Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी

Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी MBBS, MD (Internal Medicine) Resident MBBS, MD (internal medicine) Resident

24/05/2026

Metformin को side effect

मुधुमेहको अधिकांस बिरामीले खाने औषधि metformin हो र यदि तपाईपनि यो औषधि खाइराख्नु भा छ र कहिले कहिँ तपाईको पेट डम्म फुलेको महसुस हुने, अप्ठ्यारो/असहज महसुस हुने , अपच जस्तो हुने, वाकवाकी वा बान्ता हुने, पखाला लाग्ने, पेट पोल्ने जस्ता खालका समस्या भै राख्छ भने यो metformin को side effect हुन सक्छ l यदि यस्तो समस्या छ भने नियमित खाईराखेको औषधी आफैले झट्ट छोड्न मिल्दैन , र आफुले जचाउने डाक्टरको सल्लाह लिनु पर्छ l

यधि यस्ता समस्या छ भने यसलाई नियुनीकारण कसरि गर्ने भन्दा , metformin जहिले पनि खाना संगै वा खाएको लगतै खानु पर्नेहुन्छ, metformin खादा पेट खाली हुनु भएन l यसो गर्दा metformin बाट हुने पेट सम्बन्धि side effect निक्कै घट्छ l

यो जानकारी मुलक video share गर्नु होला l साथै यसतै स्वास्थ्य सम्बन्धि जानकारीको लागि मेरो page follow गर्नुहोला

23/05/2026

पिसाब गाडा पहेलो किन आउछ?
पिसाबको पहेलो color भनेको, हाम्रो रगत /RBC टुक्रेर bilirubin आउछ र त्यो urobilin मा convert हुन्छ र यसको कारणले पिसाबमा filter भएर आउने फोहोरले पिसाबलाई फोहोर बनाउने हो l जब तपाईले पानीको मात्रा एकदमै कम पिउनुहुन्छ, त्यो फोहोर जब कम पानीमा मिसिएर आउछ त्येसले पिसाबलाई गाढा पहेलो बनाउने हो l यदि तपाईले पानीको मात्रा प्रसस्त पिउनुहुन्छ अनि त्येही फोहोर बढी पिसाबमा dilute भएर पिसाब सादा भएर जानछ l अरु थुप्रै कारणले पिसाब पहेलो हुन्छ जस्तै : यदि तपाईले multi vitamin खाईराख्नु भाछ , vitamin b , vitamin c अथवा beetroot हरुले पनि पिसाब पहेलो आउछ l TB को औषधिले पनि पिसाब पहेलो वा रातो जान्छ l साथै तपाईको अंग ; कलेजो,मृगौलाहरुमा केहि खराबी छ भने पनि पिसाब पहेलो आउने हुन्छ l

22/05/2026

cholesterol को रिपोर्टमा के खयाल गर्ने?

20/05/2026

Anxiety भएका मान्छेहरुमा खानु पर्ने ५ खानेकुराहरु
१. चिया: चियामा दुध वा अर्को चिया होइन, green tea ,chamomile tea , यसमा L thianine हुन्छ जसले तपाइको nervous system यानी दिमागलाई relax राख्छ ।

२. magnesium भएको खानेकुराहरु जस्तै: काजु, ओखर, केरा , यसले gaba neurotransmitor लाई help गर्छ र तपाईको दिमागलाई calm राख्छ ।

३. माछा: माछामा omega fatty acid हुन्छ , यसले co-anxiety को score कम गराउछ

४. दहि: दहिमा pro-biotics हुन्छ जसले anxiety लाई कम गर्न मदत गर्छ

५. तनाबको व्यवस्थापन

19/05/2026

चिनीको बारेमा ५ महत्वपूर्ण तथ्यहरु:
१. चिनी शारीरलाई बिस्तारै नस्टगर्ने बिष , slow poison हो
२. मस्तिस्कको लत केन्द्रमा सबभन्दा बढी लत भनेको चिनीगुलियोको लत हो , जाड रक्सि चुरोट भन्दा पनि बढी , cocine भन्दा ८ गुना बढी
३. जसले चिनी गुलियो बढी खानेगर्छ , उनिहरु संग रोग बढी हुन्छ ,
४. बच्चाहरुमा चिनीको मात्र कम गर्यो भने, बच्चाको पढाई , खेलकुदको गुणस्तर बढेर जान्छ l साथै मस्तिस्कको बिकाश राम्रो हुन्छ
५. बजारमा २०० भन्दा बढी बिभिन प्रकारको चिनी पाइन्छ , र packaged खानामा इ सबै प्रकारको चिनी प्रयोग हुने गर्छ , किनभने लत लागोस भनेर
चिनी गुलियो आजै बाट खान कम गर्नुस र स्वस्थ रहनुस

Night ends. Light remains
19/05/2026

Night ends. Light remains

17/05/2026

मुटु बचाउने उपायहरु :
१. शारीरिक ब्यायाम र stressfree life , चिन्तामुक्त जीवन यापन
२. खानपिन / lifestyle : धुम्रपान, मध्यपान रहित जीवन शैली
३. खुसी भै राख्ने : सधैभरि मन खुसी भै राख्ने मान्छेमा चाई मुटुरोग लाग्ने सम्भावना कम हुन्छ र दुखि चिन्तित भै राख्ने मान्छेमा मुटुको समस्या बढी आउछ l

17/05/2026

चिन्ताको विषय
कङ्गोमा इबोला virus प्रकोप: ८० भन्दा बढीको मृत्यु ,
WHO द्वारा "अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल" घोषणा

16/05/2026

Pressure को औषधि नियमित खाएन भने के हुन्छ?
१.pressure control नभएर kidney fail हुनसक्छ , कहिले काहिँ stroke, दिमागको नसा फुटेर मस्तिस्कघात हुन सक्छ
२. आखाको ज्योति गुमना सक्छ
३. heart attack गराउन सक्छ
४. मुटु बाट निस्किने ठुलो ठुलो रक्त नली , aorta फुटेर aortic dissection हुनसक्छ
त्येही भएर pressure को औषधि नियमित खाइयो भने ठुल-ठुलो ज्यानै जोखिममा पार्ने खालको अवस्थाहरु बाट मुक्ति पार्न सकिन्छ

15/05/2026

कस्तो छातीको दुखाई मुटुरुग को कारणले हुदैन ?
५ प्रकारका छाती दुखाई जुन मुटुरोगको कारण ले प्रय: हुदैन
१. pin-priking chest pain अर्थात् , सियोले घोचे जस्तो छाती दुखाई l यस्तो दुखाई छ भने मुटुको कारण ले हुने सम्भावना एकदम्मै कम हुन्छl
२. यदि औलाले थिच्दा दुख्छ , वा दुखेको सन्चो हुन्छ भने यो मुटुरुग होइन
३. खोक्दा , हच्योउ गर्दा तपाईको दुखाई बढी हुन्छ भने यो पनि मुटुरोग को कारणले होइन
४. यदी तपाईको दुखाई औला को टुप्पोले छाम्न सक्नु हुन्छ भने यस्ता दुखाई पनि मुटुरोग को प्रकृतिको मानिदैन l
५. यदि तपाईको दुखाई १-२ second को मात्र चस्स दुखेको जस्तो हुन्छ र आफै हराउछ भने यस्ता दुखाई पनि मुटुरोगको प्रकृति मानिदैन l

14/05/2026

जत्ति dieting गरे पनि तपाईको पेटको बोसो घट्दैन?
जत्ति dieting गरे पनि तपाईको पेटको बोसो घट्दैनl यसको मुख्य कारण भनेको तपाईको सरिरको metabolism र digestion कम हुनु हो l
यो metabolism र digestion बढाउने ५ खानेकुराहरु जुन खानु भयो भने तपाईको पेट को बोसो कम हुन्छ:
१. गेडागुडी/beans: जुन सुकै गेडागुडी खान सकिन्छ l
२. माछा :यसमा omega ३ fatty acid प्रसस्त मात्रामा पाइन्छ
३. broccoli
४. green tea
५. र रातो खुर्सानी
इ ५ कुराहरु लाई आफ्नो diet मा समावेश गर्नुहोला र चाडै नै तपाईको पेट को बोसो कम हुने छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ramanuj Hathi/ डा. रामानुज हाथी:

Share