
07/01/2024
हाम्रो अभियान जारी छ ।
स्वच्छ व्यावसायी नेपाल काठमाडौं , चेम्बर अफ कमर्स कपिलवस्तु , कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडकाे संयुक्त आयाेजनामा वर्तमान समयमा उद्यमशिलता , लघु उद्यमका अवस्था , बजारीकरणका लागि आवश्यक पहल , लगायतका भुमिकाबारे चन्द्रौटा स्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अर्जुन कुमार केसी , बिजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा , नेपाल चेम्बर अफ कमर्स केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तु अध्यक्ष महादेव पाेखरेल , विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी , स्वच्छ व्यावसायी समूह नेपालका अध्यक्ष डाक्टर सुनिल चित्रकार , कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडकाा अध्यक्ष जगत प्रसाद पौडेल , चेम्बर अफ कमर्स कपिलवस्तुका उपाध्यक्ष दिपक पौडेल , चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गाेपाल बन्जाडे , बिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष भिम खनाल , राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटा कपिलवस्तु प्रधानाध्यापक बलदेव लामिछाने , राेट्रयाक्ट क्लब अफ कपिलवस्तुका भाईस प्रेसिडेन्ट बिष्णु पाण्डे , सहकारीका प्रबन्धक शिव सुवेदी , काेरियन बिश्वबिद्धालयका प्राध्यापककाे ९ जनाको टाेली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
उद्यमशिलता के हाे ? उद्यमशिल कसरी बन्ने ? लघु उद्योगबाट उत्पादन गरेका सामाग्रीलाई बजारमा कसरी सहज रुपमा लैजान सकिन्छ भन्ने बिषयमा स्वच्छ व्यावसायी समूह नेपालका अध्यक्ष डाक्टर सुनिल चित्रकारले सहजीकरण गर्दै संघीय , प्रदेश तथा स्थानीय तिनै तहका सरकारले नीति निर्माण तथा बजारीकरणमा सहयोग गर्ने जरुरी रहेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पाेखरेलले उत्पादन भएका सामाग्री बेच्ने काममा चेम्बर अफ कमर्स कपिलवस्तु तथा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्थाले बजारीकरण , प्रचारप्रसारमा जस्ता कार्यमा सहयोग पुराउने जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले धेरै संघसंस्थाले काम गर्दागर्दै बिचमा काम छाेड्ने , सीप पुर्ण नदिने भएकोले उद्यमशिलताका बिषयमा प्रदेश सभामा यस बिषयमा कुरा उठाउने र मुलतः राेजगारीका बिषय तथा सम्भावनालाई अगाडि बढाउन हार्दिक अनुरोध गर्नुभयो । विजयनगर गाउँ पालिका प्रमुख गाेपाल थापाले स्थानीय सरकारले लघु उद्यमका बिषयमा आवश्यकता अनुसारको नीति निर्माण बनाई कार्यान्वयनमा जाने बताउनुभयो । साथै स्थानीय पालिकाले यस्ता उद्यमीलाई सधैं सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रममा दक्षिण काेरियाकाे हुयान बिश्वबिद्धालयबाट आएका प्राध्यापकले उद्यमशिलताकाे क्षेत्रमा नेपालमा धेरै ठुलो अवसर भएको त्यो अवसरलाई प्रविधिसँग जाेड्न जरुरी भएको बताउदै आफ्नो मुलुकमा हाल प्रयोग भएको आफुले जानेको नवीन प्रविधिलाई हस्तान्तरण गर्न आफुहरु सहयोगी बन्न सकिने बताएका थिए । राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटा कपिलवस्तुका प्रधानाध्यापक बलदेव लामिछानेले राष्ट्रिय माध्यमिक बिद्यालय चन्द्रौटामा संचालित कम्प्युटर ईन्जिनियरिङबाट उत्पादन भएका बिद्यार्थीलाई के कसरी उद्यमशिलतासँग जाेड्ने भन्ने बिषयमा समेत चर्चा परिचर्चा गर्नुभएको थियोे ।