राष्ट्रिय खोप कार्यक्रम

राष्ट्रिय खोप कार्यक्रम The programme was established in 2034 with the aim to reduce mortality, morbidity and disability due to vaccine preventable diseases.
(3)

This programme is govern by Child Health and Immunization Service Section, Family Welfare Division.

19/05/2026

माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नीशा मेहताज्यूले जेनेभामा जारी ७९औं विश्व स्वास्थ्य सभा (WHA) मा नेपालको तर्फबाट सम्बोधन गर्नुभएको छ।

आज वैशाख ३१ — खोप महिनाको अन्तिम दिनके तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?👉 छन् भने, उनीहरूको खोप कार्ड हेर्नुहोस्...
14/05/2026

आज वैशाख ३१ — खोप महिनाको अन्तिम दिन

के तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?
👉 छन् भने, उनीहरूको खोप कार्ड हेर्नुहोस् त ।

यदि तपाईंका ५ वर्षमुनिका बालबालिकाले १५ महिनासम्म नियमित खोपअन्तर्गत दिइने कुनै पनि खोप छुटाएका छन् भने, आजै नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाइदिनुहोस्।

खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउँछ र स्वस्थ भविष्य सुनिश्चित गर्छ।

पूर्ण खोप, सुरक्षित भविष्य।
#खोपमहिना #पूर्णखोप #बालस्वास्थ्य

07/05/2026

📢💉
पूर्ण खोप सुनिश्चित गर्न विद्यालयको साथ !

"स्वास्थ्य केन्द्रले सञ्चालन गरिरहेको पूर्ण खोप अभियान अन्तर्गत,
वैशाख महिनादेखि अध्ययनरत ५ वर्षमुनिका बालबालिका तथा नयाँ भर्ना भएका बालबालिकाको पूर्ण खोप कार्ड माग्ने र सङ्कलन गर्ने कार्य निरन्तर गरिरहेका छौं"।

🎥 हेरौँ,
Jalaseg English Boarding School, Pkahribas-9, Dhankuta की शिक्षिका बबीता तामाङ्गज्यू ले यस अभियानबारे के भन्नुहुन्छ।👶📋

👉 तपाईंको ठाउँमा पनि यस्तै अभ्यास भइरहेको छ भने, हामीसँग फोटो, भिडियो वा अनुभव Share गर्नुहोस् ।

बालबालिकाको स्वास्थ्य सुरक्षा र रोगबाट बचावटका लागि
विद्यालय, अभिभावक र स्वास्थ्य संस्था सबैको सहकार्य आवश्यक छ। 🤝


#पूर्णखोपअभियान #नेपाल

💧🧴सफा हात, सुरक्षित खोप—दुवै मिलेर स्वस्थ जीवन !खोपले रोगबाट जोगाउँछ,सफा हातले संक्रमण फैलिनबाट रोक्छ।खोप सेवा लिन स्वास...
05/05/2026

💧🧴
सफा हात, सुरक्षित खोप—दुवै मिलेर स्वस्थ जीवन !
खोपले रोगबाट जोगाउँछ,
सफा हातले संक्रमण फैलिनबाट रोक्छ।

खोप सेवा लिन स्वास्थ्य संस्थामा जाँदा:
👉 खोप अघि र पछि साबुनपानीले हात धुने बानी बसालौँ
👉 बालबालिकाको सरसफाइमा विशेष ध्यान दिऔँ
👉 स्वास्थ्यकर्मी र अभिभावक मिलेर सुरक्षित वातावरण सुनिश्चित गरौँ
👉 नियमित खोप मार्फत् सरसफाई प्रवर्धन सेसनमा सहभागि होऔं ।

आजको प्रतिबद्धता:
“म खोप पनि लगाउँछु, सरसफाइ पनि अपनाउँछु।”
स्वस्थ बालबालिका, सुरक्षित भविष्यका लागि। 🌱

📚🏫 विद्यालयमा बालबालिकाले खोप लगाएको सुनिश्चित गरौँसम्पूर्ण प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यालय परिवारमा हार्दिक...
01/05/2026

📚🏫 विद्यालयमा बालबालिकाले खोप लगाएको सुनिश्चित गरौँ
सम्पूर्ण प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यालय परिवारमा हार्दिक अनुरोध:
विद्यालयमा अध्ययनरत प्रत्येक बालबालिकाको खोप अवस्था जाँच गरौँ। खोप कार्ड अनिवार्य रूपमा हेरी, कुनै खोप छुटेको भए अभिभावकलाई नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन जानकारी गराऔँ।
५ वर्ष मुनिका बालबालिकामा छुटेका नियमित खोपहरू पूरा गराउन सहयोग गरौँ। यसले “पूर्ण खोप सुनिश्चितता” हासिल गर्न मद्दत गर्दछ र “पूर्ण खोप विद्यालय” घोषणा तर्फ हाम्रो प्रयासलाई अगाडि बढाउँछ।
💉 खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउँछ
🌱 स्वस्थ बालबालिका, सुरक्षित भविष्य
आउनुहोस्, सबै मिलेर स्वस्थ र सुरक्षित समाज निर्माण गरौँ।

01/05/2026

Nepal continues to maintain strong routine immunization coverage, with high national uptake of essential vaccines—protecting communities and saving lives. 💙

Dr. Madan Kumar Upadhyaya, Director of the Family Welfare Division, underscores Nepal’s unwavering commitment to reach everyone—children, adolescents, adults, and older people—including those who have never been vaccinated. No one should be left behind.

📢 देशैभर राष्ट्रिय पोषण लेखाजोखा अभियान“समयमै पहिचान, सही उपचार — कुपोषण मुक्त पुस्ताको आधार”६–५९ महिनाका बालबालिकाका ला...
30/04/2026

📢 देशैभर राष्ट्रिय पोषण लेखाजोखा अभियान

“समयमै पहिचान, सही उपचार — कुपोषण मुक्त पुस्ताको आधार”

६–५९ महिनाका बालबालिकाका लागि विशेष अवसर!
बैशाख १५ देखि ३० गतेसम्म देशभर पोषण लेखाजोखा अभियान सञ्चालन हुँदैछ।

📍 कहाँ-कहाँ?
• स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू
• सामुदायिक क्लिनिक र वडा कार्यालयहरू
• प्रारम्भिक बाल विकास केन्द्रहरू (ECDs)

👶 किन सहभागी हुने?
• कुपोषण (SAM र MAM) को समयमै पहिचान
• आवश्यक उपचार सेवामा पहुँच सुनिश्चित
• बालबालिकाको खोप कार्ड जाँच तथा नियमित खोप सुनिश्चित

👉 आफ्ना बालबालिकालाई नजिकैको सेवा केन्द्रमा लगी पोषण अवस्था जाँच गरौं। साथै खोप कार्ड पनि सँगै लगि खोप लगाएको सुनिश्चत गरौं ।

स्वस्थ बालबालिका, समृद्ध भविष्यको आधार हो।

#पोषणअभियान #कुपोषणमुक्तनेपाल #बालस्वास्थ्य National Health Education Information and Communication Centre

नदी, पहाड र कठिन बाटो पार गर्दै पनि खोप सेवा निरन्तर छ। 🚣‍♀️💙स्वास्थ्यकर्मीहरू हरेक बालबालिकासम्म जीवन बचाउने खोप पुर्‍य...
29/04/2026

नदी, पहाड र कठिन बाटो पार गर्दै पनि खोप सेवा निरन्तर छ। 🚣‍♀️💙
स्वास्थ्यकर्मीहरू हरेक बालबालिकासम्म जीवन बचाउने खोप पुर्‍याउन प्रतिबद्ध छन्—जहाँसुकै, जस्तोसुकै चुनौती भए पनि।

राष्ट्रिय खोप महिना तथा विश्व खोप सप्ताह को अवसरमा, सबै बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चित गरौं।

खोपले रोगबाट जोगाउँछ, जीवन बचाउँछ, र स्वस्थ भविष्य निर्माण गर्छ।

#विश्वखोपसप्ताह #राष्ट्रियखोपमहिना #हरेकबालबालिकाकालागि

📍 बैशाख महिना खोप महिनाके तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?👉 छन् भने, उनीहरूको खोप कार्ड हेर्नुहोस् त ।१५ महिना ...
27/04/2026

📍 बैशाख महिना खोप महिना
के तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?
👉 छन् भने, उनीहरूको खोप कार्ड हेर्नुहोस् त ।
१५ महिना भित्र लगाउनुपर्ने कुनै खोप छुटेको छ कि?
👉 छुटेको रहेछ भने नजिकैको स्वास्थ्य संस्थामा लगि छुटेको खोप लगाउनुहोला ।
💉 खोपले घातक रोगहरूबाट बचाउँछ र भविष्य सुरक्षित बनाउँछ।
वैशाख महिना: खोप महिना
👉 यस अवसरमा आफ्नो वरपरका सबै बालबालिकाले खोप पाए/नपाएको सुनिश्चित गरौं।
🤝 स्वस्थ बालबालिका, सुरक्षित भविष्य!

❤️ खोप केवल सुई होइन, सुरक्षा कवच हो।प्रत्येक खोपले तपाईंको बच्चालाई गम्भीर रोगबाट जोगाउँछ।यदि कुनै खोप छुटेको छ भने नजि...
27/04/2026

❤️ खोप केवल सुई होइन, सुरक्षा कवच हो।
प्रत्येक खोपले तपाईंको बच्चालाई गम्भीर रोगबाट जोगाउँछ।
यदि कुनै खोप छुटेको छ भने नजिकको स्वास्थ्य संस्थामा गई छुटेको खोप लगाउनुहोस्।

#खोपसुरक्षाकवच #सबैबालबालिकापूर्णखोप #वैशाखमहिनाखोपमहिना

Family Welfare Division National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal World Health Organization Nepal UNICEF Nepal Department of Health Services Nepal

26/04/2026

✅ आफैं पोलियोबाट प्रभावित भएकाले खोपको महत्व राम्रोसँग बुझ्नु भएकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सबै अभिभावकलाई राष्ट्रिय खोप तालिका अनुसार आफ्ना बालबालिकालाई 👧👦 सबै खोपको पूर्ण मात्रा लगाउन अनुरोध गर्नुभएको छ।

📅 वैशाख महिना – खोप महिना
#विश्वखोपसप्ताह

National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal UNICEF Nepal World Health Organization Nepal Family Welfare Division Department of Health Services Nepal

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय खोप कार्यक्रम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share