01/10/2025
नवौँ दिन : सिद्धिदात्री
अद्र्धनारीश्वर नामले समेत प्रसिद्ध, चार भुजा, सिंहवाहिनी देवीको नाम सिद्धिदात्री हो । अष्टसिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) प्रदान गर्ने देवीलाई सबै मनोकामना पूर्ण गर्ने शक्ति मानिन्छ ।
सिद्धिदात्री सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पनी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल।
🕉️जय भवानी 🕉️🙏🏻
🕉️जय सिद्धिदात्री 🕉️🙏🏻