
21/02/2025
नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१
नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यहि फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ ।
यदि तपाईँको उमेर ३० वर्षभन्दा माथि छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरु गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्यप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।
- मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण)
- रक्तचाप (ब्लडप्रेसर) मापन
- मिर्गौला सम्बन्धी रोगको जाँच
- उचाइ र तौलको आधारमा BMI मापन
यो अभियान देशभरका स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुँदैछ ।
समयमै नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं।
National Health Education Information and Communication Centre HEOC Pradip Paudel