कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका

  • Home
  • Nepal
  • Jhapa District
  • कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका

कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका kamal rural municipality

20/05/2026

भोलि मिति २०८३/०२/०७ गते विहिबार
कमल नगर अस्पतालमा हात्तिपाइले,कुष्ठरोगिका बिरामिहरुलाइ स्वयम् हेरचार सम्बन्धी कार्यक्रममा उपस्थितिका लागि जानकारिका साथ अनुरोध छ ।

19/05/2026

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गर....

https://dewtvonline.com/2026/05/19/9641/
19/05/2026

https://dewtvonline.com/2026/05/19/9641/

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गर....

14/05/2026

कमल गाउँपालिका–५ सिम्ले स्थित सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य सेवा सुदृढीकरण तथा गुणस्तरीय सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष लाल बहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन, सेवा गुणस्तर सुधार, औषधि व्यवस्थापन, सरसफाइ, मातृ तथा बाल स्वास्थ्य सेवा, अभिलेखीकरण तथा सेवाग्राहीमैत्री व्यवहारलगायत विषयमा छलफल गरिएको थियो। साथै अघिल्लो आर्थिक वर्षको मूल्याङ्कन समीक्षा गर्दै आगामी सुधार योजनासमेत तय गरिएको बताइएको छ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवा अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन सामूहिक सहकार्य आवश्यक रहेको बताएका थिए।

14/05/2026
13/05/2026

कमल–५ पाडाजुङ्गीमा स्वास्थ्य कार्यक्रम र पोषण वितरण

कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष लाल बहादुर विष्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा सुधार, गुणस्तर अभिवृद्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

सोही अवसरमा वडा भित्रका १० जना विपन्न सुत्केरी महिलालाई घ्यू, अण्डा, दाल, चामल, तेल लगायतका पोषण सामग्री वितरण गरिएको छ।
कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

13/05/2026

झापा । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँ...

13/05/2026

Address

Jhapa District
400

Alerts

Be the first to know and let us send you an email when कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to कमल स्वास्थ्य शाखा, कमल गाउँपालिका:

Share