Ramlal Golchha Eye Hospital

Ramlal Golchha Eye Hospital We provide comprehensive eye care, specializing in cataract, corneal transplants, glaucoma and retinal surgeries.

Our services also include prescription glasses, contact lenses, and medication, ensuring personalized care for optimal vision and eye health. It's Ramlal Golchha Eye Hospital Foundation situated in the heart of province No. 1, Biratnagar, Nepal near Central District Office on Goswara road. We provide premium quality of eye care services. Here are the list of services:
- OPD Services
- Cataract Sur

geries
- Corneal Transplant
- PPV Surgeries
- Vitrectomy
- Retinal Detachment Surgery
- Diabetic Retinopathy Surgery
- Scleral Buckling
- Trabeculectomy
- Retinal Lasers
- B-Scan
- Fundus Photo
- Disc Photo
- Visual Fields

हजारौं वीर शहीदहरूको बलिदान, संघर्ष र सपनाबाट प्राप्त हाम्रो गणतन्त्रलाई सम्मान गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबह...
29/05/2026

हजारौं वीर शहीदहरूको बलिदान, संघर्ष र सपनाबाट प्राप्त हाम्रो गणतन्त्रलाई सम्मान गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना

​– रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर 🏥👁️

28/05/2026

Eye Hospital with decades of experience and expertise. Get your eyes checked before it's too late!

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सेवाग्राही, सहयोगी तथा देश-विदेशमा रहनुह...
28/05/2026

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सेवाग्राही, सहयोगी तथा देश-विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
​– रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर 🏥👁️

मायोपिया सचेतना सप्ताह २०२६: आजै प्रतिबद्ध बनौँ, आँखाको दृष्टि जोगाऔँ! रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर-७...
24/05/2026

मायोपिया सचेतना सप्ताह २०२६: आजै प्रतिबद्ध बनौँ, आँखाको दृष्टि जोगाऔँ!

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर-७, मोरङ।
📞 सम्पर्क: +९७७-०२१-५१३७०६

Nepal Eye Program,Tilganga Institute of Ophthalmology

24/05/2026

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको सेवा अब, मिकलाजुङ -9 मधुमल्ला अस्पतालमा पनि

समावेशी आँखा उपचार सेवातर्फ एक कदम! ​रामलाल गोल्छा आँखा अस्पतालको आयोजनामा आज मिति २०८३ जेठ ९  गते रत्ना होटल, विराटनगरम...
23/05/2026

समावेशी आँखा उपचार सेवातर्फ एक कदम!

​रामलाल गोल्छा आँखा अस्पतालको आयोजनामा आज मिति २०८३ जेठ ९ गते रत्ना होटल, विराटनगरमा अपाङ्गता सम्बन्धी तालिम (Disability Training) सफलतापूर्वक सम्पन्न भएको सहर्ष जानकारी गराउँदछौं।

​यस विशेष तालिमले अपाङ्गता भएका व्यक्तिहरूका लागि हाम्रा आँखा स्वास्थ्य सेवाहरूलाई पूर्ण रूपमा समावेशी, पहुँचयोग्य र अझ बढी संवेदनशील बनाउन हाम्रा टिम र सहभागीहरूलाई महत्त्वपूर्ण सीप प्रदान गरेको छ।

​कार्यक्रममा रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनका उपाध्यक्ष श्री श्याम प्रसाद पौडेल ज्यू, मेडिकल डाइरेक्टर डा. बिबेक आचार्य ज्यू, नेत्र रोग विषेशज्ञ डाक्टरहरु र अस्पताल प्रबन्धक समेत ४५ प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

​काठमाडौंबाट पाल्नुभएको प्रशिक्षक श्री सुदर्शन सुवेदी ज्यूलाई यो अत्यन्तै उपयोगी र प्रभावकारी सेसन सञ्चालन गरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

​यसका साथै, तालिममा सक्रियताका साथ सहभागी हुनुभएका सम्पूर्ण सहकर्मी साथीहरूलाई तथा यो कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग पुर्‍याउनुहुने साझेदार संस्थाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं:

तिलगंगा आँखा प्रतिष्ठान (Tilganga Institute of Ophthalmology)

द फ्रेड हलोस फाउन्डेसन (The Fred Hollows Foundation)

अस्ट्रेलियन एड (Australian Aid)

​दृष्टि हेरचाहमा रहेका हरेक अवरोधहरूलाई हटाउँदै सबैका लागि समान र समावेशी सेवा प्रदान गर्न हामी सधैं प्रतिबद्ध छौं।

22/05/2026

मिति २०८३/०१ /३० गते मिकलाजुङ गा पा को सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापनमा सञ्चालित, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखा आँखा उपचार केन्द्र मिक्लाजुङको समुदघाटन सम्पन्न भएको छ/ उद्दघाटन कार्यक्रम भन्दा पूर्व सुविख्यात डा सन्दुक रुईट बाट आँखा केन्द्र तथा अस्पतालको अवलोकन भ्रमण गरी समुदाय केन्द्रित गुणस्तरीय आँखा सेवा विस्तारका लागि सल्लाह सुझाव समेत दिनुभयो। Rlgehf ( पूरा लेख्ने) सञ्चालक समितिका उपाध्यक्ष श्री श्याम पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका सभापति तथा गा पा अध्यक्ष श्री बबी कुमार राई ज्यूबाट केन्द्रको समुदघाटन भयो। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष ज्यू हरु, प्रमुख प्रशासकीय अधिकृत, नगर अस्पतालका मे सु लगायतको उपस्थिती रह्यो। सो अवसरमा ३५० बढी बिरामी हरुको निःशुल्क आँखा परिक्षण र २१ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया नेत्र रोग विशषज्ञ डा जितेन्द्र झा नेतृत्वको टोली बाट सम्पन्न गरियो। केन्द्र स्थापना गर्न द फ्रेड हलोज फाउन्डेशन अस्ट्रेलिया को सहयोग रहेको छ भने निःशुल्क शल्यक्रियाका लागि द रुइट फाउन्डेशनको सहयोग रहेको छ। केन्द्रले दैनिक OPD सेवा, विषेश परिक्षण, चश्मा तथा औषधी सेवा दिनुका साथै मासिक रुपमा शल्यक्रिया र अन्य सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्ने छ।

अभिभावकहरू, के तपाईंको बच्चाको पढाइ वा व्यवहारमा अचानक परिवर्तन आएको छ?बालबालिकाको सुनौलो भविष्यका लागि एउटा सानो कदम चा...
20/05/2026

अभिभावकहरू, के तपाईंको बच्चाको पढाइ वा व्यवहारमा अचानक परिवर्तन आएको छ?

बालबालिकाको सुनौलो भविष्यका लागि एउटा सानो कदम चालौँ!

19/05/2026

"सरले बोर्डमा के लेख्नुभएको छ, मैले देख्नै सक्दिनथेँ। मलाई नरमाइलो लाग्थ्यो।" 💔
धेरैजसो बालबालिकाहरूमा देखिने दृष्टिको समस्या उनीहरूको घट्दो नतिजा, खेलकुदप्रतिको अरुचि वा कक्षाकोठामा ध्यान नदिने बानीको पछाडि लुकेको हुन्छ। उनीहरूले धमिलो देखे पनि 'सबैले यसरी नै देख्छन् होला' ठानेर कहिल्यै गुनासो गर्दैनन्।
यसै कुरालाई ध्यानमा राख्दै, हामीले यो हप्ता विद्यालयहरूमा पुगेर आँखा जाँच (Eye Screening) अभियान चलायौँ। समयमै आँखाको समस्या पहिचान गर्नु भनेको उनीहरूलाई स्पष्ट दृष्टि दिनु मात्र होइन, बरु उनीहरूको आत्मविश्वास र सुन्दर भविष्य फिर्ता दिनु हो।

Nepal Eye Program,Tilganga Institute of Ophthalmology

18/05/2026

👁️ तनाव सिर्फ मन पर ही नहीं, आँखों पर भी असर डालता है। 👁️

स्वस्थ मन और स्वस्थ नज़र के लिए आराम और नियमित आँखों की जाँच बेहद ज़रूरी है।

📞 फोन: +977-021-513706
📍 ठेगाना: विराटनगर-७, गोश्वारा रोड

Address

Biratnagar

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 09:00 - 13:00
Sunday 08:00 - 18:00

Telephone

+97721513706

Alerts

Be the first to know and let us send you an email when Ramlal Golchha Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ramlal Golchha Eye Hospital:

Share

Category