Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर

  • Home
  • Nepal
  • Bhojpur
  • Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर

Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर स्वास्थ्य कार्यालय भोजपुरको आधिकारिक फेसबुक पेज

07/02/2026

एच.पि.भी. खोप कति मात्रा लगाउनु पर्दछ?
- एच.पि.भी. खोप एक मात्रा लगाए पुग्छ।
- यो खोप शतप्रतिशतसम्म प्रभावकारी छ ।
- गत वर्षको एच.पि.भी. खोप अभियानमा खोप लगाएकाहरूले यो वर्ष खोप लगाउनु पर्दैन । Family Welfare Division World Health Organization Nepal National Health Education Information and Communication Centre UNICEF Nepal Ministry of Health and Population-Nepal Department of Health Services Nepal Gavi, the Vaccine Alliance Iemis Cehrd Nepal Pabson Central Committee

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवा नेपालभर सञ्चालन भइरहेको छ। लक्षित समूहक...
07/02/2026

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवा नेपालभर सञ्चालन भइरहेको छ। लक्षित समूहका किशोरीहरूले नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा उपस्थित भई निःशुल्क खोप सेवा लिनुहुन अनुरोध छ।

भोजपुर जिल्लाभित्र वि.सं. २०८२ साल माघ २८ (बुधबार) र २९ (बिहिबार) तथा फाल्गुण १ (शुक्रबार) गते पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम सञ्चालन गरिनेछ। तथापि, जिल्लाभित्रका विभिन्न विद्यालयमा माघ २८ गते (बुधबार) वा माघ २९ गते (बिहिबार) र सबै स्वास्थ्य संस्थामा फाल्गुण १ गते (शुक्रबार) खोप कार्यक्रम सञ्चालन हुने भएकाले सम्बन्धित विद्यालय वा नजिकको स्वास्थ्य संस्थाबाट आफ्नो खोप लगाउने मिति यकिन गरी लक्षित समूहका किशोरीहरूले खोप नछुटाई लगाउनुहुन अनुरोध छ।

यो खोप नियमित रूपमा हरेक वर्ष कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई प्रदान गरिन्छ। साथै, अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि यस वर्ष खोप प्रदान गरिनेछ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप एक पटक मात्र लगाइने खोप हो।

स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक तथा किशोरीहरू सबैले आ–आफ्नो भूमिकाबाट लक्षित समूहका किशोरीहरूले खोप प्राप्त गर्न सहज वातावरण निर्माण गर्न सहयोग गर्नुहुन तथा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुन स्वास्थ्य कार्यालय भोजपुर हार्दिक अनुरोध गर्दछ।

निपाह भाइरसबारे सचेत बनौं, सुरक्षित रहौं।      जनावरबाट मानिसमा सर्न सक्ने यो रोग गम्भीर हुन सक्छ।      फलफूल राम्ररी पख...
26/01/2026

निपाह भाइरसबारे सचेत बनौं, सुरक्षित रहौं।
जनावरबाट मानिसमा सर्न सक्ने यो रोग गम्भीर हुन सक्छ।
फलफूल राम्ररी पखालेर मात्र खाउँ,
पशुपन्छीसँग सुरक्षित दूरी अपनाउँ,
भीडभाडमा मास्क र सरसफाइमा ध्यान दिउँ।

“कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौति”कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग हो। समयमै पहिचान र उपचार सुर...
25/01/2026

“कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौति”
कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग हो। समयमै पहिचान र उपचार सुरु गरेमा यसबाट हुने अपाङ्गता रोक्न सकिन्छ र उपचार सुरु भएपछि अरूलाई सर्दैन। छालामा दाग देखिनु, त्यस ठाउँमा छुन नलाग्नु, हात–खुट्टामा सुन्निनु वा कमजोरी महसुस हुनु जस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्।

कसरी सर्छ ?
• उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ ।
• हाच्छ्युँ गर्दा वा खोक्दा निस्केका थुकका छिटाहरुबाट पनि सर्न सक्छ
• छुनाले मात्रै र सँगै बसेर वा हात मिलाएर यो रोग सर्दैन।
• सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन ।
• समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुँदैन ।

मुख्य लक्षणहरु
• हातखुट्टा सुन्निनु / झमझमाहट हुनु र कमजोरी महसुस हुनु
• छालामा सेतो वा फिका दाग देखिनु र त्यस ठाउँमा छुँदा, तातो–चिसो वा दुखाइ कम महसुस हुनु

कसरी बच्न सकिन्छ ?
• कुष्ठरोगको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउने
• औषधि सुरु गरेपछि अरूलाई सर्दैन र पूरा औषधि नियमित खानु पर्दछ
• कुष्ठरोगीको सम्पर्कमा आएको व्यक्तिले स्वास्थ्यकर्मीको सिफारिसमा औषधि खानुपर्दछ

13/01/2026
स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा २०८२/०९/२८ र्व र २९ गते आइएमनसिआइ तथा नवजात शिशु कार्यक्रमको  जिल्ला स्तरीय समिक्षा...
13/01/2026

स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा २०८२/०९/२८ र्व र २९ गते आइएमनसिआइ तथा नवजात शिशु कार्यक्रमको जिल्ला स्तरीय समिक्षा गोष्टि नौ वटा स्थानीय तहका स्वास्थ्य साखा प्रमुख तथा फोकल पर्सनहरुको उपस्थितिमा समापन गरियो ।।।

राष्ट्रिय खोप कार्यक्रमको समिक्षा, नयाँ खोप तथा रोगबारेमा जानकारी, सरसफाई प्रबर्द्धन तथा सूक्ष्मयोजना अध्यावधिक २ दिने ग...
15/12/2025

राष्ट्रिय खोप कार्यक्रमको समिक्षा, नयाँ खोप तथा रोगबारेमा जानकारी, सरसफाई प्रबर्द्धन तथा सूक्ष्मयोजना अध्यावधिक २ दिने गोष्ठी स्वास्थ्य कार्यालय भोजपुरमा ९ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुखहरु तथा सरोकारवालाहरुको उपस्थितिमा सम्पन गरियो । #खोप

विश्व एड्स दिवस २०२५ का अवसरमा “Overcoming Disruption, Transforming the AIDS Response” भन्ने विश्वव्यापी थिमलाई आत्मसात्...
02/12/2025

विश्व एड्स दिवस २०२५ का अवसरमा “Overcoming Disruption, Transforming the AIDS Response” भन्ने विश्वव्यापी थिमलाई आत्मसात् गर्दै, स्कूल हेल्थ नर्सहरूको अगुवाइमा भोजपुर जिल्लाका विभिन्न विद्यालयहरूमा HIV/AIDS सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए ।
कार्यक्रमहरूमा विद्यार्थीहरूलाई HIV कसरी सर्छ/सर्दैन, रोकथामका उपायहरू, सुरक्षित व्यवहारको महत्त्व, परीक्षण र उपचार सेवाहरू तथा भेदभावरहित व्यवहार बारे जानकारीहरु आदानप्रदान भएको थियो ।
एड्स डे को उपलक्ष्मा श्री शिक्षाकन्या माध्यमिक विद्यालय आमचौक–६ बयाङ मा हाजिरिजवाफ प्रतियोगिता र श्री सगरमाथा माध्यमिक विद्यालय घोडेटार–१ हतुवागढी, तथा श्री सिंहेश्वरी माध्यमिक विद्यालय रामप्रसादराई–७ बासिखोरा मा वक्तृत्वकला कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए । तिनवटै विद्यालयहरुमा विद्यार्थीहरूको सक्रिय सहभागिता तथा विद्यालयहरूको सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
सही जानकारी र सचेत व्यवहार नै HIV/AIDS रोकथामको सबैभन्दा सबल माध्यम हो ।
अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ ।
विभेद होइन, सद्भाव फैलाऔँ ।
HIV/AIDS बारे जानौँ, सुरक्षित बनौँ ।

विश्व एड्स दिवस २०२५ (December 1) को अवसरमा “Overcoming Disruption, Transforming the AIDS Response” भन्ने विश्वव्यापी थि...
01/12/2025

विश्व एड्स दिवस २०२५ (December 1) को अवसरमा “Overcoming Disruption, Transforming the AIDS Response” भन्ने विश्वव्यापी थिमलाई आत्मसात् गर्दै, HIV/AIDS विरुद्धको प्रयासलाई अझ प्रभावकारी, न्यायोचित र दिगो बनाउने संकल्पका साथ स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा विद्योदय माध्यमिक विद्यालय, भोजपुरमा HIV/AIDS सम्बन्धी सचेतना तथा जानकारीमूलक सत्र सम्पन्न भयो ।
कार्यक्रममा HIV कसरी सर्छ/सर्दैन, रोकथामका उपायहरू, सुरक्षित व्यवहार, परीक्षण र उपचारको महत्त्व, तथा भेदभावरहित व्यवहारबारे विस्तृत छलफल भयो | विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने विद्यालय परिवार तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दछौँ ।

HIV/AIDS केवल स्वास्थ्यको विषय मात्र होइन, यो सचेतना, सही जानकारी र भेदभावमुक्त व्यवहार सँग गहिरो रूपमा जोडिएको विषय हो। HIV कसरी सर्छ\कसरी सर्दैन बुझ्नु नै रोकथामको पहिलो कदम हो । सुरक्षा, आत्मविश्वास र सजगता बढाउँछ।
अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ ।
विभेद होइन, सद्भाव फैलाऔँ ।
HIV/AIDS बारे जानौँ, सुरक्षित बनौँ ।

स्वस्थ बच्चा, उज्यालो भविष्य, भिटामिन A हाम्रो प्रतिबद्धता! यहि कात्तिक २० र २१ गते, आफ्ना ६ महिनादेखि ५ वर्षसम्मका बालब...
04/11/2025

स्वस्थ बच्चा, उज्यालो भविष्य, भिटामिन A हाम्रो प्रतिबद्धता!

यहि कात्तिक २० र २१ गते, आफ्ना ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई
भिटामिन A र जुकाको औषधी खुवाउन लैजान नबिर्सौं!

भिटामिन A ले
✅ अन्धोपन र कुपोषणबाट बचाउँछ
✅ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
✅ बालमृत्युको जोखिम घटाउँछ

जुकाको औषधीले
✅ पेटका जुकाहरू हटाउँछ
✅ रगतको कमी घटाउँछ
✅ खानाबाट पाइने पोषण राम्रोसँग शरीरले ग्रहण गर्न मद्दत गर्छ

भिटामिन खुवाउन आउँदा बाल स्वास्थ्य कार्ड अनिवार्य रूपमा ल्याउन नबिर्सौं।

आफ्नो लागि होइन, आफ्नै बालबालिकाको उज्ज्वल भविष्यका लागि, कात्तिक २० र २१ गते, भिटामिन A र जुकाको औषधी खुवाउन लैजान नबिर्सौं!

थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविका (FCHV) संग सम्पर्क गरौँ।

मिति २०८२ कार्तिक १४ र १५ गते स्वास्थ्य कार्यालय भोजपुरद्वारा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष...
02/11/2025

मिति २०८२ कार्तिक १४ र १५ गते स्वास्थ्य कार्यालय भोजपुरद्वारा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य निर्देशनालय कोशी प्रदेश प्रतिनिधि, जिल्ला अस्पताल, आयुर्वेद औषधालय तथा भोजपुरका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख/प्रतिनीधिहरुको सक्रिय सहभागिता रह्यो। गोष्ठीले अघिल्लो आ.व.का उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्दै आगामी आ.व.का लागि प्रभावकारी योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।
कार्यक्रमका सम्पूर्ण सहयोगी, सहभागी तथा सरोकारवालाहरूलाई स्वास्थ्य कार्यालय भोजपुर तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। 🙏

'विश्व मानसिक स्वास्थ्य दिवस: "विपद् को समयमा मानसिक स्वास्थ्य''World Mental Health Day 2025: "Mental health in humanita...
10/10/2025

'विश्व मानसिक स्वास्थ्य दिवस: "विपद् को समयमा मानसिक स्वास्थ्य''
World Mental Health Day 2025: "Mental health in humanitarian emergencies!"
विपद्, संकट र आपतकालीन अवस्थाहरूले व्यक्तिको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यस्ता अवस्थाहरूमा मानसिक स्वास्थ्यको संरक्षण, प्रवर्द्धन र सहज पहुँच सुनिश्चित गर्नु अत्यावश्यक छ।

मानसिक स्वास्थ्य हाम्रा सबैको साझा जिम्मेवारी हो।


Address

Bhojpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Health Office, Bhojpur -स्वास्थ्य कार्यालय भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share