Nepal Aarogya Kendra

Nepal Aarogya Kendra Vedic lifestyle, Health Promotion, Healthcare & disease prevention

04/01/2025

जाडो महिनामा हृदयाघात (हार्ट अट्याक) बढी हुने कारणहरू धेरै छन्। यसका केही प्रमुख कारणहरू निम्नलिखित छन्:..........
१. तापमानको गिरावट:
जाडो महिनामा तापमान घट्दा शरीरलाई तापक्रम अनुकूल बनाउनका लागि बढी प्रयास गर्नुपर्ने हुन्छ। यसका कारण रगतको दबाव बढ्न सक्छ, र धमनीहरू संकुचित (constrict) हुन सक्छन्, जसले मुटुको काममा तनाव थप्छ। यदि कोरोनरी धमनी पहिले नै थोरै अवरुद्ध छन् भने, यो अवरोधलाई अझ गम्भीर बनाउन सक्छ र हृदयाघातको जोखिम बढाउन सक्छ।
२. अधिक तनाव:
जाडो महिनामा दिन छोटो र रात लामो हुँदा मानिसहरू बढी तनाव महसुस गर्न सक्छन्।
३. कम शारीरिक गतिविधि:
जाडो महिनामा चिसो मौसमले बाहिर जान र शारीरिक गतिविधि गर्नलाई कठिन बनाउँछ। यसका कारण शारीरिक गतिविधिको कमीले मुटुको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ। शारीरिक गतिविधिको कमीले वजन वृद्धि, उच्च रक्तचाप, र उच्च कोलेस्ट्रोलको जोखिम बढाउन सक्छ, जसले हृदयाघातको सम्भावना बढाउँछ।
४. मदिरा र अस्वस्थ खानेकुराको सेवन:
जाडो महिनामा मानिसहरूले प्रायः बढी मांसाहारी, चिल्लो र भुटे/तारेको खानेकुरा खाने र मादक पदार्थहरूको सेवन बढाउन सक्छन्। यी खानेकुराले कोलेस्ट्रोल स्तरलाई वृद्धि गर्न सक्छ र रक्तचापमा असर पार्न सक्छ, जसले हृदयाघातको जोखिम बढाउँछ।
५. रक्त जम्ने प्रवृत्ति:
जाडो महिनामा चिसो मौसमले रक्तको गाढापन (thickening) बढाउन सक्छ, जसको कारण रक्त ढिक्का बन्ने जोखिम बढ्न सक्छ। यसले कोरोनरी धमनीमा ढिक्का जम्न र हृदयाघातको कारण बन्न सक्छ।
६. श्वास सम्बन्धी समस्याहरू:
जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याहरू पनि बढ्न सक्छ, जसले मुटुको कार्यमा असर गर्न सक्छ। विशेष गरी ती व्यक्तिहरूमा जो पहिले नै हृदय रोगको जोखिममा छन्, जाडो महिनामा श्वासप्रश्वासको समस्याले हृदयाघातको जोखिम थप्न सक्छ।
७. विषाक्त हावा:
जाडो मौसममा प्रदूषणको स्तर पनि बढी हुनसक्छ, जसले हृदय र श्वासप्रश्वास प्रणालीमा नकरात्मक असर पुर्याउन सक्छ। प्रदूषणका कारण हृदयको मांसपेशीमा तनाव र रक्तचाप बढ्न सक्छ, जसले हृदयाघातको सम्भावना बढाउँछ।
यसरी जाडो महिनामा विभिन्न शारीरिक, मानसिक र वातावरणीय कारणहरूले हृदयाघातको जोखिम बढाउँछन्, र यसलाई ध्यानमा राखेर जाडो महिनामा सतर्क र सचेत हुनु जरुरी छ । स्वस्थ खाना, नियमित व्यायाम, नियमित जांच तथा औषधिको सेवन, तनाव न्यूनीकरण, प्रदुषणबाट बचावट आदिले हामीलाई हृदयघात रोकथाम गर्न मद्दत गर्दछ ।

09/10/2024

यसैपनि दशैंमा गरिष्ट भोजन हुन्छ ! दशैंअघिं सम्भव भएमा एकपटक, Blood Glucose, LFT, Lipid Profile जांच गर्नुहोला ! मधुमेह, कलेजो र कोलेस्टेरोलको अवस्था थाहा हुन्छ ! नर्मल रेन्ज नभए एकपटक चिकित्सकसंग परामर्श लिनुहोला ! जीवन अनमोल छ !

20/09/2023

निपाह भाइरस संक्रमणबारे सचेत बनौं, सरकारले एयरपोर्ट तथा सिमा नाकामा परिक्षणको ब्यबस्था गरोस् ....
भारतको केरलामा निपाह भाइरस संक्रमणको कारण दुइजनाको मृत्यु भएको छ भने ६ जनामा संक्रमण पुष्टि भएको छ | भारत सरकारले कन्ट्याक ट्रेसिंग बढाएको छ भने केरलामा स्कुल, कार्यालय आदि बन्द गरेको छ |
यो भाइरसको संक्रमण दर कम छ तर मृत्युदर भने ४० देखि ७० प्रतिशत रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR ) ले जनाएको छ | यो भाइरस फैलिनुको यकिन कारण पत्ता नलागे पनि चमेरोको पिशाब, र्याल आदि भालु, बंगुर वा फलफूलमा परेमा र त्यो मानिसमा सरेमा मान्छेबाट मान्छेमा फैलिन सक्छ |
WHO का अनुसार निपाह भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, पखाला लाग्ने, बान्ता हुने, शरीरका मांशपेशी दुख्ने, निकै कमजोरी हुने लगायतका लक्षण देखिन्छ |
यो भाइरस मस्तिष्कमा पुगेमा गम्भीर अवस्था हुन्छ |
यो भाइरसबाट हुने रोग भएकोले यसको खास उपचार तथा खोप छैन |

14/09/2023

आज बुबाको मुख हेर्ने दिन | सम्भव भएसम्म आफ्ना बुबाआमाको स्वास्थ्य जांच ( Doctor check, Lab test, Radiography test ) गरौँ ! काठमाडौ उपत्याकाको हकमा जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रिमियम प्याकेज र बाहिरको हकमा सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरौँ !
आज नभए यो हप्तामा गरौँ ! यो ठूलो उपहार हुनेछ |

02/07/2022

हामीले ३/३ महिनामा सवारी सर्भिसिंग गर्छौं तर आफ्नो स्वास्थ्य जांच र सर्भिसिंग गर्दैनौं ! ३० बर्ष माथिका हरेक व्यक्तिले कम्तिमा ६/६ महिनामा नजिकको सरकारी अस्पतालमा स्वास्थ्य जांच गरौँ ! सुरुमा रोग थाहा पाउनु सुरुमा उपचार गर्नु हो ! सुरुमा उपचार गर्नु सुरुमा रोग नियन्त्रण गर्नु हो !

25/06/2022

मधुमेहका बिरामीले आँप कति खाने ?
अहिले आँपको सिजन छ | आँपलाई फलको राजा पनि भनिन्छ | आँपमा निम्न लिखित पोषक तत्वहरु पाइन्छ | आँपमा क्यालोरी कम हुन्छ | ठिक्क मात्रामा खाँदा आँपले मधुमेह हुनबाट बचाउने धेरै अध्ययनले बताएका छन् | आँपमा पाइने पोलिफेनोल्सले एन्टि अक्सिडेन्टको काम गर्छ | आँपमा हुने folate, several B vitamins, as well as vitamins A, C, K, and E आदिले इम्युनिटी पावर बढाउँछ | आँपमा हुने magnesium, potassium, and the antioxidant mangiferin ले मुटुलाई फाइदा गर्दछ | आँपमा हुने digestive enzymes, water, dietary fiber, and other compounds ले पाचन शक्ति बढाउँछ | त्यस्तै यसमा हुने lutein, zeaxanthin, and vitamin A तथा Lutein र zeaxanthinआदिले आँखालाई फाइदा गर्दछ |
आँपमा हुने polyphenols may fight oxidative stress, which is linked to many health conditions, including colon, lung, prostate, breast, and bone cancers हुनबाट सुरक्षा गर्दछ |
तसर्थ मधुमेहका बिरामीले एकदम पाकेको आँप दिनमा १ वटा र ठिक्क पाकेको आँप दिनमा २ वटा सम्म खान सकिन्छ | २ वटा आँप खाएको दिन अन्य कार्बोहाइड्रेट कम गर्नुपर्दछ |

१६५ ग्राम आँपमा पाइने तत्वहरु
Calories: 99
Protein: 1.4 grams
Carbs: 24.7 grams
Fat: 0.6 grams
Fiber: 2.6 grams
Sugar: 22.5 grams
Vitamin C: 67% of the Daily Value (DV)
Copper: 20% of the DV
Folate: 18% of the DV
Vitamin B6: 12% of the DV
Vitamin A: 10% of the DV
Vitamin E: 10% of the DV
Vitamin K: 6% of the DV
Niacin: 7% of the DV
Potassium: 6% of the DV
Riboflavin: 5% of the DV
Magnesium: 4% of the DV
Thiamine: 4% of the DV

04/08/2021

के तपाइंलाई कोभिड ठिक भएपछि यी समस्या छन् ?
थकान, सास फेर्न गाह्रो, खोकी, छातीमा दुखाई, जोर्नीमा दुखाइ, स्मरण शक्ति / एकाग्रता तथा निद्रामा समस्या, दिक्क तथा फ्रस्टेट, चिन्ता, रिंगटा, जाँगरमा कमी, मुटुको धुकधुकी बढ्ने, नरमाइलो लाग्ने, टाउको तथा मांशपेशी दुख्ने, स्वाद र गन्ध नआउने, ज्वरो आएजस्तो लाग्ने, सुतिरहन मन लाग्ने, डर लाग्ने, दुर्बलता, पटकपटक बाथरुम जानुपर्ने, हातखुट्टा झमझमाउने ......आदि |
सम्पर्क :
मनोपरामर्श, पोषण परामर्श, ध्यान, ब्यायाम, योग आदिबाट नेपाल आरोग्य केन्द्रले सम्बन्धित परामर्शदाताबाट प्रभावकारी वेदिक प्याकेज निर्माण गरेर औषधिविनाको समाधान सुरु गरेको छ |
समस्या भए तलको ठेगानामा मेल गर्नुहोला |
Aarogyanpl.gmail.com

24/02/2021

कोभिड १९ भएर अझैसम्म निम्न लिखित समस्या देखिएको छ भने पूर्ण रुपमा निको हुनको लागि परामर्श सेवा आवश्यक हुन्छ | गुणस्तरीय जीवन, उत्साह, उमंग, शक्ति र पूर्ववत अवस्थामा फर्किनको लागि समस्या भएमा म्यासेन्जरमा लेख्नुहोला | औषधिबिना उपचार गर्नको लागि हामीसंग बिभिन्न परामर्श बिज्ञको ब्यबस्था छ |
• एकदम थकाई लाग्ने
• सास फेर्न गाह्रो हुने
• छाती दुख्ने / टाइट अनुभव हुने
• स्मरणशक्ति र एकाग्रतामा समस्या / बादल लागेजस्तो हुने
• निद्रा नलाग्ने
• मुटुको धड्कन बढ्ने
• रिंगटा लाग्ने
• शरीरमा घोंचेजस्तो लाग्ने
• जोर्नी दुख्ने
• डिप्रेसन र चिन्ता लाग्ने
• कान कराउने
• बिसंचो अनुभव हुनु, पखाला लाग्ने, पेट दुख्ने, खानामा अरुची हुने
• ज्वरो आएजस्तो लाग्ने, खोकी लाग्ने, घांटी बस्ने, स्वाद र गन्धमा फरक लाग्ने
• शरीरमा बिमिरा आउने
• डर लाग्ने, निरासा लाग्ने, रुचि कम हुने, जोश जाँगर नहुने आदि |

Address

Sitapaila
Kathmandu

Opening Hours

Monday 08:00 - 11:00
Tuesday 03:00 - 18:00
Wednesday 08:00 - 11:00
Thursday 15:00 - 18:00
Friday 08:00 - 11:00
Sunday 15:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Aarogya Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Aarogya Kendra:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram