09/06/2025
शिलाजित के हो?
ग्रिष्म ऋतुमा सुर्य को ताप ले तातेको पहाडबाट रसाएर जुन स्राब उत्पन्न हुन्छ
त्यो सुबर्ण आदि षड रस युक्त स्राबलाई शिलाजित भनिन्छ ।
शिलाजितका प्रकार:-
१- स्वर्ण
२- रजत
३- ताम्र र
४- लौह
शिलाजित कसरी चिन्ने त ?
उत्तम श्रेष्ठ शिलाजित गोमुत्र को जस्तो गन्ध भएको, कालो, चम्किलो चोप जस्तो, दाना अथवा टुक्रा नपरेको लेस्याईलो, चिल्लो हुन्छ ।
१- कृष्ण बर्ण एबमं गाईको पिसाबको जस्तो गन्धयुक्त ।
२- शिलाजित लाई पानीमा राख्दा बिस्तारै पनिमा फैलदै पानीको पिध मा गएर डुब्नु ।
३- शुद्धा शिलाजितलाई आगोमा जलाउदा धुवा न निस्कीकन जल्दछ ।
शुद्धी करण गर्ने तरिका:-
१- अग्नितापि - आगोमा तताएर शुद्धिकरण गर्ने ।
२- सुर्यतापि - सुर्य को किरण / घाम मा राखेर शुद्धिकरण गर्ने ।
के शिलाजित सधैभरी खान मिल्छ ?
मिल्दैन किनकी कति खाने कसरी खाने कति समय खाने भनेर यसको खाने मात्रा शास्त्रमा उल्लेख गरिएको छ। त्यही मात्रा अनुसार शिलाजित प्रयोग गर्नुपर्छ।
सामान्यत: शिलाजित १ हप्ता, ३ हप्ता, ७ हप्ता सम्म प्रयोग गर्न सकिन्छ ।
शिलाजित कति खाने ?
१ ग्राम प्रती दिन का दरले खानुपर्छ । त्यो भन्दा धेरै खानु हुँदैन। यदी लामो समय सम्म शिलाजित प्रयोग गर्नु परेमा ४५ दिन सम्म लगातार प्रयोग गर्न सकिन्छ।
शिलाजित प्रयोग गरिरहेको बेला के नखाने ?
- गहतको दाल
- धेरै मसालेदार र पच्न गार्हो हुने खालका खाने कुराहरु पनि नखाने ।
शिलाजितको महत्व:-
कुनै पनि त्यस्तो साध्य (निको हुने) रोग छैन, जुन शिलाजित ले निको नगर्ने । उचित समयमा, उचित योगहरुसँग बिधि पूर्वक र मात्रा पुर्बक सेबन गर्दा धेरै रोगहरुलाई निको गर्छ । साथै Premature Ej*******on, Erectile Dysfunction, Rejuvenating Agent, kidney stones, Gall bladder Stones, UTI, Dyslipidemia, Diabetes, skin disorders,आदि रोगहरुमा पनि शिलाजित प्रयोग गर्न सकिन्छ ।
शिलाजित कसले नखाने ?
१- हातखुट्टा पोल्ने
२- हातखुट्टा बाट धेरै पसिना आउने
३- शरिर बाट पसिना धेरै आउने गहनाउने र
४- पेटको रोगिहरु