स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख

  • Home
  • Nepal
  • Dailekh
  • स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख, Hospital, Dailekh Sadak, Narayan Municipality/08, Dailekh.

गोर्खा वेलफेयर सोसाइटीको कान तथा अपाङ्गता शिविर उद्घाटन सम्पन्न!गोर्खा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन गरिएको कान तथा...
23/05/2026

गोर्खा वेलफेयर सोसाइटीको कान तथा अपाङ्गता शिविर उद्घाटन सम्पन्न!
गोर्खा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन गरिएको कान तथा अपाङ्गता शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता अस्पताल विकास समिति अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला समन्वय समितिका प्रमुख, नारायण नगरपालिका प्रमुख लोमन शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, दैलेख टेक्निकल स्कुल HA 3rd Year का १६ जना volunteers, गोर्खा वेलफेयर टोली लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शिविरमार्फत कान सम्बन्धी समस्या तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध हुनेछ। कार्यक्रमका वक्ताहरूले यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
२०८३/०२/०९

23/05/2026
स्वास्थ्य सेवा कार्यालय, दैलेखको टोलीद्वारा बिना चौधरी (तत्कालीन नर्सिङ निरीक्षक, स्वा.से.का., दैलेख; हाल: प्रादेशिक अस्...
23/05/2026

स्वास्थ्य सेवा कार्यालय, दैलेखको टोलीद्वारा बिना चौधरी (तत्कालीन नर्सिङ निरीक्षक, स्वा.से.का., दैलेख; हाल: प्रादेशिक अस्पताल, सुर्खेत) को FETP तालिमको एक हिस्साको रूपमा अघि बढाइएको झाडापखाला (AGE) प्रकोपसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल BMC Proceedings मा प्रकाशित भएको छ! 🎉

यस महामारीविज्ञानिक (Epidemiological) अध्ययनका मुख्य निष्कर्षहरू:

प्रकोपको कारण: सन् २०२४ अक्टोबरमा दैलेखमा आयोजित एक घर शिलान्यास समारोहमा अघिल्लो दिन नै तयार पारेर सामान्य कोठाको तापक्रममा भण्डारण गरिएको (Improperly stored) खाना खाँदा यो प्रकोप फैलिएको पाइएको थियो।

प्रमुख जोखिम तत्व: अनुसन्धान अनुसार ताजा खाना खानेहरूको तुलनामा अघिल्लो दिन नै तयार पारिएका खानेकुरा, विशेष गरी अचार (Pickles) र पूरी रोटी खानेहरूमा बिरामी हुने सम्भावना अत्यधिक बढी (अचार खानेमा जोखिम गुणा ७.५ र पूरी खानेमा २.२) देखिएको थियो।

प्रभाव र लक्षण: समारोहमा सहभागी ३३ जनामध्ये १८ जना (५५%) बिरामी परेका थिए, जसमा २१ देखि ५० वर्ष उमेर समूह र महिलाहरू बढी प्रभावित थिए। बिरामीहरूमा मुख्य गरी झाडापखाला (१००%), पेट दुख्ने, ज्वरो आउने र बान्ता हुने जस्ता लक्षणहरू देखिएका थिए।

मुख्य सुझाव: चाडपर्व वा उत्सवहरूमा सधैँ ताजा र स्वच्छ खाना मात्र पस्कन तथा खानेकुरा भण्डारण गर्नै परेमा उचित चिसो तापक्रममा (Refrigeration) राख्न अध्ययनले सुझाव दिएको छ।

📢 ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूको सुरक्षित मातृत्वका लागि समीक्षा र प्रतिबद्धता! 🤰🩺आज स्वास्थ्य सेवा कार्यालय, दैले...
22/05/2026

📢 ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूको सुरक्षित मातृत्वका लागि समीक्षा र प्रतिबद्धता! 🤰🩺

आज स्वास्थ्य सेवा कार्यालय, दैलेखको आयोजना तथा One Heart Worldwide र एभरेस्ट क्लब, दैलेख (Everest Club, Dailekh) को प्राविधिक तथा आर्थिक सहयोगमा ग्रामीण आकस्मिक भिडियो एक्सरे कार्यक्रम (ROUSG) को महत्वपूर्ण समीक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा Dailekh जिल्लाभरि सञ्चालित यस कार्यक्रमको हालको अवस्था, उपलब्धि र आगामी दिनमा सुधार गर्नुपर्ने मुख्य चुनौतीहरूका बारेमा केन्द्रित भई बृहत् छलफल गरियो:

🛠️ सामग्री तथा प्रविधि: भिडियो एक्सरे मेसिनहरूमा देखिने प्राविधिक समस्या (जस्तै: ब्याट्री ब्याकअप/चार्ज नटिक्ने) र आवश्यक अन्य स्वास्थ्य सामग्रीहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्ने।

👥 दक्ष जनशक्ति र उत्प्रेरणा: फिल्डमा खटिने स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन प्रोत्साहन (Incentives) को व्यवस्था गर्ने, भिडियो एक्सरे सेवा प्रदायकहरूका लागि रिफ्रेसर तालिम सञ्चालन गर्ने तथा सहयोगी कर्मचारी (Helper) को व्यवस्थापन गर्ने।

📊 सूचना प्रणाली (HMIS): गर्भवती महिलाको पहिलो, दोस्रो र तेस्रो त्रैमासिक जाँचको डाटालाई राष्ट्रिय स्वास्थ्य सूचना प्रणाली (HMIS) मा थप व्यवस्थित रूपमा एकीकृत र रिपोर्टिङ गर्ने।

💰 बजेट तथा स्थानीय सुशासन: पालिका तह र ससर्त बजेटमा यो कार्यक्रमलाई प्राथमिकतामा राखी पर्याप्त बजेट सुनिश्चित गर्न स्थानीय निकाय र जनप्रतिनिधिहरूसँग थप पैरवी (Advocacy) गर्ने।

ग्रामीण क्षेत्रका दुर्गम कुनाकाप्चामा रहेका गर्भवती आमा र शिशुको ज्यान जोगाउन यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहँदै आएको छ। आगामी दिनमा देखिएका चुनौतीहरूलाई स्थानीय सरकार र सरोकारवाला निकायहरूसँगको समन्वयमा समाधान गर्दै सेवालाई अझै गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस सहकार्यका लागि सहयोगी संस्थाहरू One Heart Worldwide, एभरेस्ट क्लब दैलेख तथा सम्पुर्ण सहभागीहरूमा हार्दिक धन्यवाद! 🙏✨

Gorkha Welfare trust को आयोजनामा भोलि (२०८३/०२/९- ११) देखि हुने कान तथा अपांगता शिविर को सम्पूर्ण तयारी सम्पन्न!
22/05/2026

Gorkha Welfare trust को आयोजनामा भोलि (२०८३/०२/९- ११) देखि हुने कान तथा अपांगता शिविर को सम्पूर्ण तयारी सम्पन्न!

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख  मा नबाआगन्तुक दुई जना मेडिकल  अधिकृत हरुलाइ स्वागत कार्यक्रम । नेपाल सरक...
21/05/2026

स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख मा नबाआगन्तुक दुई जना मेडिकल अधिकृत हरुलाइ स्वागत कार्यक्रम । नेपाल सरकरको छात्रबृतीमा अध्यन पछ्चात दैलेख जिल्लामा सेवा दिन आउनु भयकोमा दैलेख मा हार्दिक स्वागत अनि दैलेख को बसाइ सुखद होस भन्ने कामना
मेडिकल अधिकृत डा.विवेक आचार्य र डा. आकाश कुमार चौधरी

यस अस्पतालमा नियमित संचालन हुने CME कक्षा Essential Drug List शिर्षकमा प्रस्तुतिकरण मार्फत Pharmacist Rabindra Gautam द्...
15/05/2026

यस अस्पतालमा नियमित संचालन हुने CME कक्षा Essential Drug List शिर्षकमा प्रस्तुतिकरण मार्फत Pharmacist Rabindra Gautam द्वारा र ARF शिर्षकमा Pen Plus कार्यक्रम अन्तर्गत डा. नवल यादव ज्युहरु द्वारा कक्षा संचालन गरियाे ।२०८३/०२/१

बोलपत्र आह्यवन ठेक्का न. HSO/Dailekh/NCB/GOODS/04&05&06/2082/083 Pub. 2083-01-31 https://hsodailekh.gov.np/wp-content/up...
14/05/2026

बोलपत्र आह्यवन ठेक्का न. HSO/Dailekh/NCB/GOODS/04&05&06/2082/083 Pub. 2083-01-31

https://hsodailekh.gov.np/wp-content/uploads/2026/05/HSO-Dailekh-NCB-GOODS-040506-2082-083-Pub.-2083-01-31.pdf

Address

Dailekh Sadak, Narayan Municipality/08
Dailekh
21600

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to स्वास्थ्य सेवा कार्यालय / जिल्ला अस्पताल दैलेख:

Share

Category