29/04/2026
दाँतको बाहिरी भागमा इनामेल हुन्छ, जसले दाँतको हड्डीलाई जोगाउने काम गर्छ । इनामेलभन्दा भित्रको भाग ‘डेन्टिन’ हो । सबैभन्दा भित्रको भागलाई ‘पल्प’ भनिन्छ । विभिन्न कारणवश इनामेल खिइँदै डेन्टिन देखिन्छ । र, सिरिङ–सिरिङ हुन्छ ।
गिजा आफ्नो ठाउँबाट तल झर्यो भने त्यसको कारण पनि दाँत सिरिङ–सिरिङ हुन्छ । साथै, दाँत कीराले खायो भने सिरिङ–सिरिङ गर्ने समस्या आउँछ । पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भने पनि सिरिङ–सिरिङ हुन्छ ।
#दाँत_समस्या #