03/09/2024
Soul Healing - Nepal Soul Healing Nepal द्वारा यहि २०८१ भाद्र १६ गते (1st September, 2024) का दिन नवजीवन परोपकार समाज New Life Welfare Society नवजीवन परोपकार समाज मा आश्रय लिइ बसिरहनुभएका आदरणिय बयोबृद्ध बुवा आमाहरुका लागि इनर्जी हिलिङ्ग, तथा भोजन सेवा प्रदान गर्ने अवसर दिनुभएकोमा नवजीवन परोपकार समाज परिवार र यहाँ आश्रित सम्पूर्ण बुवा, आमा, भाई, बैनी लगायत सम्पुर्ण दिव्य मनहरुमा र भगवान अनि दिव्य उर्जा शक्तिहरुप्रति हार्दिक नमन, आभार तथा धन्यवाद व्यक्त गर्दछौं । यस कार्यक्रमबाट उहाँहरुले शारिरीक, मानसिक र आध्यात्मिक रुपमा धेरै नै राहत अनुभव गर्नुभयो, कार्यक्रमको अन्तिममा जुन अनुभव र खुशीका साथ आर्शिवाद दिनुभयो यो हाम्रो लागि अविश्मरणिय छ र यसले हामीलाई थप प्रेरणा र उर्जा प्रदान गरेको छ । आउँदो दिनहरुमा नियमित रुपमा हामीले देशका विभिन्न अन्य स्थानहरुमा पनि यसै गरि हिलिङ्ग क्याम्पहरु मार्फत सेवा प्रदान गर्दै जानेछौं ।
देश विदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई, दिदीवहिनीहरुलाई आआफ्नो तर्फबाट तन, मन, धन जे जस्तो सहयोग गर्न सकिन्छ यस नवजीवन परोपकार समाज तथा देशभरि रहेका अन्य यस्तै आश्रय स्थल, वृद्धाश्रम तथा अन्य परोपकारी संस्थाहरुमा सहयोग गरिदिनुहुन समेत विनम्र अनुरोध गर्दछौं ।
゚viralシ