Bokati Health Care

Bokati Health Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bokati Health Care, Family doctor, Bedkot-07, Suda-Lalpur, Mahendranagar.

बोकटी हेल्थ केयरमा स्वागत छ! 🌟
भरपर्दो चिकित्सा जानकारी, र विभिन्न परामर्श।
हामी चिकित्सा र आध्यात्मिक कल्याणलाई समाहित गरेर तपाईँको जीवनलाई सुधार्न प्रयास गर्छौं।
At Bokati Health Care, we care not only for your body but also for your mind and soul

हाम्रो क्लिनिकको आधिकारिक पेज र फेसबुक आईडी बारे जानकारी:हाम्रो आधिकारिक फेसबुक पेज “Bokati Health Care” र फेसबुक आईडी “...
28/10/2025

हाम्रो क्लिनिकको आधिकारिक पेज र फेसबुक आईडी बारे जानकारी:

हाम्रो आधिकारिक फेसबुक पेज “Bokati Health Care” र फेसबुक आईडी “Bokati Healthcare” हो।
सवैलाई अनुरोध — कृपया यो पेज र आईडीमा पुगेर like, share र follow गर्नुहोस्।

यहाँबाट तपाईंहरूले विभिन्न स्वास्थ्यसम्बन्धी जानकारी, सल्लाह, जागरुकता पोस्ट र अपडेटहरू पाउन सक्नुहुन्छ।

हाम्रो उद्देश्य समुदायलाई सजिलो, उपयोगी र विश्वासिलो स्वास्थ्य जानकारी प्रदान गर्नु हो।

दीपावली तथा छठ पर्वको पावन अवसरमा बोकटी हेल्थ केयर परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना।
15/10/2025

दीपावली तथा छठ पर्वको पावन अवसरमा बोकटी हेल्थ केयर परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना।

10/10/2025
10/10/2025
🌸 जानकारीका लागि 🌸बच्चाको टाउको छाम्दा तातो लाग्यो भनेर मात्र डराउनु पर्दैन।👉 यदि तापक्रम नाप्दा सामान्य छ भने, टाउको ता...
30/09/2025

🌸 जानकारीका लागि 🌸
बच्चाको टाउको छाम्दा तातो लाग्यो भनेर मात्र डराउनु पर्दैन।
👉 यदि तापक्रम नाप्दा सामान्य छ भने, टाउको तातो हुनु प्रायः सामान्य कुरा हो।
✔️ बच्चाको टाउको ठूलो हुन्छ, शरीरको धेरै गर्मी त्यहीँबाट निस्कन्छ।
✔️ मस्तिष्कको विकास तीव्र गतिमा भइरहेको हुन्छ र रगतको आपूर्ति पनि बढी हुन्छ, रगत छिटो बग्ने भएकाले पनि टाउको तातो लाग्छ।
✔️बच्चाको शरीरले तापक्रम नियन्त्रण गर्ने क्षमता पूर्ण रूपमा परिपक्व भएको हुँदैन।
✔️ टोपी, कपडा वा खेलकुदले पनि टाउको तताउन सक्छ।
➡️ तापक्रम नाप्दा सामान्य भएमा टाउको तातो हुनु चिन्ताको विषय होइन। तर बच्चा अस्वस्थ देखियो वा ज्वरो नाप्दा बढ्यो भने मात्र ध्यान दिनुपर्छ I
🙏 सामान्य कुरा सामान्य तरिकाले बुझौँ, अनावश्यक चिन्ता नगरौँ।

28/09/2025

रेविज बारे जानौं र सचेत होऔं
रेविज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो ।
रेविजबाट संक्रमित कुकुर, जङ्गली जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरुको र्‍यालबाट रेविज सर्छ । मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेविज घातक हुन्छ ।
कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के गर्ने ?
- टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने
- त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेविज विरुद्धको खोप लगाउने
- स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने
रेविज विरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध छ ।
रेविजबाट कसरी बच्ने ?
रेविज रोग लाग्नबाट बच्न कुकुर लगायत जङ्गली जनावरको टोकाईबाट बच्नुपर्छ ।
कुकुरको टोकाइबाट बच्न निम्न कुराहरु ख्याल गरौं - 
- सुतिरहेको कुकुरलाइ झ्वाट्टै नउठाऔं, लाताले नहानौं
- कुकुर तर्सिएको वा रिसाएको बेला नजिक नजाऔं
- कुकुरले खाना खाइरहेको बोला नजिस्काऔं, नर्तसाऔं
- कुकुरले पछ्याएमा नदौंडौें, शान्त भई उभिऔं
- नचिनेको कुकुरको नजिक जाँदा ख्याल गरौं
अनिवार्यमा रुपमा घरपालुवा वा सडक कुकुरहरुलाई पशु चिकित्सकको सल्लाहमा
रेविज विरुद्धको खोप लगाईंदिऔं
याद राखौं, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज विरुद्धको खोप लगाउन सकेमा बच्न सकिन्छ ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal
Nepal Red Cross Society HEOC

27/09/2025

बोकटी हेल्थ केयर परिवारको तर्फबाट दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🙏

03/09/2025
🔔 सूचना ! सूचना ! सूचना !•  🩹 अब घाउ टाँका नलगाई–सजिलै चिप्काएर उपचार !•  ✨ टाँका बिना घाउ निको पार्ने नयाँ प्रविधि Boka...
02/09/2025

🔔 सूचना ! सूचना ! सूचना !
• 🩹 अब घाउ टाँका नलगाई–सजिलै चिप्काएर उपचार !
• ✨ टाँका बिना घाउ निको पार्ने नयाँ प्रविधि Bokati Health Care मा
• 👨‍⚕️ सतही चोटमा टाँका होइन, चिपकाएर सजिलो उपचार !
• 🚑 दाग कम, पीडा कम – टाँका बिना घाउ चिप्काउने आधुनिक तरिका
• 🔔 अब टाँका होइन, घाउ चिप्काएर सजिलै निको पारौं – Dr. Mahesh Bokati संग

अब सानो सतही कट/चोटमा टाँका आवश्यक छैन 🩹
Bokati Health Care मा सजिलै घाउ टाँस्ने नयाँ प्रविधि उपलब्ध ✨
परामर्शका लागि Dr. Mahesh Bokati सँग सम्पर्क गर्नुहोस् 👨‍⚕️
🩹 Truseal (Tissue Adhesive) – किन प्रयोग गर्ने?
👉 प्रयोग:
• सानो कट/चोटमा टाँस्ने गोंद जस्तै प्रयोग हुन्छ।
• टाँका (stitches) बिना छाला जोड्न प्रयोग गरिन्छ।
• बालबालिकामा, अनुहार वा सजिलो भागमा बढी उपयोगी।
✨ फाइदा (Advantages):
• छिटो र पीडारहित।
• टाँका लगाउनुपर्दैन, डाक्टरको काम सजिलो।
• सुन्निन वा संक्रमणको जोखिम कम।
• दाग (scar) कम पर्छ।
⚠️ साइड इफेक्ट (Side effects):
• कहिलेकाहीँ जलन वा रातोपन आउन सक्छ।
• ठूला वा गहिरा घाउमा उपयुक्त हुँदैन।
• गलत प्रयोगमा टाँसिने भाग खुल्न सक्छ।
✅ Truseal ले सानो घाउ चाँडै निको बनाउन सहयोग गर्छ, तर गहिरा वा ठूलो चोटमा भने डाक्टरले टाँका लगाउनुपर्ने हुन्छ।

🙏 बोकटी हेल्थ केयर परिवारको तर्फबाट सबै महान् बुवाहरुलाई श्रद्धा, सम्मान र प्रणाम।आजको विशेष दिन कुशे औंसी (Father’s Day...
23/08/2025

🙏 बोकटी हेल्थ केयर परिवारको तर्फबाट सबै महान् बुवाहरुलाई श्रद्धा, सम्मान र प्रणाम।

आजको विशेष दिन कुशे औंसी (Father’s Day) को पावन अवसरमा,
हामी आफ्ना जीवनका पहिलो गुरु, प्रेरणा र मार्गदर्शक बन्नुभएका सबै बुवाहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

तपाईँहरूको माया, त्याग र अनुशासन बिना हामी सबै अधूरा छौँ।
तपाईँहरूको स्वास्थ्य, दीर्घायु र अनन्त खुशीको कामना गर्दछौँ।

– Bokati Health Care

Address

Bedkot-07, Suda-Lalpur
Mahendranagar
10400

Alerts

Be the first to know and let us send you an email when Bokati Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bokati Health Care:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram