Mukesh Adhikari

Mukesh Adhikari Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.

Former Deputy Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.

असमानता प्रष्ट छ!🥲कर्णाली र सुदूरपश्चिम हेर्नुस् — नसर्ने रोगको उपचार पाउन जाँदा-जाँदै धेरै खर्च सकिन्छ।🥲यो केवल “याताया...
05/28/2026

असमानता प्रष्ट छ!🥲

कर्णाली र सुदूरपश्चिम हेर्नुस् — नसर्ने रोगको उपचार पाउन जाँदा-जाँदै धेरै खर्च सकिन्छ।🥲

यो केवल “यातायात खर्च” को कुरा होइन। यसको अर्थ हो — स्वास्थ्य सेवा टाढा छ, नियमित follow-up गर्न गाह्रो छ, औषधि लिन जान खर्च लाग्छ, जाँच गराउन समय र पैसा दुबै लाग्छ।

मधुमेह, उच्च रक्तचाप, मुटु रोग, दम जस्ता नसर्ने रोगमा उपचार एकपटक गरेर सकिँदैन। नियमित जाँच, औषधि र निगरानी चाहिन्छ। तर सेवा नै टाढा छ भने “नियमित उपचार गर” भन्नु कति व्यवहारिक छ?

समाधान एउटै छ: स्थानीय स्वास्थ्य प्रणाली बलियो बनाउने। स्वास्थ्य सेवा नजिक नल्याई नसर्ने रोगको बोझ घटाउन गाह्रो छ।

✍ Adhikari

हेल्थ असिन्टेन्टहरु दुखी नहुनुस् है, 🥲 जम्मा ५ जनाको भएपनि दरबन्दी थपिएको रहेछ, नील भएनछ । 😲😲.४८९ जना नर्स र मिडवाइफ, १६...
05/28/2026

हेल्थ असिन्टेन्टहरु दुखी नहुनुस् है, 🥲 जम्मा ५ जनाको भएपनि दरबन्दी थपिएको रहेछ, नील भएनछ । 😲😲.
४८९ जना नर्स र मिडवाइफ, १६४ जना मेडिकल अधिकृत को पूल दरबन्दी थपिएछ । .
आआफ्नो हेर्नुस है !!.
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन अनुसार दरवन्दी।

जम्मा थपिएकोः ९७७

✍️Mukesh Adhikari

Gajjab!👏 यो तथ्यांक हेर्दा प्रगति देखिन्छ । तर......🤔🤔🤔...............WHO को SDG थ्रेसहोल्ड भनेको ४.४५ प्रति हजार (डाक्ट...
05/28/2026

Gajjab!👏 यो तथ्यांक हेर्दा प्रगति देखिन्छ । तर......🤔🤔🤔...............

WHO को SDG थ्रेसहोल्ड भनेको ४.४५ प्रति हजार (डाक्टर + नर्स + मिडवाइफ सबै जोडेर) हो।

प्रदेश अनुसार कति छ? — कर्णाली vs बागमती प्रदेश तुलना गर्यो भने एकदमै फरक होला।

शहर र गाउँ भित्र कति छ? — पालिका स्तरको तथ्याङ्क निकाल्यो भने सही तस्वीर आउँछ।

यिनीहरू "दर्ता भएका" हुन् कि "सक्रिय रूपमा काम गर्ने"? दर्ता भएका र सक्रिय रूपमा काम गर्ने डाक्टर र नर्समा ठूलो फरक हुन्छ।

✍️MMukesh Adhikari

स्वास्थ्य बीमा बोर्ड: "पैसा छैन, Private Hospitals बाट प्रदान गरिने आकस्मिक बाहेकका सेवा रोकियो!"कारण? बोर्डको बढ्दो वित...
05/27/2026

स्वास्थ्य बीमा बोर्ड: "पैसा छैन, Private Hospitals बाट प्रदान गरिने आकस्मिक बाहेकका सेवा रोकियो!"

कारण? बोर्डको बढ्दो वित्तीय संकट — सरल भाषामा भन्दा: पैसा छैन।

Kaile private hospitals — IN!
Kaile private hospitals — OUT!
Pheri IN… Pheri OUT! 🔄

जनता confuse chan, तर policy बनाउनेहरू आफैं confuse छन् कि? 🤔

बीमामा enroll हुन लगाउने → plan नगर्ने → crisis आउने → सेवा रोक्ने → जनतालाई सास्थी हुने। ।

यो cycle कहिले टुट्छ?🤔🤔🤔

स्वास्थ्य बीमा बोर्डको सुबिधा थैली (तेस्रो संशोधन), 2083 आएछ । एउटा हलका नमिल्ने कुरो देखिएर ध्यानाकर्षण गरियो है। यो  B...
05/26/2026

स्वास्थ्य बीमा बोर्डको सुबिधा थैली (तेस्रो संशोधन), 2083 आएछ ।

एउटा हलका नमिल्ने कुरो देखिएर ध्यानाकर्षण गरियो है। यो BILATERAL KNEE REPLACEMENT को सुबिधा थैली 43 मात्रै हो कि कति हो? कता कता नमिलेजस्तो देखियो । यसो हेरेर सुधार गर्नुहुन अनुरोध छ है । 🙂

Source: https://hib.gov.np/content/313/notice-regarding-the-implementation-of-the-modified/

🤔 तपाईंलाई के लाग्छ?सरकारी अस्पतालमा सेवा सुधार  र सजिलो पहुँच नभएसम्म के विरामीहरूले प्राइभेट अस्पताल रोज्न छाड्छन् त? ...
05/26/2026

🤔 तपाईंलाई के लाग्छ?

सरकारी अस्पतालमा सेवा सुधार र सजिलो पहुँच नभएसम्म के विरामीहरूले प्राइभेट अस्पताल रोज्न छाड्छन् त? कसरी सुधार गर्न सकिन्छ?🤔 .
कर्णाली प्रदेशमा सरकारी अस्पतालको उपयोग बढी छ — तर के यो "रोजाइ" हो कि "बाध्यता"? प्राइभेट विकल्प नभएकाले मात्र हो?🤔 .
मधेश प्रदेशमा सरकारी अस्पतालको उपयोग जम्मा ११.६% — यसको कारण के होला? स्वास्थ्य सेवाको गुणस्तर, भरोसाको कमी, कि भौगोलिक पहुँच?🤔 .
नसर्ने रोगको उपचार महँगो हुन्छ; प्राइभेट अस्पतालमा जाँदा परिवारको आर्थिक भार कति बढ्छ होला? 🤔 .
तपाईं आफ्नो प्रदेशमा — नसर्ने रोगको उपचारका लागि सरकारी कि प्राइभेट अस्पताल रोज्नुहुन्छ? किन?🤔 .
नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे २०२२/२३ को तथ्याङ्क हेर्दा एउटा रोचक तथ्य देखिन्छ: अधिकांश प्रदेशमा नसर्ने रोग (Non-Communicable Diseases) लागेका विरामीहरू सरकारी भन्दा प्राइभेट अस्पतालमा बढी जान्छन्।.
गण्डकी प्रदेशमा सबैभन्दा बढी प्राइभेट अस्पताल उपयोग । .
कर्णाली प्रदेश — उल्टो चित्र! यो एकमात्र प्रदेश हो जहाँ सरकारी अस्पतालको उपयोग प्राइभेट भन्दा बढी छ। .
स्रोत: Nepal Living Standard Survey 2022/23
✍️ Prepared by: Adhikari, PhD, MPH

रोचक, सोचनीय र गम्भीर तथ्य: सर्ने रोग लाग्दा हामी कहाँ पुग्छौँ?🤔😮😮...नेपालमा सर्ने रोग लाग्दा सबैभन्दा धेरै मानिस फार्मा...
05/25/2026

रोचक, सोचनीय र गम्भीर तथ्य: सर्ने रोग लाग्दा हामी कहाँ पुग्छौँ?🤔😮😮...
नेपालमा सर्ने रोग लाग्दा सबैभन्दा धेरै मानिस फार्मासिस्टसँग परामर्श गर्छन् — ३९.३%।
डाक्टरसँग परामर्श गर्ने २९.३% छन्। अनि २२.२% मानिसले त कसैसँग पनि परामर्श गर्दैनन्।...
यो नक्सा हेर्दा केही प्रश्नहरु मनमा उठे ।🤔🤔🤔...
मानिसहरू डाक्टर वा विरामी जाँच गर्ने paramedics भन्दा पहिले फार्मेसी किन पुग्छन्? 🤔🤔🤔...
- के फार्मेसी नजिक भएर हो?🤔
- के डाक्टर भेट्न समय लाग्ने भएर हो?🤔
- के खर्चको डर भएर हो?🤔
- के स्वास्थ्य संस्थामा जान झन्झट लाग्ने भएर हो?🤔
- कि हामीमध्ये धेरैको बानी नै “पहिले औषधि खाएर हेरौँ, ठीक नभएपछि डाक्टरकहाँ जाउँला” भन्ने भएर हो?🤔
...
अर्को कुरा, प्रदेशअनुसार यति धेरै फरक किन होला?🤔...
मधेशमा सर्ने रोग लाग्दा ६२% मानिस फार्मासिस्टसँग परामर्श गर्छन्। तर कर्णालीमा यो १४.७% मात्रै छ। यो फरक किन आयो होला?🤔
- के मधेशमा फार्मेसी सजिलै भेटिने भएर हो?🤔
- के कर्णालीमा फार्मेसीको पहुँच कम भएर हो?🤔
- के स्वास्थ्य संस्थाको पहुँच, आर्थिक अवस्था, वा मानिसहरूको health seeking behavior प्रदेशअनुसार फरक भएर हो?🤔...
अर्को गम्भीर प्रश्न: सर्ने रोगमा धेरै मानिस फार्मेसी पुग्दा,
- के अनावश्यक antibiotic प्रयोग र antibiotic resistance को जोखिम पनि बढिरहेको त छैन? 🥲...
यो pharmacist लाई दोष दिने कुरा होइन; बरु उनीहरूलाई सही guideline, training र referral system सहित स्वास्थ्य प्रणालीको पहिलो सम्पर्क बिन्दुका रूपमा व्यवस्थित गर्ने कुरा हो।...
यसलाई अर्को कोणबाट पनि हेर्नुपर्छ।...
यदि बिरामी हुँदा धेरै मानिसहरू सबैभन्दा पहिले फार्मेसीमै पुग्छन् भने, फार्मासिस्टहरू हाम्रो स्वास्थ्य प्रणालीको “पहिलो ढोका” जस्तै भएनन् र?...
तर हाम्रो स्वास्थ्य प्रणालीले उनीहरूलाई त्यही हिसाबले महत्व दिएको छ त? ...
सर्ने रोगमा मानिस फार्मेसीमा पुग्छन् भने, त्यही ठाउँबाट सही सल्लाह, समयमै referral, अनावश्यक antibiotic प्रयोग कम गर्ने, र संक्रमण फैलिन नदिने काम गर्न सकिँदैन र?...
स्वास्थ्य सेवा भनेको अस्पताल र डाक्टर मात्र होइन। मानिसहरू वास्तवमा कहाँ पुगिरहेका छन् भन्ने बुझ्नुपर्छ। अनि जहाँ मानिस पुग्छन्, त्यही ठाँउबाट काम सुरु गर्नुपर्छ ।

तपाईंलाई के लाग्छ?🤔

फार्मासिस्टलाई हामी केवल औषधि बेच्ने व्यक्ति मानिरहने कि जनस्वास्थ्यको महत्वपूर्ण पहिलो सम्पर्क बिन्दुका रूपमा व्यवस्थित रूपमा जोड्ने?🤔

Ministry of Health and Population-Nepal
Mehata
Dr. Toshima Karki Secretariat
Toshima Karki- (तोसिमा कार्की)
Lekhjung Thapa

कर्णालीमा जनस्वास्थ्य कार्यालय छुट्टै नहुदाको समस्या जनस्वास्थ्य कार्यक्रम अस्पतालकाले चलाएकोमा मन्त्रीज्युको ध्यानाकर्ष...
05/23/2026

कर्णालीमा जनस्वास्थ्य कार्यालय छुट्टै नहुदाको समस्या जनस्वास्थ्य कार्यक्रम अस्पतालकाले चलाएकोमा मन्त्रीज्युको ध्यानाकर्षण !

आज नेपालले अमेरिकालाई धुलोपिठो हुने गरी १२२ रनले हराएपछि यत्तिको फोटो चाँहि अपलोड गर्ने पर्छ भनेर गरियो है । 🙂🙂🙂Pandey ज...
05/22/2026

आज नेपालले अमेरिकालाई धुलोपिठो हुने गरी १२२ रनले हराएपछि यत्तिको फोटो चाँहि अपलोड गर्ने पर्छ भनेर गरियो है । 🙂🙂🙂

Pandey जी rocked today!!

देशमा हेल्थ इकोनोमिस्ट नभका हुन कि भएर पनि एप्लाई नगरेका हुन् ? 🤔🤔🤔
05/21/2026

देशमा हेल्थ इकोनोमिस्ट नभका हुन कि भएर पनि एप्लाई नगरेका हुन् ? 🤔🤔🤔

जनशक्तिको विवरण उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पत्र !
05/21/2026

जनशक्तिको विवरण उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पत्र !

Address

Chapel Hill, NC

Telephone

+9779843258138

Website

https://scholar.google.com/citations?user=dn44ZTcAAAAJ&hl=en&oi=ao, https://www.linkedin.co

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mukesh Adhikari:

Share