दछन तर ईश्वर ले हामीले सम्हाल्न सक्ने भन्दा धेरै दिने गर्दैन। केही छैन हाम्रो बाटो जती सुकै कठिनाई ले भरिएको, साँघुरो र घुमाउरो किन नहोस्, हाम्रो बाटोमा आशा को किरण बाँकी नै रहनेछ। त्यो आशा हाम्रो आध्यात्मिक् प्रगती मा देखिने छ।
यदि हामी आफु बैठक हरुमा देखि रहने गर्दछौ र स्वच्छ रहिरहने गर्दछौ तब निश्चय नै हाम्रो जीवन पूर्ण भिन्न रहनेछ। जीवन को हरेक उतार चढाव् सँग जोडीएको प्रश्न को जवाव पाउने हाम्रो अविरल खोजले हामीलाई हाम्रो जीवन सँग जोडीएको हरेक प्रश्न को जवाब सम्म अवश्य पुरयाउने छ। जीवन मा सधैं खुशी महशुस हुँदैन, साँचो खुशी तब मात्र मिल्ने छ जब हामी श्रद्दा र विश्वास को साथ उच्च शक्ति प्रति श्रद्दा राख्ने छौ। कहिले काही हामी यती नै गर्न सक्छौ कि हामी विश्वास को यस शूत्र लाई लिएर बस्ने छौ र बिश्वास गर्नेछौ एक न एक दिन हाम्रो अवस्था अवश्य राम्रो हुन्छ ।
एक न एक दिन हाम्रो श्रद्दा ले अवश्य फल दिने छ। हामी आफ्नो जीवनको विशाल तस्विर देख्न सुरु गर्दछौ। जसो जसो ऊच्च शक्ति सँग को हाम्रो आध्यातमिक् सम्बन्ध गाढा हुँदै जानेछ र हामी अधिक गहिराइ बाट ऊच्च शक्ति लाई महसुस गर्नेछौ, त्यसो त्यसो स्वीकृति हाम्रो एक महत्वपूर्ण गुण बन्दै जानेछ। सुधार को क्रममा हामी माथी जस्तो सुकै घटना किन नघटोस हामी आफ्नो परम प्रिय ईश्वर प्रती पुरै आस्थावान रहने छौ र अघी बढ्ने छौ।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र मात्र :- म स्विकार गर्ने छु म सँग जीवन को सबै प्रश्न को जवाब छैन, तर पनि मलाई मेरो आफ्नो समझदारी को ईश्वर प्रती पूर्ण विश्वास छ र म सुधार को मार्ग मा अघी बढीरहने छु।

  12    #आजको  #निम्ति  #मात्र   Living with spiritual experience (आध्यात्मिक अनुभव हरु संग जिउदा)"ध्यान तब फलदायी हुने ...
11/05/2026

12 #आजको #निम्ति #मात्र
Living with spiritual experience (आध्यात्मिक अनुभव हरु संग जिउदा)
"ध्यान तब फलदायी हुने गर्दछ जब यसको प्रतिकुल परिणाम हाम्रो दैनिक जीवनमा देखा पर्ने गर्दछ।"
Basic Text, p. 47
~~~~~~~~~~~~~~~~
हाम्रो कार्यक्रम अन्तर्गत आफ्नो दैनिक दिनचर्या लाई निर्धारण गर्ने समय मा हामीले आफ्नो जीवन मा कुनै उच्च शक्ति बिधमान भएको अनेक प्रत्यक्ष संकेत हरु बारम्बार पाउने गर्दछौ। पाचौ पाइला लाइ लागु गर्दा हामी मध्ये धेरैलाई जुन स्वच्छ भावनाको अनुभूति हुने गर्छ त्यसले गर्दा लाग्दछ कि अन्तमा हामी अब सहि मार्गमा छौ, जब हामी क्षतिपूर्ति गर्ने गर्दछौ र अर्को दुर्व्यसनी को मद्दत गरेर जुन सन्तुष्टि हामी प्राप्त गर्ने गर्दछौ। ध्यान,यसले हाम्रो जीवनमा ईश्वरको उपस्थिति को असाधारण अनुभूति दिलाउने गर्दछ। तर यो अनुभूति को अर्थ यो होइन कि हामी पूर्ण भएका छौ वा हामी निको भइ सकेका छौ। यो त हाम्रो सुधार मा हामीले चाख्न पाएका हल्का स्वाद हरु हो र यसले हामीलाई यो स्मरण गराई रहने गर्दछ कि नार्कोटिक्स एनोनिमोस मा हामी जे गरिरहेका छौ त्यसको वास्तविकता के हो र यसले हामीलाई आध्यात्मिक मार्ग मा निरन्तर अगाडी बढी रहनको लागि हामीलाई उत्साहित गरिरहने गर्दछ।
यस्तो अनुभव हरुले यो दर्शाउने गर्दछ कि हामीले आफु भन्दा शक्तिशाली एक उच्च शक्ति लाइ पाएका छौ। तर हामी यो विशेष शक्ति र आफ्नो साधारण जीवन लाइ कसरी मिलाउने हो ? शायद हाम्रो एन.ए को मित्र हरु, हाम्रो स्पोन्सर र हाम्रो समुदाय मा भएको अरु व्यक्ति हरु, उनीहरु संग हामी भन्दा धेरै आध्यात्मिक अनुभव हरु हुन सक्तछ। यदि हामीले उनीहरु संग मद्दत माग्ने हो भने उनीहरुले हाम्रो आध्यात्मिक अनुभव लाइ प्राकृतिक तवरले सुधान्रे तरिका र आध्यात्मिक विकास मा उतार्नको लागि हाम्रो मद्दत गर्न सक्तछ।
~~~~~~~~~~~~~~~~
आजको निम्ति मात्र:- म ति तमाम जवाब हरुलाई पत्ता लगाउने छु, जसले आध्यात्मिक अनुभव हरुलाई बुझाउनको लागि र त्यसलाई आफ्नो दैनिक जीवन मा उतार्न आवश्यक छ।

  11     #आजको  #निम्ति  #मात्र   Balancing the scales (तराजु लाइ सन्तुलित बनाउनु) "हाम्रो अधिकांश मुख्य समस्या र कठिनाई...
10/05/2026

11 #आजको #निम्ति #मात्र
Balancing the scales (तराजु लाइ सन्तुलित बनाउनु)
"हाम्रो अधिकांश मुख्य समस्या र कठिनाई हरुको मुख्य कारण यो कि हामीलाई नशा बिनाको जीवन जिउने कुनै अनुभव छैन। प्राय हामी कुनै ओल्ड टाइमर हरु संग सोध्ने गर्दछौ कि हामी के गरौ, तब हामी उनीहरुले दिएको जवाव हरु सुनेर अचम्भित हुने गर्दछौ।"
Basic Text, p.43
~~~~~~~~~~~~~~~~
सुधारको को समयमा सन्तुलन बनाउनु यस्तो गाह्रो कार्य हो जस्तो कि बालुवाको पहाड मा धेरै किसिमको नाप्ने औजार हरु लिएर बस्नु। र लक्ष्य यो हो कि तराजु को सबै तिर समान मात्रामा बालुवा राखेन र बजन लाइ सन्तुलन बनाउने। हामी सुधार मा त्यहि समान काम हरु गर्ने गर्दछौ। हामी आफ्नो स्वच्छ रहेको समय र बाह्र पाइला को अधार लाइ लिएर बस्ने गर्दछौ र समान तवरले हरेक कुरालाई तौल्दै आफ्नो कार्यक्रम को साथ् रोजगार, घरको जिम्मेवारी, मित्रहरु, स्पोन्सीहरु, बैठक, सेवा कार्य हरुलाई यसरी लैजाने गर्दछौ कि सन्तुलन मा रही रहोस भनेर। हुन् सक्छ कि हाम्रो पहिलो प्रयास नै हाम्रो तराजुलाइ नै असन्तुलित बनाइ दियोस। हामीलाई लाग्न सक्तछ कि सेवा कार्य मा चाहिने भन्दा बढी सहभागिता ले हाम्रो रोजगार दाता वा हाम्रो परिवार को चित्त दुखाइ रहेका छौ। र तब हामी समस्या को समाधान को लागि एन.ए सेवा कार्य बाट राजीनामा दिन चाहना राख्ने गर्दछौ तब हामीले यो पाउने गर्दछौ कि हाम्रो तराजु को एक भाग गर्हौ हुदै छ र एक तर्फ झुकेर असन्तुलित हुदै छ।
यस्तो अवस्थामा हामी अरु सदस्यको सहयोग माग गर्न सक्तछौ जसले आफ्नो तराजु लाइ स्थिर बनाएको छ। यस्तो सदस्य हरुलाई सजिल्यै चिन्न सकिन्छ। उनीहरु हेर्दैमा शान्तभाव, रचनात्मक, आत्म विश्वासी देखिने गर्दछ। उनीहरु हाम्रो दुविधा देखेर पहिला मुस्कुराउने गर्दछ र हामी संग आफ्नो अनुभव सेयर गरेर यो भन्ने गर्दछ कि स्वच्छ रहनको लागी कसरी विस्तारै अगाडी बढेको थियो। आफ्नो तराजु को दुवै तर्फ कसरी केहि मात्रामा बालुवा हालेर कसरी आफ्नो सुधार लाइ सन्तुलित बनाएको थियो।
~~~~~~~~~~~~~~~~
आजको निम्ति मात्र :-म आफ्नो जिवन मा सन्तुलन चाहन्छु। र त्यो सन्तुलन लाइ पाउनको लागी आजको दिन म अरुहरु लाई उनीहरुको आफ्नो अनुभव सेयर गर्नको लागि अनुरोध गर्दछु।

10/05/2026

NA

  10    #आजको  #निम्ति  #मात्र   Becoming entirely ready (पूर्ण रुपले तैयार) “हामी ... ति दोषहरु ले हाम्रो जीवन मा कस्तो...
10/05/2026

10 #आजको #निम्ति #मात्र
Becoming entirely ready (पूर्ण रुपले तैयार)
“हामी ... ति दोषहरु ले हाम्रो जीवन मा कस्तो असर पारिरहेको छ त्यो संग राम्रो संग नियालेर हेर्ने गर्दछौ र ति दोष हरु बाट स्वतन्त्र हुनको लागि सक्रिय हुन सुरु गर्दछौ।“
Basic Text, p. 34
~~~~~~~~~~~~~~~
आफ्नो चारित्रिक दोष हरु लाइ हटाउनको लागी आफुलाई पूर्ण रुपले तयार बनाउनु एक लामो प्रक्रिया हुन सक्तछ। यहाँ सम्म कि प्राय हामी जीवन भर त्यो प्रक्रिया संग जुझिरहने गर्दछौ। तर वास्तविकता यो हो कि यी दोष हरु र यसले पारेको विनाश को अवस्था प्रति हाम्रो सतर्कता को अनुपात को हिसाबले नै यो बाट छुटकारा प्राप्त गर्नको लागि हामी तत्परता देखाउने गर्दछौ।
हाम्रो दोष हरुले हामीलाई र हाम्रो वर पर रहेको हरुलाई कति ठुलो आघात पुराएको छ भन्ने कुरा हामी तब बुझ्दछौ जब हामी पूर्ण तवरले समस्या मा फस्ने गर्दछौ। र यदि यस्तो स्थिति छ भने, हामी केवल उच्च शक्तिको शरण मा परेर मात्र हामी त्यो कुन चाहि दोष हो जसले हाम्रो सुधार मा बाधा पुराएको छ् र त्यसलाई हटाउनको लागि अनुरोध गर्न सक्तछौ।
जसो जसो हामी आफ्नो कमजोरी हरुलाई हटाउदै जाने गर्दछौ, त्यसो त्यसो नै हामी त्यस बाट पर्ने कुप्रभाव हरु कम हुदै गएको देख्न सक्तछौ, हामी यो पाउन थाल्दछौ कि प्रेम पूर्ण ईश्वर ले ति दोष हरुको स्थान मा बिशेष गुण हरुलाई प्रतिस्थापित गरिदिने गर्दछ। जहा हामी डराउने गर्दथ्यौ त्यहाँ हामी साहस प्राप्त गर्ने गर्दछौ, जहा हामी स्वार्थि हुने गर्दथ्यौ त्यहाँ अब हामी उदारता देखाउने गर्दछौ, हाम्रो आफै प्रतिको मतिभ्रम को स्थान मा आत्म इमान्दारिता र आत्म स्वीकृत लाइ प्रतिस्थापन गर्ने गर्दछ।
हो, पूर्ण रुपले तैयार हुनाको अर्थ हो हामी परिवर्तन हुनेछौ। तैयार हुन को हरेक नया स्तरको तत्परता ले नया उपहारहरु लिएर आउने गर्दछ। हाम्रो मूल व्यवहार हरुमा परिवर्तन आउने गर्दछ। र हामी चाडै नै महसुस गर्न थाल्दछौ कि हाम्रो तत्परता केवल पिडा ले मात्र प्रेरित भएर होइन कि यो त आध्यात्मिक विकासको लागि हाम्रो आफ्नो इच्छा को प्रतिफल हो।
~~~~~~~~~~~~~~~~
आजको निम्ति मात्र : म आफ्नो तत्परता को अवस्था लाई अझ बढाएर आफ्नो कमजोरी हरु प्रतिको आफ्नो स्थिति लाई अझै बलियो बनाउने छु।

09/05/2026

one disease one program one promise

Address

Bhaktapur
Bhaktapur

Telephone

+9779708575659

Website

Alerts

Be the first to know and let us send you an email when Pasa Recovery Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share