Dr. Ananta Aryal

Dr. Ananta Aryal Dr. Ananta Aryal, MD
MD Geriatric Medicine, AIIMS New Delhi
Consultant Geriatrician
NAMS, Bir Hospital, Kathmandu

15/04/2026

अन्तर्राष्ट्रिय आरोग्य दिवसको शुभकामना

14/04/2026
२०८२ साललाई जेष्ठ नागरिकको बीचमा सचेतनाको कार्यक्रम गर्दै बिदा गरियो। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजना र जेर...
13/04/2026

२०८२ साललाई जेष्ठ नागरिकको बीचमा सचेतनाको कार्यक्रम गर्दै बिदा गरियो। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजना र जेरियाट्रिक सोसाइटी अफ नेपाल तथा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँको सह- आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य सचेतना कार्यक्रम वडा नम्बर २९ को वडा कार्यालयमा आज सम्पन्न भयो।
जेष्ठ नागरिक औषधि विज्ञ डाक्टर रमेश पौडेलले जेष्ठ नागरिकले औषधिको सही प्रयोग गर्ने तरिका, भण्डारण आदिको बारेमा बताउनुभयो।

कार्यक्रममा जेष्ठ नागरिक रोग विशेषज्ञको ( Geriatrician) हिसाबले मैले जेष्ठ नागरिक बुवाआमामा देखिने विभिन्न शारीरिक तथा मानसिक समस्या, तिनको रोकथाम तथा अल्झाइमर्स तथा डिमेन्सिया, पार्किन्सन रोग तथा सक्रिय बुढ्यौलीको लागि अपनाउनुपर्ने जीवनशैली को बारेमा बताए। त्यसैगरी उहाँहरूको विभिन्न जिज्ञासा तथा प्रश्नहरूको समाधान पनि गरियो।
अन्त्यमा एक योग प्रशिक्षकको हिसाबले उहाँहरूलाई केही प्राणायाम अनि ध्यान पनि गराए। छोटो समयको योग ध्यानले पनि उहाँहरूको मन र वातावरण नै शान्त बनायो। कार्यक्रममा आउनुभएका जेष्ठ नागरिक बुवाआमाले हाम्रो प्रस्तुतिलाई एकदमै मनपराई धेरै खुसी व्यक्त गर्नुभयो र आशीर्वाद पनि दिनुभयो।

यो अवसर प्रदान गर्नुहुने आयोजकहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

13/04/2026

२०८२ साललाई जेष्ठ नागरिकको बीचमा सचेतनाको कार्यक्रम गर्दै बिदा गरियो। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजना र जेरियाट्रिक सोसाइटी अफ नेपाल तथा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँको सह- आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य सचेतना कार्यक्रम वडा नम्बर २९ को वडा कार्यालयमा आज सम्पन्न भयो।
जेष्ठ नागरिक औषधि विज्ञ डाक्टर रमेश पौडेलले जेष्ठ नागरिकले औषधिको सही प्रयोग गर्ने तरिका, भण्डारण आदिको बारेमा बताउनुभयो।
कार्यक्रममा जेष्ठ नागरिक रोग विशेषज्ञको ( Geriatrician) हिसाबले मैले जेष्ठ नागरिक बुवाआमामा देखिने विभिन्न शारीरिक तथा मानसिक समस्या, तिनको रोकथाम तथा अल्झाइमर्स तथा डिमेन्सिया, पार्किन्सन रोग तथा सक्रिय बुढ्यौलीको लागि अपनाउनुपर्ने जीवनशैली को बारेमा बताए। त्यसैगरी उहाँहरूको विभिन्न जिज्ञासा तथा प्रश्नहरूको समाधान पनि गरियो।
अन्त्यमा एक योग प्रशिक्षकको हिसाबले उहाँहरूलाई केही प्राणायाम अनि ध्यान पनि गराए। छोटो समयको योग ध्यानले पनि उहाँहरूको मन र वातावरण नै शान्त बनायो। कार्यक्रममा आउनुभएका जेष्ठ नागरिक बुवाआमाले हाम्रो प्रस्तुतिलाई एकदमै मनपराई धेरै खुसी व्यक्त गर्नुभयो र आशीर्वाद पनि दिनुभयो।
यो अवसर प्रदान गर्नुहुने आयोजकहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

02/04/2026
७० वर्षभन्दा माथिका अशक्त ज्येष्ठ नागरिकहरूका लागि काठमाडौँ महानगरपालिकाद्वारा सुरु गरिएको घरदैलो स्वास्थ्य सेवा कार्यक्...
17/03/2026

७० वर्षभन्दा माथिका अशक्त ज्येष्ठ नागरिकहरूका लागि काठमाडौँ महानगरपालिकाद्वारा सुरु गरिएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अत्यन्त सराहनीय छ।

यस सेवामार्फत आवश्यक ज्येष्ठ नागरिकहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुहुनेछ, जसले उहाहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यस्तो दूरदर्शी र मानवीय कार्यक्रम सञ्चालन गरेकोमा महानगरपालिकालाई हार्दिक धन्यवाद।
यस कार्यक्रमको सुरुवाती चरणदेखि नै विज्ञको रूपमा संलग्न हुन पाउँदा अत्यन्त खुशी र गर्व महसुस गरेको छु।

यो सन्देश सेयर गरेर आवश्यक ज्येष्ठ नागरिकसम्म पुर्‍याइदिनुहोला ।
धन्यवाद 🙏

12/02/2026

जेरियाट्रिक ओपीडीका केही पलहरू…

आज फलोअपमा एक जना आमाको रिपोर्ट लिएर उहाँकी छोरी आउनुभयो। रिपोर्ट सबै राम्रो रहेछ। मैले भनेँ,
“हिजो लेखिदिएको अनुसार नै औषधि खान दिनुहोस् है।”

त्यसपछि छोरीले अलिक संकोचका साथ भन्नुभयो,
“डाक्टरसाब, एउटा अनुरोध गर्छु है…”

उहाँले झोलाबाट धेरै औषधि निकालेर टेबलमा राख्नुभयो।
“हिजो औषधि लिन गएको, के–के दिएछन्। हामीले त हजुरले लेख्नुभएको र उता दिएको औषधि चिन्ने नै सकेनौं…”

टेबलभरि औषधि छरिएका थिए।
केही केही फरक ब्रान्डका, केही उस्तै देखिने — छोटो पाता, लामो पाता…

त्यो क्षणमा मनमा एउटै कुरा आयो-
👉 साच्चिकै पढ्न नजान्ने जेष्ठ नागरिक बुवा–आमालाई कति गाह्रो होला!
👉 ब्रान्ड परिवर्तन हुँदा, खोल फरक हुँदा, कति भ्रम सृजना हुँदो रहेछ!
👉 कतिपयले औषधि नचिनेरै कति गल्ती गरिरहनुभएको होला?

मैले सबै औषधि एक–एक गरी छुट्याएँ।
पुरानो र नयाँ मिलाएँ।
कुन बिहान, कुन बेलुका, कुन खानुअघि, कुन खाएपछि- सबै स्पष्ट बुझाइदिएँ।

उहाँको अनुहारमा सन्तोष देखियो।
“धन्यवाद डाक्टरसाब… दुई महिनापछि आमालाई लिएर आउँछु,” भन्दै निस्कनुभयो।

त्यो सानो क्षणले ठूलो सन्देश दिन्छ-

👵👴 जेष्ठ नागरिक उपचारमा केवल औषधि लेखिदिनु मात्रै पर्याप्त हुँदैन।
औषधि बुझाइदिनु, मिलाइदिनु, चिनाइदिनु - त्यति नै महत्त्वपूर्ण हुन्छ।

💊 बाहिरको खोल हेरेर औषधि चिन्ने बिरामीलाई
*ब्रान्ड फेरिँदा
*बीमाबाट औषधि आउँदा
*फार्मेसीले फरक कम्पनीको दिँदा

साच्चिकै गाह्रो हुन्छ।

यदि पुरानो औषधिसँग देखाएर “यो भनेको यही हो है” भनेर बुझाइदिन सकियो भने -
॰बिरामी झुक्किँदैनन्
॰ दोहोर्‍याएर खाने वा छुटाउने समस्या कम हुन्छ
॰उपचार अझ सुरक्षित हुन्छ

हामी जेष्ठ नागरिक रोग विशेषज्ञहरूको सानो प्रयास -
कम्तीमा औषधि सही तरिकाले खान सक्नुहोस भन्ने सुनिश्चितता 🙏

कहिलेकाहीँ सानो कामले पनि ठूलो सुरक्षा दिन्छ।


Following the trend. Chatgpt ले मलाई यसरी पो चिन्दो रहेछ😅
11/02/2026

Following the trend. Chatgpt ले मलाई यसरी पो चिन्दो रहेछ😅

https://www.facebook.com/share/18KwWY2NYf/?mibextid=wwXIfr
06/02/2026

https://www.facebook.com/share/18KwWY2NYf/?mibextid=wwXIfr

Affecting more than 830 million people worldwide, diabetes is a debilitating and chronic illness. The vast majority—91%—suffer from type 2 diabetes, which usually develops in adulthood. But growing research suggests remission can often happen faster than people realize with changes to exercise, diet, and lifestyle.

Learn what the experts say about reversing diabetes: https://on.natgeo.com/4qw7hHj

आज ज्ञानकी देवी सरस्वती माताको दिन। सरस्वती पूजा ।  केही नयाँ सुरु गरौं। जेष्ठ नागरिक रोग विशेषज्ञको रुपमा विभिन्न वृद्ध...
23/01/2026

आज ज्ञानकी देवी सरस्वती माताको दिन। सरस्वती पूजा । केही नयाँ सुरु गरौं।

जेष्ठ नागरिक रोग विशेषज्ञको रुपमा विभिन्न वृद्ध बुवाआमालाई हेर्दाखेरि हाम्रो समाजमा अझै पनि स्वास्थ्य सम्बन्धी विभिन्न भ्रम तथा मिथ्याहरु भएको भेटेको छु। त्यसैले स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्देश्यले आजबाट सुरु गर्न लागेको छु ।

आज म केयर होममा राउण्ड लिदै थिएँ। उच्च रक्तचाप भई पक्षघात ( प्यारालाइसिस) भएका वृद्ध बिरामीहरू हेर्दै थिएँ। त्यति नै बेला एउटा होम भिजिटको (घरमै गएर हेरिदिनको) लागि फोन आयो। एकजना वृद्ध आमालाई चक्कर लागेर परिवारका मानिस आत्तिरहनुभएको रहेछ। फेरि अर्को आमालाई पनि पक्षघातको लक्षण त होइन भनेर डराइ डराइ राउन्ड सकेर होम भिजिटमा गए।

आमा ९१ वर्षको हुनुहुँदो रहेछ। तर झट्ट हेर्दा आमा ७१ वर्षको जस्तो देखिनुहुन्थ्यो। हजुर त ७१ जस्तो पो देखिनुहुन्छ भनेर भन्दा आमा मक्ख पर्नुभयो। एकछिन ठट्टामा सबैजना हाँस्यौँ पनि। आमाले प्रेसर लगायत सुगरको औषधि खाइरहनुभएको रहेछ। र औषधिलाई निकै राम्रोसँग मिलाएर राख्नुभएको रहेछ।
सबै चेकजाँच गर्दा आमाको माथिको प्रेसर (सिस्टोलिक) एकदमै बढी भएको पाइयो। १८०/८० । हुन त आमाले प्रेसरको औषधि खाइराख्नु भएको थियो। तर प्रेसर ननापेको धेरै भएको रहेछ । सबै कुरालाई विचार गर्दा अहिले आमाको चक्करको कारण उच्च रक्तचाप देखियो।

घरमा नै डाक्टर आएको हुनाले सँगै बस्ने अर्को आमाले पनि "लौ न मलाई पनि जाँच गरिदिनुपर्यो" भन्नुभयो । अनि मैले उहाँलाई पनि जाँचे। उहाँको समस्या चाहिँ एकदमै कमजोरी हुने रहेछ। कमजोरीले गर्दा हिँड्न पनि गाह्रो भइरहेको रहेछ। अरु जाचसँगै प्रेसर पनि नापे। तर उहाँको चाहिँ प्रेसर एकदमै कम रहेछ। ९०/६० , ८०/६०। प्रेसर किन कम भयो भनि मैले एकएक गरी उहाँका सबै औषधि हेरे । ‌ उहाँले प्रेसरको औषधि त डबल - डबल पो खाइराख्नु भएको रहेछ। यसै कारणले गर्दा उहाँको प्रेसर एकदमै कम भएको रहेछ र उहाँलाई निकै कमजोरी पनि महसुस भएको थियो। अरु कारण खोज्नको लागि केही रगतको जाँचहरूको लागि परामर्श पनि दिएँ।

यी दुई आमाको अवस्थाबाट के बुझ्न सकिन्छ भने प्रेसर बढी भयो भने पनि समस्या हुन्छ र धेरै कम भयो भने पनि समस्या हुन्छ। प्रेसरको औषधि खाइरहेको छु भनेर लामो समयसम्म प्रेसर ननापी ढुक्क भएर बस्न मिल्दैन। नियमित ब्लड प्रेसरको जाँच गर्नुपर्छ। एकजनाको एकदमै बढी प्रेसर भएर चक्कर लागिरहेको थियो भने अर्को आमाको औषधि धेरै खाएर प्रेसर एकदमै कम भएर गाह्रो भइरहेको थियो।

तसर्थ, ब्लड प्रेसर अथवा उच्च रक्तचापको औषधि खाइराख्नु भएको बिरामीले नियमित प्रेसर अर्थात् रक्तचापको जाँच गर्न जरुरी छ। कमजोरी भइरहेको छ भने बुढ्यौलीले गर्दाखेरि भएको भनेर वेवास्ता नगर्नुहोला । उच्च रक्तचापले पक्षघातको जोखिम पनि बढाउँछ।
के तपाईँले आफ्नो ब्लड प्रेसर नियमित जाँचिरहनुभएको छ ?

4-Day Orientation Program to Health focal person on Home-based Health Services for Older Adults (70+ years) got successf...
31/12/2025

4-Day Orientation Program to Health focal person on Home-based Health Services for Older Adults (70+ years) got successfully completed at Ward No. 26, Lainchor, Kathmandu Metropolitan City

As a Geriatrician, it was a pleasure to train health workers (focal person of each ward) alongside Dr. Umesh Bogati (Geriatrician) , Ms. Ratee Pakwan (Geriatric Nurse), and Dr. Ramesh Paudel (Geriatric Pharmacist).

Throughout the 4-day program, the enthusiasm, active participation, and eagerness to learn shown by the participants were truly inspiring .
I sincerely thank the organizers for this opportunity.
It is encouraging to see Kathmandu Metropolitan City going to provide home-based health services to older adults who cannot reach urban health clinics.

What a meaningful end to 2025! 🌿


Address

Kathmandu

Telephone

+9779804357270

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ananta Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ananta Aryal:

Share

Category