Dr. Hemraj Koirala

Dr. Hemraj Koirala Dr. Hemraj Koirala is a renowned personality in the field of Yoga, Naturopathy and herbal medicine.

He is an eminent physician and medical researcher who played a remarkable role in popularizing Natural Medicine in Himalayan Nation Nepal.

काठमाडौ विश्वविद्यालय जस्तो गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध सस्थामा छत्रवृतिमा योग तथा आरोग्यता विज्ञान अध्ययन गर्ने सु...
22/11/2024

काठमाडौ विश्वविद्यालय जस्तो गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध सस्थामा छत्रवृतिमा योग तथा आरोग्यता विज्ञान अध्ययन गर्ने सुवर्ण अवसर। बेलैमा सम्पर्क गरेर मौकाको फाइदा उठाउनु होला।

विश्वकै उत्कृष्ट, ६ स्वास्थकर र स्वादिष्ट खाजा ।‍डा. हेमराज कोइराला १. मकै भट्टमास ।२. कोदोको रोटी र चुकाउनी ।३. अङ्कुरि...
02/09/2024

विश्वकै उत्कृष्ट, ६ स्वास्थकर र स्वादिष्ट खाजा ।
‍डा. हेमराज कोइराला
१. मकै भट्टमास ।
२. कोदोको रोटी र चुकाउनी ।
३. अङ्कुरित गेडागुडी (अमृत भोजन)।
४. पोलेको÷उसिनेको हरियो मकै ।
५. भुटेको चना र मुङ्गफली ।
६. चना वा मकैको सातु ।
१. भुटेको मकै र भट्टमासः मकै र भट्टमास नितान्त नेपाली मौलिक परिकार हो । नेपालको पहाडी र हिमाली भेग भेगका मानिसहरूले यसलाई नास्ताका रूपमा खाने गर्दछन्। यो परिकार बनाउदा मकै र भट्टमासलाई छुट्टाछुट्टै भुटेर, त्यसपछि एकसाथ मिलाईन्छ । मकै र भट्टमासलाई भुटेर बनाईएको यो मिश्रण पौष्टिक मात्र होइन, स्वादिष्ट पनि हुन्छ । यसलाई खान बोक्न सजिलो भएकाले यात्रा वा दैनिक नास्ताका लागि उपयुक्त मानिन्छ ।
२. कोदोको रोटी र चुकाउनीः कोदोको रोटी र चुकाउनीलाई पनि स्वाद र स्वास्थ्यकारिताको दृष्टिले अत्यन्त महत्वपूर्ण खाजा मानिएको छ। कोदो (फिङ्गर मिलेट) को पिठोलाई पानीसँग मिसाएर आटा बनाइ त्यसलाई घीउ वा तेलमा सेकेर बनाईएको रोटीलाई दही, उसिनेको आलु, काक्रो, भुटेको तोरी, अदुवा, हरियो खुर्सानी, लसुन, प्याज, बेसार, मरिच, नुन र अन्य मसलाहरूको संयोजन बजाईएको चुकाउनी संग खाने चलन पनि मौलिक नेपाली खाद्य प्रचलन हो । कोदोको रोटीमा ग्लुटेन नामक स्वास्थ्य नासक प्रोटिन नहुने, उच्चमात्रामा फाइबर हुने, क्यालोरी कमहुने हुँदा यसले पाचन क्रिया सुधार गर्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ। यसमा आइरन, क्याल्सियम, र म्याग्नेसियम जस्ता खनिजहरू पनि पाइन्छन्, जसले हड्डीहरूलाई बलियो बनाउँछ। चुकाउनीमा दही र आलु, काक्रो लगाएतका अन्य मरमसला समेत हुँने भएकाले यो मिश्रणमा प्रोटीन, क्याल्सियम, भिटामिन र प्रोबायोटिक्स जस्ता अनेकौ पोषक तत्व पाईन्छन्। यसले पाचन स्वास्थ्य सुधार्न र रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्दछ। कोदोको रोटी र चुकाउनी सँगै खाँदा रोटीले पेट भरिन्छ भने चुकाउनीले स्वादलाई ताजगी दिन्छ ।
३.अमृत भोजनः अङ्कुरित गेडागुडीहरू मुङ, चना, मेथी, ताजा सलाद, फलफूलहरू, काचो नरिवलको धुलो, भिजाएको काजु, बदाम, मुङफली, किसमिस, र दही मिसिएको विशेष प्रकारको प्राकृतिक खाना नै अमृत भोजन हो। अमृत भोजनले शरीरलाई सम्पूर्ण पोषण प्रदान गरी जीवनशैली स्वस्थ बनाउन सहयोग गर्छ। यस भोजनमा प्राकृतिक खाद्य पदार्थ मात्र हुने भएकाले यो अत्यन्त स्वस्थकर छ । शरीरमा जम्मा भएर बसेको विषाक्त पदार्थ हटाउन, पाचन प्रणालीलाई बलियो बनाउन र शरीरको उर्जा स्तरलाई बढाउँन यो भोजन अति उपयोगी छ । ध्यान, योग, र प्राकृतिक जीवनशैली अपनाउने मानिसहरू बीच लोकप्रिय यो भोजन स्वास्थ्य जीवनको कडी हो ।
४.पोलेको वा उखिसेको हरियो मकैः नेपाली ग्रामीण भेगमा खाजाको रूपमा प्रचलित यी परिकार पनि स्वास्थ्यको दृष्टिले अत्यन्त स्वास्थकर खाना हो । काचो मकैको घोगालाई सिधै आगाको भुङ्ग्रोमा पोलेर वा उम्लिएको पानीमा उसिनेर बनाइने यी खाजा नितान्त प्राकृतिक खाजा हँुन् । मकैलाई पाल्दा वा उसिन्दा यसको स्वाद मिठो, र वासना सुगन्धित हुन्छ । पोलेको मकै खाँदा विभिन्न प्रकारका मसला, नुन, घिउ या अमिलो अचार वा चटनी संग पनि खाने गरिन्छ । पोलेको र उखिसेको मकै दुवै प्रकृतिका खानाहरू हुन जसमा भरपुर स्वाद र उच्च पौष्टिकता पाइन्छ । नेपाली गाउँघरमा पारिवारिक जमघट, यात्रा, या सिजनल खाजाको रूपमा प्रिय मानिन्छ ।
५. भुटेको चना र मुङ्गफलीः उच्च प्रोटीन, फाइबर, खनिज पदार्थ, स्वस्थकर चिल्लो र अप्रशोधित कार्बोहाईड्रेटले भरपुर भुटेको चना र मुङ्गफली खाने चलन नेपालको तराई भागमा ज्यादा छ । यसमा विद्यमान प्रोटीन र फाइबरले पाचन क्रिया सुधार्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ । यसमा भिटामिन बी६, आइरन, र म्याग्नेसियम पनि पाइन्छ । मुङ्गफलीमा पनि प्रसस्त स्वस्थकर चिल्लो, प्रोटीन, र भिटामिन ई हने भएकाले हृदयलाई सुदृढ बनाउँन सहयोग गर्दछ। यी खानामा विद्यमान म्याग्नेसियम, फस्फोरस, र कपर जस्ता खनिज पदार्थले शरीरको समग्र स्वास्थ्यलाई सुदृढ गर्दछ ।
६. चनाको वा मकैको सातुः चनाको सातुमा चनाको र मकैको सातुमा मकैको सम्पूर्ण पोषक तत्वहरू विद्यमान हुन्छन । उच्च प्रोटीन, उच्च फाइबर, र कम ग्लाइसेमिक इन्डेक्स भएकाले यो खाजाले तौल नियन्त्रण गर्न, रक्त ग्लूकोज सन्तुलन राख्न, र पाचन प्रणली सुधार गर्न मद्दत गर्दछ । यसले शरीरलाई प्रशस्त ऊर्जा दिने हुँदा लामो समयसम्म पेट भरिएको महसुस पनि हुन्छ । शरीरलाई डिटक्सिफाइ गर्न, रक्तचापलाई नियन्त्रणमा राख्न, र हृदय स्वास्थ्यलाई सुदृढ बनाउनका लागि पनि उपयोगी छ ।

नसा च्यापिएका बिरामीले के-कस्ता सावधानी अपनाउने ?डा. हेमराज कोइराला।https://www.onlinekhabar.com/2024/08/1529807
27/08/2024

नसा च्यापिएका बिरामीले के-कस्ता सावधानी अपनाउने ?
डा. हेमराज कोइराला।

https://www.onlinekhabar.com/2024/08/1529807

भुडी घटाउन चाहनुहुन्छ? अपनाउनुहोस यी उपायहरूडा हेमराज कोइरालाभँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो। मोटोपन ...
24/08/2024

भुडी घटाउन चाहनुहुन्छ? अपनाउनुहोस यी उपायहरू
डा हेमराज कोइराला

भँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो। मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। अस्वभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्माेनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ।

हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो। भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ। बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन्। यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन्। एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ।

उपाय १
फाइबरयुक्त खानाः हामीले खाने खानामा पाइने फाइबर (रूक्षांश) ले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्‍याउँछ। घुलनशील फाइबर पानीमा घुलेर खानालाई फुलाइदिन्छ। खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृत गरिदिन्छ भने खानाको पाचन क्रियालाई पनि सुस्त गरिदिन्छ। साथै क्यालोरी अवशोषणलाई पनि कम गर्छ। अध्ययन अनुसन्धानको निचोड भन्छ– १० ग्राम घुलनशील फाइबरको अतिरिक्त प्रयोगले भुँडी लाग्ने क्रियालाई ३.७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडोे, ब्ल्याक बेरी, दाल–गेडागुडी र हरिया सागपात आदि हुन्।

उपाय २
ट्रान्स फ्याटयुक्त खानेकुरा नखाऔंः अनसेचुरेटेड फ्याटमा हाइड्रोजन परमाणु पम्प गरेर बनाइएको हाइड्रोजेनेटेड फ्याटलाई ट्रान्स फ्याट भनिन्छ। प्राकृतिक तेलहरुलाई धेरै तताउँदा पनि तेल ट्रान्स–प्mयाटमा परिवर्तित हुन्छ। बोतल बद्ध, बट्टाबद्ध, जंक फुडहरुमा ट्रान्स प्mयाट हालिएको हुन्छ। ट्रान्स फ्याट मुटुरोग, मधुमेह, नशा नाडीको क्षय, वात, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, ग्यासट्राइटिस, डिसलिपिडिमिया, डिमेन्सिया, जस्ता रोगसँग सम्बद्ध यौगिक हो। यसर्थ भुँडी घटाउन चाहनेहरुले ट्रान्स फ्याटको पहरेज गर्नुपर्छ।

उपाय ३
मदिरापान नगरौंः मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन्। मदिराको मात्रा जति धेरै भयो त्यति धेरै भुँडी लाग्ने क्रिया बढेर जाने तथ्य विभिन्न रिसर्चहरुले प्रमाणित गरिसकेका छन्। यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

उपाय ४
उपबास गर्ने गरौंः उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो। वर्षको दुई चोटी ५ देखि ७ दिनकोे उपबास कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर चिकित्सकको निगरानीमा गर्दा पनि भुँडी घट्नुका साथै सम्पूर्ण शरीरको तौल पनि घट्छ।

उपाय ५
जडीबुटीको काडा पिउने गरौंः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ। यी काडा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ। यो यौगिकले मेटाबोलिजम बढाएर तौल घटाउन मद्दत गर्छ।

उपाय ६
प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौंः शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन्। यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ। प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो। प्रोबायोटिक्सयुक्त खानेकुरा खाँदा पाचनमा सुधार हुने र तौल घट्ने तथ्य अनुसन्धानहरुले देखाएका छन्।

उपाय ७
संरक्षित खानेकुराहरु नखाऔंः लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ। खानेकुरा संरक्षण गर्न अनेकौं किसिमका केमिकल लगायत चिनी, नुन, तेल जस्ता तत्वहरु हालिएको हुँदा यस्ता खानेकुराले तौल बढाउँछ।

उपाय ८
एप्पल साइडर भिनेगरको प्रयोगः १२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ। एप्पल साइडर भिनेगरको प्रयोगले सुगर घटाउने, भुँडीको बोसो घटाउन सहयोग पुर्‍याउँछ। स्वस्थ व्यक्तिले १५ देखि ३० मिलिसम्म एप्पल साइडर भिनेगर प्रयोग गर्न सक्छन् तर प्रयोग गर्दा यसलाई पर्याप्त पानी हालेर प्रयोग गर्नुपर्छ नत्र यसले दाँतको इनामेललाई खुइल्याउन सक्छ।

उपाय ९
उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौंः उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ। फेरि उच्च प्रोटिनयुक्त खानेकुराले मेटाबोलिजमलाई समेत प्रभाव पार्ने हुँदा भुँडी कम गर्न सहयोग गर्छ तर जनावरहरुबाट प्राप्त प्रोटिन स्वास्थ्यकर नहुने हुँदा वनस्पतिबाट प्राप्त प्रोटिन प्रयोग गर्ने गरौं।

उपाय १०
तनाव व्यवस्थापन गरौंः तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्माेन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा प्mयाट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ। यसर्थ भुँडी घटाउन चाहनेहरुले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

उपाय ११
चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔंः प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

उपाय १२
घरेलु चिल्लोको प्रयोगः तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन्। यी तेलमा विद्यमान मेडियम चेन फ्याट्टी एसिडले फ्याट भण्डारण क्रियालाई कम गर्छ। उद्योगमा प्रशोधित केमिकल हालिएको तेलमा ट्रान्स अनस्याचुरेटेड फ्याट्टी एसिड हुने हुँदा यसले भुँडी लगाउन एवं तौल बढाउने गर्छ।

उपाय १३
कार्डियो एक्सरसाइज गर्ने गरौंः श्वासको गति बढाउने खालको कार्डियो एक्सरसाइजले भुँडी घटाउन ठूलो सहयोग गर्छ। कार्डियो एक्सरसाइज गर्दा अतिरिक्त क्यालोरी बर्न हुने हुँदा चाडै तौल एवं भुँडी घट्छ।

उपाय १४
निद्रा पुग्ने गरी सुत्ने गरौंः गहिरो निन्द्रा स्वस्थ शरीर एवं मनका लागि अपरिहार्य आवश्यकता हो। दैनिक ५ घन्टा भन्दा कम निदाउनेहरुको भुँडी अन्यको भन्दा चाँडो लागेको पाइएको छ र घुर्ने समस्याले पीडितहरुको पनि अन्यको भन्दा ठूलो भुँडी भएको पाइएको छ। भुँडी घटाउन चाहनेहरुले गहिरो निन्द्रा लिन आवश्यक हुन्छ। यसर्थ आफूलाई कुनै निन्द्रासम्बन्धी समस्या भए तुरुन्त यसको प्रबन्धनतिर लागौं र भुँडी घटाऔं।

उपाय १५
सागपात एवं फलफूल खाने गरौंः बोसो लाग्ने क्रियालाई तोड्नका लागि हामीले हाम्रो शरीरलाई एक पल्ट पूर्ण शुद्धीकरण गर्नुपर्ने हुन्छ। शरीर शोधनको लागि सागपात एवं फलफूल खुब खानुपर्ने हुन्छ। सागपात एवं फलफूल मात्र खाने गर्दा महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलफूल खाने गर्दा शरीरको कार्यप्रणाली बोसो घटाउने दिशातिर कार्य गर्न थाल्छ।

उपाय १६
पेटको व्यायाम गरौंः भुँडी लाग्नुको प्रमुख कारणमध्ये भुँडीलाई असर गर्ने खालको व्यायाम नगरेर पनि हो। भुँडी घटाउन चाहनेहरुले क्रन्च, ट्विस्ट क्रन्च, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विट, रोलिङ्क प्लाङ्ग एक्सरसाइज, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरु गर्नुपर्ने हुन्छ।

उपाय १७
हाई फ्रुक्टोज कर्न सिरपको सेवन नगरौंः मकैलाई प्रशोधन गरेर तयार गरिएको गुलियोलाई हाई फ्रुक्टोज कर्न सिरप भनिन्छ। यो गुलियो अति स्वादिष्ट हुने भएकाले अधिकांश जंकफुडमा हालिएको हुन्छ। लिबरमा बोसो लगाउनेदेखि भुँडी लाग्ने र तौल बढ्ने जस्ता समस्याहरूसँग सम्बद्ध यो यौगिक अनेकौं मेटाबोलिक रोगहरूको कारण पनि हो।

उपाय १८
कार्बोहाइड्रेटको प्रयोग कम गरौंः धेरै कार्बोहाइड्रेट सेवन गर्दा अतिरिक्त कार्बोहाइडेट फ्याटमा परिवर्तित भई बोसो लाग्छ। यसर्थ भुँडी घटाउन चाहनेहरूले अतिरिक्त कार्बोहाइड्रेटको प्रयोग कम गर्नुपर्ने हुन्छ।

मृगौला स्वस्थ राख्ने प्राकृतिक उपायहरूःhttps://www.onlinekhabar.com/2024/08/1528543डा. हेमराज कोइराला वरिष्ठ योग तथा प्र...
23/08/2024

मृगौला स्वस्थ राख्ने प्राकृतिक उपायहरूः
https://www.onlinekhabar.com/2024/08/1528543
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक

१. पर्याप्त पानी पिउनुहोसः मृगौला स्वस्थ राख्न चाहनेहरूले प्रशस्त पानी पिएर हाइड्रेटेड रहनु पर्ने हुन्छ । पानीले शरीरमा भएका विजातीय द्रब्यहरूलाई पिसापको माध्यमद्वारा शरीर बाहीर निकाल्न सहयोग गर्दछ । यसर्थ विषाक्त पदार्थहरूलाई प्रभावकारी रूपमा शरीरबाट बाहिर निकाल्न दैनिक ८–१० गिलास पानी पिउनुहोस् ।

२. मृगौला मैत्री खानेकुरा खानुहोसः मृगौला स्वस्थ राख्नकालागि रक्तचाप नबढाउने, अक्सिडेटिभ स्ट्रेसबाट मृगौलालाई जोगाउने र पत्थरी हुन नदिने खानेकुराहरू खानुपर्ने हुन्छ । ताजा फलफूल एवं तरकारीको सेवनले मृगौलालाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्दछ भने तारे भूटेको, बोतल र बट्टामा बन्द तैयारी खानेकुराहरू, उच्च तेल र कार्बोहाईडे«ट यूक्त प्रशोधित खानेकुराले मृगौलालाई अक्सिडेटिभ स्ट्रेस दिन्छ । यसैगरी मृगौला स्वस्थ राख्नकालागि नुन लगायतका रक्तचाप बढाउने खानेकुरामा पनि नियन्त्रण गर्न आवश्यक छ । अक्ज्यालेट युक्त खानेकुराको सेवनले मृगौलाको पत्थरी हुनेहुँदा यस्ता खानेकरामा पनि पहरेज गर्न आवश्यक छ ।

३. तौल नियन्त्रण गर्नुहोसः अधिक तौल वा मोटोपना हुँदा रक्तचाप बढ्ने, इन्सुलिन प्रतिरोधात्मक क्षमता बढ्ने र टाइप २ मधुमेह विकास हुने गर्दछ । यी अवस्थाहरूले मृगौलालाई तनाव दिन्छ र ग्लोमेरुलार हरूलाई क्षतिग्रस्त बनाउदछ । यसर्थ मृगौलाई स्वस्थ राख्न र तौल नियन्त्रण गर्न योग गर्ने हिड्ने, पौडी खेल्ने वा साइकल चलाउने जस्ता गतिविधिहरूका साथै खानामा क्यालोरी कटौती गरी तौल कम गर्नुहोस्।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुहोस्ः रगतमा चिनीको मात्रा अनियन्त्रित भए कालान्तरमा मृगौलालाई हानि पु¥याउछ ।

५. रक्तचाप निगरानी गर्नुहोस्ः मिर्गौलालाई क्षति पु¥याउने प्रमुख कारण मध्ये उच्च रक्तचापको नाम अग्र पङ्तिमा आउदछ । उच्च रक्तचाप नियन्त्रित नभए कालान्तरमा मृगौला अस्वस्थ हुन पुग्छ ।

६. प्रोटीनको सेवन सीमित गर्नुहोस्ः उच्च प्रोटिन युक्त खाने कुराहरु, विशेष गरी रातो मासु र जनावरबाट प्राप्त प्रोटिनहरू, साथै तेलमा तारे–भुटेको प्रोटिनहरूले मृगौलालाई क्षतिगर्दछ । यसर्थ प्रोटिनको चयन गर्दा जनावरबाट प्राप्त हुने भन्दा वनस्पतिबाट प्राप्तहुने प्रोटिनको चयन गर्नु राम्रो हो ।

७. प्रशोधित खानेकुराहरू नखानुुहोस्ः प्रशोधित खानेकुराहरूमा प्रायः सोडियम, अस्वास्थ्यकर बोसो र मिर्गौलालाई हानि गर्ने रङ्ग र खाद्य संरक्षकहरू हालिने हुँदा मृगौला चाडै क्षतिग्रस्त हुँन पुग्दछ ।

८. धुमपान छोड्नुहोस्ः धुमपानको धुवामा निहित निकोटिन र कर्वन मोनोअक्साईड जस्ता तत्वले मृगौलाको रक्त प्रवाह कम गरी मृगौलालाई क्षति पु¥याउँछ ।

९. रक्सी नखाएकै राम्रोः मदिराको सेवनले डिहाइड्रेसन र रक्तचाप बढाई मृगौलालाई क्षतिग्रस्त बनाउदछ ।

१०. औषधिको प्रयोगमा सजगता अपनाउनुहोसः दुखाई कमगर्ने नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स, (ब्रफ्रेन, नेप्रोक्सेन, सिटामोल), उच्च रक्तचापको औषधि, पिसाप ज्यादा लगाउने हाईड्रोक्लोरोथायजाईड, फूरोसेमाईड जस्ता औषधि, ग्यास्ट्रिकको औषधि, केही एण्टिबडी लगाएत अन्य औषिधिहरूले पनि मृगौलालाई आधात पु¥याउने गर्दछ । यसर्थ औषधि प्रयोग गर्दा अत्यन्त सावधानि अपनाउनुहोस ।

११. जडिबूटिको प्रयोगः पुनर्नवा, तुलसी, सिस्नो, बेसार टुकीफूल अश्वगन्धा, जस्ता जडिबूटिको चियाँ वा काँडाको सेवनले मृगौला स्वास्थ राख्न मद्यत गर्दछ । तर जडिबूटिको सेवन गर्नु पूर्व चिकित्सकको सल्लाह लिन अति आवश्यक छ ।

१२. तनाव व्यवस्थापन गर्नुहोस्ः चिताले मरेको मानिसलाई जलाउने भएता पनि चिन्ताले जिउदै मानिस जलाउने हो । यसर्थ मृगौला स्वस्थ राख्नकालागि तनाव, चिन्ता, भय, उदासिनता, नैरास्यता जस्ता मानसिक अवसादहरूबाट बच्नु पर्ने हुन्छ । तनाव कमगर्न योगासन, ध्यान, प्रणायाम गर्ने, पर्यास्त सुत्ने र शारीरिक रूपले सक्रिय हुने गर्नुहोस ।

१३. पर्याप्त निन्द्रा लिनुहोसः निन्द्राको अवश्थामा शरीरले आफूलाई मर्मत गर्ने र पुनर्ताजगी गर्ने गर्दछ । निन्द्रा पर्याप्त नहुँदा शरीरको प्राकृतिक मर्मत प्रक्रियामा बाधा पुग्नुका साथै अक्सिडेटिभ तनाव र ईन्फ्लेमेसन बढ्दछ । यसका अलावा अनिन्द्राले रक्तचाप बढाउँनुका साथै, ग्लुकोज चयपचयलाई समेत असर गर्दछ । जसका कारण मृगौलाहरूलाई तनाव बढ्न गयी कमजोर हुन पुग्छन ।

१४. अर्गानीक खानेकुराहरूको सेवन गर्नुहोस्ः कीटनाशक र रासायनिक मल हालेर गरिएको कृषि उत्पादनहरूमा मृगौलालाई हानि पु¥याउने धेरै तत्वहरू छन् जसले अक्सिडेटिभ स्ट्रेस र ईन्फ्लामेसन गराएर मृगौलालाई क्षति पुर्याउन सक्छ । यी रसायनहरूले चयापचय प्रक्रियालाई समेत बाधा पु¥यायी उच्च रक्तचाप र मधुमेह जस्ता समस्या निम्त्याएर मृगौलालाई तनाव दिन्छ । यसर्थ मृगौला बचाउनलाई अर्गानिक तरिकाले उत्पादन गरिएको खानेकुरा खाने गरौ ।

१५. वातावरणीय विषहरूबाट जोगिनुहोसः मृगौलालाई क्षति पुर्याउन सक्ने वातावरणीय बिषहरू जस्तै कीटनाशकहरू औषधि, भारी धातुहरू, र कठोर रसायनहरूको समागमले मृगौलालाई क्षति ग्रस्त बनाउने हुँदा यीनीहरूको संसर्गबाट बचौ ।

१६. बेलाबेलामा मृगौलाको परीक्षण गराई रहनुहोलाः नियमित मृगौलाको परीक्षणले समस्याहरूलाई प्रारम्भिक अवश्थामै पत्ता लगाई बेलैमा उपचार गर्न मद्यत गर्दछ।

के हो नसा च्यापिने समस्या ? यसरी गर्नुहोस प्राकृतिक उपचार। डा. हेमराज कोइराला–––––––––––––––––––––––––––––––––––––––––––...
22/08/2024

के हो नसा च्यापिने समस्या ? यसरी गर्नुहोस प्राकृतिक उपचार।
डा. हेमराज कोइराला
–––––––––––––––––––––––––––––––––––––––––––––––––––
यहाँ लेखिएको जानकारी यदि अरुकोलागि पनि उपयोगी होला भन्नेठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस।
–––––––––––––––––––––––––––––––––––––––––––––––––––
जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले ढाड,कम्मर, गर्दन वा पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांशतः पीडित हुनेगरेका छौ ।
अझ ढाड सड्किने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको सम्झना आउँछ होला। यसरी ढाड सड्किँदा हुने पीडा ढाडका मांशपेसी, लिगामेन्ट र अन्य तन्तुहरूमा चोट (स्ट्रेन) पुग्न गई ’इन्टर भट्टेब्रल डिस्क’ले स्नायु नसाहरूलाई थिची दिनाले हुने गर्छ। नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नसा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई थाहा पाउन जरुरी हुन्छ।
मेरुदण्डको बनावट
मेरुदण्ड ३३ वटा अलगअलग हड्डीहरूको दण्डाकार संरचना हो। यी हड्डीहरूलाई आपसमा ’इन्टर भट्टेब्रल डिक्स’ भनिने लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलगअलग हड्डी तथा डिक्सहरूलाई बाँधेर एउटै लामो दण्ड बनाएर राख्छ। मेरुदण्डमा टाँसिएका मांसपेसीले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ। यी ढाडका हड्डीमा ’स्पाइनल क्यानल’ नामक लम्बबद्ध प्वाल हुन्छ जसबाट ’स्पाइनल कर्ड’ नामक मुख्य स्नायु नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दाया“ बाया“ स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल कर्डबाट स्पाइनल नर्भहरू (साना स्नायु नसा ) निस्किएका हुन्छन्। यी नसाहरू ढाडको स्पाइनल कर्डबाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन्। सामान्य भाषामा नसा भनेर रक्तवहाक नसालाई बुझिए झैँ यहा“ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायुप्रणालीस“ग सम्बन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाइ, कम्पन, स्पर्सआदि थाहा पाउन मद्दत गर्छ।
ढाडको हड्डीहरूका बीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झट्का तथा दबाबलाई नियन्त्रण गर्छ। जसरी मोटरसाइकलमा भएको स्प्रिङ (सक एर्ब्जवर)ले बाइक उफ्रिँदा, हुत्तिँदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चालकलाई चोट पुग्नबाट बचाउ“छ। त्यसैगरी यी डिक्सहरूले पनि मेरुदण्डमा पर्ने झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्यापउनबाट बचाउ“छ। नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्तर्सम्बन्ध छ। यी डिक्सहरूले आफ्नो ठा“उ छाड्दा मेरुदण्डको मुख्य नसा (स्पाइनल कर्ड) तथा कर्डबाट निस्किएका नसाहरूलाई थिचिदिन्छ।
कारण तथा लक्षणहरू
नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो। यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ। अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डा खुल्डी भएको बाटोमा वाइक स्कूटर चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरूजस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन्। धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ। फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ। नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाँड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ्क गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ। समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ। समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुन सक्छ।
उपचार
नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्पाईनल शल्य चिकित्सकबाटै गराउनुपर्छ। प्राकृतिक उपचारमा विशेषतः दक्ष र अनुभवी व्याक्तिले गेर्ने मालीस र मर्म चिकित्सा, तातो कटिस्नान, वास्स्नान, पूर्ण ’बेड रेस्ट’का साथ फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाइआदि दिएर दुखाइ कम गराइन्छ। यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँ उपचार पद्धतिले पनि यो रोगमा फाइदा पु¥याउछ। यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ। ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिसजस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ। दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ। त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउ“छ र फेरि यही समस्या दोहोरिन दिँदैन। नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनुपर्ने हुन्छ।

यो रोग भएकाहरुले अपनाउनुपर्ने सावधानीहरुः

१. भारी बस्तुहरु नउठाउनुहोस्ः नशा च्यापिएकाहरुले मेरुदण्डमा थप तनाव रोक्नको लागि, भारी वस्तुहरू उठाउनबाट बच्नुपर्दछ । उठाउनुपर्ने भएमा उचित लिफ्टिङ प्रविधिहरूको प्रयोग गरेर मात्र उठाउनुहोला । अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घु“डा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ। साना सामानै पनि उठाउनु परेमा अगाडी झुक्दा घुँडालाई खुम्च्याएर ढाँड सीधै राखेर अगाडी झुक्नुहोस।
२. अगाडी नझुक्नु होलाः नशा च्यापिएकाहरुले अगाडी झुक्ने काम गर्नु हुँदैन ।
३. मेरुदण्ड मैत्री शरीरविन्यासको अभ्यास गर्नुहोस्ः स्पाइनल डिस्कहरूमा तनाव कम गर्नको लागि बस्दा, उभ्भीदा र हिंड्दा उचित मेरुदण्ड मैत्री शरीरविन्यासको अभ्यास गर्नुहोस्।
४. एउटै शरीरविन्यासमा लामो समयसम्म नबस्नुहोस्ः एउटै शरीरविन्यासमा लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनु पर्छ। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौ ।
५. मेरुदण्ड मैत्री कुर्सीको प्रयोग गर्नुहोस् । बस्दा ढाडको तल्लो भागलाई सपोर्ट गर्न कुशन वा लम्बर रोलको प्रयोग गर्नुहोस्।
६. गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ। स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन। साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामन्यतः एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ।
७. सुत्दा सिधा सुत्ने बानी बसालौ। घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो। नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ। सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ।
८. सुत्दा उत्तानो वा कोल्टो सुत्नुहोला । घुँडाको बीचमा सिरानी राखेर सुत्नु फाइदाजनक हुन सक्छ।
९. नशा च्यापिएका हरुले स्वस्थ तौल कायम राख्नु पर्ने हुन्छ । स्वस्थ तौलले तपाईंको मेरुदण्डमा दबाब कम गर्छ, जसले डिस्कको समस्याहरू कम गर्न मद्दत गर्दछ ।
१०. भूँडी लागेकाहरुले भूँडी घटाउनु होस ।
११. दौडने वा उफ्रने जस्ता मेरुदण्डलाई उच्च प्रभाव पर्ने वा झट्का दिने गतिविधिहरूबाट टाढा रहनुहोस्।
१२. शरीरको तौलको वितरण सुनिश्चित गर्न र मेरुदण्डमा तनाव कम गर्नको लागि उचित आर्च भएका जुत्ताहरूलगाउनु होस।
१३. पर्याप्त पानी पिउनुहोसःपानी पर्याप्त नभए स्पाइनल डिस्कको लचकता र स्वास्थता कायम रहन सक्दैन। पानीले थप चोटपटकको जोखिम कम गर्दछ।
१४. यो रोग भएकाहरुले मेरुदण्ड वा गर्दनमा लगाउने बेल्टको प्रयोग गर्नुपर्ने हुँन्छ । यस्ता बेल्टले प्रभावित क्षेत्रमा तनाव कम गर्न र गतिविधिहरूमा अतिरिक्त सपोर्ट प्रदान गर्न मद्दत गर्न, दुखाइ व्यवस्थापन गर्न र रिकभरीमा मद्दत गर्दछ।
१५. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ’ब्याक रेस्टको प्रयोग गर्ने गरौँ।
१६. कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको पेटी वा घाँटीको कलर लगाऔँ।
१७. उकाली ओराली गर्दा वा सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ।
१८. खोक्दा वा हाच्छ्यिुँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ।
१९. हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ।
२०. चिकित्सकको सल्लाह अनुसार निर्धारित चिकित्सा कर्म, थेरापि, र औषधिहरू लिनुहोस्, चिकित्सकले बोलाएको बेलाका फलो–अप अपोइन्टमेन्टहरूमा उपस्थित हुनुहोस् । तपाईंको स्वास्थ्य सेवा प्रदायक चिकित्सकसँग नियमित रूपमा आफ्नो अवस्थालाई प्रभावकारी रूपमा निगरानी र व्यवस्थापन गर्न परामर्श गर्नुहोस्।

रोगबाट बच्ने उपायहरू
१. नियमितरूपमा व्यायाम गर्ने बानी बसालौँ, अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याइउँछ। श्रम र व्यायामबाट पन्छिने नगरौँ। नसा च्यापिइसकेको अवस्थामा भने चिकित्सकको सल्लाहअनुसारका व्यायाममात्र गर्नुपर्छ।
२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौ, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ। एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ
३. सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ। हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ। उठाउनु पर्ने भए घुँडा झुकाएर, वस्तुलाई नजिक राखेर, ढाडलाई दवाव नदिईकन उठाउनुहोस । उठाउदाँ उचित लिफ्टिङ प्रविधि प्रयोग गर्नुहोस्।
४. अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ।
५. उचित शरीर विन्यास कायम राख्नुहोस्; बस्दा, उभिँदा र हिँड्दा आफ्नो ढाड, कम्मर र गर्दन लाई सीधा राखेर बस्नुहोस काँध र कानलाई सिधा राख्नुहोस्।
६. नियमित रूपमा कम प्रभावकारी गतिविधिहरू जस्तै हिड्ने, पौडी खेल्ने वा योग गर्ने गर्नुहोस ।
७. मेरुदण्डमा तनाव कम गर्न र डिस्कको स्वास्थ्य जोखिमलाई कम गर्न स्वस्थ वजन कायम राख्नुहोस्।
८.आफ्नो स्पाइनल डिस्कलाई लचिलो र स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुहोस्।
९.हरेक ३०–६० मिनेटमा शरीर विन्यास परिवर्तन गरिरहनु होला ।
१०. ढाडको प्राकृतिक विन्यासलाई कायम राख्ने मेरुदण्ड मैत्री ओच्यानको प्रयोग गर्नुहोला ।
११. स्पाइनल डिस्कहरूमा रगत प्रवाह सुधार गर्न र डिस्कको क्षयीकरण रोक्न धुम्रपान नगर्नुहोस्।

मेरो प्यारी छोरीलाई जन्मदिनको शुभकामना! 🎉🎂 हाम्रो जीवनमा तिम्रो  उपस्थितिले अनन्त आनन्द र उर्जाको महसुस गराएको छ। तिम्र ...
17/01/2024

मेरो प्यारी छोरीलाई जन्मदिनको शुभकामना! 🎉🎂 हाम्रो जीवनमा तिम्रो उपस्थितिले अनन्त आनन्द र उर्जाको महसुस गराएको छ। तिम्र उज्वल र सुन्दर भविश्यको कामना सहीत। 💖👧

Happy Birthday to my incredible daughter! 🎉🎂 Your presence in our lives brings endless joy and Jocundity. Wishing you a day as bright and beautiful as you are. 💖👧

स्वास्थ्य दर्पण मेडीया नेटवर्क प्रा.ली. ले प्राकृतिक चिकित्साको क्षेत्रमा संस्थागत एवम विधागत विकासमा मैले पुर्‍याएको यो...
28/01/2023

स्वास्थ्य दर्पण मेडीया नेटवर्क प्रा.ली. ले प्राकृतिक चिकित्साको क्षेत्रमा संस्थागत एवम विधागत विकासमा मैले पुर्‍याएको योगदानलाई कदर गर्दै आज स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड -२०७९ (वागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १ ) सम्मान गरेको विषय सबैमा अनुरोध छ।

प्यारी छोरीलाइ जन्मदिनको कोटि-कोटि मंगल कामना।
17/01/2023

प्यारी छोरीलाइ जन्मदिनको कोटि-कोटि मंगल कामना।

जाडोभरी खानुस तिलको लड्डूडा. हेमराज कोइरालामकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसन...
15/01/2023

जाडोभरी खानुस तिलको लड्डू
डा. हेमराज कोइराला
मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाती जनजाती हरूका बिचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाई गर्दछौ तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेद जस्ता पूर्विय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडो भरी नै तिलको लड्डु खानकोलागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डुखाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ। यसरी जाडो मौषममा तिलको लड्डू खानुको निम्नलिखित फाईदाहरू छन्।

१. पेटको लागि गुणकारीः तिलको लड्डूको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजिर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्यत गर्दछ।
२.चिसोको प्रभाव कम गर्नेः चिसोको मौषममा तिलको लड्डू खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा पु¥याउदछ।

३. महिनाबारी ठीक पार्न सहयाेगीः तिलको लड्डूको सेवनले महिलाहरूको महिनाबारी ठीक समयमा नहुने, महिनाबारी हुँदा अत्याधिक रगत बग्ने, तत्लो पेट दुख्ने जस्ता मासिक धर्म सम्बन्धि गडबडीलाई पनि ठीक पार्न मद्यत गर्दछ।

४.रक्त अल्पतालाइ निकाे पार्नेः तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाईने हुदाँ रक्त अल्पताका समस्या झेलि रहेकाहरूलाई पनि तिलकोे सेवनले विशेष फाईदा पु¥याउछ।
५. उच्च पाेषकः तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाईने हुनाले तिलको लड्डू असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३.४ ग्राम कार्बोहाईड्रेटस, ४९.७ ग्राम तेल र १७.७ ग्राम प्रोटिन पाईन्छ। यी तिनै पोषक तत्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउदछ। यसैगरि तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।
६.छाला, नङ र केशको लागि लाभदायकः तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सीडेण्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पु¥याउदछ।
७.हाड जोर्नीको लागि राम्राेः हाड जोर्नीको सामस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्वहरू मौजुद रहेको छ। राती दुध संङ्ग तिलको लड्डू खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसिया जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।
८. रूघा मर्की दम खाेकीकाे रागी राम्राेः दमका बिरामीहरूको लागि पनि तिलको लड्डूको सेवन अत्यन्त लाभदायक छ। जाडो बढे सगै वायूमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू सागुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउने जस्ता समस्याबाट मुक्ति पाउन पनि दैनीक एक वा दुईवटा लड्डू खाईरहनु पर्ने हुन्छ।
९. नातागतलाइ भगाउछः नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाईएको तिलको लड्डू उच्च पौटिकता र क्यालोरीले यूक्त भएकाले नातागतका बिरामीले खानै पर्ने खानेकुरा हो ।
१०.मुटुका लागि राम्राेः
तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्वहरू जस्तौ पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामीनहरू र फाईबर खादि प्रचूर मात्रामा पाईने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउदछ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन।

पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने? — डा. हेमराज कोइरालाहर्षा, पाईल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस...
23/06/2022

पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने?
— डा. हेमराज कोइराला

हर्षा, पाईल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनली हरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलतिर खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं माशिपर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।
कारणहरूः–
इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस (.गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ कुनै पनि काम यो रोगको कारण हो । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । यसका अलावा ग¥हुङ्गो भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा, गुदा–मैथुनगर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ । साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ ।
के के गर्ने ।
१. प्रशस्त पानी पिउनुहोस ।
२. ३ हप्तासम्म अन्न त्यागगरी फलफूल र तरकारीहरू मात्र खानुहोस ।
३. मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस ।
४. तातो कटिस्नान वा सिट्जबाथ गनुहोस ।
५. सुपाच्य खानेकुराहरूमात्र खाने गरौ ।
६. अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस ।

के के नगर्ने ।
१. दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् ।
२. भारी सामान नउठाउनु होस ।
३. लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस ।
४. रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस ।
५. तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यताबाट बच्नुहोस ।
६. गरिष्ठ भोजनको सेवन नगर्नुहोस ।

Address

Kathmandu University Yoga And Nature Cure Hospital
Dhulikhel
CHAUKOT

Telephone

+9779851036221

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Hemraj Koirala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Hemraj Koirala:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category