12/04/2025
सम्पूर्ण पाठकहरूमा सादर नमस्कार ! म 'Rhinos Against AMR' क्लबको अध्यक्ष, प्रवेश आचार्य । हामी प्रतिजैविक प्रतिरोधका कारण उत्पन्न हुने मानव स्वास्थ्यको भयावह अवस्थालाई लिएर सदा सजग छौँ । प्रतिजैविक प्रतिरोध के हो, कसरी बढ्छ र के गरेर बढ्नबाट रोक्न सकिन्छ, यसको दुरगामी दुष्प्रभाव के के हुन् आदिबारे हामी विविध स्तरमा जनतालाई सचेत तुल्याउने अभीष्ट कार्यको सिद्धिका लागि प्रयत्नशील छौँ । साथै जलवायु परिवर्तन एवम् प्रतिजैविक प्रतिरोधका बीचमा रहेको अन्योन्याश्रित सम्बन्धका बारेमा पनि अध्ययन, अनुसन्धान गर्नेछौँ । यस्तो महान् कार्यको लागि उत्तम मञ्च क्लबका माध्यमबाट प्राप्त भएकाले NYMAT- Nepal एवम् NYC-AMR प्रति कृतज्ञ छौँ ।
मानव स्वास्थ्यको जय होस्,
प्रतिजैविक प्रतिरोधको नाश होस् !
A warm greetings to everyone! It's me, the President of 'Rhinos Against AMR' club, Pravesh Acharya. We are always alert of the dangerous consequences of Antimicrobial Resistance (AMR) in human health. We aim to put on efforts so as to introduce the concept of AMR, how it spreads, how it can be prevented, what its long lasting hazardous effects are, via both online and offline methods, campaigns, etc. We also aim to involve in the research about the relationship between climate change and AMR. Hence, we are highly thankful to NYMAT-Nepal and NYC-AMR for providing us the platform for our official approach against AMR.
Long live human health,
Let's end Antimicrobial Resistance !