Aroma polyclinic and medical center pvt.ltd

  • Home
  • Aroma polyclinic and medical center pvt.ltd

Aroma polyclinic and medical center pvt.ltd healthy today for healthy tomorrow

02/12/2018

के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?
२०७५ असोज १७ गते ११:४३ मा प्रकाशित
138
Shares
- नेपाली हेल्थ

उफ् ! डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् :

छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।

बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

डन्डिफोर आउने कारण
–हर्मोनमा परिवर्तन तथा खराबी ।
–अनियमित महिनावारी ।
–खराब खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय ।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
–लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो

अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।
सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।
निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ

21/11/2018

नमुना संकलन गर्दा ध्यान दिनुपर्ने कुराहरू

१, रगतमा sugar र बोसोको (cholesterol )मात्रा हेर्दा बिरामिले १२घन्टा खाली पेटमा रगत दिनु पर्दछ सादा पानी बाहेक अरु खानेकुरा खानु हुदैन।
२, पिसाब दिशा र खकार को जाँच गर्दा बिहान उठ्ने बित्तिकैको नमुना दिदा उपयुक्त हुन्छ।
३, दिशा पिशाब जाँच गर्न दिदा संकलन गरेको २ घन्टा भित्र प्रयोगशालामा ल्याइसक्नु पर्दछ।
4, पिशाब बाट गर्भ रहेको नरहेको जाँच गर्न महिनाबारी रोकियको १० दिन पछि पिशब दिनुपर्दछ।
५, महिनाबारी भयको बेला सकेसम्म पिशाब जाँच गर्न दिनु हुदैन
६, मधुमेहका बिरामिहरुले (sugar p.p) जाँच गर्न खाना खायको ठिक २ घन्टामा रगत दिनु पर्दछ।
७, दिशामा (occult blood) जाँच गर्दा कम्तिमा ३ दिन अघि देखि सागपात माछा मासु आदि (iron)भयका खानेकुरा खान हुदैन।
# #नियमित रुपमा स्वास्थ परिछेण गरौ, स्वास्थ जीवन बाचौ र बचाऔ # #

01/11/2018

Celebrate and enjoy the festival of lights

06/06/2018

#कुरिलो र यसले स्वास्थ्यमा पार्ने फाईदाबारे जान्नुहोस्

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाइ एक आदर्श खानाको स्रोतका रूपमा लिइन्छ । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ । यसका अलौकिक फाइदाहरू निम्न छन् ।
स्वस्थ पाचन प्रणालीका लागी (Healthy Digestive System): कुरीलोमा इनुलिन (Inulin) नामक एक प्रमुख कार्बोहाइड्रेट पाइन्छ । यसलाइ स्वास्थ्य चिकित्सकहरुले Prebiotic को रूपमा लिन्छन् । यो कार्बोहाइड्रेट आमाशय वा सानो आन्द्रामा नटुक्रिइकन सिधै ठूलो आन्द्रामा पुग्दछ र केही उपयोगी ब्याक्टेरियाहरू (Bifidobacteria र Lactobacilli) को लागी राम्रो पोषण तत्वको रूपमा कार्य गर्दछ । जसले गर्दा धेरै पोषण तत्व शरीले शोषण गरी लिन सक्ने हुन्छ । यसबाट एलर्जीको जोखिम कम हुने र कोलोन क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउँछन । आफ्नो असामान्य inulin तत्वको संगसंगै यो फाइबरको मात्रामा र प्रोटिनमा पनि धनी छ । यसमा समावेश भएको फाइबरमा अघुलनशील फाइबरको मात्रा २ भाग र घुलनशील फाइबरको मात्रा १ भाग हुन्छ । फाइबर र प्रोटिन दुवैले हाम्रो पाचन प्रणालीलाइ स्वस्थ राखी आवस्यक दरमा खानालाइ अगाडी बढाउन मद्दत गर्छ ।
हृदय स्वास्थ्य र मधुमेह नियन्त्रणका लागी (Heart Health and Blood Sugar Regulation): कुरीलोको बारेमा गरेका धेरै अनुषन्धाहरूबाट यो हृदय स्वास्थ्य र मधुमेह नियन्त्रणका लागी निकै उपयोगी हुने देखाएको छ । कुरीलो अनौठोको भिटामिन—बी हरूको श्रोत हो । यो फोलिक एसिड, भिटामिन बी १ र भिटामिन बी २ को एक उत्कृष्ट स्रोत हुनुका साथै नियसिन, क्लोरिन (niacin, choline) भिटामिन B6 र पान्टोथेनिक एसिड (Panthothenic Acid) को पनि धेरै राम्रो स्रोत हो । स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्यक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ । यसले स्वस्थ रगतमा चीनी व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन बी ले शरीरमा भएको सुगर र स्चार्चको मेटाबोलिजममा प्रमुख भूमिका खेल्ने मात्र हैन यसले homocysteine को नियन्त्रणमा पनि प्रमुख भूमिका खेल्छ त्यसैले यो हृदय स्वास्थ्यमा महत्वपूर्ण मानिन्छ । किनकी Homocysteine एक एमिनो एसिड हो जुन हाम्रो रगतमा अत्यधिक मात्राका भएमा हृदय रोगको जोखिम निम्त्याउँछ । यसमा रहेको घुलनशील फाइबरको कारणाले हृदय रोगको जोखिम कम गर्नुका साथै एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट एजेण्टले टाइप २ मधुमेहलाकइ पनि कम गराउँदछ ।

एंटीक्यान्सर एजेण्टको रूपमा (Anti-Cancer Agent): यसमा हुने नकै बलियो एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट पोषक तत्वको संरचना हुने हुँदा यसलाइ क्यान्सरको जोखिम कम गर्ने तत्वको रूपमा लिइन्छ । पुरानो, अत्याधिक सुनिंने र औक्सीडेंटीभ तनावहरू (Oxidative Stress) विभिन्न प्रकारको क्यान्सरहरूको कारण बन्न सक्दछन् । त्यस्ता कारणहरूबाट हुने क्यान्सरको जोखिम यसको सेवनले कम गर्छ । विभिन्न समयमा मुसाहरूमा गरिएका अनुसध्यानहरूले पनि यो पुष्टी गरिसकेको क्यान्सर अनुसन्धानहरूमा वर्णन गरिएको छ ।

एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट एजेण्ट (Anti-Inflammatory and Anti-Oxidant): यो एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट पोषक तत्वहरूको साँच्चै नै अद्वितीय संयोजन भएको औषधिजन्य वनस्पति हो । अनुषन्धाहरूबाट अत्यधिक र अनावश्यक रूपमा सुनिंने रोगहरू (Amyotrophic Lateral Sclerosis or ALS) को जोखिम कम गर्न र समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ भनि प्रमाणित गरिएको छ । यसले एंटीइन्फ्लामेटोरी तत्वहरूको अलावा भिटामिन सी, बिटा-क्यारोटिन, भिटामिन ई र खनिजहरू (मैंगनीज र सेलेनियम) सहित एंटीऔक्सीडेंट पोषक तत्वहरू प्रदान गर्दछ । यि एंटीऔक्सीडेंट पोषकहरूको अलावा यसमा Glutathione (GSH) जस्तो अमूल्य एंटीऔक्सीडेंट हुन्छ ।

08/05/2018

निरोगी बन्न डाक्टरका ३३ सुझाव
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो
पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन
परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक कुरामा चित्त बुझाउने
26. धेरै नमोटाउने
27. ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने

04/05/2018

युरिक एसिड कसरी नियन्त्रण गर्ने ? यस्ताछन् उपायहरु :

सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी एवं हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छ ।
मिर्गाैलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ ।अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ । तारेको खानेकुरा कम खानुपर्छ । शारीरिक व्यायाम नियमित रुपमा गर्नुपर्छ ।

18/01/2018
05/07/2017
एरोमा हेल्थ फाउन्डेसन प्रा. लि.
04/03/2017

एरोमा हेल्थ फाउन्डेसन प्रा. लि.

एरोमा हेल्थ फाउण्डेसन :;@ #आर्यनफार्मेसि
15/09/2016

एरोमा हेल्थ फाउण्डेसन :;@ #आर्यनफार्मेसि

Address

Sukedhara, Dhumbarahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

014377961

Website

Alerts

Be the first to know and let us send you an email when Aroma polyclinic and medical center pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram