21/01/2025
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभागले औषधि विक्री वितरण संहिता अनुरूप खुद्रा औषधि पसलहरूको लागी “ Good Pharmacy Practice” तथा थोक औषधि पसलहरूको लागी “ Good Storage and Distribution Practice” प्रमाणीकरण प्रदान गर्ने प्रकिया अघि बढाएको छ। सो प्रकियाको तयारी स्वरूप विभागले सीमित सङ्ख्याका औषधि पसलहरूलाई अभिमुखीकरण तथा तालिम कार्यक्रम संचालन गर्न लागेको र यस नेपाल फर्मास्युटिकल एसोसिएसन (NPA) लाई पाँच वटा औषधि पसलहरू सिफारिस गरिदिनुहुन भनी विभागको मिति 2081/10/08 गतेको प.सं 081/82 च.नं. 3397 को पत्र प्राप्त भएको हुँदा सो अभिमुखीकरण तथा तालिम कार्यक्रममा सहभागीता जनाउन इच्छुक फार्मेसिस्ट तथा सहायक फार्मेसिस्टहरूले नेपाल फार्मेसी परिषद्को प्रमाणपत्र, आफूले संचालन गरेको फार्मेसीको दर्ता प्रमाणपत्र र औषधि पसलको प्रस्ट फोटोहरू सहित यस नेपाल फर्मास्युटिकल एसोसिएसनको ईमेलः npa.2028@gmail.com मा 4 दिन भित्र पठाईदिनुहुन हार्दिक अनुरोध छ। सिफारिस गर्दा औषधि पसल तथा फार्मेसिस्ट/ सहायक फार्मेसिस्टहरूको सम्पूर्ण कागजात नवीकरण तथा अद्यावधिक भएका र यस संस्थाको सदस्यहरूलाई प्राथमिकतामा राखिनुका साथै, फार्मेसी संचालनका अवस्था र पालना गरेका अभ्यासलाई पनि मध्यनजर गरिने छ।