Dr Puspa Raj Bhusal

Dr Puspa Raj Bhusal Orthopaedic and Trauma Surgeon (हाडजोर्नी, नशा तथा मेरुदन्ड रोग विशेषज्ञ)

11/03/2024

डा. पुष्पराज भुसाल विगत लामो समयदेखि मौलाकालिका अस्पताल भरतपुर चितवन सेवामा
हाम्रो सेवाहरु :
✅हाडजोर्र्नी संक्रमण तथा दुखाई
✅बाथयोग, युरिक एसिड
✅कम्मरको नशा च्यापिएको सम्मस्या
✅Fracture and spine Surgery
✅Arthroscopic Surgery
📞संपर्क नं: 056493738, 9851076488,
📌मौलाकालिका अस्पताल चौबिसकोठी भरतपुर चितवन

12/11/2022
कम्मरमा नशा च्यापिएकोकुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै ख...
24/08/2022

कम्मरमा नशा च्यापिएको
कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।
नशा कसरी च्यापिन्छ ?
कम्मर बन्नका लागि मेरुदण्डको विशेषगरी लम्बर भटेब्रा र स्याक्रम भटेब्रा भाग एवं दुबै भटेब्राको बिचमा हुने एक लचकदार बस्तु डिस्क मेरुदण्डको साइडमा मांसपेशी र नशाको प्रमुख भूमिका रहन्छ । दुईबटा मेरुदण्डको बीच भागमा रहेको डिस्क एक लचकदार वस्तु हो । जसले कम्मर चलाउन मद्दत गर्छ । डिस्क जेली पदार्थले बनेको हुन्छ । जसलाई फाइब्रस रिङ्गले घेरेको हुन्छ । कुनै कारण त्यो डिस्कबाट निस्कने नली (स्पानल क्यानल) वा साइडको नशा(नर्भ रुट) लाई दबाइ दिन्छ । यस्तो अवस्थालाई प्रोल्याप्स एन्टर भ्रटेब्रल डिस्क भनिन्छ। डिस्क प्रोल्याप्सको साइज र अवस्थामा आउने फरकको कारण लक्षण देखिन्छ ।
लक्षणहरु
कम्मर दुख्नु
कम्मर दखाई हिप हुदै तिघ्रादेखि खुट्टासम्म पुग्नु
हाच्छ्यु गर्दा, खोक्दा वा अगाडी झुक्दा दुखाई बढ्न
लामो समय उभिदा वा हिड्दापनि दुखाई हुनु
खुट्टा झमझमाउने, पोल्ने वा लाटो हुनु
नशा धेरै च्यापियो वा लामो समयसम्म उपचार भएन भने खुट्टा सुक्दै जान्छ र पछि गएर राम्रो सँग चल्दैन र पुरै लाटो हुन्छ ।
कहिले काहीँ दिशा पिसाब रोक्न गाह्रो हुने हुन्छ ।

कस्तो व्यक्तिलाई नशा च्यापिने समस्या बढी हुन्छ ?
अगाडी झुकेर काम गर्ने खेलाडी तथा जर्कि मुभमेन्ट गर्ने लामो समयसम्म कुर्सीमा बस्ने लामो समयसम्म उभिएर काम गर्ने मोटोपना, गर्भावस्था र अग्लो हिलको प्रयोग गर्ने महिला

नशा च्यापिएको कसरी थाहा पाउने ?
धेरै जसको नशा च्यापिएको लक्षणका आधारमा नै थाहा पाउन सकिन्छ । चिकित्सकले जाँच गर्दा गरिने केही परिक्षणबाट धेरै पत्ता लगाउन सकिन्छ । जस्तै बिरामीलाई उत्तानो सुताएर खुट्टा सिधा पारेर उठाउन लगाउने परिक्षण (कचि) टेष्टले पनि धेरै प्रतिशत नशा च्यापिएको पत्ता लगाउन सकिन्छ । साथै नशा च्यापिएको कारण र अवस्था पत्ता लगाउन एमआरआई पनि । नशा च्यापिएको बिरामीको खुट्टा सुक्यो, चलाउन गाह्रो भएमा र पिसाब रोक्न नसक्ने भयो भने अप्रेशन गर्न जरुरत हुन्छ । साबधानी सामान्य लक्षण देखिनासाथ परिक्षण गराउने र उपचार गर्ने अगाडी झुक्दा विशेष ध्यान दिने गाडीमा यात्रा गर्दा बेल्टको प्रयोग गर्ने र खाल्टा खुल्टीबाट जोगाउने सकेसम्म मोटरसाइकलको प्रयोग नगर्ने, गर्नै परेमा बेल्टको प्रयोग गर्ने लामो समयसम्म कुर्सीमा नबस्ने, पलेटी कसेर नबस्ने मोटोपना कम गर्ने हिल जुक्ताको प्रयोग नगर्ने फिजियोथेरापिष्टको सल्लाह बमोजिम नियमित एक्ससाइज गर्ने।

19/08/2022

सबैजनालाई कृष्ण जन्माष्टमीको शुभकामना
मौलाकालिका अस्पताल परिवार

क्लब फुट जन्मजात गोलीगाँठा र पैताला बाङ्गो हुने समस्या धेरै भेटिने र बच्चाअवस्थाबाटै धेरैलाई दुःख दिने समस्या हो। प्रत्य...
15/08/2022

क्लब फुट
जन्मजात गोलीगाँठा र पैताला बाङ्गो हुने समस्या धेरै भेटिने र बच्चाअवस्थाबाटै धेरैलाई दुःख दिने समस्या हो। प्रत्येक एक हजार नवजात बच्चामध्ये एकजनालाई यो समस्या हुन्छ भन्ने संसारभरिकै तथ्यांक छ। धेरैजसोमा दुवैवटा खुट्टामा र केहीमा एकवटा खुट्टामा मात्र पनि यो समस्या हुन्छ। यो किन हुन्छ भन्ने पक्का कारण थाहा छैन। कहिलेकाहीँ तल्लो खुट्टामा मात्र यो समस्या नभएर पुठ्ठाको हड्डीमा वा शरीरको अन्य भागमा पनि विकृतिहरु हुनसक्छन्। त्यो पनि जाँच गर्नुपर्ने हुन्छ। शिशु पाठेघरभित्र रहँदा र खुम्चिएर बस्दा खुट्टाहरु दोब्रिएर मात्र पनि सुरुमा यस्तो देखिन सक्छ। यसरी बाङ्गो भएकाहरु साधारण मालिस गर्दागर्दै र पछि दुई–तीनवटा प्लास्टर लगाएपछि नै ठिक हुन्छन्। सबै मानिसले बुझ्न र गर्नसक्ने एउटा तरिका भनेको नवजात शिशुमा गोलीगाँठाको जोर्नीलाई खुम्चाई पैताला माथि धकेल्दा खुट्टाको अघिल्लो भागले नलीखुट्टा छुनुपर्दछ। यसो हुन गाह्रो भयो भने क्लब फुटको शङ्का हुन्छ। धेरैजसो अपरेसन नगरिकन १,२ हप्ताको फरकमा प्लास्टर लगाउँदै फेर्दै गरेर ७–८ पटकजति लगाएपछि ठिक हुन्छ भने केहीलाई प्लास्टर गरिसकेपछि अपरेसन पनि आवश्यक पर्छ। प्लास्टर लगाउने काम बच्चा जन्मेको एक महिनामा सुरु गर्नुपर्दछ।

क्लब फुटमा हड्डीको मात्र समस्या नभएर मांसपेशी, लिगामेंन्ट, टेन्डन सबै तन्तुहरु खुम्चिएका हुन्छन्। त्यसैले कडा खालको क्लब फुटमा अपरेसन गरेर कडा तन्तुहरुलई ढिला गराउनुपर्ने हुन्छ। ३ वर्षभन्दा पछि मात्र बच्चा लिएर चिकित्सककोमा आएको खण्डमा हड्डीको पनि अपरेसन गर्नुपर्ने हुन्छ। अपरेसन र प्लास्टरपछि खुट्टा सामान्य बनावट र साइजमा फर्केपछि पनि १,२ वर्ष कलब फुटका लागि बनाइएको जुत्ता लगाउनुपर्दछ।

दिउँसो जुत्ता लगाएजस्तै गरी राति सुतेको बेलामा भित्रपट्टि फर्किएका क्लब फुटका पैतालाहरुलाई बाहिरपट्टि धकेल्ने डेनिस ब्रोन स्पिलिन्ट लगाउनुपर्ने हुन्छ।

12/08/2022
युरिक एसिड बाथ रोगीले  के नखाने ?
09/08/2022

युरिक एसिड बाथ रोगीले के नखाने ?

07/08/2022

जोर्नी खिइने समस्या??
उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या जोसुकैलाई हुनसक्छ ।
लक्षण
– जोर्नी दुख्ने
– हिँडडुल गर्न नसक्ने
– दैनिक क्रियाकलाप गर्न नसक्ने
– निहुरिन नसक्ने
– घुँडा सुन्निने

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Dr Puspa Raj Bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Puspa Raj Bhusal:

Share

Category