Dr. Arjun Hari Rijal, Periodontist and Oral Implantologist

Dr. Arjun Hari Rijal, Periodontist and Oral Implantologist Periodontist, Implantology, Esthetic dentistry
गिजारोग तथा कृत्रिम दाँत प्रत्यारोपण विशेषज्ञ

फुटपाथ बनाउँदा न्युरोडको ईतिहास मेटिन्छ : चिनिकाजी महर्जनतर न्युरोडको ईतिहास पार्किङ गरेर बाटो छेकेर पैसा असुल्ने गरेको!...
08/06/2024

फुटपाथ बनाउँदा न्युरोडको ईतिहास मेटिन्छ : चिनिकाजी महर्जन

तर न्युरोडको ईतिहास पार्किङ गरेर बाटो छेकेर पैसा असुल्ने गरेको!

बाटो ढाकेर पार्किङ्ग गरेर पैसा असुल्दा ईतिहास नमिटिने तर जनतालाइ हिड्ने फुटपाथ बनाउँदा ईतिहास मेटिने : बालेन

न्युरोड घटनाको भित्री कुराहरु यो पो रैछ त 👏👏

B***n Vs KP Oli or UML - whatever is seen up front is not the real reason. Reason is hidden deep inside. , , ...

Top 5 Japanese Techniques to Overcome Laziness: 1. IkigaiDiscover your purpose in life.Determine the reason you wake up ...
07/07/2023

Top 5 Japanese Techniques to Overcome Laziness:

1. Ikigai

Discover your purpose in life.

Determine the reason you wake up each morning.

Choose something that aligns with your strengths, passions, and the needs of the world.

This is what gives life meaning.

2. Kaizen

Focus on small improvements every day.

You don’t have to do everything at once, just aim to progress little by little.

3. Pomodoro Technique

Work for 25 minutes, take a break for 5, then repeat.

This helps you stay focused and avoid burnout.
It’s a game-changer for productivity!

4. Hara Hachi Bu

Don’t stuff yourself!

Eat until you’re 80% full and you’ll feel more energized throughout the day.

Plus, you won’t have to unbutton your pants after lunch.

5. Shoshin

Approach tasks with a beginner’s mindset. Don’t worry about being perfect or having all the answers.

Just be open to learning and trying new things.

Here’s the best part —
You don’t need to learn ALL these techniques at once.

Just focus on getting a tiny bit better every day (Kaizen)

While staying positive in your journey. (Shoshin)

27/06/2023

मझौला माछाहरु त भकाभक समातिइरहेका छ्न्। हेरौ जालिमा ठुला ठुला माछा पनि पर्छन कि! 🤔🤔

24/06/2023

नेपाली समाज हरिवंश आचार्य लगायत कैयौं "महापुरुष"को कल्पना गर्दछ। बिना कुनै आग्रह/पुर्वाग्रह यी सबै व्यक्तिहरुको दोश्रो बिवाह सजिलै ग्रहण पनि गर्दछ।
तर, एक आमा जसले आफ्ना सन्तानहरुलाइ देशकै चर्चित व्यक्तिहरुको रुपमा स्थापित गर्द्छिन। तिनैको दोश्रो बिवाहलाइ "ट्रोल" गर्दछ।
हामी अनि हाम्रो समाजको द्वैध चरित्रलाइ कसरी लिने?
हाम्रो पुस्ता/हाम्रो समाज कता जादैछ?
#सोच_परिवर्तन #हाम्रो_पुस्ता

गिजासम्बन्धि रोगहरुबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो बानीमा परिवर्तन ल्याउनु नै हो। नियमित रुपमा दाँत तथा गिजाको ख्याल,...
17/08/2022

गिजासम्बन्धि रोगहरुबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो बानीमा परिवर्तन ल्याउनु नै हो। नियमित रुपमा दाँत तथा गिजाको ख्याल, नियमित रुपमा चिकित्सकसँग परामर्स र चिकित्सकको सल्लाहबमोजिमको कार्य गरेमा रोगहरुबाट बच्नसकिन्छ। “स्वस्थ दाँत, स्वस्थ मुख नै स्वस्थ शरीरको उद्गम विन्दु” यसलाई मुल मन्त्रको रुपमा पालना गरौँ। स्वस्थ रहौँ, खुसी रहौँ सुखि रहौँ।

गिजासम्बन्धी रोगहरुबाट बच्ने उपायहरु, भाग-२-Powered ब्रसहरुको प्रयोग पनि गर्न सकिन्छ।-जिब्री वा ब्रसको पछाडिको भागले बिस...
16/08/2022

गिजासम्बन्धी रोगहरुबाट बच्ने उपायहरु, भाग-२

-Powered ब्रसहरुको प्रयोग पनि गर्न सकिन्छ।

-जिब्री वा ब्रसको पछाडिको भागले बिस्तारै बिस्तारै नियमित रुपमा जिब्रोको सफा गर्नुपर्दछ।

-खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ। दाँतमा टाँसिने खानेकुराहरुको प्रयोग एकदमै कम गर्नुपर्दछ। साथै गुलिया खानेकुराहरुको खपत पनि कम गर्नुपर्दछ।

-चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ।

-शरिरमा मधुमेहजस्तो किसिमका रोगहरु छ भने गिजासम्बन्धि समस्याहरु आउन नदिन विशेष ध्यान दिनुपर्दछ।

-गिजा स्वस्थ राख्नको निम्ति भिटामिन सि युक्त फलफुलहरुको नियमित सेवन गर्नुपर्दछ।

-कम्तिमा पनि वर्षको दुईपटक (६/६ महिनाको फरक) एन एम सि दर्तावाला (NMC Registered) दन्तचिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्दछ। साथसाथै सफा गराउने गर्नुपर्दछ।

गिजासम्बन्धी रोगबाट बच्ने उपायहरु, भाग-१बच्ने उपायहरुः-दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने...
15/08/2022

गिजासम्बन्धी रोगबाट बच्ने उपायहरु, भाग-१

बच्ने उपायहरुः

-दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्दछ। दाँत माझ्नको लागि प्रयोग गरिने बुरुसको अवस्था पनि ख्याल राख्नु पर्दछ। विगत ३/४ महिना देखि एउटै बुरुस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ बुरुस किनेर प्रयोग गर्नुपर्दछ। साथसाथै फ्लोराइडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउने गर्दछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाईसकेपछि राम्रो सँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिदैन।

-दाँतको बिच बिचमा रहेका फोहोरहरु ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।

14/08/2022

गिजासम्बन्धी रोगको उपचार विधि!

१, अनुभवि दन्तचिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परामर्ष गराउने साथसाथै मेसिनको सहायताद्वारा दाँतको सफा गराउने। आवश्यक परेको खण्डमा औषधिहरु तथा माउथवासको पनि प्रयोग गर्ने। रोगले ग्रस्त भएको गिजा सामान्य अवस्थामा आउनको लागि कम्तिमा पनि १ महिनाको समय लाग्दछ।

२, दाँत सफा गरिसकेपछि दाँतको झन्झनाहटको मात्रा बढ्दै जान सक्दछ, यो सामान्य हो। यसलाई कम गर्नको निम्ति मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ। साथसाथै धेरै समय सम्म यो समस्या रहेमा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ। डिसेन्सिटाइजिङ पेस्टहरु २/३ महिना भन्दा लामो समयको लागि प्रयोग गर्नु हुँदैन। अझै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्दछ।

३,शरिरमा कुनै पनि किसिमको रोगहरु(मधुमेह, मुटुसम्बन्धि रोग, रगतसम्बन्धि रोग आदि) लामो समयदेखि औषधिको सेवन तथा अन्य कुनै समस्या भएमा दन्तचिकित्सकलाई जानकारी गराउनु पर्दछ। दन्तचिकित्सकको सहयोगमा अन्य चिकित्सकको सल्लाह लिएर मात्रै उपचार अगाडि बढाउनु पर्दछ।

४, गिजासम्बन्धि जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नु पर्ने हुनसक्छ। गिजाको साइज एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको आदि अवस्थाहरुमा शल्यक्रिया गर्नुपर्छ। यसको लागि विशेषज्ञ चिकित्सकसँग परामर्ष गर्नुपर्दछ।

गिजासम्बन्धी रोगका लक्षणहरुः१, दन्तहर्षा (Gingivitis)मा गिजाको रङ्ग बिस्तारै बदलिदै रातो हुनु, गिजामा चलाउँदा, ब्रस गर्द...
13/08/2022

गिजासम्बन्धी रोगका लक्षणहरुः

१, दन्तहर्षा (Gingivitis)मा गिजाको रङ्ग बिस्तारै बदलिदै रातो हुनु, गिजामा चलाउँदा, ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा आफैँ पनि रगत आउनु, गिजा सुन्निदै जानु।

२, पायोरिया (periodontitis) : गिजाको संङ्क्रमण फैलिदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरुमा पनि समस्या देखिन्छ। जसका लक्षणहरु निम्न हुनसक्छनः

-गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु जसले गर्दा दाँतको लम्बाई बढेको अनुभव हुनु

-दाँत हल्लिनु तथा दाँतहरुको बिचको दुरि बढ्दै जानु

-दाँत र गिजाको बिचबाट पिप आउनु

-मन्द तरिकाले लामो समयसम्म दुखिरहनु

-लामोसमय सम्म सधैँ मुखबाट गन्ध आउनु

-पहिलेको जसरि मुख बन्द गर्दा दाँत नमिल्नु वा चपाउँदा नमिल्नु

-पहिलेदेखि लगाईरहेको कृत्रिम दाँत नमिल्नु

३, छारे रोग, उच्चरक्तचाप जस्तासमस्याहरुको लागि खाईरहेको औषधिको कारणले गर्दा गिजाको साइज क्रमशः बढ्दै जानु।

४, दाँतको झन्झनाहटको मात्रा बढ्दै जानु।

रक्षाबन्धनको सबैलाइ शुभकामना 🙏🙏
12/08/2022

रक्षाबन्धनको सबैलाइ शुभकामना 🙏🙏

गिजासम्बन्धी रोगका कारणहरु!-हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दातको सतहमा एककिसिमक...
11/08/2022

गिजासम्बन्धी रोगका कारणहरु!

-हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दातको सतहमा एककिसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केहि सेकेन्डमा नै पातलो तह बन्दछ। यस प्रक्रिया २-४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्तेलेउमा परिवर्तन हुन्छ। यहि दन्तेलेउनै गिजा सम्बन्धिको समस्याको मुल कारण हो। यदि दन्तेलेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्तेपत्थरमा बदलिन्छ। जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरिरको बिभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ। उक्त दन्तेपत्थरले अझै धेरै दन्तेलेउ जम्मा गराउन मद्दत गर्दछ। जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ।

-गिजासम्बन्धि समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ नै हो। दाँतमा दन्तेलेउ जम्मा हुन विभिन्न कुराहरुले सहयोग गरिरहेको हुन्छ। जस्तैः बाङ्गोटिङ्गो भएर नमिलेको दाँत, दात मिलाउन तार बाँध्ने उपचार, बाङ्गो तरिकाले आएको बुद्दि बङ्गारा अनि त्यसलाई निकाल्न गरिने उपचार, कृतिम दाँतहरु, किराले खाएको ठाउँमा भरिएका फिलिङ्हरु, आदि।

– धुवाँरहित र सहितका सुर्तिजन्य पदार्थ, टुथपिकको अनावस्यक प्रयोग।

-शरिरमा भएका बिभिन्न रोगहरु जस्तैः मधुमेह, रगतसम्बन्धि विभिन्न समस्याहरु,हर्मोनल गडबडि आदि जसले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ।

-विभिन्न किसिमका औषधिहरुको सेवनको कारणले गिजाको साईज बढ्न सक्छ।

-दन्तसेवाको निम्ति कम समय वा कम पटक दन्तचिकित्सककोमा जानु।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779815037039

Alerts

Be the first to know and let us send you an email when Dr. Arjun Hari Rijal, Periodontist and Oral Implantologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Arjun Hari Rijal, Periodontist and Oral Implantologist:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram