05/07/2024
प्रश्न: समयमा आउने डन्डिफोर आफै गइहाल्छ नी, उपचार नगर्दा हुँदैन ?
सही उत्तर: डन्डिफोर समयमा आएर जानु स्ववाविक हो तर डन्डिफोरले गर्दा अनुहार मा पछिसम्म बसिरहन सक्ने खत( ), दाग( ) ले गर्दा बिरामीहरूमा मानसिक तनाब, हरेक काम गर्दा अनुहारकै कुरामा ध्यान जाने, आफ्नो काम-पढाइमा सतप्रतिशत ध्यान दिन नसक्नु, बाहिर साथिभाइ सँग घुलमिल हुन नरूचाउनु, घरको घरमै बस्नु, आफ्नो CONFIDENCE घट्दै जानु र पछि गएर मानसिक समस्या पनि देखिएको,हाम्रो एउटा डन्डिफोर सम्बन्धी गरेको अध्ययनबाट पनि थाहा पाइयो !!
तसर्थ यो डन्डिफोरको समस्यालाई हल्का किसिमले नलिई समयमै उपचार गर्दा माथि उल्लेखित समस्याहरू समाधान गर्न सकिन्छ!! सही तरीकाले उपचार नगरी वैकल्पिक कुराहरु, घरेलु कुराहरुको प्रयोग गर्नाले बिरामीहरु सम्बन्धित ठाउँमा ढिलो आएको पाइयो!! त्यसैले बेलैमा उपचार गरौं, सही उपचार गरौं,पछि नपछुताऔँ !! कृपया यो जनचेतनामूलक सूचना अरुमाँझ पनि सक्दो पुर्याउन मद्दत गरौं !!