Nepal Association of the Blind

Nepal Association of the Blind It was formally established in 1993.

Nepal Association of the Blind (NAB) is a non-profit, non-political, non governmental organization dedicated towards the upliftment of the Blind and Partially Sighted (BPS) people in Nepal.

२०८२ माघ ८: नेपाल नेत्रहीन संघको ३३औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। यस अवसरमा  “कोसेली ...
22/01/2026

२०८२ माघ ८: नेपाल नेत्रहीन संघको ३३औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। यस अवसरमा “कोसेली घर” समुद्घाटन गरिएको थियो, जहाँ दृस्टी सम्बन्धि अपांगता र अन्य अपांगता भएका व्यक्तिहरूद्वारा उत्पादित , संकलित सामग्रीहरू तथा विभिन्न अर्गानिक खाद्य, सामग्रीहरू बिक्री र प्रदर्शनका लागि राखिएका थिए। सोहि अवसरमा संघले सञ्चालन गर्दै आएको तालिमहरु,सहायिक सामग्री, उपकरण तथा ब्रेल प्रेसको प्रदर्शनी समेत आयोजना गरिएको थियो।

कार्यक्रममा पूर्वाधार बिकास मन्त्रालयका माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा ज्यु प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। सो अवसरमा,“दृष्टिविहीन व्यक्तिहरूको मर्यादित तथा सम्मानित जीवनका लागि सहकार्य” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो। साथै २०२५ मा सम्पन्न 1st Women’s T20 World Cup Cricket for the Blind प्रतियोगितामा नेपालको तर्फबाट उपविजेता भएका महिला खेलाडीहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। उहाँले आफ्नो महत्वपूर्ण मन्तव्यको साथसाथै अपांगता अधिकारको प्रवर्द्धन र संरक्षणमा सरकारको प्रतिवद्धता जनाउनुभयो। त्यस्तै, दोस्रो सत्रमा “अपाङ्गता आन्दोलन: वर्तमान र भविष्य” विषयमा विभिन्न सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा अधिकारमुखी अपांगता आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय व्यक्तित्वहरू,अपांगता भएका व्यक्तिहरूद्वारा संचालित संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो भने अन्य संघ–संस्थाबाट पनि आदरणीय व्यक्तित्वहरूको उपस्थिती उल्लेखनीय रहेको थियो।यस सत्रले अपांगता अधिकारका गतिविधिहरूको वर्तमान स्थिति र भावी दिशाहरू स्पष्ट रुपमा देखाउने परिणाम प्रदान गर्‍यो।

नेपाल नेत्रहीन संघ, प्रमुख अतिथिज्यू,सहभागी आदरणीय व्यक्तित्वहरू, मिडियाकर्मी र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

18/01/2026

The NAB/DAB RISE Program Monitoring Workshop (10–15 January 2026) was successfully conducted with the participation of DAB Program Manager Ms. Susanne Koch Andersen, representative from NAB Central Board, Karnali Province Board, and NAB/DAB RISE Program staff from central and field levels.

NAB/DAB RISE Program Monitoring Workshop Successfully ConcludedThe NAB/DAB Rights, Inclusion, Strengthening, Empowerment...
18/01/2026

NAB/DAB RISE Program Monitoring Workshop Successfully Concluded
The NAB/DAB Rights, Inclusion, Strengthening, Empowerment (RISE) Program Monitoring Workshop (10–15 January 2026) was successfully conducted with the participation of DAB Program Manager Ms. Susanne Koch Andersen, representative from NAB Central Board, Karnali Province Board, and NAB/DAB RISE Program staff from central and field levels. The program has been implemented since 2025 in six municipalities/rural municipalities across four districts of Karnali Province.
The workshop provided deeper insight into Nepal’s political context and frameworks and included comprehensive reviews of LFA.
Key outcomes included in-depth discussions on the organizational, political, and financial sustainability of NAB; planning of upcoming podcast production; review of revised IGA guidelines; strengthened financial monitoring and audit compliance; finalization of inputs for the 2025 LFA Status Update, Annual Report, and Results Sheet; and identification of key risks with mitigation measures to ensure effective and sustainable implementation of the RISE Program.
Thank you to all participants for your active engagement and continued commitment to strengthening inclusive, accountable, and sustainable program implementation.

16/01/2026

नेपाल नेत्रहीन संघको कोसेली घरमा तपाईंलाई हार्दिक निमन्त्रणा छ।
एकैछिन समय निकालेर स्वयं सहभागी हुन तथा अरूलाई पनि सहभागी गराउन अनुरोध गर्दछौँ।

दृष्टिविहीन व्यक्तिहरूको एकमात्र छाता संस्था नेपाल नेत्रहीन संघ को ३३औँ स्थापना दिवस (माघ ८) को शुभ अवसरमा कोसेली घर सञ्चालनमा ल्याइँदै छ।
दृष्टिविहीन व्यक्तिहरूमा उद्यमशीलताको विकास गर्दै उनीहरूका लागि दिगो आर्थिक अवसर सिर्जना गर्नु कोसेली घरको मुख्य उद्देश्य हो।

यस कोसेली घरमा दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका सामग्रीहरू, साथै देशका विभिन्न स्थानबाट संकलन गरिएका सामग्रीहरू उपलब्ध हुनेछन्। यहाँ सरसफाइ सामग्री, हस्तकलाका सामग्री, जुम्ली मार्सी चामल, जुम्ली सिमी, स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएको अगरबत्ती, कपडा धुने सर्फ, इलामे हरियो दानादार चियापत्ती, छुर्पी, बेसार, मसला तथा हर्बल चिया लगायतका सामग्रीहरू उपलब्ध छन्।

हाम्रो अपेक्षा:
• समय व्यवस्थापन गरी एकैछिन हाम्रो कोसेली घरमा अवश्य पाल्नुहोला।
• यहाँ उपलब्ध सामग्रीहरूमध्ये उपयोगी लागेमा खरिद गरिदिनुहोला।
• खरिद गरिएका सामग्रीहरू गुणस्तरीय लागेमा अन्य व्यक्तिहरूलाई पनि हाम्रो कोसेली घर भ्रमण गर्न प्रेरित गरिदिनुहोला।

कोसेली घरका विशेषताहरू:
• शुद्ध तथा मिसावट रहित सामग्रीहरू
• स्थानीय बजारमा सजिलै उपलब्ध नहुने सामग्रीहरू
• सस्तो, भरपर्दो र गुणस्तरीय सामग्रीहरू

कोसेली घर खुल्ने समय: शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म

कोसेली घरको शुभारम्भ:
मिति: २०८२ माघ ८ गते
समय: बिहान ११ बजे
स्थान: नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, रारा मिथिला मार्ग, सुकेधारा, काठमाडौं

सम्पर्क:

इमेल: koselighar@nabnepal.org
फोन: ०१–४३७६५८०, ९८५१११५४८८

📍 *नेपाल फिनटेक एक्स्पो 2026 | स्टल नं. A8 (सम्पन्न)*नेपाल नेत्रहीन संघ (Nepal Association of the Blind – NAB) ले  २०८२ ...
06/01/2026

📍 *नेपाल फिनटेक एक्स्पो 2026 | स्टल नं. A8 (सम्पन्न)*

नेपाल नेत्रहीन संघ (Nepal Association of the Blind – NAB) ले २०८२ पौष १८-१९ गते नेपाल फिनटेक एक्स्पो 2026 मा *डिजिटल पहुँचयोग्यता (Digital Accessibility)* को सन्देशसहित *स्टल नं. A8* सञ्चालन गरेको थियो।

यस स्टलमार्फत 👇
✔️ मोबाइल बैंकिङ
✔️ इन्टरनेट बैंकिङ
✔️ eSewa, Khalti, IME Pay, City Pay जस्ता मोबाइल वालेटहरू
✔️ एटीएम, कार्ड सेवा तथा पहुँचयोग्य कर्जा

दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिहरूका लागि *कसरी पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा प्रत्यक्ष डेमो* प्रस्तुत गरिएको थियो।

👥 IT तथा एप विकास कम्पनी, बैंकिङ क्षेत्र, कानुन व्यवसायी, मिडिया तथा अन्य सरोकारवालासहित *१०० भन्दा बढी व्यक्तिहरूले स्टल अवलोकन* गर्नुभएको थियो।

💡 यस प्रदर्शनीले *“Digital Accessibility is not a choice, it’s a right”* भन्ने सन्देशलाई प्रभावकारी रूपमा उजागर गर्न सफल भएको थियो।

📌 समावेशी डिजिटल वित्तीय प्रणाली निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो।

Fintech Alliance लाई यो विशेष अवसरका निम्ति धन्यवाद ज्ञापन गर्दछौ ।





05/01/2026

सूचना:

नेपाल नेत्रहीन सङ्घले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका हस्तकला तथा कास्टकला सामग्रीहरू र उनीहरुलेनै उत्पादन तथा सङ्कलन गरेका खाद्यान्नहरूको बिक्री–वितरण गर्ने उद्देश्यले “कोसेली घर “ सञ्चालन गर्न लागिएको हुँदा उक्त कोसेली घरमार्फत आफ्ना सामग्री बिक्री–वितरण गर्न चाहने दृष्टिसम्बन्धी अपाङ्गता भएका उद्यमीहरूले २०८२ पौष मसान्तभित्र यस सङ्घको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ।

सम्पर्कका लागि:

अमृत राई, निर्देशक :: ९८५१११५४८८
कार्यालय सम्पर्क नं.: +९७७-४३७६५८०

31/12/2025

Nepal Association of the Blind
Year-End Message – 2025

Dear Board Members, Staff, Beneficiaries, Partners, and Stakeholders,
As 2025 comes to a close, we extend our heartfelt gratitude for your support and collaboration. This year, together we have advanced the rights, inclusion, and empowerment of persons with visual impairments.
Your dedication and partnership inspire us to continue building a society where every person with a disability can live with dignity and opportunity. We look forward to 2026 with renewed commitment and hope.

Wishing you a joyful and prosperous New Year 2026!!

नेपाल नेत्रहीन संघले आफ्नो २०२४ देखि २०२८ सम्मको रणनीतिक योजनालाई मध्यनजर गर्दै पौष ११ र १२ गते दुई दिने सिकाइ आदान–प्रद...
29/12/2025

नेपाल नेत्रहीन संघले आफ्नो २०२४ देखि २०२८ सम्मको रणनीतिक योजनालाई मध्यनजर गर्दै पौष ११ र १२ गते दुई दिने सिकाइ आदान–प्रदान गोष्ठी आयोजना गरेको थियो। गोष्ठीमा करिब ५० जना सहभागी थिए, जसमा केन्द्रीय कार्यसमिति सदस्यहरू, प्रदेश अध्यक्षहरू तथा सम्पूर्ण स्टाफ साथीहरूको सहभागिता रहेको थियो।

उक्त गोष्ठीको सहजीकरण श्री महेश्वर घिमिरेज्यूले गर्नुभएको थियो। गोष्ठीका क्रममा सन् २०२४ मा कार्यान्वयनका क्रममा सामना गर्नुपरेका चुनौतीहरू, त्यस अवधिमा प्राप्त भएका सिकाइहरू कति हदसम्म व्यवहारमा उतारिए भन्ने विषयमा व्यापक छलफल गरिएको थियो। साथै, सन् २०२५ को समग्र अवस्था, प्राप्त उपलब्धिहरू, संस्थागत सिकाइहरू तथा आगामी दिनका लागि आवश्यक सुधार र दिशाबारे समेत सारगर्भित विमर्श गरिएको थियो।

त्यसैगरी, रणनीतिक योजनाको कार्यान्वयनसँग सम्बन्धित सम्भावित जोखिमहरूको पहिचान तथा विश्लेषण समेत गरिएको थियो। यस सिकाइ आदान–प्रदान गोष्ठीले संस्थागत समीक्षा, सिकाइको प्रभावकारी कार्यान्वयन तथा रणनीतिक लक्ष्यअनुसार आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

12/12/2025

गणक (Enumerator) आवश्यकता सम्बन्धी सूचना:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ‚ बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपाल तथा नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन् २०२९ सम्म अपाङ्गता अधिकारका लागि सहकार्य (Collective Action for Disability Rights (CADiR) नामक परियोजना सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत अधिकतम १५ दिनका लागि तल उल्लेखित स्थानीय तहहरुमा तथ्याङ्क सङ्कलन कार्य गर्न गणकहरुको आवश्यकता भएको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट, यो सूचना प्रकाशित भएको मितिदेखि १० दिन भित्र दरखास्त आव्हान गरिन्छ ।

तथ्यांक संकलनको लागि छनौट भएका स्थानीय तहहरु:

१.धरान उपमहानगरपालिका, सुनसरी, कोशी
२. काठमाडौं महानगरपालिका, काठमाडौं, बागमती
३. हेटौंडा उपमहानगरपालिका, मकवानपुर, बागमती
४. पोखरा महानगरपालिका, कास्की, गण्डकी
५. दूधपोखरी गाउँपालिका, लमजुङ, गण्डकी
६. राप्ती गाउँपालिका, दाङ, लुम्बिनी
७. नेपालगञ्ज उपमहानगरपालिका, बाँके, लुम्बिनी
८. सिद्ध कुमाख गाउँपालिका, सल्यान, कर्णाली
९. गुर्भाकोट नगरपालिका, सुर्खेत, कर्णाली

गणकका लागि आवश्यक न्यूनतम योग्यता तथा छनोटका मापदण्डहरू निम्नअनुसार रहेका छन्:
१) न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण वा सो सरह
२) अनलाइन सर्वेक्षण सम्बन्धि कार्यमा सिप र अनुभव भएको । (मुख्यतया KOBO Tool अथवा यस्तै अरु कुनै एप्स)
३) अनलाइन तथ्याङ्क प्रविष्टि गर्नका लागी इन्टरनेट/डेटा प्याकेज प्रयोग गर्न जानेको ।
४) Kobo tool चलाउन सकिने खालको आफ्नै स्मार्टफोन भएको ।
५) नेपाली र अंग्रेजी दुवै भाषामा फारम भर्न सक्ने ।
६) छनौट प्रक्रियामा स्थानीयलाई प्राथमिकता दिइनेछ । ५० प्रतिशत महिला गणक छनौट हुने भएकोले उल्लेखित स्थानीय तहमा बसोबास गर्ने महिलाहरुलाइ दरखास्त आव्हानको लागि प्रोत्साहन गरिन्छ ।

छनोट प्रक्रिया र सूचना

१) छनौट प्रक्रियाका सबै चरणमा सक्रिय रूपमा सहभागी नभएमा अयोग्य मानिनेछ ।
२) प्रारम्भिक मुल्याङ्कनमा छनौट भएका आवेदकहरूलाई मात्र नेपाल नेत्रहीन सङ्घ मार्फत् सूचना प्रदान गरिने छ ।
३) पारिश्रमिक नेपाल नेत्रहिन संघको नियमानुसार हुनेछ ।

अन्य आवश्यक जानकारीहरु गुगल फारम अनिवार्य रुपमा भरी सोही फारममा बायोडाटा र नागरिकताको प्रतिलिपि अपलोड गर्नुपर्नेछ ।

गुगल फर्मको लिङ्क :
https://forms.gle/8XdprSRrUwHFkS9s9

*आवेदन दिने अन्तिम मिति: २०८२ पुष ६ गते*

*अनलाइन फारम भर्न समस्या परेमा सम्पर्क : ९८४७२५९९३०*

08/12/2025

!!!संगीत प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना!!!

काठमाडौ महानगरपालिका मार्फत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्राप्त बजेट शीर्षकबाट यस संस्थाद्वारा संचालन गरिने संगीत प्रशिक्षण कार्यक्रमलाई ६ महिने संगीत प्रशिक्षक आवश्यक परेकाले योग्यता सीप तथा अनुभव भएका इच्छुक व्यक्तिहरूलाई निम्न विवरणका साथ दरखास्त लागि सूचित गरिन्छ।

आवश्यक पद:

संगीत प्रशिक्षक (Music Instructor) गराइने बाध्य सामग्रीहरु (अक्टोप्याड, ढोलक, मादल हार्मोनियम, किवोर्ड) सिकाउन सक्ने
योग्यता:
• संगीत सम्बन्धी प्रशिक्षण/कोर्ष गरेको
• दृष्टिविहीनलाई संगित प्रशिक्षण गराउन अनुभव भएकोलाई विशेष प्राथमिकता
पेश गर्नुपर्ने कागजातहरू:
• आवेदन पत्र
• नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• अनुभव प्रमाणपत्रको प्रतिलिपि

दरखास्त दिने अन्तिम मिति: २०८२ मंसिर २९
दरखास्त दिने स्थान:नेपाल नेत्रहीन संघ
Email: nabntcs@gmail.com
सम्पर्क नम्बर: ०१-४३७६५८०

🎗️ विश्व सेतो छडी दिवस: दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता र आत्मविश्वासको प्रतीक 🎗️हरेक वर्ष अक्टोबर १५ का दिन विश्व ...
17/10/2025

🎗️ विश्व सेतो छडी दिवस: दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता र आत्मविश्वासको प्रतीक 🎗️

हरेक वर्ष अक्टोबर १५ का दिन विश्व सेतो छडी दिवस विश्वभर मनाइन्छ, जसको उद्देश्य दृष्टिबिहीन व्यक्तिहरूको स्वतन्त्रता, आत्मनिर्भरता र सुरक्षित आवागमनप्रति जनचेतना फैलाउनु हो।

सेतो छडी केवल सहायक उपकरण होइन, यो स्वतन्त्रताको प्रतीक हो। यसले दृष्टिबिहीन व्यक्तिहरूलाई आत्मविश्वासका साथ आफ्नो बाटो हिँड्न सक्षम बनाउँछ।

यही विषयमा नेपाल नेत्रहीन संघका अध्यक्ष श्री शिशिर खनाल, प्रयत्न नेपालकी अध्यक्ष श्री सरीता लामिछाने र एक्सेस प्लानेटकी कार्यकारी निर्देशक श्री लक्ष्मी नेपालले यसको महत्वबारे टीकाराम यात्रीसँग छलफल गर्नुभएको छ।
पूरा अन्तर्वार्ता हेर्नका लागि तल दिएको युट्युब लिङ्कमा क्लिक गर्नुहोस्।

#अँध्यारोबाट_उज्यालोतिर : शिशिर खनाल- अध्यक्ष, नेपाल नेत्रहिन संघ लक्ष्...

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014376598

Alerts

Be the first to know and let us send you an email when Nepal Association of the Blind posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Association of the Blind:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram