Deny Health Care Pvt.Ltd

Deny Health Care Pvt.Ltd chemist /pharmacy

02/12/2024

फार्मेसी सञ्चालकलाई हनीट्र्यापमा पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ​

भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले ३३ वर्षीय युवकलाई हनीट्र्यापमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजी कुमार आचार्यका अनुसार पक्राउ पर्नेमा इलाम घर भएर नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भएर स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जी छन् ।

फार्मेसी सञ्चालकले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिएर घरमा ‘ड्रेसिङ सेवा’ दिँदै आएका थिए । अनलाइनमा सम्पर्कमा आएकी वर्षाले फार्मेसी सञ्चालकलाई खुट्टाको घाउ ड्रेसिङ गर्न भन्दै डेरामा बेलाएकी थिइन् । ​

फार्मेसी सञ्चालक स्कुटर लिएर राधेराधेस्थित वर्षाको डेरामा पुग्छन् । डेरामा पुगेपछि वर्षाले ती युवालाई एक बुढी आमाको घाउ ड्रेसिङ गर्ने भन्दै कोठामा रोकेर राख्छिन् । उनीहरू कोठामा बसिरहेकै बेला बाहिरबाट समृद्धि आउँछिन् र आफ्नो नन्द वर्षालाई बलात्कार गर्न खोजेको भन्दै आरोप लगाउन थाल्छिन् ।

फार्मेसी सञ्चालक डराएर त्यहाँबाट भाग्छन् । वर्षाले योजनाबद्ध ढंगले दीपेन्द्र र समृद्धिलाई लिएर फार्मेसीको ठेगानामा पुगेर रकम बार्गेनिङ गर्न शुरू गर्छिन् ।

शुरूमा त फार्मेसी सञ्चालकले आफ्नो कुनै गल्ती नभएको बताउँछन् । तर, प्रतिष्ठामा आँच आउने देखिएपछि उनी ८ लाख रूपैयाँ दिन सहमति गर्छन् । रकम पुरै नदिँदै फार्मेसी सञ्चालकले प्रहरीमा खबर गर्छन् । त्यसपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पीडितबाट आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी आचार्यका अनुसार खासमा समृद्धि र वर्षाबीच कुनै सम्बन्ध थिएन । फार्मेसी सञ्चालकलाई फसाउने योजनामा नन्द-भाउजुका रूपमा प्रस्तुत भएका थिए ।

Address

Kadaghari, Lahure Chock, Bhadrakali Petrol Pump
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Deny Health Care Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram