05/10/2025
सुदन गुरुङ को हुन्? उनको भित्री मनसाय के हो ? उनले अगाडि के गर्न खोजिरहेका छन्? त्यो म जान्दिन, तर ज-जसले सुदन गुरुङ किन सरकारी बैठकहरुमा उपस्थित भइरहेका छन् भन्ने प्रश्न उठाउनु भएको छ, उहाँहरुले हाम्रा सरकारी निकायका वरिष्ठ व्यक्तिहरू र पुरानो राजनीतिक प्रणाली अन्तर्गत काम गरेका मन्त्री प्रधानमन्त्री सांसदज्यूहरूलाई तपाईहरुले हिजो देश र जनताका लागि के कसरी के काम गर्नुभयो, जसका कारण आज कुनै पनि औपचारिक पदमा नरहेको एकजना सुदन गुरुङ भन्ने व्यक्ति तपाईहरुका हरेक बैठकमा आएर तपाईंहरुलाई निर्देशन दिने अवस्था सिर्जना भयो भनेर प्रश्न गरिदिनुभए उत्तम हुने थियो। हाम्रो कर्मचारीतन्त्र र राजनीतिबाट आएका मन्त्री प्रधानमन्त्री सांसदहरूको अकर्मण्यताले गर्दा नै जेन्जी आन्दोलन र सुदन गुरुङको उदय भएको कुरा यहाँहरुलाई पक्कै पनि हेक्का होला।
पदमा बसेर पनि काम नगरेकाहरू माथि प्रश्न गरौं। पदमा नरहेर पनि काम गर्न खोज्नेहरू माथि प्रश्न नगरौं।
#सोँचबदलौँ
#मिसन८२
#मभन्दामाथिदेश
#दलभन्दामाथिदेश
#तन्त्रवाद_दुर्वयसनी_मुक्त_नेपाल