08/10/2025
Speech delay भनेको के हो ?
Speech delay (स्पिच डिले) भन्नाले बालबालिकाले आफ्नो उमेर अनुसार बोल्ने वा भाषा प्रयोग गर्ने क्षमतामा ढिलो गर्नु हो।
Speech delay भनेको - बालबालिकाहरुले “समयमै बोल्न नसक्नु” हो। अरू बालबालिकाहरुले जुन उमेरमा शब्द बोल्न थाल्छन्, त्यो उमेर कटिसक्दा पनि बालबालिकाहरुले बोल्न नसक्ने वा थोरै-थोरै शब्द मात्र प्रयोग/शब्द प्रयोग गर्न नसक्नेअवस्थालाई speech delay भनिन्छ।
उदाहरण:
दुई वर्षको उमेरमा अरू बालबालिकाहरुले “मामु पानी दिनु” भन्नुहुन्छ तर त्यस्तो बालबालिकाहरुले केवल “आमा” मात्र भन्न सक्नुहुन्छ वा नभन्न पनि सक्नुहुन्छ भने यो speech delay हुन सक्छ।
तीन वर्षमा बालबालिकाहरुले पूरा वाक्य बोल्न सक्नुपर्ने हो तर ऊ केवल शब्द–शब्द मात्र बोल्नुहुन्छ वा बोल्न एक्दमै गाह्रो मान्ने/नबोल्ने गर्नुहुन्छ भने पनि speech delay हुनसक्नेछन्।
मुख्य कारणहरू:
१. Hearing problem (सुन्ने समस्या) - बालबालिकाले राम्रोसँग नसुन्दा बोल्न सक्नुहुदैन।
२. Autism Spectrum Disorder (ASD) को कारणले पनि धेरै बालबालिकामा भाषा विकास ढिलो हुन सक्छ ।
३. Developmental delay (सामान्य विकासमा ढिलाई)
४. Less communication environment (कम कुराकानी हुने वातावरण)
६. Neurological problems (मस्तिष्कसँग सम्बन्धित समस्या)
समाधानका उपायहरु:
Speech therapy (स्पिच थेरापी)
Parent-child interaction बढाउने - बालबालिकासँग कुरा गर्ने, गीत गाउँने, चित्र देखाएर शब्द सिकाउनेआदि ।
Hearing test गराउने - बालबालिकाले राम्ररी सुन्नुहुन्छ की हुदैन भनेर।
Early intervention -समस्या चाँडै पत्ता लागेमा सुधार छिटो हुन्छ।
बालबालिका भविष्यका आधार हुन्, उनीहरू नै हाम्रो अमूल्य सम्पत्ति हुन्। यदि हामीले उनीहरूको सानै उमेरमा रहेका समस्या वा कमजोरीहरू पहिचान गरी समयमा उचित सहयोग र राम्रो शिक्षा दिन सक्यौं भने,उनीहरूको भविष्य मात्र होइन, हाम्रो देशको भविष्य पनि उज्ज्वल र समृद्ध हुन सक्छ।