26/02/2026
नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको भवन निर्माणमा अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दातृ महानुभावज्यूहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
वि.सं. २०६८ सालमा सुरु भई केही समय अवरुद्ध भएको यस परियोजना पुनः सञ्चालन भई पहिलो चरणको निर्माण कार्य सफलतापूर्वक सम्पन्न हुन सकेको छ, जसको श्रेय तपाईंहरूको सहयोग र विश्वासलाई जान्छ।
यस अवसरमा सम्पन्न भवनको उद्घाटन समारोह वि.सं. २०८२ साल चैत ४ गते आयोजना गरिएको छ। उक्त कार्यक्रममा तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।