Virohana Psychosocial Counseling

Virohana Psychosocial Counseling ✨Psychological Counseling, Psychotherapy, Trainings, Healing
✨ On a mission to help people
/Serve the humanity

15/07/2025

"डिप्रेसन" — शरीरभन्दा गहिरो, मनभन्दा पर, र आत्माभित्र गढेको एक मौन चिच्याहट...

यो न कुनै चोट देखिन्छ, न कुनै रगत बग्छ,
तर भित्रभित्रै मान्छे टुक्रा–टुक्रा भएर बाँचिरहेको हुन्छ।

🖤 डिप्रेसनले कसैको अनुहार हेरेर भन्दैन —
यो धनीलाई पनि हुन्छ, गरिबलाई पनि,
हास्ने मान्छे पनि यसको सिकार हुन्छ,
अनि मौन रहने मान्छे त भित्रैबाट चिच्याइरहेको हुन्छ।

कहिले काँही डिप्रेसन कसैको
"तिमी त सधैं हाँसिरहन्छौ नि!" भन्ने भनाइभित्र लुकेको हुन्छ,
कसैको "सब ठीक छ" भन्ने उत्तरमा चिसो आँसु मिसिएको हुन्छ।

🕳️ डिप्रेसन भनेको के हो?
यो केवल मन खिन्न हुनु होइन,
यो त आफैसँगको लडाइँ हो,
जहाँ शत्रु बाहिर होइन, भित्रै लुकेको हुन्छ।

जसले हरेक बिहान उठ्दा सोच्दछ – 'म किन बाँचिरहेको छु?'
जसले हरेक रात बिछ्यौनामा निन्द्राको सट्टा आँसु खोज्दछ।
जसले अरूको हर्षमा आफ्नो पीडा लुकाउँछ।
त्यसले भोगिरहेको हुन्छ — डिप्रेसनको यात्रा।

🛤️ डिप्रेसनको यात्रामा कस्तो दुःख पाइन्छ?
– आत्मग्लानि,
– निरर्थकताको अनुभूति,
– कसैलाई केही भन्न नसक्ने मौन पीडा,
– सास त चलिरहेको हुन्छ तर जीवन हराएको हुन्छ।
– अनुहार हाँसिरहेको हुन्छ, तर भित्र एक युद्ध चलिरहेको हुन्छ।

डिप्रेसन कसरी हुन्छ?
– लगातारको अपमान, घृणा, अस्वीकृति,
– आफन्तबाट चोट, समाजबाट उपेक्षा,
– वा कुनै ठूलो झट्का – जस्तै: प्रेममा धोका, काम गुमाउनु, वा प्रियजन गुमाउनु।
तर कहिले काँही कुनै कारण नै नदेखिए पनि यो चुपचाप पस्छ हृदयभित्र।

🧠 डिप्रेसन कसलाई हुन्छ?
– जो धेरै सोच्दछ,
– जो अरूलाई खुसी राख्न आफूलाई थिच्दछ,
– जो भित्रभित्रै कमजोर छ तर बाहिर बलियो देखिन्छ।
– जसको जीवनमा धेरै सपना छन्, तर साथ दिने कोही छैन।

🌿 डिप्रेसन नहोस् भन्नको लागि के गर्ने?
– मनका कुरा लुकाउनु होइन, भन्न सिक्नुहोस्।
– आफ्नै खुसीका लागि समय निकाल्नुहोस्।
– फोन भन्दा साथीको काँध खोज्नुहोस्।
– "सबै ठीक छ" भन्ने बहानामा आँसु नछिपाउनुहोस्।
– प्रेम, प्रकृति, प्रार्थना र पाठमा समय दिनुहोस्।

👥 डिप्रेसन भए के गर्ने?
– डराउनु हुँदैन, यो रोग हो, अपराध होइन।
– विशेषज्ञको सल्लाह लिनुहोस्।
– लेख्नुस्, बोल्नुस्, कराउनुस्, रुुनुस् — तर मौन नबस्नुस्।
– आफूलाई दोष दिन छोड्नुस्।
– नजिकको साथीसँग, परिवारसँग साँचो कुरा खोल्नुस्।
– आत्मालाई समय दिनुहोस् — तिमी फेरि उज्यालो देख्नेछौ।

💛 र सम्झनुस् —
हामी सबैलाई कहिले न कहिले जीवनले पछार्छ,
तर हार मान्नु जीवनको अन्त्य होइन।
"जीवन दुखद छैन, केवल केही अध्यायहरू कठिन छन्।"
तिमी आज रुन्छौ, ठीकै हो —
तर पर्सि तिमी फेरि हाँस्नेछौ, उज्यालो देख्नेछौ।

🙏 यदि तपाईं वरिपरि कसैले चुपचाप बसिरहेछ भने — सोध्नुस्, "सबै ठिक छ?"
किनभने कहिलेकाहीँ एक प्रश्न, एउटा काँध, एक गला अँगालोले
कसैको आत्महत्या रोक्न सक्छ।🙏🙏

🕊️ डिप्रेसन कुनै लाजको कुरा होइन —
यो त सहानुभूति, समझदारी र प्रेमले निको पारिने एउटा पीडा हो।

✨ You’re Not Creating Reality… You’re Projecting It📌 What if your reality isn’t being created—but projected from within ...
08/07/2025

✨ You’re Not Creating Reality… You’re Projecting It

📌 What if your reality isn’t being created—but projected from within you?

🌀 Your thoughts write the script.
💫 Your emotions tint the lens.
🧠 Your beliefs control the projection.
We’re living in a collective lucid dream, each of us shaping reality from the inside out.

👉️ Want to shift the movie of your life? Start with your subconscious mind.
🙏 Stay tuned with us.🎉🎈

विकासक्रममा भएको मानसिक आघात ( Developmental Trauma) र यसको प्रभाव~ बाल्यकालमा आवश्यकताहरू पूरा नहुदा, दीर्घकालीन तनाव, ...
19/06/2025

विकासक्रममा भएको मानसिक आघात ( Developmental Trauma) र यसको प्रभाव~
बाल्यकालमा आवश्यकताहरू पूरा नहुदा, दीर्घकालीन तनाव, उपेक्षा, वा असुरक्षित वातावरणको सामना गर्नुपर्दा विकासक्रममा मानसिक आघात सिर्जना हुन सक्छ । जब बच्चाहरूले निरन्तर अस्थिरता, असुरक्षा, दुर्व्यवहार, विभेद वा संवेदनशील सम्बन्धहरूको अभाव अनुभव गर्छन्, यसले उनीहरूको मानसिक, भावनात्मक, र शारीरिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ । बच्चाहरूलाई आत्मीय सम्बन्ध, स्थिर वातावरण, र महसुस हुनेगरि स्नेहको आवश्यकता हुन्छ । यदि कसैले बाल्यकालमा निरन्तर असुरक्षा, उपेक्षा वा अस्विकार अनुभव गरेको छ भने, हुर्किदै गर्दा आत्मीय सम्बन्ध बनाउन कठिन हुन्छ, आत्मसम्मानको कमी, तुच्छताको अनुभूति, आत्मग्लानि हुन सक्छ जसले भविष्यमा सम्बन्धहरूमा अस्थिरता ल्याउन सक्छ ।
विकासक्रमको मानसिक आघातले संज्ञानात्मक (Cognitive) तथा भावनात्मक (Emotional) विकासमा गम्भीर असर पार्न सक्छ । अस्थिर वातावरण, भय, वा असुरक्षाका कारण ध्यान केन्द्रित गर्न, सिक्न, र भावनाहरू व्यवस्थापन गर्न गाह्रो हुन सक्छ । यसले शिक्षा, सामाजिक सम्बन्ध, तथा भविष्यको आत्मनिर्भरता प्रभावित गर्न सक्छ । यस्तो आघातको असर दीर्घकालीन हुन सक्छ, जसले वयस्क जीवनमा मानसिक स्वास्थ्य समस्याहरू, सम्बन्ध बनाउन कठिनाइ, तथा आत्म-बहिष्करण (Self-isolation) जस्ता समस्याहरू भोग्न सक्छन । तसर्थ, आफ्ना बच्चाहरूलाई सुरक्षित, स्थिर, र माया तथा स्नेहले भरिपूर्ण वातावरण उपलब्ध गराउनु अति आवश्यक छ, जसले उनीहरूको समग्र मानसिक तथा भावनात्मक स्वास्थ्यलाई मजबुत बनाउन सहयोग गर्छ ।
हाम्रो समाजमा प्रायः "माया गर्यो भने बिग्रिन्छ" भन्ने सोच व्याप्त छ, जसले गर्दा अभिभावकहरू बच्चालाई स्पष्ट रूपमा माया वा आत्मीयता देखाउने भन्दा अनुशासनलाई प्राथमिकता दिन्छन् । तर जब बच्चाहरूले प्रत्यक्ष रूपमा माया अनुभूति गर्न सक्दैनन्, उनीहरूले आफू अस्वीकार गरिएको वा कम मूल्यवान भएको महसुस गर्न सक्छन् । बच्चाहरूले जे देख्दैनन् र महसुस गर्दैनन्, पछि गएर त्यसलाई व्यवहारमा उतार्न पनि सक्दैनन् । यदि उनीहरूलाई माया, स्नेह, र अपनत्व खुला रूपमा प्रदान गरिँदैन भने, उनीहरूको आत्मसम्मान कमजोर हुन सक्छ, जसले भविष्यमा उनीहरूको सम्बन्धहरू प्रभावित हुन सक्छ । यस्तो वातावरणमा हुर्किएका बच्चाहरू प्रायः अरूप्रति विश्वास गर्न गाह्रो महसुस गर्छन्, किनकि तिनीहरूले सानैदेखि आत्मीय सम्बन्धको स्थिरता र सुरक्षाको अभाव अनुभव गरेका हुन्छन् । त्यसैले, बच्चाहरूको स्वस्थ मानसिक र भावनात्मक विकासका लागि उनीहरूलाई माया, आत्मीयता, र स्वीकृतिको स्पष्ट अभिव्यक्ति दिनु अत्यावश्यक छ ।
विकास क्रममा भएको मानसिक आघातले वयस्क अवस्थामा आफ्ना अभिभावक प्रति मनै देखि जिम्मेवारि बोध गर्न नसक्ने, बरु सानो हुदा आफुले भोग्नु परेको भावनात्मक आत्मियताको अभावलाई ईगोको रुपमा पनि विकास गरेका हुन सक्छन् र अभिभावक प्रति गैरजिम्मेवारी पुर्ण व्यवहार गरेका हुन सक्छन् वा आत्मियता विहिन जिम्मेवारी निर्वाह हुन सक्छ ।
विकासक्रममा भएको मानसिक आघातका लक्षणहरू
भावनात्मक लक्षणहरू
o निरन्तर चिन्ता र डर
o आत्मसम्मानको कमी
o अत्यधिक एक्लोपन वा आत्म-संकोच
o विश्वासको अभाव (अरूसँग सम्बन्ध बनाउने गाह्रो)
o निराशा, दुःख, वा भावनात्मक बोझ महसुस गर्नु
व्यवहारगत लक्षणहरू
o आक्रोश र चिडचिडापन
o आत्म-विनाशकारी वा जोखिमपूर्ण व्यवहार
o अत्यधिक सामाजिक बहिष्करण
o वस्तुहरू जम्मा गर्ने (Hoarding)
o अनियन्त्रित क्रोध वा इन्कंट्रोलको समस्या
संज्ञानात्मक लक्षणहरू
o ध्यान केन्द्रित गर्न कठिनाइ
o निर्णय लिन गाह्रो महसुस गर्नु
o नकारात्मक सोच वा आत्म-आलोचना
o याददाश्तमा समस्या
शारीरिक लक्षणहरू
o निद्रामा समस्या (सुत्न गाह्रो हुनु वा डराउने सपना देख्नु)
o सिर वा पेट दुख्नु
o सधैं तनाव र शारीरिक असहजता महसुस गर्नु
o अत्यधिक थकान या ऊर्जा अभाव
समाजिक लक्षणहरू
o आत्म-संकोच र अरूसँग सम्बन्ध नबनाउने
o असुरक्षित महसुस गर्ने
o सामाजिक मञ्चमा सहभागिता गर्न डराउनु

उपचार विधि
 सुरक्षित र स्थिर वातावरण सिर्जना गर्ने
 स्पष्ट रूपमा माया र आत्मीयता देखाउने
 विश्वास पुनःस्थापित गर्ने (Attachment Repair)
 भावनात्मक अभिव्यक्तिको अवसर दिने
 मनोवैज्ञानिक विमर्श र चिकित्सा सहायता दिने
 मनोवैज्ञानिक थेरापि सहयोग
 पारिवारिक र सामाजिक समर्थन प्रणाली निर्माण गर्ने
 ध्यान र विश्राम अभ्यास
 शारीरिक स्वास्थ्यको ध्यान दिने
 सकारात्मक सोच र आत्म-सम्मान वृद्धि गर्ने

आफुमा लक्षण देखिएमा सर्वप्रथम आफैले आफुलाई स्वयम हेरचारको माध्यमबाट उपचार गर्ने, आफुले आफेलाई सहयोग गर्न नसकेको अवस्थामा मनोसामाजिक विमर्शकर्ता वा मनोविज्ञको सहयोग लिन सकिन्छ ।

We don’t need a calendar to remind us that our mental health matters.It matters every day — in how we speak to ourselves...
01/06/2025

We don’t need a calendar to remind us that our mental health matters.

It matters every day — in how we speak to ourselves, how we show up for others, and how gently we allow ourselves to grow.

Even the smallest act of self-kindness is a powerful step toward healing.

You don’t have to be perfect.
You don’t have to be “fixed.”
You only have to be willing to keep showing up for yourself, with love, compassion, and care. 💛

Save this as your reminder that your mental health is worth protecting all year long — and share it with someone who might need this gentle nudge today. 🌿


चिन्ता (Anxiety) निको हुन्छ?"Evidence-Based Analysis"चिन्ताको संक्षिप्त परिचय:चिन्ता एक सामान्य मनोवैज्ञानिक प्रतिक्रिया...
30/05/2025

चिन्ता (Anxiety) निको हुन्छ?
"Evidence-Based Analysis"

चिन्ताको संक्षिप्त परिचय:
चिन्ता एक सामान्य मनोवैज्ञानिक प्रतिक्रिया हो, तर जब यो अत्याधिक, दीर्घकालीन र दैनिक जीवनमा असर पार्न थाल्छ, तब यसलाई Anxiety Disorder भनिन्छ।

यसका प्रमुख रूपहरूमा:
Generalized Anxiety Disorder (GAD)
Panic Disorder
Social Anxiety Disorder (SAD)
Obsessive Compulsive Disorder (OCD)
Phobia आदि

के Anxiety पूरै निको हुन्छ?
हो, चिन्ता उपयुक्त उपचार र अभ्यासमार्फत धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ र धेरै मानिसहरूमा पूरै निको पनि हुन्छ। निम्न पाँचवटा प्रख्यात अध्ययन तथा समीक्षा (Literature Reviews) बाट यस कुराको पुष्टि हुन्छ।............

१. Hofmann, Asnaani, Vonk, Sawyer, & Fang (2012)

Title: The Efficacy of Cognitive Behavioral Therapy: A Review of Meta-analyses

पुनरावलोकनको मुख्य निष्कर्षहरू:
CBT ले चिन्ताका विकारमा ६०–८०% सम्म सुधार ल्याउने देखिएको छ।

CBT को प्रभाव दीर्घकालीन हुन्छ।

Panic Disorder, GAD, SAD र PTSD मा यो अत्यधिक प्रभावकारी छ।
............

२. Bandelow, Michaelis & Wedekind (2017)

Title: Treatment of anxiety disorders: Current treatment options and future perspectives
सारांश:

SSRI (जस्तै Sertraline, Escitalopram) र SNRI औषधिहरू चिन्ताका लागि प्रथम रोजाइका औषधीहरू हुन्।

औषधी र CBT सँगै प्रयोग गर्दा प्रभावकारिता झनै बढ्ने देखिएको छ।
..........

३. Cuijpers et al. (2016)

Title: Psychological treatment of generalized anxiety disorder: A meta-analysis

मुख्य बुँदाहरू:
GAD को उपचारमा CBT, relaxation therapy र mindfulness based approaches को सकारात्मक प्रभाव छ।

औषधीको तुलनामा CBT को दीर्घकालीन प्रभाव बढी देखिन्छ।
...........

४. Goyal et al. (2014)

Title: Meditation programs for psychological stress and well-being: A systematic review and meta-analysis
मुख्य निष्कर्षहरू:

Mindfulness meditation ले चिन्ता, डिप्रेसन, र तनावमा मध्यम स्तरको सुधार ल्याउने प्रमाण भेटिएको छ।

ध्यान (MBSR) ले चिन्ता घटाउन औषधीको विकल्प/पूरक रूपमा काम गर्छ।
.............

५. Stubbs et al. (2017)

Title: Anxiety and physical activity: A systematic review and meta-analysis

निष्कर्ष:
हप्तामा कम्तीमा ३–५ दिन ३० मिनेटको व्यायामले चिन्ताको लक्षणहरूमा स्पष्ट कमी ल्याउँछ।

व्यायामले मस्तिष्कमा "feel-good chemicals" (जस्तै endorphin) बढाउँछ।
........

निष्कर्ष (Conclusion):

Anxiety वा चिन्ता पूर्णरूपमा निको हुन सक्छ, विशेषतः CBT, औषधी, ध्यान र जीवनशैली सुधारको संयोजनले।

यी सबै उपचारहरूमा वैज्ञानिक आधार छ र साहित्यिक समीक्षा (literature review) द्वारा प्रमाणित गरिएका छन्।

छिटो पहिचान, सही उपचार र नियमित अभ्यास नै दीर्घकालीन सफलताको उपाय हो।

DEPRESSION (डिप्रेशन) का केहि लक्षणहरु            NEGATIVE BELIEFS (नकारात्मक विश्वासहरू)1. म राम्रो छैन। (I am not good...
23/05/2025

DEPRESSION (डिप्रेशन) का केहि लक्षणहरु






NEGATIVE BELIEFS (नकारात्मक विश्वासहरू)
1. म राम्रो छैन। (I am not good enough.)
2. म माया गर्न योग्य छैन। (I am unlovable.)
3. म जहिले पनि असफल हुन्छु। (I always fail.)
4. अरू मानिसहरू मबाट निराश छन्। (Others are disappointed in me.)
5. मेरो जीवनको कुनै अर्थ छैन। (My life has no meaning.)
6. म खुशी हुने लायक छैन। (I don’t deserve to be happy.)
7. म केही परिवर्तन गर्न सक्दिन। (I can’t change anything.)

COMMON DISTORTIONS ( सामान्य संज्ञानात्मक विकृति)
1. सबै वा केही पनि होइन सोचाइ (All-or-nothing thinking)
– “यदि म उत्कृष्ट होइन भने म असफल पूर्ण नै हुँ।”
("If I'm not perfect, I'm a total failure.")

2. मानसिक फिल्टर (Mental filter)
– सकारात्मक कुरा छाडेर नकारात्मक कुरामा मात्र ध्यान केन्द्रित गर्ने।
(Focusing only on the negative and ignoring the positive.)

3. निष्कर्षमा हान्ने (Jumping to conclusions)
– प्रमाण नहुँदै पनि नकारात्मक निष्कर्ष निकाल्ने।
(Drawing negative conclusions without evidence.)

4. आफैंलाई दोष दिने (Personalization)
– जुनसुकै नकारात्मक घटनाको दोष आफैंलाई दिने।
(Blaming yourself for things beyond your control.)

5. भविष्यवाणी गर्ने (Fortune-telling)
– “यो कहिल्यै सुधार हुँदैन।”
("This will never get better.")

6. भावनात्मक तर्क (Emotional reasoning)
– “म आफूलाई निराश महसुस गर्छु, त्यसैले म बेकामे ब्यक्ती हो ।”
("I feel worthless, so I must be worthless.")

7. लेबलिङ्ग गर्ने (Labeling)
– “म असफल व्यक्ति हुँ।”
("I am a failure.")

COMMON AUTOMATIC THOUGHTS
(सामान्य स्वतः उत्पन्न सोचहरू)
1. “म यसबाट बाहिर निस्कन सक्दिन।”
("I can’t get out of this.")

2. “म निरर्थक छु।”
("I am useless.")

3. “अरू मसँग बस्न चाहँदैनन्।”
("People don’t want to be around me.")

4. “जति प्रयास गरे पनि केही फरक पर्दैन।”
("No matter what I do, nothing changes.")

5. “म जहिले पनि गल्ती गर्छु।”
("I always mess things up.")

6. “म आफैंलाई घृणा गर्छु।”
("I hate myself.")

7. “सबै कुरा बिग्रिएको छ।”
("Everything is messed up.")

COMMON FEELINGS (सामान्य भावनाहरू)
1. दुःखी (Sad)
2. निराश (Hopeless)
3. आत्मग्लानी (Guilty)
4. थकित (Tired/exhausted)
5. एक्लो (Lonely)
6. तनावग्रस्त (Stressed)
7. निरुत्साहित (Discouraged

MALADAPTIVE BEHAVIORS ( बेमेल व्यवहारहरू)
1. समाजबाट अलग हुने (Social withdrawal)
2. निद्रा अत्यधिक वा कम हुनु (Sleeping too much or too little)
3. खाना नखाने वा धेरै खाने (Loss of appetite or overeating)
4. काम वा पढाइमा रुचि गुमाउनु (Loss of interest in work/study)
5. नियमित काम नगर्नु (Neglecting responsibilities)
6. आत्म-आलोचना गर्नु (Excessive self-criticism)
7. जोखिमपूर्ण व्यवहार गर्नु (Engaging in risky or self-destructive behavior)

मानसिक स्वास्थ्य बारे सर्वोच्चको ऐतिहासिक फैसला !
26/04/2025

मानसिक स्वास्थ्य बारे सर्वोच्चको ऐतिहासिक फैसला !

काठमाडौं । सर्वोच्च अदालतले मानसिक समस्याको निःशुल्क उपचार गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । पछिल्लो सम....

22/04/2025

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वय....

📍  As we get older our goals get smaller. And that is a good thing. They also become easier to achieve and realize.✨ Yet...
16/04/2025

📍 As we get older our goals get smaller. And that is a good thing. They also become easier to achieve and realize.

✨ Yet all of the individuals in the series had something that they wanted. In place of the long-range aspirations of younger times, they looked forward to smaller pleasures within reach

🎈We can find meaning in the smallest of moments if we look for it and make a point of creating it
widely used, called “Installing the good” or sometimes “Taking in the good.” It helps us to find ways to give more attention to the good. I use the following technique:

🎀 The Three Steps of Taking in the Good

🎈Identify a positive experience or memory. Or meaningful
Enrich it. Savor it. Think about it. Repeat it over and over in your mind.
Absorb the experience. Sink into it and let it sink into you. Soak it in. Feel it in your body, visualize it in your mind, let it become part of you.

👉️ Share your experience here in the comment below.

Worth reading❤️Sperms carry the scars of stress experienced by father.
15/04/2025

Worth reading❤️

Sperms carry the scars of stress experienced by father.

"Your childhood could echo through your children’s DNA.

In the year 2025, a startling discovery shook the foundations of how we understand heredity—not in genes, but in the ghosts that haunt them.

A study published in Molecular Psychiatry found that a father's early-life stress can leave molecular scars on his s***m, potentially influencing how his children’s brains develop. Welcome to the world of epigenetics, where trauma can be passed down—not in broken chromosomes, but in silenced genes and rewired expressions.

Researchers examined s***m samples from 58 men, mostly in their late 30s to early 40s, comparing their epigenetic markers—chemical tags that act like dimmer switches for genes. Those who had endured higher levels of childhood stress showed measurable, lasting changes in their s***m’s epigenetic profile, particularly in DNA methylation (which can silence or activate genes) and noncoding RNAs tied to brain development. One of the small RNA molecules they found had already been linked to neurodevelopmental outcomes in mice.

Even after controlling for adult habits like smoking and drinking, the biological echoes of childhood stress remained deeply embedded in the s***m—silent whispers encoded into the body’s future blueprint.

And while these findings don’t yet confirm whether such changes directly impact children, the implications are profound. What if a father’s early pain could subtly influence his baby’s neural pathways? What if resilience or vulnerability begins before conception?

This isn’t just about mental health anymore—it’s molecular legacy.

Scientists caution: more research is needed before definitive claims can be made. But the idea that emotional experiences from decades ago might influence unborn generations is both haunting and deeply human.

The body remembers.
Even in the cells that carry us forward."

Address

Kathmandu

Telephone

+9779851232507

Website

Alerts

Be the first to know and let us send you an email when Virohana Psychosocial Counseling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Virohana Psychosocial Counseling:

Share