हाम्रो मिर्गौला/Kidney Health

हाम्रो मिर्गौला/Kidney Health Our kidneys are smarter than we think

18/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !
यसपटक.....एउटा मात्रै मिर्गौला !
१)प्रश्न:शरीरमा एउटा मात्र मिर्गौला हुन सम्भव छ ?
उत्तर: एकदम सम्भव छ...जनसॅख्याको १ प्रतिशत जति व्यक्तिहरूमा जन्मजात एउटा मिर्गौला हुने हुन्छ, कसैको मा एउटा मिर्गौला सानो हुन्छ, कसैको मा हुनुपर्ने ठॅाउभन्दा फरक स्थान मा हुन्छ...कसैको चॅाहि पछि अपरेशन गरेर..बिग्रिएको मिर्गौला फालेर, क्यान्सरको लागि अपरेशन गरेर, वा मिर्गौला दान दिएर एउटा मात्रै मिर्गौला हुन सक्छन्..मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा पनि काम गर्ने त एउटै ले हो !
२)प्रश्न:एउटा मात्रै मिर्गौला हुदैमा आत्तिनु त पर्दैन हगि ?
उत्तर: कतिवटा भन्दा पनि काम कति गरेको छ भन्ने कुरा हो। सामान्य आयु बॅाच्नको लागि सामान्य काम गर्ने एउटा मिर्गौला भए पुग्छ ..त्यसमा थप रोग आउनु भएन..मिर्गौला फेल हुनु भनेको दुवै मिर्गौला बिग्रेको अवस्था हो..एउटा मात्र बिग्रेको अवस्थामा मिर्गौला फेल भनिदैंन....
३)एउटा मिर्गौला हुने व्यक्तिहरूले केहि सावधानी अपनाउनु पर्छ कि ?
उत्तर: खासै धेरै पर्दैन...रक्तचाप जॅचाएर नियन्त्रण मा राख्न पर्छ, दखाइ कम गर्ने (NSAIDs) पेवकिलर औषधिको प्रयोग नगर्ने..र वार्षिक रूपमा किड्नी को कार्यक्षमता रगत बाट, अनि एउटा पिशाबको रूटिन परीक्षण चॅाहि गराउनु पर्छ...
४)एउटा मिर्गौला पत्थरी वा जन्मजात रोगहरूले बिग्रिएको छ भने त्यसले अर्को मिर्गौलालाइ असर गर्ने सम्भावना हुन्छ कि नॅाइ ?
उत्तर: हुदैन
५)प्रश्न: कसैको त मिर्गौला जोडिएका पनि हुनेरहेछन् है ?
उत्तर: हो..यसलाइ हर्श शु किड्नी भनिन्छ..यसले मिर्गौला बिग्रने जोखिम बढाउने त होइन, तर पत्थरी र सॅक्रमण को जोखिम चॅाहि बढाउन सक्छ !
बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !यसपटक.....शरीर सुन्निने समस्या र मिर्गौला१)प्रश्न: के का...
13/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !
यसपटक.....शरीर सुन्निने समस्या र मिर्गौला
१)प्रश्न: के कारण ले शरीर सुन्निन्छ ?
उत्तर: शरीर सुन्निने अवस्था आउने चॅाहि प्राय जसो शरीरमा नुन र पानी को मात्रा आवश्यकता भन्दा बढि भयो भने हुन्छ...नुन ले तॅाहि ॲाफुसॅग पानी खिचेर लिने भएर हो.....पानी मात्र धेरै भएर सुन्निने खासै हुदैन....पहिलो त व्यक्ति मोटाएको हो कि सुन्निएको हो पत्ता लगाउन पर्छ...प्राय सुन्निएको भन्नाले आफ्नो हातको औंला , गोलिगॅाठा वा कुर्कुच्चा नजिक गाड्दा, गाडिएको डोब बस्यो भने " ए..सुन्निएछ" , भनेर बुझ्न पर्छ
२)सुन्निने बित्तिकै मिर्गौला फेल भएको शॅङ्का हुन्छ हो ?
उत्तर:शॅङ्का त भै हाल्छ, तर मिर्गौला कै रोगमा पनि सबैमा सुन्निने हुदैन...केहिमा मिर्गौला फेल नै भएपनि सुन्निदैन, र धेरैमा चॅाहि मिर्गौला बाट अत्याधिक प्रोटिन पिशाबमा बग्ने रोगमा मात्र सुन्निने हो...यदि पिशाबमा प्रोटिन अलि धेरै मात्रामा बगेको देखिदैन भने, त्यो सुन्नाइ मिर्गौलाको कारण ले होइन भनेर बुझ्न पर्छ....
मुटु का केहि रोग, पुरानो दम/छातीका रोग,कलेजो का रोग ले पनि ज्यान सुन्निन सक्छ...
३)रोग नभैकन पनि सुन्निन्छ त ?
उत्तर:धेरै जनाको त हो नि..विशेष महिलाहरूको शरीरमा अलि बढि बोसो हुने(नङ नै गड्ने गरेर थिच्यो भने डोब बस्ने हुन्छ), अनि महिनावारीको चक्र अनुसार हर्मोन लेभल तलमाथी हुदा सुन्निने हुन सक्छ..यसलाइ ईडियोप्याथिक भनिन्छ..अर्थात् डराउन नपर्ने ..थाइरोइडको समस्या, अरू हर्मोन सम्बन्धि रोग, केहि औषधि हरू(विशेष ब्लड प्रेशर कम गर्ने एम्लोडिपिन भन्ने औषधि, परीवार नियोजनका चक्कि, अरू स्टिरोइड हर्मोन, दुखाइ कम गर्ने औषधि), शरीरमा एलर्जी ले पनि सुन्निन सक्छ..यस्ता सबै सुन्नाइ हरू दुबै खुट्टामा हुन्छन्...
४)एकातिरमात्रै सुन्निने पनि हुन्छ त ?
उत्तर:हुन्छ नि..विशेष गरेर खुट्टाका नशाहरू, मॅाशपेशी,हड्डी हरूका समस्या, सॅक्रमण हरूमा एकातिर मात्रै सुन्निन सक्छ...तर मुल कुरो केहो भने..सबै सुन्नाइ हरू रोग हैनन्...सबै सुन्निने रोग मिर्गौलाका होइनन्..सबै मिर्गौलाका रोगमा ज्यान सुन्निने भन्ने हुदैन !
बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !यसपटक.....युरोलोजी र नेफ्रोलोजीधेरै व्यक्तिहरूमा यो कुरा...
08/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !
यसपटक.....युरोलोजी र नेफ्रोलोजी
धेरै व्यक्तिहरूमा यो कुराको जानकारी कम देखिन्छ..पढेलेखेका भनिएका र अस्पतालमै टिकट दिने काउन्टर मा बस्नुहुने कर्मचारीहरूमा पनि यो समस्या छ, कस्ता समस्या हरू नेफ्रोलोजीस्ट कहॅा जाने, कस्ता समस्या हरू युरोलोजिस्टको मा जाने ?
१)प्रश्न..युरोलोजिस्ट र नेफ्रोलोजिस्ट को फरक केहो ?
उत्तर:पहिले त यो जान्न आवश्यक छ..हरेक ॲग प्रणालीका फिजिसियन र सर्जन विज्ञ हुन्छन्...सामान्यतया मिर्गौला विशषज्ञ भनेर किड्नीको फिजिसियन डाक्टरलाइ बुझिन्छ..फिजिसियन हरू औषधिले बिरामीको उपचार गर्ने डाक्टर हुन्...मिर्गौला तथा मुत्र प्रणालीको अपरेशन , सर्जरी, चिरफार गरी उपचार गर्ने विज्ञलाई युरो सर्जन् वा युरोलोजीस्ट भनिन्छ...यि दुवै विशिस्ट विज्ञता हुन् र दुबैले हेर्ने रोगहरू फरक फरक हुन्छन्...अपवाद बाहेक
२)प्रश्न: कस्ता कस्ता समस्या हरू सर्जन ले हेर्ने हो र ?
उत्तर: मिर्गौला, पिशाब नलि, पिशाब थैली मा पत्थरी, ट्युमर(मासु पलाएको), मिर्गौला सुन्निएको, र अधिकॅाश पिशाब सम्बन्धि समस्या (चुहिने, राती धेरै उठ्न पर्ने, गारो हुने आदि आदि...) , प्रोस्टेट ग्रन्थी का समस्या....पुर्णतया पिशाबका समस्या मिर्गौलाको कारण ले हुने हैनन्.....
३)प्रश्न: त्यसो भए तपॅाइजस्ता नेफ्रोलोजास्टको मा कस्ता विरामी पठाउने, आउने हो त ?
उत्तर: मिर्गौलाले काम गर्नेक्षमता कम भएका(मिर्गौला फेल भएका), डायलाइसिस गर्ने गराएका, प्रत्यारोपण गर्ने, गरेका, सुगर,प्रेशरले मिर्गौला असर गरेका, मिर्गौला बाट प्रोटिन,रगत पिशाबमा बग्ने रोगहरू, अल्पकालिन मिर्गौला बिग्रिएका....यस्ता यस्ता ! कोखा दुख्ने , पिशाब फेर्न गार्हो हुने, तल्लो पेट दुख्ने, अन्डकोष दुख्ने यस्ता विरामी नेफ्रोलोजिस्टमा जाने होइन...आफ्ना समस्याहरू पहिले GP,वा फिजिसियन हरू सॅग देखाउने, अनि बल्ल वहॅाहरू ले कता कता जाने रिफर गर्नुहुन्छ....ॲाफै जान्ने बनेर हिडियो भने दोहोरो दुख पाइन्छ !
बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !यसपटक.....पिशाबमा माइक्रोअल्बुमिन .....१)प्रश्न: खासमा य...
06/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !
यसपटक.....पिशाबमा माइक्रोअल्बुमिन .....
१)प्रश्न: खासमा यो माइक्रोअल्बुमिन चॅाहि के हो ?
उत्तर: यो सामान्य पिशाब (रूटिन पिशाब को जॅाचमा) परीक्षणमा पत्ता नलाग्ने अति थोरै प्रोटिन(अल्बुमिन) हो, जुन अलि विशेष परिक्षणबाट पत्ता लाग्छ....पिशाबको रूटिन परीक्षणमा प्रोटिन जॅाचको लागि डिपस्टिक प्रयोग गरिन्छ, यसले माइक्रोअल्बुमिन पत्ता लगाउन सक्दैन...माइक्रो बाट बढेर म्याक्रो अल्बुमिन(धेरै प्रोटिन बग्ने) अवस्थामा चॅाहि सामन्य परीक्षणमा पत्ता लाग्छ
२)प्रश्न: पिशाबमा प्रोटिन चॅाहि किन बग्छ ?
उत्तर: सामान्यतया पिशाबमा प्रोटिन बग्दैन। मिर्गौलाले रगत छान्दा प्रोटिनहरू फिल्टर हुदैनन्..रगत छान्ने जालि को रृणात्मक चार्ज ले प्रोटिनको रृणात्मक चार्ज विकर्षित हुने हुदॅा प्रोटिन फिल्टर हुदैन। तर जब त्यो फिल्टर जालीमा रोग लाग्छ, त्यो चार्जहरू हरॅाउदै जान्छन्..अर्थात जालि बढि फाटिन्छ, अनि प्रोटिन चुहिएर बग्न थाल्छ..यसरी प्रोटिन बग्ने क्रम बढ्दै गएमा जालिको घाउमा खत बन्दै जान्छ, अनि मिर्गौला कमजोर भएर फेल हुने अवस्थामा पुग्छन्...तर यसरी चुहिएर बगेको प्रोटिनहरू पिशाबको सामान्य जॅाचमा नै देखिन्छन्, माइक्रोअल्बुमिन जॅाच गर्न पर्दैन
३)प्रश्न: कस्ता बिरामीको हो त माइक्रोअल्बुमिन जॅाच गर्नु पर्ने ?
उत्तर: विशेषत मधुमेह(सुगर) का बिरामीहरूको धेरै प्रोटिन बग्नुभन्दा अगाडिको चरणमा माइक्रोअल्बुमिन पिशाव मा देखा पर्यो भने , मुटु तथा रक्तनलिमा गर्ने असरहरूको खतरा बढि हुने अनुसन्धानले देखाएको छ..
४)प्रश्न: भनेसी यो देखिएपछि त खतरा पो रहेछ है ?डराउन पर्यो !
उत्तर: बिल्कुल हैन...अनुसन्धानको क्रममा देखिने सबैकुरा व्यक्तिअनुसार हुबहु लागु हुने होइनन्..राम्रो सुगर कन्ट्रोल,रक्तचाप नियन्त्रण,कोलेस्टेरोल नियन्त्रण गर्ने र नियमित फलो अपमा रहे पुग्छ, आत्तिने विषय होइन
५)प्रश्न:औषधि खान पर्दैन त ?
उत्तर:माइक्रोअल्बुमिनको खास औषधि भन्ने नै हुदैन....एक दुइ वटा समुहका प्रेशर र सुगरका औषधि(डाक्टरले नै भन्नुहुन्छ) नै यसको लागि काफि हुन्छन्.....मुल कुरो माइक्रोअल्बुमिन देखा पर्दैमा मेरो मिर्गौला सकिएछन् भन्दै मिर्गौलाको डाक्टर खोज्दै दौडिन पर्दैन !
बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरिदिनुहोला !यसपटक..पेन किलर औषधि र मिर्गौला१)प्रश्न: पेन किलर औषधि ह...
05/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरिदिनुहोला !
यसपटक..पेन किलर औषधि र मिर्गौला
१)प्रश्न: पेन किलर औषधि हरूले मिर्गौला ध्वस्तै बनॅाउछन् हो ?
उत्तर:ॲाशिक सत्य हो, त्यस्तो ध्वस्तै बनाइहाल्ने त होइनन्...
२)प्रश्न: अलि कुरो बुझिएन..
उत्तर:धेरै कुरो त बुझ्न पर्ने छैन, तर शरीरमा तत्काल दुखाइ वा पिडा भयो भने, रोग वा समस्या ठिक नहुदा सम्म त दुखाइ कम गर्ने औषधि खाएर पनि जिन्दगी सहज बनाउन त पर्यो..आजै दुखाइले मर्नु न बॅाच्नु बनायो भने, भोलि हुने असरको मात्रै पिर गरेर हुदैन!दुखाइ कम गर्ने पनि विभिन्न समुहका औषधि हुन्छन्..विशेष गरेर NSAIDs समुहका औषधि (सामान्य बोलिचालीमा चिनिने ब्रुफेन,ईन्डोमेथासिन्,न्याप्रोक्सेन,डाइक्लोफिनाक,निमेशुलाइड,सेलिकोस्सिब्) हरूचॅाहि लामो समय सम्म एकदम हाइडोजमा वा धेरै थरी मिलाएर खाने गरेमा मिर्गौला स्थाइ रूपमा ड्यामेज हुन सक्छन्..सप्पैको हुन्छ भन्ने होइन
३)प्रश्न:कसै कसैले त एक ट्याब्लेट पनि नखानु भन्छन् नि त ?
उत्तर: हो, जो जसको मिर्गौला पहिले नै अलि कमजोर छन्, जस्तो एउटा मात्र मिर्गौला, डायविटिज को रोग,बढि उमेर भएका व्यक्ति , दिर्घकालिन रूपमा शुरूवाती चरणका मिर्गौला असर भएका व्यक्तिहरूको मिर्गौलाको रक्तसॅचालन प्रोस्टाग्ल्यान्डिन भन्ने तत्वले भरथेग गरेको हुन्छ, यस्ता व्यक्तिहरूले चॅाहि एक ट्याब्लेट NSAIDs औषधि खाए पनि मिर्गौला सुस्ताउन सक्छ..(यि औषधिहरूले प्रोस्ट्याग्ल्यान्डिन उत्पादन कम गर्छन्..जुन दुखाइ गराउने प्रमुख पदार्थ हुन्) र यस्ता संवेदनशील व्यक्तिहरूमा दुखाइको लागि अरू समुहका औषधि (प्यारासिटामोल,ट्रामाडोल,स्टिरोइड्स् , कोडिन...आदि आदि...यिनिहरू केहि चॅाहि फेरी लागु औषधिको वर्गीकरणमा पर्छन् नि )...प्रयोग गर्न पर्छ....
तर यस्तो मिर्गौलाको असर चॅाहि , औषधि रोकेपछि ॲाफै ठिक हुन्छ !
४)अरू पनि केहि असर हुन्छ कि .
उत्तर:सबै औषधि ले जस्तो यि औषधिले पनि मिर्गौलामा एलर्जी गर्न सक्छन्..कहिले कहिले प्रोटिन बग्ने रोग निम्त्याउन सक्छन्...तर यस्ता सम्भावना कम हुन्छन्...आवश्यक मात्रामा, चिकित्सक को निगरानीमा औषधि प्रयोग गरेर बिना दुखाइको जिन्दगी जिउन सक्नुहुन्छ...जो व्यक्ति डायलाइसिस गराइरहनु भएको छ र खासै पिशाब हुदैन भने यस्ता औषधिहरू मज्जाले प्रयोग गर्न मिल्छ...अरू साइड ईफेक्ट नदेखिएसम्म..!

बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

मिर्गौला रोग..भ्रम र यथार्थआजको विषय....उच्च रक्तचाप र मिर्गौला१)प्रश्न: मिर्गौला बिगार्ने प्रमुख कारण मधुमेह र उच्चरक्त...
03/01/2026

मिर्गौला रोग..भ्रम र यथार्थ
आजको विषय....उच्च रक्तचाप र मिर्गौला
१)प्रश्न: मिर्गौला बिगार्ने प्रमुख कारण मधुमेह र उच्चरक्तचाप नै हुन नि है ?
उत्तर:..Ummm..मधुमेह त पक्का एक नम्बर नै हो..तर रक्तचाप मा चॅाहि शॅङ्कै छ !
२)प्रश्न:मतलव ?
उत्तर:उच्च रक्तचाप धेरै ठुला समस्याको कारण हो, जस्तो..मुटु,मष्तिस्क,ॲाखा..आदि....! मिर्गौलाको हकमा चॅाहि यो मिर्गौला बिगार्ने कारण भन्दा पनि धेरै अवस्थामा मिर्गौला रोगको लक्षण पो हो....तर सत्य कुरा के हो भने अनियन्त्रित रक्तचापले मिर्गौला को बिग्रिने क्रम छिटो बनॅाउछन्....!
३)मिर्गौला रोगको लक्षण उच्च रक्तचाप कसरी भयो त ?
उत्तर: सामान्य अवस्थामा रक्तचाप नियन्त्रण मा राख्ने मुख्य काम मिर्गौला ले नै गर्दछन्..शरीरमा सहि मात्रामा नुन(सोडियम) र पानीको मात्रा मिलाउने काम मिर्गौलाको हो...अर्को कुरा हाम्रा रक्तनलीको आकार मिलाउन चाहिने हर्मोन हरू उत्पादन गर्ने मुल प्रक्रिया मिर्गौला बाटै शुरू हुन्छ..नलि सॅाघुरो भएसी रक्तचाप बढ्ने हो ..अरू पनि कारणहरू छन् तर प्रमुख कारण हरू यि हुन्...जब यि कार्यमा गड्बडी हुन्छ अनि रक्तचाप बढ्छ, साथै बढेको रक्तचापले मिर्गौलाको कार्यक्षमता कमजोर बनॅाउदै लैजान्छ....!
४)त्यसोभए रक्तचाप बढि भएका बिरामीले कुन डाक्टर सॅग जॅचाउने त ?
उत्तर: जो सॅग जॅचाएनि हुन्छ..नियन्त्रणमा हुन पर्यो ! मुटु , मिर्गौला, ॲाखा, ग्रन्थी(हर्मोन),नशा(मष्तिस्क) यि प्रणाली सॅग रक्तचापको गहिरो सम्बन्ध हुन्छ..
५)रक्तचाप बढि भएकाले नुन कम खानुपर्छ है ?
उत्तर: स्वस्थ मिर्गौलाले तपॅाइले खाएको नुन कति राख्ने, कति फाल्ने ॲाफै तय गर्छन्..मिर्गौला बिग्रिएपछि यो पनि सन्तुलन बिग्रन्छ..धेरै केहि पनि खानु हुदैन..तर नुन धेरै बारेर अरू समस्या निम्तिने पनि हुन्छ..त्यसैले डाक्टरको निगरानी र सल्लाहमा गर्नुहोला जे गरेपनि !🙏🙏🙏

बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

#स्वास्थ्य

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !यसपटक.....मिर्गौलामा पानीको फोका१)प्रश्न: अरू नै समस्याक...
02/01/2026

मिर्गौला सम्बन्धि केहि भ्रम र जानकारी...सक्दो शेयर गरीदिनुहोला !
यसपटक.....मिर्गौलामा पानीको फोका
१)प्रश्न: अरू नै समस्याको कारण पेटको अल्ट्रासाउन्ड परीक्षण गर्दा मिर्गौला मा पानी को फोका देखियो, अब आत्तिनु पर्ला कि नपर्ला ?
उत्तर:खासै नपर्ला...एक त तपॅाइ आत्तिएर केहि हुने होइन, उहि प्रेशर बढ्ने मात्र हो , विशेषज्ञ कहॅा गएर सल्लाह त लिनु पर्यो, उहॅा पनि आत्तिनु भो भने चॅाहि अलि जटिल भनेर बुझ्न पऱ्यो
२)प्रश्न:विशेषज्ञ सॅग भेटेपछि के भन्नु , गर्नु हुन्छ त ?
उत्तर: पहिलो कुरो त मिर्गौलामा पानीको फोका देखिने दुइ मुख्य कारण हुन्छन्..एउटा चॅाहि वंशाणुगत ॲाउछन्..यसमा चॅाहि दुबै मिर्गौलामा सयौ,हजारौं को सॅख्यामा पानीको फोका देखिन्छन्..२०/२५ वर्षको उमेर देखिनै यि देखिन्छन्, बरतक्तचाप सानै उमेरमा बढाउछन् र भविष्यमा मिर्गौला फेल गराउने सम्भावना बोक्छन्..यसमा तपॅाइको बुवा वा आमा मध्य एक जनालाइ रोग हुनै पर्छ..यसको नियमित परीक्षण, औषधि गर्न पर्छ..वॅशाणुगत भएकोले निको हुने त हुदैन
३)प्रश्न:अनि अर्को चॅाहि ?
उत्तर: धेरै जनाको एक वा दुबै मिर्गौलामा ४०/५० उमेर कटेसी एक दुई वटा पानीका फोका देखिनु सामान्य हो, यि त छालामा प्रशस्तै देखिने कोठि जस्ता हुन्..यिनलाइ कुनै औषधि वा विशेष परीक्षण गर्नु पर्दैन..वर्षमा एक पटक यसो रूप परीवर्तन भएको छ कि छैन, अल्ट्रासाउन्ड ले हेर्नु राम्रो हुन्छ..कहिले कॅाहि यस्तै देखिने केहि क्यान्सर हरू पनि हपन सक्छन्..तर अत्यन्त कम....! यति बाहेक खासै टेन्शन लिन पर्दैन..!

बॅाकि विस्तारै.....(व्यक्तिगत समस्या हरूको लागि डाक्टर नै भेट्नुहोला..जनस्वास्थ्य र मिर्गौला सम्बन्धि थप जान्न मन भए कमेन्टमा लेख्नुस्..विस्तारै यस्तै पोस्ट बनाएर जवाफ दिने प्रयास गर्ने छु...धेरै भ्रममा राखियो यो समाजलाइ..अब चिरफार शुरू..भ्रमको...हेरम् कति सम्म जान सकिन्छ😂😂)
🙏🙏🙏

#स्वस्थमिर्गौला

Address

Lakhepati Marg
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो मिर्गौला/Kidney Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share