Bibek Medico Pvt.Ltd

Bibek Medico Pvt.Ltd बिबेक मेडीको प्रा.लि
फार्मेसी बिभाग
धनगढ़ी-४ , कैलाली
सुदर पश्चिम प्रदेश
सम्पर्क :- ०९१-५२०१३४,९८४१०५१९४०

मौसममा आएको फेरबदलले  भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।
21/08/2025

मौसममा आएको फेरबदलले भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

07/08/2025

रोजगारीको अवसर
मिति: २०८२/०४/२२

यस स्वास्थ्य संस्थाले पदपूर्ति गर्नुपर्ने आवश्यकताका आधारमा निम्न पदहरू करार सेवाबाट भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

१. फार्मेसी सहायक (Pharmacy Assistant)

संख्या: १ (एक)

न्यूनतम योग्यता: फार्मेसी डिप्लोमा पास गरेको

२. स्टाफ नर्स / ANM

संख्या: १ (एक)

न्यूनतम योग्यता: स्टाफ नर्स (PCL Nursing) वा ANM उत्तीर्ण
अनुभव: प्राथमिकता दिइनेछ

आवश्यक कागजातहरू:

नागरिकताको प्रतिलिपि

शैक्षिक योग्यताको प्रमाणपत्र

अनुभव प्रमाणपत्र (यदि भएमा)

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति

दरखास्त बुझाउने स्थान: बिबेक मेडिको प्रा.लि

थप जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।
सम्पर्क : 9858480139

वर्षायाम सुरु भएसँगै देशैभर  ठेउला (Chicken Pox) जस्तै लक्षण देखा परेका छन् । यिनको संक्रमण कम गर्ने मुख्य उपाय भनेकै यि...
22/06/2025

वर्षायाम सुरु भएसँगै देशैभर ठेउला (Chicken Pox) जस्तै लक्षण देखा परेका छन् । यिनको संक्रमण कम गर्ने मुख्य उपाय भनेकै यिनको रोकथाम हो । मुख्यतः संक्रमित व्यक्ति अन्य व्यक्तिहरुसँग घुलमिल नभएर Isolation मा बस्नु भयो भने, यो रोग अरुमा फैलन पाउँदैन । त्यसैले यस्ता किसिमका लक्षणहरु देखा परेमा, नजिकैको स्वास्थ्य संस्थामा खबर गरेर उपचार गरौँ र यसको रोकथाममा विशेष जोड दिऔँ ।
बिबेक मेडिको प्रा.लि
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +०९१-५२०१३४
☎️+977-091-5२०१३४ ,९८४१०५१९४०
📧 medicobibek.org.np@ gmail.com

वर्षायाम सुरु भएसँगै देशैभर  ठेउला (Chicken Pox) जस्तै लक्षण देखा परेका छन् । यिनको संक्रमण कम गर्ने मुख्य उपाय भनेकै यि...
22/06/2025

वर्षायाम सुरु भएसँगै देशैभर ठेउला (Chicken Pox) जस्तै लक्षण देखा परेका छन् । यिनको संक्रमण कम गर्ने मुख्य उपाय भनेकै यिनको रोकथाम हो । मुख्यतः संक्रमित व्यक्ति अन्य व्यक्तिहरुसँग घुलमिल नभएर Isolation मा बस्नु भयो भने, यो रोग अरुमा फैलन पाउँदैन । त्यसैले यस्ता किसिमका लक्षणहरु देखा परेमा, नजिकैको स्वास्थ्य संस्थामा खबर गरेर उपचार गरौँ र यसको रोकथाममा विशेष जोड दिऔँ ।

हाम्रो यस बिबेक मेडिको  प्रा.लि.मा उपलब्ध   रगत  जाच सेवा प्रत्येक दिन बिहान  7 बजे देखी साझ  6:30 बजे सम्म  सेवा उपलब्ध...
20/05/2025

हाम्रो यस बिबेक मेडिको प्रा.लि.मा उपलब्ध रगत जाच सेवा प्रत्येक दिन बिहान 7 बजे देखी साझ 6:30 बजे सम्म सेवा उपलब्ध छ |
बिबेक मेडिको प्रा.लि
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +०९१-५२०१३४
☎️+977-091-5२०१३४ ,९८४१०५१९४०
📧 medicobibek.org.np@ gmail.com

प्रतेक दिन सेवा उपलब्ध  छ  ।
05/04/2025

प्रतेक दिन सेवा उपलब्ध छ ।

13/03/2025
27/01/2025

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात
सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो ।

हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।

अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ ।

अध्ययनअनुसार नेपालमा ४८ दशमलव ६ प्रतिशत पुरुष र १५ दशमलव ३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए। उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ । त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ ।

गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ । यस्तै उच्चरक्तचाप ३६ दशमलव ६ प्रतिशत, मधुमेह २५ दशमलव ३ प्रतिशत र कोलस्टोरोल ७ दशमलव ८ प्रतिशतलाई हुने गरेको छ । उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ बर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढदै पाइएको बताए ।

नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ । चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ । सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो ।

अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए । “चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ”, उनले भने, “तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन ।” उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, “हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्ने गर्दछ”, उनले भने, “तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्याउँछ । अनि हृदयाघात सम्भवना हुन्छ ।”

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन् । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।

गङ्गालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ । “धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ”, डा अधिकारीले भने, “स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ ।” मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन् ।

हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उनी बताउँछन् । एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ ।

विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने) हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात) । ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पु¥याउनसके बचाउन सकिन्छ । यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ ।

“हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पु¥याउनसके बचाउन सकिन्छ”, उनले भने, “बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ ।”

एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

जाडोमा बढी

जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा रवि मल्लले बताए । मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ । यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए ।

हृदयाघात कसरी हुन्छ ?

मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।

रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।

Bibek Medico Pvt.Ltd हाम्रो यस बिबेक मेडिको  प्रा.लि.मा उपलब्ध विशेषज्ञ सेवा प्रत्येक दिन बिहान र साझ  सेवा उपलब्ध  छ |ब...
27/01/2025

Bibek Medico Pvt.Ltd हाम्रो यस बिबेक मेडिको प्रा.लि.मा उपलब्ध विशेषज्ञ सेवा प्रत्येक दिन बिहान र साझ सेवा उपलब्ध छ |
बिहान :- ७ देखि ९ बजे
साझ : ५ देखि ८बजे सम्म बिबेक मेडिको प्रा.लि
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +०९१-५२०१३४
☎️+977-091-5२०१३४ ,९८४१०५१९४०
📧 medicobibek.org.np@ gmail.com

18/01/2025

चिसो मौसममा हृदयघात (हार्ट अट्याक) को जोखिम बढ्न सक्छ, विशेषगरी ती व्यक्तिहरूमा जो पहिले नै हृदयसम्बन्धी समस्याबाट ग्रस्त छन्। चिसोले रगतको नलीलाई साँघुरो बनाउँछ, जसले गर्दा रक्तचाप बढ्न सक्छ र हृदयलाई बढी मेहनत गर्नुपर्छ। यसलाई ध्यानमा राख्दै तलका सुझावहरूले चिसो मौसममा हृदयघातको जोखिम कम गर्न मद्दत गर्छन्:

1. शरीरलाई न्यानो राख्नुहोस्:
• तातो कपडा लगाउनुहोस्।
• टोपी, मोजा, गलबन्द, र पञ्जा अनिवार्य लगाउनुहोस्।
• शरीरलाई न्यानो राख्नका लागि थर्मल कपडाको प्रयोग गर्न सकिन्छ।

2. रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्नुहोस्:
• नियमित रूपमा रक्तचाप र कोलेस्ट्रोल जाँच गराउनुहोस्।
• यदि तपाईं उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोलको दबाई सेवन गर्दै हुनुहुन्छ भने
3. नियमित व्यायाम गर्नुहोस्, तर ध्यानपूर्वक:
• चिसोमा अत्यधिक मेहनत गर्ने व्यायाम नगर्नुहोस्, जस्तै भारी काम वा दौड।
• हल्का व्यायाम, जस्तै घुम्न जानु वा तातो वातावरणमा स्ट्रेचिङ गर्नु, हृदयको लागि राम्रो हुन्छ।
4. खानपानमा ध्यान दिनुहोस्:
• ताजा फलफूल, हरियो सागसब्जी, र प्रोटिनयुक्त खाना खानुहोस्।
• तारेको वा चिल्लो खानेकुरा कम सेवन गर्नुहोस्।
• नुनको मात्रा सीमित गर्नुहोस्।

5. धूम्रपान र मद्यपान छोड्नुहोस्:
• धूम्रपानले रगतको नलीलाई साँघुरो बनाउँछ र जोखिम झन् बढाउँछ।
• अत्यधिक मद्यपानले पनि हृदयलाई असर गर्न सक्छ।

6. तनाव कम गर्नुहोस्:
• ध्यान, योग, वा गहिरो श्वासप्रश्वास अभ्यासले मानसिक तनाव कम गर्छ।
• चिसो मौसममा तनावले हृदयघातको जोखिम बढ्न सक्छ।

7. चिसोबाट आकस्मिक सामना नगर्नुहोस्:
• एकदमै चिसो ठाउँमा अचानक जानु नहोस्।
• चिसोबाट तातोमा वा तातोबाट चिसोमा जानुपर्दा क्रमिक रूपमा जानुहोस्।

07/01/2025

Human Metapneumovirus - (HMPV) सामान्यतः श्वासप्रश्वास प्रणालीलाई असर गर्ने भाइरस हो। यो खासगरी बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा देखिन्छ। यो भाइरस महामारीका रूपमा फैलने सम्भावना कम भए पनि स्थानीय रूपमा प्रकोपको रूपमा देखा पर्न सक्छ।
मानव मेटाप्न्यूमोभाइरसका मुख्य तथ्यहरू
१. संक्रमणको कारण:
HMPV एक RNA भाइरस हो, जसले रुघा, खोकीजस्ता लक्षण पैदा गर्छ।
२. लक्षणहरू:
रुघा, नाक बन्द हुने
खोकी
ज्वरो
घाँटी दुख्ने
सास फेर्न गाह्रो हुने (गम्भीर अवस्थामा)
३. जोखिम समूह:
साना बालबालिका (५ वर्षभन्दा मुनिका)
वृद्धवृद्धा
फोक्सो वा मुटुसम्बन्धी रोग भएका व्यक्ति
कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति
४. फैलिने तरिका:
संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा
संक्रमित व्यक्तिको नजिक जाँदा
संक्रमित वस्तु वा सतह छोएपछि अनुहारमा हात लगाउँदा
५. महामारीको सम्भावना:
HMPV सामान्यतया स्थानीय प्रकोपको रूपमा देखा पर्छ। यसको फैलावट दर कम भएकाले फ्लु वा COVID-19 जस्तो महामारीको रूप लिने सम्भावना निकै कम छ।
६. बचावका उपायहरू:
साबुनपानीले हात धुने
मास्क लगाउने
संक्रमित व्यक्तिबाट दूरी कायम गर्ने
भीडभाडमा नजाने
७. उपचार:
यो भाइरसको कुनै निश्चित औषधि छैन।
लक्षणहरू कम गर्नका लागि ज्वरो कम गर्ने औषधि प्रयोग गरिन्छ।
गम्भीर अवस्थामा अक्सिजनको आवश्यकता पर्न सक्छ।
यदि HMPV फैलिरहेको हो भने सावधानी र सतर्कताले यसलाई नियन्त्रण गर्न सकिन्छ। स्वस्थ रहन र संक्रमणबाट जोगिन यी उपायहरू अनिवार्य अपनाउनु जरुरी छ।

26/11/2024

Bibek Medico Pvt.Ltd हाम्रो यस बिबेक मेडिको प्रा.लि.मा उपलब्ध विशेषज्ञ सेवा प्रत्येक दिन बिहान र साझ सेवा उपलब्ध छ |
बिहान :- ७ देखि ८ :३०
साझ : ५ देखि ८बजे सम्म बिबेक मेडिको प्रा.लि
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +०९१-५२०१३४
☎️+977-091-5२०१३४ ,९८४१०५१९४०
📧 medicobibek.org.np@ gmail.com

मनको कुरा खोलौं, खुलेर बोलौं !
L

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Bibek Medico Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram