GeT HealthieR

GeT HealthieR यस पेजमा खानपान, रोग , रोगको उपचार, स्वस्थ जिबवन शैलीको बरेमा जानकारी गराइन्छ।

05/01/2026
फर्सीको बियाँका फाइदाहरू१️. मुटु स्वास्थ्यका लागि लाभदायकफर्सीको बियाँमा म्याग्नेसियम, फाइबर र स्वस्थ बोसो पाइन्छ, जसले ...
03/01/2026

फर्सीको बियाँका फाइदाहरू

१️. मुटु स्वास्थ्यका लागि लाभदायक

फर्सीको बियाँमा म्याग्नेसियम, फाइबर र स्वस्थ बोसो पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

२️. प्रोस्टेट र मूत्र स्वास्थ्य सुधार

पुरुषहरूमा प्रोस्टेट ग्रन्थि स्वस्थ राख्न फर्सीको बियाँ निकै उपयोगी मानिन्छ। मूत्रसम्बन्धी समस्या कम गर्न पनि सहयोग गर्छ।

३️. मधुमेह नियन्त्रणमा सहयोग

यसमा भएको फाइबर र एन्टिअक्सिडेन्टले रक्तमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

४️. पेट र पाचन प्रणाली बलियो बनाउँछ

कब्जियत कम गर्छ, आन्द्रा सफा राख्छ र पाचन सुधार गर्छ।

५️. निद्रा राम्रो बनाउँछ

फर्सीको बियाँमा ट्रिप्टोफान नामक तत्व हुन्छ, जसले राम्रो निद्रामा सहयोग पुर्‍याउँछ।

६️. रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

जिंक र एन्टिअक्सिडेन्टले शरीरको इम्युन सिस्टम बलियो बनाउँछ।

७️. कपाल र छालाका लागि फाइदाजनक

कपाल झर्ने समस्या कम गर्न र छाला चम्किलो बनाउन मद्दत गर्छ।

🥄 फर्सीको बियाँ कसरी खाने?
✔️ १. काँचै वा भुटेर

हल्का भुटेर नुन नहाली खानु राम्रो हुन्छ। दिनमा १–२ चम्चा पर्याप्त हुन्छ।

✔️ २. भिजाएर खाने

रातभर पानीमा भिजाएर बिहान छिल्का हटाई चपाएर खान सकिन्छ।

✔️ ३. पाउडर बनाएर

सुकाएर पिसेर दुध, दही वा स्मुदीमा मिसाएर खान सकिन्छ।

✔️ ४. सलाद वा तरकारीमा

सलाद, दलिया, सुप वा तरकारीमा छर्केर खान सकिन्छ।

⚠️ ध्यान दिनुपर्ने कुरा

धेरै खाँदा पेट फुल्ने वा ग्यास हुन सक्छ

गर्भवती वा कुनै रोग भएकाले नियमित सेवन अघि चिकित्सकको सल्लाह लिनु राम्रो

सख्खर खानुको फाइदाहरुस्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ।दमः सख्खर र कालो तिलको लड्डु खाँ...
03/01/2026

सख्खर खानुको फाइदाहरु

स्वर भास्सिनुः सख्खरसँग पकाएको भात खाँदा स्वर भास्सिएको निको हुन्छ।
दमः सख्खर र कालो तिलको लड्डु खाँदा जाडोमा दम बढ्न दिँदैन।
रुघाखोकी र कफ जम्नुः रुघाखोकी र कफ जमेमा सख्खर पगालेर खाँदा फाइदा हुन्छ।
कान दुखेमाः सख्खर र घिउ मिलाएर खाँदा कानको दुखाई ठिक हुन्छ।
ग्यास्ट्रिकः खाना खाइसकेपछि सख्खर खाएमा पेटमा ग्याँस जम्मा हुन पाउँदैन्।
जन्डिसः पाँच ग्राम अदुवा, दश ग्राम सख्खर खाँदा जन्डिसलाई फाइदा पुग्छ। सख्खरको हलुवा खाँदा स्मरण शक्ति पनि बढ्छ।
महिलाको तल्लो पेट दुख्ने कमः सख्खरको नियमित सेवनले महिनावारीको समयमा हुने पेट दुखाईको समस्या ठिक हुन्छ। शरिरमा आइरनको मात्रा पनि बढाउँछ ।
मांसपेशको दुखाइः शरिरको मांसपेशीको दुखाइ पनि कम हुन्छ, साथै सख्खरको सेवनले थकान पनि हराउँछ।

केराको फाइदाहरुक़ृपया मनपरेमा एक लाइक र सेयर गर्दिनु होला। धन्यवाद१. केरामा भएको ट्राइपोटफान नामक तत्वका कारणले तपाईँले ड...
03/01/2026

केराको फाइदाहरु

क़ृपया मनपरेमा एक लाइक र सेयर गर्दिनु होला। धन्यवाद

१. केरामा भएको ट्राइपोटफान नामक तत्वका कारणले तपाईँले डिप्रेसनबाट छुटकारा पाउनुहुने छ । जसले तपाईको दिमाग ‘फ्रेस’मात्रै बनाउने छैन तपाइँलाई खुसी पनि बनाउने छ ।

२. कठीन मेहन गर्नुपर्ने काममा जानु पहिले दुई वटा केरा खानुहोस् जसले तपाईँलाई पर्याप्त शक्तिमात्रै दिने छैन, रगतमा भएको चीनीको मात्रालाई पनि बढाउने छ ।

३. काममा भएको बेला गरिने केराको सेवनले शरीरको ‘ऐठन’ हटाउँछ भने बेलुकीपख गरिने केराको सेवनले खुट्टाको ऐठन हटाउँछ ।

४. पिसाब लागिरहेका बेला नास हुने क्याल्सीएमको मात्रा पूर्तिमात्रै केराले गर्दैन, त्यसले शरीरमा क्यालिसयम पुर्ति गरेर हाम्रो हाडलाई बलियो पनि बनाउँछ ।

५. यसले दिमागलाई तेजिलो बनाउँछ भने चीनको मात्रालाई पनि सन्तुलित बनाउँछ । तनाव हटाएर केही राहत प्रदान गर्छ ।

६. केराले शरीर सुन्निएमा त्यसलाई घटाउँछ । सेतो रक्तकोषको उत्पादन बढाउँछ ।

७. रगतलाई थप शुद्ध बनाउँदै शरीरमा फलाम तत्वको मात्रालाई बढाउँछ ।

८. अचानक हुने हृदयघातबाट बचाउँछ, रक्तचाप बढी हुनेको रक्तचाप घटाउँछ ।

९. पाचन प्रणालीलाई खुब राम्रो बनाउँछ ।

१०. मृगौलाको क्यान्सरबाट बचाउँछ भने अन्धोपन घटाउँछ ।

११. तपाईलाई ‘स्मार्ट’ देखाउँछ भने विषयकेन्द्रीत समेत बनाउँछ ।

१२. खानाको बीचमा केरा खाँदा चिनीको मात्रालाई सन्तुलित बनाउँछ भने यसको सेवनले बिहानीपख हुने वाकवाकी पनि घटाउँछ ।

१३. केराले शरीरको तापक्रम घटाएर गर्मीको बेला शीतलता प्रदान गर्छ ।

१४. चुरोटको सेवन छोड्न चाहनुभएको छ भने त्यसका लागि पनि केरा सेवन सहायक हुनसक्छ ।

03/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Surya Cdy, Dura Amrit, सम्राट् गौतम ज्योतिषाचार्य, Sabin Bhattarai Ilam, Sudarshan Aryal, Bishnu Sapkota, Pukar Yonzan, Himal Acharya, Angkaji Sherpa, Suraj Kandel, Arjun Subedi, Padam Poudel Chhetri, सोम बिवश, Om Jung Shahi, महेन्द्र भट्टराई, Gautam Kamal, Gürjīt Sâh, Roshan Paudel, Tirtha Gautam, सभ्या पौडेल, Ramu Adhikari, Dipendra Poudel, Raju Tamang, Chandra Bti, Sanjaya Sunuwar, Tika Ram Shrestha, Surya Singh Goldsmith, Bharat Devkota, Prakash BC, Renny Regmi, Sita Subedi, Su Re Sha, Bharati Tej, Akhil Gaire, Rajesh Timalsina, Sarita Pantha, Bimal Magar, Indra Dhakal, Punya Guragai, Radesh Acharya, Uttam Rimal, Lama B Kash, Shree Prasad Chhetri, Sujan Subedi, Prakash Subedi, Om Kanxa, Nishan Balami, एनएबिआइएन एमएजिएआर, गोकुल उमंग, Dilip Acharya

खाली पेटमा  यी खानेकुरा नखानुस  बढाउँछ एसिडचटपटेखालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै ह...
02/01/2026

खाली पेटमा यी खानेकुरा नखानुस बढाउँछ एसिड

चटपटे
खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । जसले गर्दा पेटमा समस्या आउँछ ।

कफी
खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ ।

चिया
हुन त बिहानै खाली पेटमा चिया पिउने धेरै मानिसको बानी हुन्छ । तर खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ ।

दही
दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

तरुल
तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यस कारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिकको समस्या बढ्न सक्छ ।

अल्कोहल
खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

गोलभेँडा
गोलभेँडामा एसिडको मात्रा धेरै हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ । त्यसैले खाली पेटमा गोलभेँडा नखानु नै राम्रो ।

केरा
खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ र स्वास्थ्यमा गडबढी उत्पन्न हुन् सक्छ ।

नोटःव्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक हुन्छ । त्यसका लागि शारीरिक कसरतका साथै खाना तथा खाने समयमा समेत विशेष ध्यान दिनुपर्छ ।

फापरका फाइदाहरु१. फापरमा भएको भरपुर  फाईबरले  शरीरमा पाचन शक्ति प्रक्रियामा सुधार ल्याउ। २. ब्लड सुगर र कोलेस्टेरोल नियन...
02/01/2026

फापरका फाइदाहरु

१. फापरमा भएको भरपुर फाईबरले शरीरमा पाचन शक्ति प्रक्रियामा सुधार ल्याउ।
२. ब्लड सुगर र कोलेस्टेरोल नियन्त्रण गर्।
३. उचित तौल कायम गर्न मद्दत पुर्याउँदछ ।
४. विभिन्न पोषक तत्व हुनुका साथै थप चिनी तथा प्रिजर्भेटिभ रहित हुने भएकाले स्वास्थ्यवर्धक मानिन्छ।
५. फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ।
६. फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’ को कामलाई बढाउन मद्दत गर्।
७. फापरको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँ।
८. फापरमा रहेको पौष्टिक तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ ।
९. फापरमा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ ।
१०. सुगर वा चिनि रोग लागेमा फापरको रोटि खाने सल्लाह केहि चिकित्सहरुले दिने गर्छ।

नोटः बजारमा पाईने “हाई फाईबर” लेबल गरिएका बिस्कुट भन्दा मौलिक रुपमा प्रयोग भई आएको बाली, फापरमा फाईबरको मात्रा बढी हुन्छ ।

पिनास कस्तो रोग हो ?टाउको र अनुहारको हाडहरुमा विभिन्न साइनस (हावाले भरिएको खाली भाग) हुन्छन् । साइनस नाकको श्वासप्रश्वास...
02/01/2026

पिनास कस्तो रोग हो ?

टाउको र अनुहारको हाडहरुमा विभिन्न साइनस (हावाले भरिएको खाली भाग) हुन्छन् । साइनस नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । साइनसभित्र हावा भरिएपछि सामान्य व्यक्तिले हल्का अनुभव गर्छन् । तर कुनैकारणवश सिंगान आउने बाटोमा अवरोध आयो भने साइन्समा भरिन्छ ।

यसको मतलब साइनसको निकास माध्यममा कुनै कारण अवरुद्ध भई नाकबाट निस्कने सिंगानजस्ता तरल पदार्थ निस्कन नपाई त्यही रहेर ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनु पिनास हो । पिनासलाई अंग्रेजीमा ‘साइनसाइटिस’ भनिन्छ । पिनास भएमा सिंगान बाहिर निस्कन पाउँदैन । र, विस्तारै त्यसले नाकभित्र नै संक्रमण गराउँछ ।

कारण

यसको मुख्य नाकभित्र मासु पलाउनु, नाकको हड्डी बाङ्गो हुनु, प्रतिरोध क्षमता कमजोर हुनु, अत्यधिक चिसोले संक्रमण गराउनु पिनासका मुख्य कारण हुन् । त्यस्तै एलर्जी, दम, नाक वा साइनसमा संरचनात्मक अवरोध भएका व्यक्तिहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई यसको उच्च जोखिम हुन्छ ।

लक्षण

कुनै पनि व्यक्तिलाई लगातार वा पटक-पटक रुघाखोकी लागेको तीन महिनापछि पिनासमा परिणत हुन्छ । सिंगान जम्मा हुने कारण नाक बन्द भइराख्ने, नाकबाट रगत आउने, टाउको दुख्ने, आँखा वरपर दुख्ने, गन्ध नाउने, निधारको भाग दुख्ने हुन सक्छ । कसैलाई ज्वरो आउने, पहेंलो खकार आउने, सुँघ्ने क्षमता हराउने र श्वास गन्हाउने र नाकबाट बाक्लो लेदो गन्हाउने सिंगान पनि आउन सक्छ । यी लक्षण व्यक्तिअनुसार कसैमा बढी कसैमा कम देखिन्छ ।

परीक्षण

लक्षणअनुसार यसको परीक्षण गरिन्छ । पिनासको शंका लागेपछि नाकको इन्डोस्कोपी र नाक, कान तथा घाँटीको सिटिस्क्यानबाट नाकभित्र संक्रमण, हड्डी बांगिएको, मासु पलाएको छ कि छैन भनेर हेरिन्छ । यदि पिनास रहेछ भने त्यही अनुसारको उपचार गरिन्छ ।

उपचार

पिनासमा प्राय: नाकमा मासु पलाएको र नपलाएको अवस्था हुन्छ । यदि मासु पलाएको छैन भने एन्टिबायोटिक औषधि, नाक खुलाउने औषधि खाँदा पनि ठीक हुन्छ । तर मासु पलाएको अवस्था हो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । बाहिरको भाग नकाटी भित्रबाट नै एन्डोस्कोपिक साइनस शल्यक्रिया गरेर पलाएको मासुलाई सन्तुलनमा ल्याउन सकिन्छ ।

बाङ्गो हड्डी भए सोझ्याउने लगायत उपचार गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि पनि ६ महिनासम्म स्प्रेको माध्यमबाट नाक सफा गर्नुपर्छ । यसले पिनास बल्झिन दिंदैन । समयमै पहिचान तथा उपचार र त्यसपछि चिकित्सकको निगरानीमा ६ महिनासम्म बसेमा पिनास ठीक हुन्छ ।

‘पिनास बिग्रिंदा पनि सक्छ’

उपचारमा ढिलाइ हुँदा पिनास बिग्रिन सक्छ । पिनास बिग्रिएमा नाकमा पलाएको मासु आँखामा पुगेर दृष्टिमा समस्या गराउने, पिप जम्ने, मस्तिष्कमा पुग्ने, आँखा, नाक र मुखभित्रका केही हड्डीलाई दखल दिन सक्ने, आँखाबाट पिनास संक्रमण दिमागमा समेत पुग्न सक्छ ।

प्राकृतिकबाट पनि निको हुन्छ पिनास ?

एलोप्याथिकबाट उपचार गर्ने वा प्राकृतिक तरिकाबाट उपचार गराउने त्यो व्यक्तिको रोजाइ हो । त्यो व्यक्तिको विश्वासको कुरा पनि हो । एलोप्याथिक उपचारमा पिनास नाकभित्र हुने जटिल समस्या र यसबारे विभिन्न अध्ययन, अनुसन्धान र अनुभवको आधारमा पत्ता लगाइएको उपचार विधि छ । जसकारण छिटो पहिचान तथा उपचारको लागि एलोप्याथिकबाट उपचार भरपर्दो हुन्छ ।

कसरी जोगिने ?

यसबाट बच्न रुघाखोकी लाग्न नदिने, प्रतिरोध क्षमता वृद्धि गराउने, रुघाखोकी पटक-पटक लागिरहेमा खानपानमा ध्यान दिने, चिसो मौसमबाट जोगिने र जीवाणुको संक्रमण हुन नदिने कुरामा ध्यान दिनुपर्छ ।

त्यस्तै पिनास भइराख्ने व्यक्तिले एलर्जी नियन्त्रणमा राख्ने, रुघा लामो समयसम्म निको नभए चिकित्सकको परामर्श लिनुपर्छ । धुम्रपान गर्ने बानी पनि पिनास गराउने एक कारण हो । त्यसैले यसको सेवन गर्नु हुँदैन ।

के तपाइपनि रुघाखोकि लाग्दा आफूखुसी साइनेक्स खानुहुन्छ? रुघाखोकीको औषधि खाँदा के हुन्छ ?रुघाखोकीको औषधि खानै नहुने औषधि भ...
02/01/2026

के तपाइपनि रुघाखोकि लाग्दा आफूखुसी साइनेक्स खानुहुन्छ?

रुघाखोकीको औषधि खाँदा के हुन्छ ?

रुघाखोकीको औषधि खानै नहुने औषधि भने होइन । बिरामीको अवस्था हेरेर चिकित्सकहरूले पनि यो औषधि सिफारिस गर्छन् । त्यसैले बिरामीलाई कुन अवस्थामा यो औषधि खाने भन्ने कुरा थाहा हुनु जरुरी हुन्छ । यो कुरा थाहा नभई आफूखुसी औषधि खाइयो भने विभिन्न साइड-इफेक्ट पनि देखिन थाल्छ ।

हुन त हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर जब औषधिहरू आफूखुसी मात्रा नमिलाई खाइन्छ, त्यसले थप साइड-इफेक्ट निम्तिन सक्छ ।

रुघाखोकीको औषधिले नाकको सतही कोषहरु सुन्निएको समस्यालाई कम गर्छ । रुघा मात्र हो भने त यसको सेवनले समस्या काम गर्ला । तर रुघासँगै टाउको दुख्ने, श्वासप्रश्वास समस्या छ भने यसले समस्या समाधान हुँदैन । लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि मात्रै खाइरह्यो भने नाकभित्र मासु पलाउन सक्छ ।

रुघा लागेको बेला नाकको सतही कोषहरु सुन्निंदा रक्तसञ्चार बढेको हुन्छ । आफूखुसी रुघाखोकीको औषधि खाँदा सुन्निएको नाकमा रक्तसञ्चार कम भएर नाकबाट रगत बग्ने समस्या पनि हुन्छ ।

रुघाखोकीको औषधिमा रुघाविरुद्धको औषधिसँगै सिटामोल पनि मिसिएको हुन्छ । त्यसैले लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि सेवन गरियो भने कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।

रुघाखोकीको औषधिको आफूखुसी सेवनले रक्तकोषिकाहरु कम हुने समस्या समेत देखापर्ने सम्भावना हुन्छ । यसको जथाभावी सेवनले प्लाज्मा, रातो रक्तकोषहरु, सेतो रक्तकोषहरू र प्लेटलेट आदि कम हुन्छ ।

benefits of garlic
02/01/2026

benefits of garlic

भिटामिन बी१२ को कमी हुन नदिन के गर्ने?सन्तुलित आहार लिनुहोस्ः मासु, माछा, अण्डा, दुध, दहीजस्ता भिटामिन बी१२ युक्त खाद्यप...
01/01/2026

भिटामिन बी१२ को कमी हुन नदिन के गर्ने?

सन्तुलित आहार लिनुहोस्ः मासु, माछा, अण्डा, दुध, दहीजस्ता भिटामिन बी१२ युक्त खाद्यपदार्थ सेवन गर्नुहोस्।

शाकाहारीहरूका लागिः फोर्टिफाइड ब्रेकफास्ट सिरियल, सोया दुध वा न्युट्रिशनल यीस्ट रोज्नुहोस्।

सप्लिमेन्ट सेवनः चिकित्सकको सल्लाहमा भिटामिन बी१२ सप्लिमेन्ट लिन सकिन्छ, विशेष गरी दीर्घकालीन शाकाहारीहरूले।

नियमित स्वास्थ्य परीक्षणः जोखिममा रहेका व्यक्तिले समय–समयमा रक्त परीक्षण गराएर भिटामिन बी१२ स्तरको निगरानी गर्नुपर्छ।

Address

Kathmandu
44600

Telephone

+9779810033158

Website

Alerts

Be the first to know and let us send you an email when GeT HealthieR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GeT HealthieR:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram