Dr. Ashutosh Yadav

Dr. Ashutosh Yadav Preparing for future �

17/10/2025

सुगरका बिरामीले के खाने,के नखाने अनि के गर्ने के नगर्ने ?

👉प्राकृतिक खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ।

👉सामान्य बुझ्नु पर्ने के हो भने हामीले केही पनि बढी खान भएन। बिरामीहरू मैले चिनी, चामल खाएको छैन। उसिनेको चामल खान्छु भन्नुहुन्छ तर जतिसुकै सुगर प्रेसर बढे पनि रक्सी खान छोड्नु हुन्न।

👉हामी गलत कुराको पछि लाग्छौं। कुनै पनि खानेकुरा एकै पटकमा धेरै खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने।

👉हाम्रो देशमा सुगरफ्री चामल, दाल, जुस, मिठाइ र सेलरोटी पाइन्छ। यस्तो किन जरूरी भयोर? एक दिनमा सय ग्राम फलफूल खाँदा केही हुँदैन।

👉सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन। सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं। त्यो भ्रम हो।

👉एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न। होटलमा भस्म खाने, चिल्लो खाने, रक्सी पिउने तर सामान्य दालभात किन नखाने? सुगरका बिरामी आत्तिन जरूरी छैन। सुगर समाजका हरेक वर्गलाई छ। व्यायाम सबैले गर्न जरूरी छ।

👉आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन्। सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन।

👉मान्छे अल्छी भयो भने सुगर हुन्छ। सुगर चिनी खाएर लाग्ने रोग होइन। आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ।

👉तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ। अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन।

On this  *World Arthritis Day* let’s raise awareness about joint health and support those living with arthritis. Early d...
12/10/2025

On this *World Arthritis Day* let’s raise awareness about joint health and support those living with arthritis. Early diagnosis, regular exercise, and proper medication can help lead a pain-free and active life. *“Don’t let arthritis stop your movement — take a step towards healthy joints today!”* 🦵❤️


विपद्पछिको समयमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्वास्थ्यलाई हेरचाह गर्ने उपायपरिचयकुनै पनि विपद्पछि हामी सबै...
10/10/2025

विपद्पछिको समयमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्वास्थ्यलाई हेरचाह गर्ने उपाय
परिचय
कुनै पनि विपद्पछि हामी सबैले आफ्नो मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्यलाई प्राथमिकता दिन महत्वपूर्ण हुन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि विपद्को प्रभाव झनै चुनौतीपूर्ण हुन सक्छ । यस सामग्रीमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले÷को मानसिक स्वास्थ्य प्रवर्धन गर्न कसरी सहयोग र हेरचाह गर्ने भन्ने बारे जानकारी दिइएको छ :
१. विपद्ले पारेको प्रभाव बारे बुझ्ने : विपद्पछिको समयमा पहिले नै रहेका मानसिक स्वास्थ्य समस्या बिग्रने वा नयाँ मानसिक स्वास्थ्य समस्या सुरु हुन सक्छन् । यस्तो अवस्थामा सम्भावित भावनात्मक र मनोवैज्ञानिक प्रभावहरू बारे सचेत रहन आवश्यक हुन्छ । यस्तो समयमा चिन्ता, डिप्रेसन वा पोस्ट–ट्रमाटिक तनाव विकार जस्ता समस्या देखिन सक्छन् ।
२. मनोसामाजिक वा मनोचिकित्सा सहयोग लिने : विपद् सम्बन्धित तनावका लागि विशेष हेरचाहको आवश्यकता हुन सक्छ । यस्तो समयमा मनोपरामर्श तथा मानसिक उपचारले सामान्य अवस्थामा फर्कनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले मानसिक स्वस्थ्य समस्या वा तनावका लागि मनोसामाजिक वा मनोचिकित्सा सहयोग लिन प्रोत्साहित गर्नु पर्दछ ।
३. सामाजिक रूपमा रहेको सहयोगसँग जोडिने प्रयास गर्ने : विपद्पछिको समयमा आफन्त, साथीभाइ र आपूm जस्तै समस्या अनुभव गरेका अरूहरूसँग कुराकानी गर्दा आपूm एक्लो नरहेको भावना विकास हुन्छ । साथै यसो गर्दा विपद्का बारेमा बुझाइ स्पष्ट हुन्छ । त्यसैले आफन्त, साथीभाइ र सामाजिक रूपमा रहेको सहयोगसँग जोडिने प्रयास गराउनु पर्दछ ।
४. सुरक्षित वातावरणको अनुभूति गराउने : मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले÷लाई थप तनाव बाट जोगिन÷जोगाउन आधारभूत आवश्यकताहरू जस्तै आश्रय, खाना, र पानीको सुनिश्चितता गराउन सहयोग गर्नु पर्दछ । साथै सुरक्षित र आरामदायी वातावरण दिन प्रयास गर्नु पर्दछ ।
५. स्व–हेरचाहका लागि प्रोत्साहन गर्ने : विपद्पछिको समयमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई स्वहेरचाहका लागि प्रोत्साहन गर्नु पर्दछ । उनीहरुको सबै काम आपूmले गरिदिने भन्दा पनि पर्याप्त मात्रामा निदाउने, स्वस्थकर खाना खाने, विपद् पहिलेको दैनिकीमा फर्कने र शारीरिक क्रियाकलापमा संलग्न हुने जस्ता काम गर्न प्रेरित गर्ने । यस्ता कुराले विपद्पछिको समय सामान्य हुँदै गरेको आभास गराउँछ । साथै शारीरिक र मानसिक स्वास्थ्यलाई पनि योगदान पु¥याउँछ ।
६. भावनाहरूलाई सामान्य रहेको महशुस गराउन सहयोग गर्ने : विपद्पछिको समयमा हामी दुःख लाग्ने, रिस उठ्ने, झर्को लाग्ने, जीवनको अर्थ नभए जस्तो लाग्ने जस्ता धेरै खालका भावनाहरू महशुस गरिरहेका हुन्छौँ । यस्ता भावनाहरू विपद्ले सिर्जना गरेको असामान्य घटनाको सामान्य प्रतिक्रियाहरू हुन् । हामीले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई विपद्पछि दुःख लाग्नु, रिस उठ्नु, झर्को लाग्नु, जीवनको अर्थ नभए जस्तो लाग्नु सामान्य हो भनेर बताउन सक्छौँ । त्यो समयमा यस्तो धेरै व्यक्तिहरूले महशुस गरिरहेको कुरा बताउनु पर्छ । उनीहरूलाई आफ्नो अनुभवहरूका बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नु पर्दछ ।
७. सामना गर्ने रणनीतिहरू विकास गर्ने : मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई विपद्पछिको अवस्थाको सामना गर्ने तरिकाहरू पहिचान गर्न सँगै काम गर्नु पर्दछ । यसमा विश्राम विधिहरू, ध्यान वा आनन्द र विश्राम ल्याउने गतिविधिहरूमा संलग्न हुने तरिकाहरू हुन सक्छन् ।
८. सूचित राख्ने तर सीमित राख्ने : विपद्पछिको समयमा हामीले सहयोग र पुनस्र्थापनाका प्रयासहरूका बारेमा सूचित रहन महत्वपूर्ण हुन्छ । तर बारम्बार विपद्को समाचार हेर्ने वा सुन्ने कुराबाट वा विपद्को विध्वंस सम्झाउने कुराबाट सके सम्म टाढा रहने र राख्न प्रयास गर्नु पर्दछ । विपद्को समाचार बारम्बार हेर्ने वा सुन्ने गर्दा चिन्ता र असहायताको भावनालाई बढाउन सक्छ ।
९. औषधि निगरानी : औषधिहरू लिनुपर्ने मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले निर्देशन अनुसार निर्धारित औषधिहरू लिइरहेको निश्चित गर्नु पर्दछ । स्वास्थ्य सेवा प्रदायकहरूसँग औषधि नियमित गर्ने बारेमा योजना बनाउनु पर्दछ ।
१०. धैर्य रहने र दयालु हुने : विपद्पछि सामान्य अवस्थामा फर्कनु एक क्रमिक प्रक्रिया हो । त्यसैले हामीले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई सहयोग गर्दा धैर्य हुनु पर्दछ र माया देखाउनु पर्दछ । उनीहरुको कुरा सुन्ने र सहयोगका लागि उपलब्ध रहेको जानकारी गराउने ।
विपद्पछि मानसिक स्वास्थ्यको ख्याल गर्नु एक सामूहिक प्रयास हो । सहयोगी वातावरण बनाएर र आवश्यक पर्दा स्वास्थ्यकर्मी, मनोपरामर्शकर्ता, मनोविद् र मनोचिकित्सकको सहयोग लिन प्रोत्साहन गरेर हामी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सुस्वास्थ्य प्रवर्धन गर्न र पूर्वावस्थामा फर्किन सहयोग गर्न सक्छौँ ।

Address

Gaur

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ashutosh Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category