Bigya Medical Hall

Bigya Medical Hall We Provide Quality Medicines and Quality Services.

04/07/2025
हार्दिक अपिल ........धनगढी  उपमहानगरपालिका वार्ड न ६, मटियारि निवासि हाल गोदावरी नगरपालिका, कैलालीमा कार्यरत जनस्वास्थ्य...
12/07/2024

हार्दिक अपिल ........
धनगढी उपमहानगरपालिका वार्ड न ६, मटियारि निवासि हाल गोदावरी नगरपालिका, कैलालीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अत्यन्त मिलनसार तथा सहयोगी मित्र कृष्ण भट्ट जि फोक्सो र मस्तिष्क क्यान्सरबाट ग्रस्त भइ हाल राजिब गान्धी क्यान्सर अस्पताल दिल्लीमा उपचाररत रहनु भएकोकोले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।क्यान्सर रोग आफै मा निकै जटिल र खर्चिलो हुने कुरामा कुनै विवाद छैन । यसर्थ उपचारमा थोरै भए पनि सहयोग जुटाउने प्रयास स्वरुप यो पोस्ट गरिएको हो । यस पुण्य तथा मानवीय कार्यका लागि सक्दो सहकार्य तथा सहयोग गर्नुहुन सम्पुर्ण सबैलाई हार्दिक अनुरोध गर्दछु । आर्थिक सहयोगको लागि मित्र कृष्ण भट्ट जिको QR कोड यसै सङग संलग्न छ ।
🙏🙏

12/07/2024
Electric Hot Bag Available
03/11/2023

Electric Hot Bag Available

Baby nasal secretion suction machine, Available.बच्चा को नाक बाट  फोहर निकाल्ने मेसिन।
29/09/2023

Baby nasal secretion suction machine, Available.बच्चा को नाक बाट फोहर निकाल्ने मेसिन।

Available.
28/05/2023

Available.

Hot news
29/12/2022

Hot news

21/10/2022

About Cancer

- अहिले जतासुकै डेंगीको चर्चा छ | हाम्रोमा डेंगी कस्तो देखिएको छ त ? यो महत्वपूर्ण हो | - सुरुमा उच्च ज्वरो आउने, टाउको ...
08/09/2022

- अहिले जतासुकै डेंगीको चर्चा छ |
हाम्रोमा डेंगी कस्तो देखिएको छ त ? यो महत्वपूर्ण हो |
- सुरुमा उच्च ज्वरो आउने, टाउको / आँखाका गेडी, हातखुट्टा तथा ढाड एकदम दुख्नु यी लक्षण देखिएकाछन् | यो अवस्थाको केहि दिनपछि वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, मुख तितो हुने लक्षण देखिएका छन् | यी लक्षणपछि शरीरमा राता बिमिरा आउने, बिमिरा बिनापनि रातो एलर्जीजस्तो आउने, चिलाउने, असाध्यै गल्ने देखिएको छ |
- रगतको जांच गर्दा सुरुमा Dengi NS1 Ag – Positive देखिन्छ | प्लेट्लेट्स नर्मल वा अलिकति घटेको देखिन्छ | त्यसपछि प्लेट्लेट्स घट्दै जान्छ | त्यसैले सके दैनिक नभए १ दिन बिराएर प्लेट्लेट्स जांच गरिरहनु पर्दछ | डेंगी लागेको ५-६ दिनमा IgM Positive , धेरै केसमा NS1 Ag र IgM दुवै पोजिटिभ देखिन्छ | यो अवस्थामा प्लेट्लेट्स निकै घटेको हुनसक्छ | डेंगी निको भएर शरीरमा एन्टिबोडी बनेपछि IgG पोजिटिभ देखिन्छ | Blood CBC दैनिक वा १ दिन बिराएर गरेपनि डेंगी र्यापिड टेस्ट फेरी गर्नु जरुरी छैन | CBC मा टोटल काउन्ट अर्थात WBC घटेको, हेमोग्लोबिन बढेको पनि हुन्छ, धेरै केसमा | त्यस्तै लिभर इन्जाइम SGOT, SGPT पनि बढेको हुनसक्छ | कलेजो र फियो सुन्निएको हुनसक्छ |
- डेंगीमा के बार्ने भनेर धेरै टाउको दुखाउनु पर्दैन | Ibuprofen, Nimuselide, Aceclofenac, Diclofenac, Aspirin लगायतका पेन किलर खानु हुँदैन | ज्वरो आएपनि, टाउको दुखे पनि, ढाड दुखेपनि खाने paracetamol मात्र हो | रक्सी खानु भएन | धेरै गुलियो नखाने | आफूलाई पच्नेगरी, Gastritis नहुने गरी नर्मल खाना, फलफूल, झोलिलो खाना, ब्लडप्रेसर लो भए जीवनजल मजाले खान सकिन्छ | हामीले जति पोषिलो खाना खान्छौं, त्यति छिटो हामीलाई निको हुन्छ | महंगा भिटामिन, फुड सप्लिमेन्टको जरुरी पर्दैन | खाना खान नसक्ने व्यक्तिलाई भिटामिन, सलाइन अवस्था हेरेर दिन सकिन्छ |
- धैर्य गरेर पोषिलो खाना खाएमा अस्पताल जानु पर्दैन | यदि ज्वरो नियन्त्रणमा नआएमा, बिरामीले खाना / पानी सेवन गर्न नसके / नखाए, नाक/मुख/गिंजा लगायत कुनै पनि अंगबाट रगत आएमा, Bleeding disorder का बिरामी, गर्भवती, शिशु, जोखिम स्वास्थ्य भएका व्यक्ति, प्लेट्लेट्स ७० हजारबाट घटेमा, पेट धेरै दुखेमा, पेट वा अन्य अंगमा पानी जम्मा भएमा, कलेजो सुन्निएमा ... तत्काल अस्पताल जानुपर्दछ | हेरौं भनेर हेर्नु हुँदैन |
- डेंगीसंग धेरै डर मान्ने / आत्तिने गर्नु जरुरी छैन | ९० % भन्दा धेरैलाई सामान्य उपचारले निको हुन्छ | अस्पतालबाट निको हुने प्रतिशत धेरै छ | यसको मृत्युदर निकै कम छ |
- जुत्ता, लामो मोजा, हातखुट्टा छोप्ने कपडा लगाउने, हात तथा घाँटीमा ओडोमस क्रीम हल्का लगाउने, घरमा पानी जम्न नदिने / सुख्खा राख्ने, लामखुट्टेलाई खोज र नष्ट गर अभियान चलाउने, स्प्रे/धुप/झोल /झुल दिउँसो पनि प्रयोग गर्ने र कार्यस्थल पनि लामखुट्टेमुक्त बनाउने हो भने डेंगी सर्दैन |

02/09/2022

देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु(Dengue) संक्रमण पुष्टि भइसकेको खबरले आम जनतामा त्रास पैदा हुँदै गहिरहेको छ । डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको र एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलदै गइरहेको छ । डेंगु संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकार र राजनीति दलहरूले सम्पुर्ण तागत प्रयोग गर्न आवस्यक छ ।
So,
Keep distance from mosquito.
Use mosquito net.

22/08/2022

2,00,000 case study done in US, findings.

Address

Main Road, Hulak Road
Mahendranagar
10400

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779858750667

Website

Alerts

Be the first to know and let us send you an email when Bigya Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bigya Medical Hall:

Share