Government Radiography Association, Nepal "Go-RAN"

Government Radiography Association, Nepal "Go-RAN" Go-RAN: Government Radiography Association, Nepal
सरकारी रेडियोग्राफी संघ, नेपाल

यस उपलब्धिलाई सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले पेसाको आत्मसम्मान, पहिचान र भविष्यको ऐतिहासिक विजयको संज...
26/06/2025

यस उपलब्धिलाई सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले पेसाको आत्मसम्मान, पहिचान र भविष्यको ऐतिहासिक विजयको संज्ञा दिएका छन्।
‘यो केवल एउटा प्रशासनिक निर्णय होइन, यो रेडियोग्राफी पेसाको आत्मसम्मान, पहिचान र भविष्यका लागि गरिएको सङ्घर्षको ऐतिहासिक विजय हो। देशभरका अस्पतालहरूमा खटिएका हाम्रा साथीहरू जसले कालो पट्टी लगाएर शान्तिपूर्ण तर अत्यन्त प्रभावशाली रूपमा काम गरिरहनुभयो। म तपाईंहरूको आँखा, पीडा, समर्पण र आशालाई सम्झन्छु। तपाईंहरूको ऐक्यबद्धता नै आजको सफलताको मेरुदण्ड हो। यो विजय हरेक कार्यरत रेडियोग्राफरको हो, हरेक विद्यार्थीको हो, र हरेक त्यो आवाजको हो जसले ‘हामी पनि महत्त्वपूर्ण छौं’ भन्ने सन्देश दिन हिम्मत गर्‍यो।’ उनले भने।

पेसागत मागहरू सम्बोधनका लागि आन्दोलनरत रेडियोग्राफरहरूले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन...

📸 संयुक्त प्रेस विज्ञप्ति — रेडियोग्राफी क्षेत्रको ऐतिहासिक जीत!              सरकारी रेडियोग्राफी संघ, नेपाल            ...
26/06/2025

📸 संयुक्त प्रेस विज्ञप्ति — रेडियोग्राफी क्षेत्रको ऐतिहासिक जीत!
सरकारी रेडियोग्राफी संघ, नेपाल
नेपाल रेडियोलोजिकल सोसाइटी

रेडियोग्राफी पेशाको दीर्घकालीन पहिचान, गरिमामय स्थान र न्यायोचित पदोन्नतिको सुनिश्चितताका लागि गरिएको हाम्रो संस्थागत संघर्ष आज एक ऐतिहासिक उपलब्धिमा परिणत भएको छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न औपचारिक सम्वादपछि, ओएनएम (ONM) संशोधनमा रेडियोग्राफी क्षेत्रका मुख्य मागहरू समावेश गरिने स्पष्ट प्रतिबद्धता प्राप्त भएको छ।
यसै सन्दर्भमा दुबै संस्थाका अध्यक्षद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ।

🙏 हामी यस सफलताको मूल आधार — देशभरका सम्पूर्ण रेडियोग्राफी पेशाकर्मी, विध्यार्थीहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको अविचल ऐक्यबद्धता, संघर्षशील भावना र एकताले नै यो सम्भव बनाएको छ|
🌟 विशेष धन्यवाद:
🔹 माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूलाई,
🔹 स्वास्थ्य सचिव डा. विकास देवकोटा ज्यूलाई,
🔹 तथा स्वास्थ्य मन्त्रालयका सम्पूर्ण सरोकारवाला जसको सकारात्मक पहल र संवादमैत्री भूमिकाले समाधानको ढोका खोल्न सहयोग पुर्‍यायो।

साथै, हाम्रो आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएका सम्पूर्ण सञ्चारकर्मीहरू, पेशागत संघ–संस्था, सरोकारवाला निकायहरू तथा शुभेच्छुहरूप्रति विशेष आभार प्रकट गर्दछौं।

🔔 अबदेखि सबै आन्दोलनका कार्यक्रमहरू औपचारिक रूपमा फिर्ता गरिएको जानकारी गराउँदै, सम्पूर्ण रेडियोग्राफी पेशाकर्मीहरूलाई उत्साहपूर्वक पुनः नियमित कार्यमा फर्कन हार्दिक अनुरोध गर्दछौं।

हाम्रो आन्दोलनप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको एक्यबद्धताका लागि हार्दिक धन्यवादहामी हाम्रो आन्दोलनप्रति एक्यबद्ध...
25/06/2025

हाम्रो आन्दोलनप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको एक्यबद्धताका लागि हार्दिक धन्यवाद

हामी हाम्रो आन्दोलनप्रति एक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकोमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तपाईंहरूको साथ र एक्यबद्धताले हाम्रो आवाज अझ सशक्त र प्रभावशाली बनेको छ। रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरूको न्यायोचित माग पूरा गरिनेछ भन्ने हाम्रो दृढ विश्वास छ। आउँदा दिनहरूमा पनि यस्तै सहयोग र एक्यबद्धताका साथ अघि बढ्ने आशा लिएको छौं।
#धन्यवाद #राष्ट्रिय_स्वास्थ्यकर्मी_महासंघ #एक्यबद्धता #रेडियोग्राफरआन्दोलन

25/06/2025

सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले स्वास्थ्य र जनसंख्या मन्त्रालयको निरन्तर मौनता र उपेक्षाप्.....

24/06/2025
24/06/2025

स्वास्थ्य मन्त्रालयले हालै प्रस्तावित गरेको ‘ओएनएम’ विरुद्ध रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरू.....

23/06/2025

आफ्ना पेशागत मागहरूप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उदासीन बनेको भन्दै सरकारी रेडियोग्राफी संघले सडक आन....

23/06/2025

माननीय शक्ति बस्नेतज्यू Shakti Basnet
संसदमा हाम्रो आवाज बुलन्द बनाई स्वास्थ्य मन्त्रीज्यू समक्ष प्रत्यक्ष प्रश्न उठाई दिनुभएकोमा सरकारी रेडियोग्राफी संघ तपाईंप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ।

23/06/2025

वाह मन्त्रीज्यू!
आज संसदमा तपाईँले भन्नु भयो — “हरेक वर्ष २५०० जना स्वास्थ्य जनशक्ति थपिन्छन्।” तर प्रस्तावित ONM मा त २१०० जनामात्र छन्!
अब सोध्नैपर्छ — बाँकी ४०० जना त कहाँ हराए? अब त सहजै भन्न सकिन्छ — ४०० सीट त अझै खाली छ, होइन र मन्त्रीज्यू?
त्यसमा यिनै आन्दोलनरत, वर्षौंको सेवा अनुभव भएका रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरूलाई समेट्ने संशोधन किन नगर्ने? संशोधन गर्दा हजुरको भगवान् दर्जा त तल जाँदैन होला नि!
बरु एक ऐतिहासिक निर्णय गरेर स्वास्थ्य प्रणालीमा न्याय गरेकाले त्यो दर्जा अझ माथि नै चढ्ला।

गर्जन संसदमा मात्र होइन, नीति र दस्तावेजमा पनि देखिए राम्रो

केही दिनयता हामी लगातार माननीय उपप्रधान तथा अर्थमन्त्री, प्रधानमन्त्रीका जनसंपर्क सल्लाहकार, शिक्षा, स्वास्थ्य तथा सूचना...
23/06/2025

केही दिनयता हामी लगातार माननीय उपप्रधान तथा अर्थमन्त्री, प्रधानमन्त्रीका जनसंपर्क सल्लाहकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननिय सांसदज्यूहरू, स्वास्थ्य तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरू, सरोकारवाला निकायहरू तथा सम्बन्धित अधिकारीहरूसँग निरन्तर संवाद र छलफलमा छौं। अधिकांश स्थानबाट हाम्रो माग र एजेन्डाप्रति सकारात्मक संकेतहरू प्राप्त भएका छन्। हामीले यो अभियानका लागि अत्यन्त मेहनत गरिरहेका छौ ! केही बैठकहरू गोप्य प्रकृतिका भएकाले अहिले सार्वजनिकरूपमा सबै विवरण साझा गर्न सम्भव छैन। तर, सम्बन्धित उच्च अधिकारीहरूले यो विषयमा अवश्य गम्भीरतापूर्वक संवाद हुने आश्वासन दिएका छन्। हामी सकारात्मक नतिजाको आशामा छौं।

यसै सन्दर्भमा, अनौपचारिक भेटघाट र वार्ताको बहानामा आन्दोलन रोकिने हाम्रो अभ्यास होइन। हामी आन्दोलन जारी राखिरहेका छौं, किनभने हाम्रो आवाज केवल आश्वासनले होइन, ठोस कार्यान्वयनले मात्र थामिने हो| तपाईंहरूले देखाउनु भएको अपार साथ, समर्थन र ऐक्यबद्धताले हामीलाई थप ऊर्जावान बनाएको छ।
धन्यवाद!

#आन्दोलन_जारी_छ
#संवाद_र_संघर्ष_सँगसँगै
#स्वाभिमानयुक्त_व्यावसायिकता

23/06/2025

काठमाडौं । रेडियोग्राफी पेसाकर्मी पाँच दिनयता आन्दोलित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रस्ताव.....

Address

Kathmandu

Website

https://ijrrs.gran.org.np/

Alerts

Be the first to know and let us send you an email when Government Radiography Association, Nepal "Go-RAN" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Government Radiography Association, Nepal "Go-RAN":

Share