Dr Toshima Karki -Health for All

Dr Toshima Karki -Health for All A General Surgeon, a Doctor
Objectives: The objective of this page is to publish informative content related to health and wellness.
(16)

This includes topics like healthcare reform and awareness, social impact areas such as youth and women's health.

नयाँ वर्ष २०८३को  सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
14/04/2026

नयाँ वर्ष २०८३को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आज २०८२ सालको अन्तिम दिन हो।भोलिदेखि २०८३ सालको नयाँ सुरुवातसँगै वैशाख महिना, अर्थात् खोप महिना पनि सुरु हुँदैछ। आफ्नो ब...
13/04/2026

आज २०८२ सालको अन्तिम दिन हो।
भोलिदेखि २०८३ सालको नयाँ सुरुवातसँगै वैशाख महिना, अर्थात् खोप महिना पनि सुरु हुँदैछ। आफ्नो बालबालिकालाई समयमै पूर्ण खोप लगाउनुहोस्।
यदि कुनै खोप छुटेको छ भने पनि नआत्तिनुहोस्, स्वास्थ्यकर्मीसँग परामर्श गरेर छुटेका खोपहरू पूरा गर्न सक्नुहुन्छ ।

नियमित मात्रा मिलाएर पानी पिउनुको फाइदाहरू :१.शरीरमा प्रर्याप्त पानीको मात्रा कायम (hydrate) राख्छ।२. पाचन प्रणालीलाई सु...
13/04/2026

नियमित मात्रा मिलाएर पानी पिउनुको फाइदाहरू :
१.शरीरमा प्रर्याप्त पानीको मात्रा कायम (hydrate) राख्छ।
२. पाचन प्रणालीलाई सुधार गर्छ।
३. शरीरको तापक्रम नियन्त्रणमा राख्छ।
४. विषाक्त पदार्थ (toxins) बाहिर निकाल्न मद्दत गर्छ।
५. छाला स्वस्थ, सफा र चम्किलो बनाउँछ।
६. मस्तिष्कको कार्यक्षमता (focus र concentration) बढाउँछ।
७. थकान र कमजोरी कम गर्छ।
८. मिर्गौला (kidney) लाई स्वस्थ राख्न सहयोग गर्छ।
९. कब्जियतको समस्या कम गर्छ।
१०. तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।

🚰 दैनिक कति पानी पिउनु उपयुक्त हुन्छ त ?

👉 सामान्यतया, एक व्यक्तिले दिनमा २–३ लिटर (८–१० गिलास) पानी पिउनु उपयुक्त मानिन्छ।
👉 धेरै पसिना आउने, व्यायाम गर्ने, वा गर्मी मौसममा अझ बढी पानी आवश्यक पर्छ।
👉 बालबालिका र वृद्ध व्यक्तिमा आवश्यक मात्रा फरक हुन सक्छ।
👉 तिर्खा लाग्नु शरीरले दिएको संकेत हो, त्यसैले नियमित रूपमा पानी पिउने बानी बसाल्नु महत्वपूर्ण हुन्छ।

दिनहुँ २० मिनेट हिँड्नुका (Walking) का फाइदाहरू :🚶‍♂️ १. मुटुको स्वास्थ्य सुधार- दिनहुँ हिँड्दा मुटु बलियो हुन्छ र मुटु ...
12/04/2026

दिनहुँ २० मिनेट हिँड्नुका (Walking) का फाइदाहरू :

🚶‍♂️ १. मुटुको स्वास्थ्य सुधार- दिनहुँ हिँड्दा मुटु बलियो हुन्छ र मुटु रोगको जोखिम कम हुन्छ।

🫁 २. फोक्सो राम्रोसँग काम गर्ने - हिँड्दा सासप्रश्वास प्रणाली सक्रिय हुन्छ र फोक्सो स्वस्थ रहन्छ।

⚖️ ३. तौल नियन्त्रण - २० मिनेट दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ र तौल घटाउन वा नियन्त्रण गर्न मद्दत गर्छ।

🧠 ४. मानसिक स्वास्थ्य राम्रो हुन्छ - तनाव कम हुन्छ, मन शान्त र खुसी हुन्छ

🦵 ५. मांसपेशी र हड्डी बलियो - नियमित हिँड्दा खुट्टा र शरीरका मांसपेशी बलिया हुन्छन् र हड्डी मजबुत हुन्छ।

🩸 ६. रक्तचाप र चिनी नियन्त्रण -रक्तचाप सन्तुलित राख्न मद्दत , मधुमेह नियन्त्रणमा सहयोग

😴 ७. राम्रो निद्रा - दिनहुँ हिँड्दा राति राम्रो र गहिरो निद्रा लाग्छ।

🔋 ८. ऊर्जा (Energy) बढ्ने - शरीर सक्रिय हुने भएकाले दिनभरि ताजगी महसुस हुन्छ।

निष्कर्ष - दिनहुँ २० मिनेट हिँड्नु सजिलो तर अत्यन्त प्रभावकारी बानी हो। यसले शारीरिक र मानसिक दुवै स्वास्थ्य सुधार गर्छ।

11/04/2026

आफ्नो स्तनको परिक्षण र स्वास्थ्य सम्बन्धि जानकारी जन हितमा।

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः।शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः॥अर्थात, तिमीले आफ्नो कर्तव्य कर्म अवश्...
11/04/2026

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः॥
अर्थात,
तिमीले आफ्नो कर्तव्य कर्म अवश्य गर, किनकि कर्म नगर्नुभन्दा कर्म गर्नु श्रेष्ठ हुन्छ।
कर्म नगरी त तिम्रो शरीरको पालन-पोषण (जीवनयापन) पनि सम्भव हुँदैन।

बुबा स्वास्थ्य बिमा गर्नुभयो ?बिमा त लिएको छु तर औषधी लिन बाहिर फार्मेसीमा जानु भन्छ। सार्है दु:ख पाईयो।---- स्वास्थ्य व...
11/04/2026

बुबा स्वास्थ्य बिमा गर्नुभयो ?

बिमा त लिएको छु तर औषधी लिन बाहिर फार्मेसीमा जानु भन्छ। सार्है दु:ख पाईयो।

----
स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी र प्रत्येक जनताले स्वास्थ्य लाभ लिन पउने गरी सबै औषधीहरु विमाले समेट्ने र अस्पतालको विमित फार्मेसी भित्रै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन जरूरी छ। सरकारको ध्यानाकर्षण होस्।

२०२१ को राष्ट्रिय जनगणना अनुसार नेपालमा करिब  २९.७ लाख जेष्ठ नागरिक रहेका छन्, जुन कुल जनसंख्याको करिब १०.२% हो। नेपालमा...
10/04/2026

२०२१ को राष्ट्रिय जनगणना अनुसार नेपालमा करिब २९.७ लाख जेष्ठ नागरिक रहेका छन्, जुन कुल जनसंख्याको करिब १०.२% हो। नेपालमा जेष्ठ नागरिकको संख्या निरन्तर बढ्दै गएको छ र यस सन्दर्भमा ज्येष्ठ नागरिक स्वास्थ्यको महत्व अत्यन्त उच्च बन्दै गएको छ। वृद्धा अवस्थामा उच्च रक्तचाप, मधुमेह, हृदय रोग तथा मानसिक समस्या जस्ता दीर्घ रोगहरूको जोखिम बढ्ने भएकाले निरन्तर गुणस्तरीय स्वास्थ्य हेरचाह आवश्यक हुन्छ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता र केही स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको भए पनि ती सेवाहरु प्रभावकारी कार्यान्वयनमा अझै सुधार आवश्यक देखिन्छ।

कुनै एक भेटघाट कार्यक्रममा मैले बुवालाई सोधेँ, “स्वास्थ्य बीमा लिनुभएको छ?”उहाँले जवाफ दिनुभयो, “एक वर्ष भयो, बीमा नवीकर...
08/04/2026

कुनै एक भेटघाट कार्यक्रममा मैले बुवालाई सोधेँ, “स्वास्थ्य बीमा लिनुभएको छ?”
उहाँले जवाफ दिनुभयो, “एक वर्ष भयो, बीमा नवीकरण गरेको छैन।”
मैले फेरि जिज्ञासा राखेँ, “किन त?”
उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “स्वास्थ्य बीमाको सुविधा चित्त बुझ्दो लागेन। घरमा हामी दीर्घ रोगी छौँ, औषधिमा मात्रै महिनाको करिब १० हजार रुपैयाँ खर्च हुन्छ, जुन निकै महँगो हुन्छ। तर त्यस्ता महँगा औषधिहरू बीमाले समेट्दैन। फेरि घण्टौँ लाइन बस्नुपर्छ, पालो आएपछि पनि स्वास्थ्यकर्मीले १–२ मिनेटमै समस्या नसुनी टारिदिन्छन्। त्यसको सट्टा अलि बढी पैसा तिरेर सुविधा सम्पन्न अस्पताल जानु नै ठीक लाग्यो।”

यस्ता अनुभवहरू हामीमध्ये धेरैले भोगेका वा सुनेका छौँ। तर आगामी दिनहरूमा स्वास्थ्य बीमा प्रणाली सुधारिँदै जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ। यसलाई अझ प्रभावकारी र सेवामुखी बनाउँदै प्रत्येक नागरिकले सहज र विश्वसनीय रूपमा स्वास्थ्य सेवा उपभोग गर्न सक्ने वातावरण सिर्जना हुनु आजको आवश्यकता हो।

सामाजिक स्वास्थ्य बीमा कार्यक्रम १० वर्ष भएकोमा शुभकामना कि सुधार्नु पर्ने ?नेपालमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सुर...
08/04/2026

सामाजिक स्वास्थ्य बीमा कार्यक्रम १० वर्ष भएकोमा शुभकामना कि सुधार्नु पर्ने ?
नेपालमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको आज एक दशक बितिसक्दा पनि यसको मुख्य उद्देश्य सबै नागरिकलाई आर्थिक जोखिमबाट जोगाउँदै सुलभ, गुणस्तरीय र समान स्वास्थ्य सेवा उपलब्ध गराउनु, उपचार खर्चका कारण पर्ने आर्थिक भार घटाउनु तथा सार्वभौमिक स्वास्थ्य सेवा (Universal Health Coverage) हासिल गर्नु रहेको भए पनि व्यवहारमा सेवा प्रवाह अझै सीमित देखिन्छ। यसको प्रमुख कारण वित्तीय अभावका कारण अस्पतालहरूलाई समयमै भुक्तानी हुन नसक्नु, व्यवस्थापन कमजोरी, नीतिगत कार्यान्वयनमा ढिलाइ तथा कार्यक्रमप्रति घट्दो जनविश्वास हुन्।
साथै, अनिवार्य सहभागिता प्रभावकारी रूपमा लागू नहुनु, कमजोर जोखिम कोष, ग्रामीण तथा विपन्न समुदायमा सीमित पहुँच, औषधिको अभाव र सेवा गुणस्तरमा कमी जस्ता समस्याहरू पनि विद्यमान छन्। त्यसैले, उद्देश्य स्पष्ट र सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा कार्यक्रमले अपेक्षित रूपमा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको देखिन्छ।
यदि यस्तै अवस्थ्यमा बीमा बोर्ड रही रह्यो भने अर्को १० वर्ष सम्म यो कार्यक्रम रहन्छ होला र ? तपाईंको विचारमा यो कार्यक्रमको सुधार गर्न के कस्ता उपायहरू अपनाउनु जरुरी छ ?

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ। यो अधिका...
07/04/2026

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ। यो अधिकार World Health Day 2026 को theme “Together for Science. Stand with Science” सँग प्रत्यक्ष रूपमा सम्बन्धित छ, किनभने वैज्ञानिक आधारमा विकसित स्वास्थ्य सेवा नै सबै नागरिकको अधिकारको आधार हो।
तर, व्यवहारमा अझै पनि नेपालमा सबै नागरिकले समान रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्। विशेषगरी दुर्गम क्षेत्र, महिला तथा विपन्न समुदायहरूमा सेवाको पहुँच सीमित छ।

आधारभूत स्वास्थ्य सेवाहरू जस्तै: खोप सेवा, सुरक्षित मातृत्व तथा प्रसूति सेवा, परिवार नियोजन, पोषण सेवा, सरुवा तथा नसर्ने रोगको रोकथाम तथा उपचार, आधारभूत औषधि उपलब्धता, स्वास्थ्य शिक्षा तथा परामर्श यी सबै विज्ञानमा आधारित सेवाहरू हुन्।
“Together for Science” भन्नाले सरकार, स्वास्थ्यकर्मी र समुदायबीच सहकार्य आवश्यक छ भन्ने जनाउँछ भने “Stand with Science” ले वैज्ञानिक प्रमाणमा आधारित सेवा र नीतिलाई प्राथमिकता दिनुपर्ने सन्देश दिन्छ।
यसर्थ, सबै नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन विज्ञानमा आधारित योजना, पहुँच र सामूहिक प्रयास अपरिहार्य छन्। यही नै स्वस्थ भविष्य निर्माण गर्ने आधार हो।

आज ७ अप्रिल विश्वभर World Health Day (विश्व स्वास्थ्य दिवस) का रूपमा मनाइन्छ। आजकै दिन World Health Organization (WHO) क...
07/04/2026

आज ७ अप्रिल विश्वभर World Health Day (विश्व स्वास्थ्य दिवस) का रूपमा मनाइन्छ। आजकै दिन World Health Organization (WHO) काे स्थापना भएको थियो ।
विश्वभर देखिने विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू बारे जनचेतना फैलाउनु, स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु र सबैका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जोड दिनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
यस वर्षको मूल नारा भनेको "Together for Health. Stand with Science" अथवा “स्वास्थ्यका लागि एकजुट बनौं, विज्ञानलाई साथ दिऔँ।”
♥️

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Dr Toshima Karki -Health for All posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share