Yeti Hospital Pvt. Ltd

Yeti Hospital Pvt. Ltd Your Health Is Our Priority

पाइल्स एक सामान्य समस्या हो तपाईंको मलद्धारभित्र वा मलद्धार बाहिर नसा सुनिने दुख्ने चिलाउने र मलद्धारबाट रक्तस्राव हुने ...
28/01/2025

पाइल्स एक सामान्य समस्या हो
तपाईंको मलद्धारभित्र वा मलद्धार बाहिर नसा सुनिने दुख्ने चिलाउने र मलद्धार
बाट रक्तस्राव हुने गर्दछ।
२४ घण्टा नै Emergency मा चिकित्सकबाट उपचार हुने यति हस्पिटल
बाफल,का.म.न.पा.-१३
फोनः 015237331, 9801164657

10/01/2025

चिसोले स्वास्थ्यमा के कस्ता असर गर्न सक्छ ?
चिसोले व्यक्तिको उमेर, अवस्था भुगोल र परिवेष अनुसार फरक फरक खालका समस्या निम्त्याउन सक्छ । जस्तै चिसोले कसैलाई टाउकोमा असर गरेको हुन्छ, त्यसले साइनस इन्फेक्सन हुनसक्छ । दम हुनेलाई खोकीको समस्या बढाउला, यस्तै चिसोमा जोर्नी दुख्ने पनि हुनसक्छ । बाथ हुनेहरुलाई त्यहि खालको समस्या होला । चिसोमा यसरी बस्दा झ्याप्प इन्फेक्सन बढ्न पनि सक्छ । चिसोमा पानी नखाँदा शरीरमा अरु खालको समस्या थपिदै जान पनि सक्छ । कुरा यत्ति हो चिसोमा धेरै खालका स्वास्थ्य समस्याहरु जोडिएर आएको हुन्छ ।

स्थान विशेषले चिसोको समस्या फरक फरक हुनसक्छ:

हिमालको चिसो, पहाडको चिसो, तराईको चिसोको असर पनि भुगोल र परिवेश अनुसार फरक फरक हुनसक्छ । जस्तै: काठमाडौँको कुरा गर्दा, काठमाडमौँमा चिसो बढ्दै जाँदा धुलो र प्रदुषण त्यो भन्दा बढी हुन्छ । यहाँ अरु बेला जस्तो हावा नि चल्दैन र आकास सफा नि देखिदैन । यसले प्रदुषण बढाउँछ, बाहिर निस्केर हिड्नेका लागि यस्तो बेला थप स्वास्थ्य समस्या निम्तिन सक्छ ।

शहरमा बाहिर सडक पेटीमा रहने बालबालिकाहरुलाई चिसोले गर्ने समस्या र शहरकै घर भित्र रहेका बुढाबुढी र दीर्घ रोगी तथा केटाकेटीहरुलाई हुने समस्या फरक हुनसक्छ ।

हिमाली भेगका जनमानसलाई गर्ने चिसोको असर बेग्लै हुन्छ, तराईमा बढ्ने चिसो र शितलहर, त्यसबाट जोगिनका लागि बालिने पराल तथा गुइठा र त्यसले त्यसको धुवाले मानव स्वास्थ्यमा पार्ने असर फरक हुन सक्छ । त्यसैले स्थान भुगोल र परिवेसका आधारमा पनि चिसोबाट हुने असरका प्रकृतिहरु फरक फरक हुनसक्छ ।

आम स्वास्थ्य समस्या के हो त ?

सामान्य त चिसोमा रुघा खोकी र निमोनियाका इन्फेक्सनहरु छिटो देखिने गर्दछ । दीर्घ स्वासप्रश्वासका बिरामीलाई दम बढ्ने, मुटु र उच्च रक्तचापका बिरामीहरुलाई पनि अलि बढी समस्या पार्ने, बाथका बिरामीहरुलाई पनि अलि बढी समस्या पार्ने, छाला तथा आँखा, नाकमा एलर्जीहरु बढाउने काम पनि चिसोका बेला बढी हुने गर्दछ ।

मैले फेरी पनि भने, चिसो मौसममा ठ्याक्कै यहि हुन्छ भनेर भन्ने अवस्था हुँदैन । फोक्सो र स्वासप्रस्वासका बिरामीहरुलाई हुने समस्या, बाटोमा सुत्नेहरुमा देखिने स्वास्थ्य समस्या, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति, केटाकेटी तथा बुढाबुढी, र जवान व्यक्तिहरुमा हुने समस्या फरक फरक हुनसक्छ ।

चिसोमा मर्निङ वाक गर्ने कि नगर्ने ?
पहिलो कुरा के बुझ्नु परयो भने कसरत वा व्यायमले कहिले पनि वेफाइदा गर्दैन । जति हिडन सकिन्छ, जाडो होस वा गर्मी हिड्नु राम्रो हुन्छ ।
बुझ्न के पर्‍यो भने चिसोले कसरत वा व्यायमलाई जित्न सक्दैन ।

हो, चिसोमा जाँदा रुघा लाग्न सक्छ, छाला फुस्रो हुन सक्छ तर तपाईँले व्यायमलाई प्रभावकारी ढंगले अघि बढाउँदै जानु भयो भने ती समस्या आफै हराएर जान्छन् ।

अर्को कुरा, चिसोले कसरतलाई किन पनि जित्न सक्दैन भने हामी चिसोमा बाहिर निस्कदाँ पुरा तयारीका साथ नै निस्कछौँ अर्थात चिसोबाट जोगिने लुगा लगाएर नै निस्कन्छौँ ।

प्राय चिसोमा ‘मर्निङ वाक’मा निस्कने व्यक्तिहरु शिरमा टोपी वा पछ्यौरी, काधमा मखुलर वा गलबन्दी, व्याकेट, स्वीटर, थर्मकोट, ट्राउजर, जुत्ता मोजा, पञ्जा आदिका साथ निस्कनु हुन्छ । अर्थात सामान्य त बाहिरि चिसो सिधै प्रवेश गर्न पाउँदैन । तर शरीरमा जव व्यायम हुन्छ भित्रबाट थप तातो प्रवाह हुन्छ र हामीलाई चिसोको अनुभव हुँदैन । यसले शरीर न्यानो पनि भयो र व्यायम पनि भयो । यो हाम्रो लागि धेरै फाइदाको कुरा हो ।

कसै कसैलाई बाहिर निस्कँदा शरीरको तामक्रम घट्ने र अलिकति व्याक्टेरिया र भाइरस लाग्ने सम्भावना बढी हुनसक्छ तर फाइदा र वेफाइदा दाज्नु पर्ने हुन्छ । अधिकांशलाई फाइदा नै हुन्छ । जवसम्म हामीलाई स्वाँ स्वाँ हुँदैन, गाह्रो महसुस भएको छैन भने कसरत गर्न छाड्नु हुँदैन ।

यसले त रोगसंग लडनसक्ने क्षमता (इम्युनिटी पावर) पनि बढाउँछ ।

अर्को कुरा हाम्रो शरीर जति चलायो त्यति नै बलियो हुँदै जान्छ ।

तर ध्यान दिनु पर्ने कुरा के भने, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिहरुलाई बुढाबुढी तथा केटाकेटीहरुलाई भाइरस तथा व्याक्टेरियाले चिसो मौसममा सजिलोसंग आक्रमण गर्न सक्ने हुनाले त्यस्ता व्यक्तिहरुले विशेष सावधानी चाहि अपनाउनु पर्छ ।

चिसोमा स्वास्थ्यसंगै ध्यान दिनु पर्ने अर्को महत्वपूर्ण कुरा
हामी कहाँ अझै पनि जाडोमा घर भित्र जहाँ ‘भेन्टिलेसन’ समेत छैन, त्यहाँ दाउरा बाल्ने, ग्याँस बाल्ने, कोठा न्यानो बनाउन भन्दै झ्याल ढोका थुनेर हिटर बाल्ने क्रम अझ पनि रोकिएको छैन् ।

तर, यी काम कुनै पनि हालतले गर्नु हुँदेन । ग्यास हिटरको धुवाले तुरुन्तै ज्यान जान सक्छ । यस्ता घटना नेपालमा बारम्बार घटिरहेका छन् । यसप्रति विशेष सजक हुनुपर्छ ।

घटना हुनका लागि केही चाहिदैन । तपाईँको घर वा कोठामा ‘भेन्टिलेसन’ छैन, तर तातो गराउनका लागि भन्दै त्यस्तो कोठामा दाउरा बाल्नु भयो, ग्याँस हिटर बाल्नु भयो भने त्यहाँ अक्सिजन होइन कार्वन मोनोअक्साइड जम्मा हुन थाल्छ । यो कार्वन मोनोअक्साइड हाम्रो शरीरको तत्वमा गएर टासिन्छ । त्यो टाँसिएपछि अक्सिजन परिवर्तन हुन पाउँदेन । त्यसले विस्तारै वेहोस भइन्छ । त्यतिनै बेला झ्लाय खोल्न सकियो भने केही हुँदेन । तर यदि ढिलो भयो भने बिरामी कोमामा जाने र ज्यान जाने हुन्छ । यस्तो केशहरु हाम्रो जस्तो गरीव देशमै हुने गरेको छ । हामीले दाउरा र ग्याँस बाल्छौँ । विकसित देशमा सेन्टर हिटिङ सिस्टम हुन्छ ।

अर्को हिमाल भेगको कुरा । हिमालमा यतिवेला माइनसमा तापक्रम छ । शरीरको तापक्रम ३६ डिग्री भन्दा कम भएमा हामीले हाइपोथर्मिया भन्दछौँ । त्यस्तोमा आफूले ध्यान दिनु पर्छ । एकदमै जाडो हुँदा घरबाट निस्कन भएन । हिमाली भेगमा मौसमको बारेमा सूचना के कस्तो छ ? त्यसबारेमा पनि नियमित अपडेट हुनुपर्छ ।

चिसोका बेलामा ध्यान दिनु पर्ने र गर्नु पर्ने कार्यहरु

यो मौसम सुख्खा मौसम हो । धेरै धुलो उड्ने र प्रदुषण समेत बढी हुने भएकाले यसबाट जोगिनका लागि सर्जिकल मास्क लगाउनु राम्रो हुन्छ । चुरोट खानु हुन्छ भने पनि नखाने । किनभने यसले असर गर्दछ । चोटपटक लाग्दा तत्काल देखिन्छ र उपचारमा गईहालिन्छ र छिटो सन्चो हुन सक्छ तर धुलोले र चुरोटले गर्ने असर तत्काल देखिदैन तर दीर्घकालमा नराम्रोसंग गर्न सक्छ । भेन्टिलेसन नभएको कोठामा वा भएको तर झ्याल ढोका ड्याम्म थुनेर आगो, कोइला वा ग्यास हिटर नबाल्ने । बाल्नै परेमा झ्याल ढोका खोलेर मात्रै बाल्ने ।

खानामा कार्वोहाइड्रेड, प्रोटिन र फ्याटको सन्तुलन मिलाउनु सकेमा उत्तम हुन्छ । जाडो भनेर विशेष खानुपर्छ भन्ने छैन् । तर हामीले खाने खाना स्वस्थ हुनुपर्छ । कतिपयले सुप धेरै खानुपर्छ भन्ने गर्नुहुन्छ तर यदि प्रेसर छ भने धेरै सुप किन खाने ? यसले उल्टो प्रेसर बढाउन सक्छ । चिसो लाग्यो भने व्ल्याङकेट लगाउने, ज्याकेट लगाउने, स्वीटर अर्थात न्यायो कपडा लगाउने गर्नु पर्छ ।

दीर्घ रोगीहरुले आस्थमा, दम तथा मुटुको रोगीहरुले निमोनियाको खोप, फ्लुको खोप पनि लगाउनु पर्छ । फ्लुको खोप छ महिना भन्दा माथिको बच्चा र उमेर पुगेका व्यक्तिले बार्षिक रुपमा लगाउन सकिन्छ । त्यसमा स्वास्थ्यकर्मी, दम मुटुको बिरामी यिनीहरुले बार्षिक रुपमा फ्लुको खोप लगाउनु पर्छ । तर हामी स्वस्थ छौँ भने ६५ वर्ष पछि लगाउन सकिन्छ । निमोनिया पनि त्यसैगरी लगाउने हो तर निमोनिया दुई डोज लगाएपछि बाँकी लगाउनु पर्दैन ।

६५ कटेको वा दीर्घरोगीहरुले फ्लु र निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ । यो खोपहरु नेपाली बजारमा पाउँछ ।

कतिवेला अस्पताल जाने ?
बृद्धबृद्धाहरुमा अलिकति सास बढे जस्तो लाग्यो भने । सामान्य त १४ देखि १८ पटक प्रति मिनेट सार्स फेर्दा नर्मल मानिन्छ । तर त्यो भन्दा बढी हुँदै गयो, स्वासप्रस्वास छिटो छिटो चलेको छ , ज्वरो आउन थालेको दुई तीन दिन भन्दा बढी भयो खोकी र खकार बढेको छ, जीउ भारी भएको छ, गलेको छ भने हामी अस्पताल जानु पर्छ ।

तर, हल्का ज्वरो आएपनि हेर्दा ठिकै छ, टाठै अवस्था छ भने घरमै सिटामोल खाएर बस्दा पनि हुन्छ ।

कोभिडपछि आज भोली त सबैको घरमा प्राय पल्स अक्सिमिटर हुनसक्छ । त्यो पल्स अक्सिमिटरले ९० भन्दा मुनि देखायो भने अस्पताल जानु पर्न सक्छ । अझ यसरी बुझौँ पहिले अक्सिजन लेभल ९४, ९५, ९६ देखाउँथ्यो, आज ९० र त्यो भन्दा मुनि देखाउन थालेको छ । आफूलाई असहज पनि भइरहेको छ भने तुरुन्तै अस्पताल वा स्वास्थ्यकर्मीको सम्पर्कमा जानु पर्छ । तर सामान्य केही भएको छैन, साधारण उपचार गरेर घरमै निको पनि हुनसक्छ । यस्तै थोरै हिड्दा पनि सास फुलेको जस्तो हुन्छ भने अस्पताल जानु पर्छ ।

निमोनियाको लक्षण प्राय गाह्रो हुने खोकी लाग्ने ज्वरो आउने हो । हल्का सास फुल्न थाल्यो भने जानुपर्छ । तर सामान्य ज्वरो मात्रै छ भने घरमै सिटामोल र सामान्य तातोपानीहरु खाएर पनि सुधार हुनसक्छ । तर घरमै बस्दा पनि सकेसम्म स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिएर बस्नु उपयुक्त हुन्छ ।

सानो बच्चाले छिटो सास फेर्छन । बच्चा पहिले जस्ता खेलेको छैन् । बच्चाले झिजो मानिरहेको छ, रोईरहेको छ, खान मानिरहेको छैन भने पनि हामीले अस्पताल लैजान बेर गर्नु हुँदेन ।

‼️हृदयघातको जोखिम निम्त्याउने कारणहरु‼️उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीह...
10/01/2025

‼️हृदयघातको जोखिम निम्त्याउने कारणहरु‼️
उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ।
सुर्तीजन्य पदार्थको सेवन
उच्च रक्तचाप
मधुमेह
उच्च कोलेस्टोरल
मानसिक तनाव
बढ्दो उमेर
मोटोपना
निष्क्रिय जीवनशैली
वंशाणुगत समस्या

07/01/2025

६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच:-

१. रक्तचाप

उच्च रक्तचापको विषयमा धेरै नेपालीलाई थाहा नै छैन। विश्व स्वास्थय संगठनका अनुसार ४ मध्ये १ नेपालीलाई उच्च रक्तचाप छ। त्यसैले ६० को दशकमा हुनुहुन्छ भने रक्तचाप सामान्य भए पनि रक्तचाप जाँच गराइरहनु पर्छ। यदि तपाईंको रक्तचाप सामान्यभन्दा माथि छ वा तपाईंसँग अन्य जोखिमहरू छन् भने तपाईंले रक्तचाप बारम्बार परीक्षण गर्न आवश्यक पर्न सक्छ।

२. तौल जाँच

उमेरसँगै मांसपेशीहरू बोसोले प्रतिस्थापन हुन्छन्। त्यसपछि त्यो बोसो पेटमा जम्मा हुन्छ। साथै, तपाईंको मेटाबोलिजम पनि ढिलो हुँदा क्यालोरी जलाउने क्षमतामा पनि कमी आउँछ। यसले सार्कोपेनिया (उमेर बढेसँगै मांसपेशीको मासु, शक्ति र कार्यक्षमतामा हुने कमी हो) र सार्कोपेनिक ओबेसिटी (सार्कोपेनिक मोटोपन भनेको सार्कोपेनिया र मोटोपनको सहअवस्थितिलाई जनाउँछ, जहाँ मांसपेशीको मासु र कार्यक्षमताको कमीसँगै शरीरमा अत्यधिक बोसोको जम्मा हुन्छ) गराउँछ। त्यसैले तौल नियिमित रूपमा जाँच गराएर बढ्न नदिने उपाय अवलम्बन गर्न सकिन्छ।

३. कोलोरेक्टल क्यान्सर स्क्रिनिङ

४५ देखि ७५ वर्षसम्मका उमेर समूहहरूमा कोलोरेक्टल क्यान्सर स्क्रिनिङ सिफारिस गरिएको छ। जोखिमका कारण भएमा तपाईंलाई डाक्टरले बारम्बार स्क्रिनिङ गराउन सक्छन्। डाक्टरसँगको छलफल पछि निम्न उपलब्ध विधिहरू गर्न सकिन्छ।

* वार्षिक रूपमा मलद्वार भित्री रगत परीक्षण
* हरेक ५ वर्षमा सिग्मोइडोस्कोपी सँगै मलद्वारको भित्री रगत परीक्षण (हरेक ३ वर्षमा)।
* हरेक १० वर्षमा कोलोनोस्कोपी

४. प्रोस्टेट क्यान्सर स्क्रिनिङ (पुरुषहरूको लागि)

७० वर्ष र त्यो भन्दामाथिका पुरुषहरूमा प्रोस्टेट क्यान्सर स्क्रिनिङ प्रोस्टेट-विशिष्ट एन्टिजेन (पीएसए) स्तर मापन गर्दा थोरै मात्र फाइदा भएकाले यसलाई प्रोस्टेट क्यान्सर स्क्रिनिङ गर्न प्रयोग गर्न सकिन्छ। त्यसैगरी ५५ देखि ६९ वर्ष उमेर समूहका पुरुषहरूले स्क्रिनिङका फाइदा र बेफाइदाबारे आफ्ना चिकित्सकसँग परामर्श गरेर स्क्रिनिङ गर्न सकिन्छ।

५. स्तन परीक्षण र मेमोग्राम (महिलाहरूको लागि)

उमेरसँगै स्तन क्यान्सरको जोखिम बढ्दै जान्छ। त्यसैले म्यामोग्राम ४० वा ५० वर्षको उमेरदेखिका महिलामा स्तन क्यान्सर विशेषज्ञहरूसगॅ परामर्श गरेर नियमित कहिले सुरु गर्ने र कति पटक गर्न जानकारी लिन सकिन्छ।

६. पेल्भिक, प्यापस्मियर र एचपीभी परीक्षण (महिलाहरूका लागि)

महिलाहरू ६० वर्ष नाघेपछि पनि नियमित रूपमा पेल्भिक जाँच, प्यापस्मियर वा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) परीक्षण गराउन आवश्यक पर्छ। उमेर पुगेपछि महिलाहरूमा पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) वा योनिको क्यान्सर हुने जोखिम रहन्छ।

पेल्भिक जाँचले इनकन्टिनेन्स जस्तो स्वास्थ्य समस्या पत्ता लगाउन सकिन्छ। महिलाहरूलाई ३ वर्षमा एकपटक प्यापस्मियर र ५ वर्षमा एक पटक एचपीभी परीक्षण गराउन सिफारिस गरिन्छ। ६५ वर्षभन्दा माथिका महिलाहरूले लगातार नकारात्मक प्याप स्मियर रिपोर्ट आएमा वा नन-क्यान्सर अवस्थाहरू (जस्तै, फाइब्राइड्स) को कारण पूर्ण हिस्टेरेक्टोमी भएको खण्डमा , प्याप स्मियर परीक्षण आवश्यक नहुन चिकित्सको सुझाब छ।

७. आँखा परीक्षण: उमेर बढेसँगै म्याकुलर डिजेनेरेशन, क्याटारेक्ट्स, र ग्लुकोमा जस्ता आँखाका रोगहरू बढी हुन्छन्। त्यसैले आँखाको डाक्टरसँग परामर्श गरेर आँखा स्क्रिनिङ गर्दा तपाईंको दृष्टि सुधार र जोगाउन सकिन्छ।

८. सुनाइ परीक्षण: ६५ देखि ७४ वर्ष उमेरका कम्तीमा २५ प्रतिशत व्यक्तिहरूमा सुनाइ गुम्ने समस्या हुन्छ र यी प्रायः उपचार गर्न सकिन्छ।यो संख्या उमेरसँगै ५० प्रतिशत पुग्छ। र, यदि तपाईंलाई सुनाइमा समस्या छ भने, सुनाइ परीक्षण गराउन सिफारिस गरिन्छ।

९. हड्डी परीक्षण: अस्थिओपोरोसिस उमेरसँगै हुने गम्भीर रोग हो। यसमा विशेष गरि हिप बोन ( नितम्बको हड्डी) भाँचिन सक्छ, स्थायी अशक्तता वा मृत्युको जोखिम बढ्न सक्छ। त्यसैले उच्च जोखिम भएकाले आफ्नो डाक्टर सगॅको परामर्शमा बोन डेनसिटी परीक्षणको गर्न सकिन्छ।

१०. कोलेस्टेरोल परीक्षण: उच्च कोलेस्टेरोल हृदयघात र स्ट्रोकको मुख्य कारण हुन्। तर यो आहार र औषधिबाट नियन्त्रण गर्न सकिन्छ। त्यसैले कुल कोलेस्टेरोल, एचडीएल (राम्रो” कोलेस्टेरोल) र एलडीएल (खराब कोलेस्टेरोल) नियमित रूपमा परीक्षण गरेर कार्डियोभास्कुलर जोखिम कम गर्न सकिन्छ।

११. रक्तमा चिनी (ब्लड सुगर) : मधुमेह एक दीर्घकालिन रोग हो तर यसलाई नियन्त्रण गर्न सकिन्छ। अमेरिकन डायबिटिज एसोसिएसनले मधुमेहलाई चाँडै पत्ता लगाउन र व्यवस्थापन गर्न प्रत्येक ३ वर्षमा एकपटक उपवासको अवस्थामा ब्लड सुगर परीक्षण गर्न सिफारिस गरेको छ। र यदि तपाईंलाई अन्य स्वास्थ्य समस्या छन् वा मधुमेहको जोखिम कारकहरू छन् भने, यो परीक्षण बारम्बार गराउन सकिन्छ।

१२. दन्त परीक्षण: गिँजाको रोगले तपाईंको समग्र स्वास्थ्यको महत्त्वपूर्ण संकेत गर्दछ। गिँजाको रोगले हृदयघातको जोखिम पनि बढाउँछ। त्यसैले नियमि दात परीक्षण गर्न आवश्यक छ।

१३. खोप: सिडिसिले ५० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि शिङ्गल्स खोप सिफारिस गरेको छ। त्यस्तै ६५ वर्षभन्दा माथिका व्यक्तिहरूले निमोनिया बिरुद्ध न्यूमोकोकल खोप लगाउनुपर्छ। र, वार्षिक रूपमा फ्लु खोप र डिप्थेरिया टेटानस बुस्टर लगाउन सिफारिस गरिएको छ।

खोकी, रुघा, दम बाट पिडित हुनु भयो?२४ घण्टा नै Emergency मा चिकित्सकबाट उपचार हुने यति हस्पिटलबाफल,का.म.न.पा.-१३फोनः 0152...
27/12/2024

खोकी, रुघा, दम बाट पिडित हुनु भयो?

२४ घण्टा नै Emergency मा चिकित्सकबाट उपचार हुने यति हस्पिटल
बाफल,का.म.न.पा.-१३
फोनः 015237331, 9801164657

27/12/2024

फुट्छ ओठ ?
जाडोको समय मा बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही रक्षा हुन सक्छ ।

राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ ।
राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।
शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ ।

जनहितमा जानकारीः-
यति हस्पिटल
बाफल,का.म.न.पा.-१३
फोनः 015237331, 9801164657

Call now to connect with business.

Vacancy! Vacancy !! Contact Soon!!!
26/11/2024

Vacancy! Vacancy !! Contact Soon!!!

26/11/2024
You should see a doctor for back pain if it:-Lasts longer than a few weeks -Is severe and doesn't improve with rest -Spr...
20/11/2024

You should see a doctor for back pain if it:
-Lasts longer than a few weeks
-Is severe and doesn't improve with rest
-Spreads down one or both legs, especially if it goes below the knee
-Causes weakness, numbness, or tingling in one or both legs
-Is paired with unexplained weight loss
-Occurs with swelling or change in skin color on the back
-Is constant or intense, especially at night or when lying down.
बिशेषज्ञ डाक्टरद्वारा ढाड र कमर दुखाइको सम्पुर्ण उपचारको लागी सम्पर्कः-
यति हस्पिटल
बाफल,का.म.न.पा.-१३,
फोनः 015237331, 9801164657

Address

Bafal, Kathamndu/13
Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Yeti Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yeti Hospital Pvt. Ltd:

Share

Category