03/08/2025
नेपाल नेत्रहीन संघ (NAB)द्वारा स्रोत कक्षा अन्तर्गत छात्रावासमा बसोबास गर्ने दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाका लागि सञ्चालनमा रहेका आठवटा सरकारी विद्यालयहरूमा कार्यरत १० जना महिला हेरचाहकर्ताहरूलाई लक्षित गर्दै सफलतापूर्वक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।
उक्त तालिममा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाको समुचित हेरचाहका लागि आवश्यक विषयवस्तुहरू समेटिएका थिए, जसमा अभिमुखीकरण तथा गमन्शीलता (Orientation and Mobility), दृष्टिविहीन संस्कृति तथा शिष्टाचार, बाल मनोविज्ञान र परामर्श, बाल संरक्षण, पोषण तथा समग्र स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन (MHM), र सरसफाइ सम्बन्धि अभ्यासहरू समावेश गरिएको थियो।
तालिमको समापन सत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखाका निर्देशकको, प्रमुख आतित्थ्यमा रुपमा सम्पन्न भएको थियो। हेरचाहकर्ताहरू र प्रमुख अतिथिबिचको प्रत्यक्ष अन्तर्क्रियाले सरकारी प्रावधानहरू, हेरचाहकर्ताहरूको जिम्मेवारी र भूमिकाबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै भावी कार्यदिशा निर्धारणमा मार्गदर्शन गरिएको थियो।
नेपाल नेत्रहीन संघ (NAB) ले तालिमलाई सफल, प्रभावकारी र उद्देश्य अनुकूल बनाउन समर्पित आयोजक टोली, सहभागी हेरचाहकर्ता, विज्ञ प्रशिक्षकहरू, सहयोगी साझेदारहरू तथा आदरणीय प्रमुख अतिथिप्रति हार्दिक आभार प्रकट गर्दछ।
The Nepal Association of the Blind (NAB) successfully organized a capacity-building training for 10 female caregivers from eight government schools that host resource classes for blind and partially sighted students residing in hostels. The training covered essential topics including Orientation and Mobility (O\&M), blind culture and etiquette, child psychology and counselling, safeguarding, nutrition and wellbeing, menstrual hygiene management (MHM), and sanitation.
The closing session was chaired by the Director of Inclusive Education at the Center for Education and Human Resource Development. A direct interaction between the caregivers and the chief guest helped clarify government provisions, caregiver responsibilities, and the path forward.
NAB extends its heartfelt gratitude to the organizing team, all participating caregivers, the expert trainers, support partners, and the respected chief guest for their valuable presence and contributions in making the training a meaningful and impactful success.
#2025