Purwanchal Vipassana Dhyan kendra-Dhamma Birat

Purwanchal Vipassana Dhyan kendra-Dhamma Birat A quite space to breathe, heal and reconnect with yourself

07/03/2026

विराट धम्म पूर्वाञ्चल विपश्यना ध्यान केन्द्र इटहरीको भवनमा ट्रस्ट लगाउँदै
सबैको मङ्गल होस्। ,🙏

25/02/2026

सम्पूर्ण पुराना साधक–साधिकाज्यूहरूमा हार्दिक नमस्कार 🙏

कम्तीमा एकपटक १०-दिवसीय विपश्यना ध्यान शिविरमा सहभागिता जनाइसक्नु भएका साधक–साधिकाहरूका लागि मिति २०८२ फागुन १६ गते (शनिबार) विराटनगरस्थित सरस्वती मन्दिरको सभाहल मा एक-दिवसीय ध्यान शिविर आयोजना गरिने भएकोले इच्छुक सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति : २०८२/११/१६ शनिबार
समय: बिहान ७:३० बजे भेला ८:०० बजे सुरु भई ३:०० बजे समापन
स्थान : ससस्वती मन्दिर को सभाहल गायत्री मा बि, बिराटनगर २

सबैको मङ्गल होस् 🙏

16/02/2026

पूर्वाञ्चल विपश्यना केन्द्र, 'धम्मविराट, Dhamma Birata' मा आज देखी "३ दिवशीय बाल आनापान ध्यान शिविर" सञ्चालन भयाे

07/02/2026

विराट धम्म पूर्वाञ्चल विपश्यना ध्यान केन्द्र इटहरीको भवन निर्माण सुरु
सबैको मङ्गल होस्। ,🙏

बिराटनगरमा एक दिवसीय आनापाना ध्यान शिविर सम्पन्न🙏पूर्वाञ्चल विपश्यना ध्यान केन्द्र धम्म बिराट इटहरीद्वारा आज २०८२ असाेज ...
02/02/2026

बिराटनगरमा एक दिवसीय आनापाना ध्यान शिविर सम्पन्न🙏
पूर्वाञ्चल विपश्यना ध्यान केन्द्र धम्म बिराट इटहरीद्वारा आज २०८२ असाेज २ गते विहिवार पूर्वाञ्चल बाल आश्रम विराटनगरको सभाहलमा विहान ९:००बजे देखि दिउँसो २:३०बजे सम्म सञ्चालित एक दिवसीय आनापाना सति ध्यानको बाल शिविरमा उपस्थित सम्पूर्ण सहभागि मदरसा श्री सहबाजीया मा वि विराटनगर ६ का मुस्लिम समुदायका ९०जना बिध्यार्थी नानीबाबुहरु, ३जना शिक्षिकाहरु लगायतका धम्म सेवक सेविकाहरु गरी जम्मा १०१जनाको उपस्थिति रहेको छ । बालबालिका उपलब्ध गराउनमा सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक र विद्यालय परिवार तथा शिविर सञ्चालनमा अमूल्य दान सहयोग गर्ने दाताज्यूहरु लगायत यो शिविर सम्पन्न गर्न अथक मिहिनेत गर्ने धम्म सेवक सेविकाज्यूहरु, हामीलाई मैत्री प्रदान गर्ने परम श्रद्धेय गुरुजी, लगायत दृश्य अदृश्य शक्तिहरू र हामीलाई सहयोग गर्नुहुने हजुरहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौँ । यस्तै शिविरमा सहभागी हुन चाहने हजुरहरु सबैलाई ९८२३९३३१५५ र ०२५-- ५८८५५२मा सम्पर्कको लागि पनि हार्दिक अनुरोध गर्दछौं ।
सबैको मङ्गल होस🙏

29/01/2026

सम्पूर्ण पुराना साधक शाधीका सबैमा नमस्कार 🙏 कम्तिमा एक पटक १० दिवसीय विपश्यना ध्यान शिविरमा सहभागिता जनाइसकेको साधक साधीकाहरुको लागि २०८२पौष १९गते शनिवार विराटनगरमा रहेको सरस्वती मन्दिरको सभाहलमा एक दिवसीय ध्यान शिविर हुने भएकोले इच्छुक व्यक्तिहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।
समय: बिहान ७:३० भेला भइसक्नुपर्ने
८ बजे देखि सुरु हुने र ३ बजे समापन हुने जानकारी गराउँदछु। 🙏
सबैको मङ्गल होस् 🙏

16/01/2026

Address

Phulbari Toal/Road No 2
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Purwanchal Vipassana Dhyan kendra-Dhamma Birat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share