Aginchok health post

  • Home
  • Aginchok health post

Aginchok health post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aginchok health post, Medical and health, .

विविध स्वास्थ्य क्रियाकलाप हरुमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका को भुमिका,स्वस्थ्य समाज निर्माणमा सहभागीता।।भन्न...
05/12/2024

विविध स्वास्थ्य क्रियाकलाप हरुमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका को भुमिका,
स्वस्थ्य समाज निर्माणमा सहभागीता।।
भन्ने मुल नाराको साथ २१ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस २०८१ मनाइयो 🙏

28/08/2024

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।
अनुरोधक:
अगिन्चोक स्वास्थ्य चौकी

यस आगिन्चोक स्वास्थ्य चाैकी मा कार्यरत सि. अ.न.मि. दिदी डाल कुमारी बुर्लाकोटी सहायक पाचाै तह बाट अधिकृत छैटाै तहमा स्तरब...
09/01/2023

यस आगिन्चोक स्वास्थ्य चाैकी मा कार्यरत सि. अ.न.मि. दिदी डाल कुमारी बुर्लाकोटी सहायक पाचाै तह बाट अधिकृत छैटाै तहमा स्तरबृदी हुनुभएकाेमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछाै ।
स्वास्थ्य चाैकि परिवार

त्रिपुरासुन्दरी गा.पा.वडा नं ६ को योजना दीर्घ रोगी हरुलाई निःशुल्क औषधि वितरण अन्तर्गत आगिन्चोक स्वास्थ्य चौकी बाट दीर्घ...
12/12/2022

त्रिपुरासुन्दरी गा.पा.वडा नं ६ को योजना दीर्घ रोगी हरुलाई निःशुल्क औषधि वितरण अन्तर्गत आगिन्चोक स्वास्थ्य चौकी बाट दीर्घरोगीहरु लाई निःशुल्क औषधि वितरण कार्यक्रम सुरुवात गर्नु हुँदै वडा अध्यक्ष हरिबहादुर वि.क र वडा सदस्य नन्द प्रसाद थपलिया ज्यू।

आँखा शिविर सञ्चालन हुने सूचना  ।।
17/09/2022

आँखा शिविर सञ्चालन हुने सूचना ।।

11/09/2022

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

आगिन्चोक स्वास्थ्य चौकी
त्रिपुरासुन्दरी ६ धादिङ्ग

५ बर्ष देखी ११ बर्ष सम्मका बालबालिका हरूलाई कोभिड १९ बिरूद्वको फाइजर खोप मिति २०७९|५|५ गते देखी २०७९|५| ८ गते सम्म सञ्चा...
20/08/2022

५ बर्ष देखी ११ बर्ष सम्मका बालबालिका हरूलाई कोभिड १९ बिरूद्वको फाइजर खोप मिति २०७९|५|५ गते देखी २०७९|५| ८ गते सम्म सञ्चालन हुने भयकोले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का ५ देखी ११ बर्ष सम्मका सम्पूर्ण बालबलीका हरूलाई खोप लगाउनु हुन अनुरोध छ।
खोप केन्द्र सञ्चालन हुने विद्यालयको नाम:
*भिमोदय मा.वि गोलाङ। २०७९/०५/०५
*सगमाथा आ.वि। २०७९/०५/०६
* जलेश्वरी आ.वि। २०७९/०५/०६
*बालवाटिका बोर्डिङ्ग। २०७९/०५/०६
*सुन्दरी मा.वि। २०७९/०५/०७
*निर्सिङ आ.वि। २०७९/०५/०७
*स्वास्थ्य चौकी २०७९/०५/०८

जानकारी को लागि अगिन्चोक स्वास्थ्य चौकी
सम्पर्क नं ९८६२७३७३२१

PNC visit  # #Birta Gau
09/08/2022

PNC visit # #
Birta Gau

सूचना! सूचना!! सूचना!!!
14/07/2022

सूचना! सूचना!! सूचना!!!

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं!!
24/06/2022

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं!!

सम्पूर्ण त्रिपुरासुन्दरी-६ वडावासीहरु,नमस्कार,यहि चैत्र २५ देखि २९ गते सम्म १५ महिना देखि १५ वर्ष सम्मका वालवालिकाहरुलाई...
03/04/2022

सम्पूर्ण त्रिपुरासुन्दरी-६ वडावासीहरु,
नमस्कार,
यहि चैत्र २५ देखि २९ गते सम्म १५ महिना देखि १५ वर्ष सम्मका वालवालिकाहरुलाई टाईफाईड राेग विरुद्धको खाेप दिने राष्ट्रिय अभियानमा ताेकिएकाे खाेप केन्द्र विद्यालय वा स्वास्थ्य संस्थामा खाेप लगाउने कार्यमा आवश्यक समन्वय, सहयाेग र प्रचार प्रसार गरि दिनु हुन सबै सराेकारवालाहरुमा हार्दिक अनुराेध गर्दछु ।
अनुराेधक:
तेजकुमार ओली
अगिन्चोक स्वास्थ्य चौकी प्रमुख
त्रिपुासुन्दरी गाउँपालिका-६ धादिङ ।

Address

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Aginchok health post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram